त्रिमूल नेपाल कर्णाली जलाधार क्षेत्र

त्रिमूल नेपाल कर्णाली जलाधार क्षेत्र

Share

#युगान्तकारी_परिवर्तन !
#पुनर्जागरण_आन्दोलन !!
#राष्ट्र_पहिलो !!!

जय जननी 🙏🇳🇵 We have a strict policy regarding abuse, hate comment and bullying.

Individuals, if found harassing, hate commenting, bullying or disturbing the social fabric are banned from the page to the earliest.

23/06/2023

त्रिमूल नेपाल देशद्रोहीहरुका लागि चुनौती बनेरै छाड्ने छ।

त्रिमूल नेपालले केन्द्रिय सचिवालयका सचिव रामबहादुर थापाको नेतृत्वमा असार १ गते देखि सुरु गरेको सङ्गठन विस्तार अभियान नवलपुर पुगेको छ। यस भन्दा अगाडि इलाम, झापा, मोरङ्ग, मकवानपुर र चितवनमा जिल्ला सम्पर्क समितिहरू निर्माण र पुनर्गठन भएका छन।

असार महिनाभित्र ३० वटा जिलाहरुको गठन वा पुनर्गठनको काम पूरा गर्ने र ६ महिनाभित्र देशका सबै जिल्लामा समिती बनाईसक्ने योजनामा सुरु भएको अभियानमा लामो समय धेरै प्रकारका व्यक्तिहरुका अभिव्यक्ती र कृयाकलाप नियालेर सम्पर्कमा आउने मित्रहरुको उपस्थिती उत्साहपूर्ण छ।

अब धेरै थरी मानिसहरुको वास्तविकता स्पष्ट भैसकेको छ। यो समय गुणात्मक ध्रुविकरणको समय हो। विश्वको मात्र होईन कि नेपालको भू-राजनितिक जटिलताले पनि नक्कली प्वाँख सिउरेर ताउर माउर देखाउने जोकरहरुलाई ६ महिना भन्दा बढी टिक्ने अनुमती दिंदैन। त्रिमूल नेपाल देशद्रोही भाडाका कुतत्वहरुका लागि चुनौती बनेरै छाड्ने छ।

(फोटो चितवन जिल्लाको कार्यक्रमको हो)


.
.









.








***n

02/06/2023

🙏🙏

बि.स २०५८ साल जेठ १९ गते साम्रज्यबादी शक्तिकाे याेजनामा दरबार हत्याकाण्ड घट्याे । उक्त घटनामा मारिएका तत्कालीन राष्ट्र प्रमुख / राजा बिरेन्द्र तथा सम्पूर्ण मृतकहरु प्रति हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछाै ।

बि.स २०६६ सालमा हामीले जारी गरेकाे दस्तावेजमा उल्लेखित अंश :-

१). देशको इतिहासमा सबैभन्दा खतरनाक कलकको रूपमा रहेको १२ बुँदे समझदारीले विधिवत रूपमा नेपालको सिक्कीमीकरणको बाटो खोल्यो । यस दिशामा पहिलो कदम थियो नागरिकता ऐन । देशको वैधानिक विसर्जनको जग हालेको त्यस ऐनले अंगिकृत नागरिकता लिएको व्यक्ति समेत सवैधानिक निकायको प्रमुख (राष्ट्रपतिसम्म) बन्नसक्ने व्यवस्था गर्याे ।

२). राजतन्त्रको अन्त्य कुनै जनक्रान्ति वा राष्ट्रियमुक्ति युद्धको प्रक्रियाबाट भएको होइन । यो 'मुलरूपमा भारतीय विस्तारवाद र अन्य साम्राज्यवादीहरूको सहमति, योजना र निर्देशन अन्तर्गत त्यसको स्वार्थ विस्तार गर्ने उद्देश्यबाट प्रेरित घटना हो । तसर्थ; गणतन्त्रको घोषणाको घटना भारतीय विस्तारवाद र अन्य साम्राज्यवादीहरूका अझ बढी बफादार पात्रहरू सत्तामा स्थापित गर्ने परिवर्तनका रूपमा देखा परेको छ ।

18/05/2023

देशभक्त नेपालीहरु एकजुट बनाै ।
प्रजातन्त्रको नाममा राजनीतिक पार्टीको आवरणमा अपराध गर्ने तत्बहरु बिरुद्ध जनता कठाेर हुन जरुरत भैसकेकाे छ । देशभित्र सुनियोजित रुपमा उत्पन्न गरिएका बेथितिका बिरुद्ध वैचारिक र संगठानिक रुपमा हामी निरन्तर संघर्षमा छाै ।
# राष्ट्र पहिलाे ।
# पुनर्जागरण ।
# युगान्तकारी लक्ष्य ।
#त्रिमूल_नेपाल

17/10/2022
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kohalpur Banke
Kathmandu