Nepali Army

Nepali Army

Share

Welcome to the official page of the Nepali Army(NA).

Photos from Nepali Army's post 02/06/2026

ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्व रहेको मकवानपुरस्थित ढुङ्गे गढीमा स्थानीय समुदायको आवश्यकता एवम् आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले नेपाली सेनाको शीघ्र प्रभावी आयोजना (QIPs) अन्तर्गत गोरख बहादुर गणले निर्माण गरेको पाँच हजार लिटर क्षमताको पानी ट्याङ्की सहितको ढुङ्गे धारा ज्येष्ठ १८ गते मध्य पृतनापतिले मकवानपुर गढी गाउँपालिकालाई हस्तान्तरण गर्नु भएको छ ।


Photos from Nepali Army's post 01/06/2026

"International Day of UN Peacekeepers" को अवसरमा ज्येष्ठ १८ गते पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति महारथी अशोक राज सिग्देलद्वारा शान्ति कार्य मिसनमा वीरगति प्राप्त गर्ने दुई सैनिकका परिवारलाई सम्मान पत्र तथा उत्कृष्ट कार्य गर्ने पाँच सैनिकहरूलाई कदर पत्र प्रदान गरियो। सन् १९५८ देखि संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान दिँदै आएको नेपाल आज ४,१७९ जना शान्ति सैनिकसहित विश्वकै अग्रणी शान्ति सैनिक योगदानकर्ता राष्ट्रको रूपमा स्थापित छ।


31/05/2026

Weekly Radio Programme, Jestha 17

30/05/2026


30/05/2026

रसुवा, गोसाइकुण्ड-५ चोलाङपाटीमा लेक लागि बिरामी भएका एक जनालाई श्रीनाथ गणबाट खटिएको टोलीले जेठ १५ गते उद्बार गरी धुन्चेतर्फ पठाएको छ ।


Photos from Nepali Army's post 30/05/2026

बाँके, नेपालगंज-२१, नयाँ बस्ति स्थित एभरेष्ट फर्निचर उद्योगमा भएको आगलागी बज्रदल गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा जेठ १६ गते राती करिव १ बजे नियन्त्रणमा लिएको छ ।


30/05/2026

International Day of UN Peacekeepers

29/05/2026

Weekly Radio Programme, Jestha 17 - Promo

Photos from Nepali Army's post 29/05/2026

शीघ्र प्रभावी आयोजना (QIP) अन्तर्गत रणशार्दूल गणले इलाम, माईजोगमाई-४ स्थित जीर्ण अवस्थामा रहेको हात्तीटार आधारभूत विद्यालय भवनको मर्मत तथा स्तरोन्‍नती कार्य सम्पन्न गरी पूर्वी पृतनापतिको उपस्थितिमा विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।


Photos from Nepali Army's post 29/05/2026

वीरदल गणले सैनिक अस्पताल, इटहरी, नं. २१ फिल्ड एम्बुलेन्स गुल्म, स्थानीय स्वास्थ्य संस्थाहरू तथा स्थानीय निकायसँगको सहकार्यमा पाँचथर, कुम्मायक-१ स्थित यासोक बजारमा ज्येष्ठ १३ र १४ गते आयोजना गरेको ११ वटा विशेषज्ञ सेवा सहितको दुई दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविरबाट करिब एक हजार पाँच सय जना लाभान्वित भएका छन् ।


Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bhadrakali
Kathmandu
00977