11/10/2025
**कांग्रेसका GenZ हरुको पार्टीलाई साझा अपिल**
आसन्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ऐतिहासिक बनोस्! नेपाली समाज झल्कने गरी पार्टी पुन:संरचना होस्, काँग्रेसको स्थापनाकालको यौवन फेरि प्राप्त होस्!
GenZ आन्दोलनको पुण्य मर्म, मेरो काँग्रेसले आत्मसाथ गरोस्!
काँग्रेसका साङ्केतिक प्रतिनिधिमूलक GenZ साथीहरूको साझा appeal!
जय नेपाल!
05/10/2025
"नवोदयः Congress Reimagined"
नेपाली कांग्रेस इतिहासको संगीन घडीमा उभिएको यो परिस्थितिमा समग्र GenZ-युवा पुस्ताको अभिमत संकलन गर्दै पार्टी संरचनामा खबरदारी संगै पुनःसंरचनाको जिम्मेवार गतिविधि सञ्चालनका लागि 'नवोदयः Congress Reimagined' अभियान प्रारम्भ गरेका छौँ।
अभियानको निम्न अवधारणा पत्र अध्ययन गरी तलको सर्वेक्षण फारम भरी पार्टी रुपान्तरणको नि:स्वार्थ प्रयत्नमा हिस्सेदार हुनहुन विनम्र अनुरोध गर्दछौँ।
अवधारणा पत्रः https://tinyurl.com/Nabodaya
फारमः https://tinyurl.com/SurveyNabodaya
सप्रेम,
The नवोदयः Congress Reimagined Team
27/06/2022
Clean Tri-Chandra, Green Trichandra!
सम्पुर्ण जन सरिक हौं ।
जय नेपाल।
21/06/2022
‘सेभ त्रिचन्द्र’ अभियानमा नेविसंघ
काठमाडौं– नेपाली कांग्रेस निकट विद्यार्थी संगठन ’सेभ त्रिचन्द्र’को अभियानमा जुटेको छ । त्रिचन्द्र क्याम्पसका ....
14/06/2022
----------------------"निन्दनीय कार्यक्रम, घोर आपत्ति ! !"-----
आज किन शताब्दीयौ देखि राज्य प्रणालीद्वारा अपहेलित, सिमान्तकृत र शोषित वर्गका छोराछोरीलाई लक्षित गरि सहुलियत दिने हेतुले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले इन्डक्सन चुलोको वितरण गर्न खोज्दा यसरी गिजोलिन्छ। १८५५ को मुलुकी ऐनले नै विभेदलाई संस्थागत गरेको थियो जसका कारणले कथित तल्लो जात राज्यको मुलधारमा कहिले आउन सकेनन् । ३१% जनसंख्या भएको ब्राह्मण र क्षेत्रि न्यायपालिका, शिक्षा, कर्मचारीतन्त्रको ७७% भागमा र अन्य क्षेत्रको ५०% हिस्सामा नेतृत्वदायी अहोदा र तहमा छन् । जबकि २२% जनसंख्या भएको जनजाति न्यायपालिकाको १.७% र कर्मचारीतन्त्रको १.२% मा प्रतिनिधित्व छ। हिजोका दिनको भाग्यवादि चिन्तनलाई परास्त गर्न र पिछडिएका वर्ग र जातिलाई मुलधारमा डोहोर्याउनका निम्त नै संविधानले आरक्षणको प्रबन्ध गरेको होइन र? आर्थिक तवरमा श्रोत सिमित भएको कारणले नै वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले सबै विधार्थिलाई पुर्याउनु नसके तापनि यि वर्ग र जातका विधार्थिलाई प्राथमिकता राख्नु के गलत हो? तपाई हामीले विधार्थि एकताको शाब्दिक अर्थ हेर्दै गर्दा मार्मिक, तार्किक र भावलाई नजर अन्दाज गरेछौ।
जय नेपाल।