CK Adhikari

CK Adhikari

Share

"सम्भावना"
मौलिक सभ्यता, संस्कृति, राजनीति, देश, राष्ट्रियता

18/03/2026

त्यतिबे SPP एसपीपी पास गर्न नमान्ने सरकार प्रमुख याद।
,
एक त सेन्टर टु राईट त्यही माथी स्टेट पार्टनरसिप प्रोग्राम स्विकार नगर्ने? पर्खी सिमाठ्यास्ने भनेको थ्यो उ बेलै अन्तर्राष्ट्रिय मिडियाले, यहि कुरा अहिले सम्झनामा आयो।

यहि निहुँले देउबालाई अपदस्त गर्यो, बाख्रो लाई हड्डि चुस्ने लोट्री लायो, अन्तिममा अहिले अमेरिकाले नेपाल र अमेरिकाको साझा सुरक्षा सम्वन्धी कार्यक्रममा साझेदारी गर्न पाईयोस भनेर शुभकामना दिएछ।।

नोट: त्यस समयमा सबै भन्दा ठूलो पार्टी काङ्ग्रेस थ्यो र प्रम देउबा थिए।

02/03/2026

मौसुफ श्री ५ को सरकार
महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव
काठमाडौं, नेपाल

विषय: मध्यपूर्वको युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली नागरिकहरूको उद्धारको लागि हार्दिक विनम्र अनुरोध

मौसुफ सरकार ,
हामी आज तपाईंको समक्ष टाढाको सिंहासनको अधीनस्थ प्रजाको रूपमा होइन, तर नेपाली सन्तानले आफ्नो राष्ट्रपितासमक्ष उच्च सम्मानका साथ शिर निहुर्‍याउँदै यो पत्र लेख्दै छौं। हाम्रो मन भारी छ, हाम्रा आँखा आँसुले रसाएका छन् र हाम्रो स्वर हाम्रो प्यारो नेपालभरिका हजारौं परिवारहरूको सामूहिक पीडाले थिचिएको छ।

हामी ती नेपाली नागरिकहरूका परिवार हौं। हाम्रा छोराछोरीहरू, कतिका श्रीमान /श्रीमती हरु, हाम्रा दाजुभाइहरू - जो खाडीको युद्धग्रस्त क्षेत्रमा जलिरहेको नर्कमा फसेका छन्। तिनीहरू सिपाही होइनन्; तिनीहरू श्रमिक हुन्। तिनीहरू त्यहाँ शान र प्रतिष्ठाको लागि गएका होइनन्, बरु आफ्ना छोराछोरीलाई एक एक छाक खाना दिन, एक सरो लाउन दिन, आफ्ना भाइबहिनीको पढाइ खर्च जुटाउन र गाउँमा एउटा सानो घर बनाउन गएका हुन्। तिनीहरू हाम्रो देशको मेरुदण्ड हुन्, तर आज तिनीहरू बिर्सिएका छन्।

महाराज, हामी हजुरकहाँ विन्ती बिसाउन आएका छौं किनकि तिनीहरूको रक्षा गर्नुपर्ने संस्थाहरूले नै तिनीहरूलाई त्यागिसकेका छन्। सत्तामा रहेका राजनीतिक दलहरूले नेपाली रगतको पूर्ण अवहेलना गरेका छन्। प्रजातन्त्र र मानवअधिकारको प्रवचन आफ्नो घरको सुरक्षामा बसेर दिने यी नेताहरू मृत्युको व्यापारी बनेका छन्।

तिनीहरू नै हुन्, जसले वर्षौंदेखि यो पलायनलाई प्रोत्साहन गरे। तिनीहरूले वैदेशिक रोजगारलाई व्यापार बनाए, हाम्रा युवाहरूलाई निर्यात गर्ने एउटा माध्यम, जसको बदलामा आउने रेमिट्यान्सले तिनीहरूका आफ्नै खल्ती भरे । तिनीहरू "श्रम अध्यागमन"लाई सफलताको कथा भनेर बेच्छन्, तर फर्केर आउने शवयात्राको कुरा कहिल्यै गर्दैनन्। बुढेसकालले थकित भएर चाउरी परेका अनुहार, विदेशीले पेलेर काम लगाएर यातनाले थाकेका शरीरहरू, यातनाले टुटेका दिमागहरू र विदेशी भूमिमा आशा मारिएका आत्माहरूको कुरा तिनीहरू कहिल्यै गर्दैनन्। तिनीहरू कमिसनले अभिप्रेरित छन्, पैसाले, तर मानवताको न्यूनतम मापदण्ड र मर्यादाको बारेमा तिनीहरूलाई कुनै चासो छैन।

तिनीहरूले उठाएको पैसा कहाँ जान्छ, महाराज? त्यो घाइतेहरूको लागि अस्पताल बनाउन वा स्वदेशमै रोजगारी सिर्जना गर्न खर्च हुँदैन। त्यो कालो धन बनेर विदेशी बैंकहरूमा पुग्छ, विदेशका रियल स्टेट र दोहोरो स्थायी बसोबास पिआर नागरिकता जस्ता सुविधाहरू लिएर बसेका छन्। त्यो विलासी जीवनशैली र सत्ताको अन्तहीन र व्यर्थको खोजीमा खर्च हुन्छ। आज, जब हाम्रा नागरिकहरू जीवन र मृत्युको दोशाँधमा प्रार्थना गरिरहेका छन्, यी नेताहरू अस्वाभाविक निर्वाचनको भारी बोकाउन अनावश्यक खर्चमा व्यस्त छन्। तिनीहरू आपसमा झगडा गर्न, कुर्सी र मन्त्रालयका लागि आन्तरिक विवादमा उल्झनमा छन्, जबकि हाम्रा मानिसहरूको जीवन धागोमा झुण्डिएको छ। तिनीहरूको भ्रष्टाचारको दुर्गन्ध आकाससम्म पुगेको छ।

महाराज, यो अँध्यारो घडीमा तपाईं नै आशाको एकमात्र किरण हुनुहुन्छ। तपाईं हाम्रो राष्ट्रिय एकताको प्रतीक हुनुहुन्छ, हाम्रो संस्कृतिको मूर्त रूप हुनुहुन्छ, जसले असहायको रक्षा गर्न सिकाउँछ। हामी त्यो समय सम्झन्छौं, जब मुकुटको मात्र उल्लेखले संसारको जुनसुकै कुनामा रहेको नेपालीको सुरक्षाको ग्यारेन्टी हुन्थ्यो।

हामी, यस देशका असहाय नागरिकहरू, तपाईंको चरणमा परेर विन्ती गर्दछौं। कृपया, हाम्रो तर्फबाट आवाज उठाइदिनुहोस्। कृपया, अन्तर्राष्ट्रिय मञ्चहरूमा तपाईंको प्रतिष्ठा र सम्मानको प्रयोग गरेर हाम्रा परिवारका सदस्यहरूको तत्काल उद्धार र सुरक्षित स्वदेश फिर्तीको लागि अपील गरिदिनुहोस्। कृपया, युद्धग्रस्त देशका सरकारहरूसँग, अन्तर्राष्ट्रिय मानवीय संस्थाहरूसँग, संयुक्त राष्ट्रसंघसँग कुरा गरिदिनुहोस्। तपाईंको एउटा शब्दमा हाम्रो राष्ट्रको इतिहासको भारी छ, जुन यी सत्तालोलुप राजनीतिज्ञहरूसँग कहिल्यै हुनेछैन।

हामीलाई राजनीतिज्ञ होइन, बाबु चाहियो। श्रम आयुक्त होइन, राजा चाहियो। थप परिवारहरूले आफ्ना प्रियजन कहिल्यै नफर्किने भन्ने दुःखद् समाचार नपाउन्जेल, हाम्रा छोराछोरीलाई युद्धक्षेत्रबाट स्वदेश फर्काउन तपाईंको नेतृत्व चाहियो।

हाम्रा आँखामा आँसु र हृदयमा आशा लिएर, हामी तपाईंको पहल कदमीको प्रतिक्षामा छौं।

तपाईंको समर्पित

मध्यपूर्व युद्धग्रस्त क्षेत्रमा फसेका नेपाली नागरिकहरूका परिवारजनहरू

नेपाली नागरिकहरू

मिति: २०२६/०३/०२

02/03/2026

अमेरिकाविरोधी 'सेन्टिमेन्ट'लाई परिवर्तन र राजनीतिको 'भोट-बैंक-चलखेल' गरिएको नेपालजस्तो देशका लागि इरानका सुप्रिमो आयतोल्लाह अलि खामेनीको हत्या ‘अनपेक्षित भय’को एउटा अकल्पनीय क्षितिज हो ! यसले मध्यपूर्वका देशहरु र नेपालजस्तो उच्च सामरिक महत्वका भूगोल तर 'कमजोर सैन्यशक्ति भएको देश'का लागि गम्भीर चुनौति संकेत गर्दछ । जुन समय हामीलाई अत्यन्त परिपक्व नेतृत्व चाहिएको छ । विश्वराजनीतिको यो निर्मम् रफ्तारलाई न त हाम्रो हिमालको पर्खालले छेक्न सक्छ, न त गोर्खाली त्यो बहादुर पाखुराले ...!!!
त्यसैले एकैछिन रोकिएर र गम्भीर भएर अबको नेतृत्व चुनौं
राजा अब जरुरी भइसक्यो

02/03/2026

४० लाख युवा खाडीमा फसेका छन्।
नेपालमा के को चुनाव?
यो बेमौसमी हो।

15/02/2026

एउटा अति गम्भीर प्रश्न, जुन नेपालीहरूले धेरैपछि मात्र सोच्छन्।
हो हामी मानौँ यो कुनै पनि अमेरिकी सेना नेपालमा आएर कब्जा गर्ने रणनीति होइन।
नेपाललाई कसैसँग सैन्य गठबन्धन पनि गर्नु छैन।
तर यो जहाजमा के थियो?
के १०-१२ जना सिपाही ल्याउनको लागि मात्रै यो जहाज ल्याइएको हो त?
यसमा कुनै टेक्नोलोजिकल उपकरणहरू, आर्टिलरिज, आधुनिक हातहतियार, अथवा विभिन्न खनिज तथा बहुमूल्य पदार्थ पत्ता लगाउने साधनहरू, के ल्याइएको थियो त









14/02/2026

नेपालमा विदेशी हस्तक्षेप स्रोत कि भूराजनीति?










13/02/2026

अहिले काठमाडौँमा अमेरिकी सेनाको जर्नेल आएर बसेको छ नि किन हो?

09/02/2026

होइन सबैजना यस्तै सन्की हुन् कि?

07/02/2026

८४ को चुनाव ८२ मा।
विकासका लागि चुनाव कतिको आवश्यकता हो? अमेरिकामा हुने चार वर्षे चुनावलाई सम्झाउँदै।
हामी नेपाली सबै कुरा भएर पनि के गर्दैछौ?

तपाईँको कन्ट्री चुनावमा व्यस्त रहँदा मेरो कन्ट्री यसो गर्दै थियो त्यसो गर्दै थियो।
नेपाल घुम्न आए भने यिनले के भन्दा हुन् 🥱🥱🥱

04/02/2026

With झाँक्री बा – I just got recognized as one of their top fans! 🎉

30/01/2026

राजा महेन्द्रका कामहरू। एकपटक ध्यान दिएर हेर्दा!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Sankhuwa Sabha, Chainpur NepL
Kathmandu
00977