NN Politics

NN Politics

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NN Politics, Kathmandu.

Welcome to the Nepal News Political News page — your trusted source for updates, analysis, and in-depth coverage of Nepal’s political landscape.
👉 Follow our offical page - https://www.facebook.com/nepalnews.comofficial

03/06/2026

‘बुध’ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार)को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ। साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ।

02/06/2026

तोलामा ४०० ले बढ्यो सुनको मूल्य
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन आजका लागि ३ लाख ११ हजार ३०० निर्धारण भएको छ । आजका लागि ५४०५ निर्धारण भएको छ ।

02/06/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : आज चन्द्रमा नवम ९भाग्य० भावमा रहनेछन्। लामो समयदेखि रोकिएका धार्मिक वा मांगलिक कार्यहरू अगाडि बढ्नेछन्। भाग्यले साथ दिने भएकाले थोरै मिहिनेतले पनि ठूलो सफलता मिल्न सक्छ। उच्च शिक्षा वा वैदेशिक यात्राको प्रयास गरिरहनुभएकाहरूका लागि आजको दिन निकै अनुकूल रहनेछ। गुरुजनको आशीर्वाद प्राप्त हुनेछ।

वृष : आज चन्द्रमा अष्टम भावमा गोचर गर्ने भएकाले अलि सावधानी अपनाउनुपर्ने देखिन्छ। जभबतिज मा अचानक समस्या आउन सक्छ, विशेषगरी पेट र नसा सम्बन्धी समस्याले सताउन सक्छ। जोखिमपूर्ण लगानी र अपरिचित व्यक्तिमाथि चाँडै विश्वास नगर्नुहोला। वादविवादबाट टाढै रहनु हितकर हुनेछ।

मिथुन : दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोगले ठूला योजनाहरू सफल हुनेछन्। व्यापार(व्यवसायमा नयाँ अर्डर वा सम्झौता प्राप्त हुने योग छ। विपरीत लिङ्गी मित्रको सहयोगले मन प्रसन्न रहनेछ र यात्रा रमाइलो हुनेछ।

कर्कट : तपाईंको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण, रोग वा कानुनी विवादहरूबाट मुक्ति मिल्ने योग छ। प्रतिस्पर्धी र शत्रुहरू परास्त हुनेछन्। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। मामाघर पक्षबाट शुभ समाचार मिल्नेछ।

सिंह : बौद्धिक र रचनात्मक कार्यमा रुचि बढ्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा विशेष सफलता मिल्ने दिन छ। सन्तानको तर्फबाट सुखद र सन्तोषजनक समाचार प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रेम जीवनमा सामीप्यता बढ्नुका साथै नयाँ मित्रता गाँसिने समय छ।

कन्या : पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही चिन्तित वा विचलित हुन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्ररी जाँच्नुहोला, हतारमा निर्णय नगर्नुहोला। आमाको स्वास्थ्यको ख्याल राख्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी हुनाले केही थकान महसुस हुनेछ।

तुला : आज तपाईंको पराक्रम, हिम्मत र उत्साहमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग बनेको छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको सहयोगले अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार, लेखन, मिडिया र सामाजिक सञ्जालको माध्यमबाट व्यावसायिक सफलता मिल्नेछ।

वृश्चिक : आर्थिक दृष्टिकोणले आजको दिन निकै उत्तम रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने बलियो योग छ। बोलीको प्रभावले सामाजिक र व्यावसायिक क्षेत्रमा राम्रो छाप छाड्न सफल हुनुहुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र मीठो भोजनको अवसर मिल्नेछ।

धनु : चन्द्रमा आफ्नै राशिमा गोचर गर्ने भएकाले शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान(प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि समय अत्यन्तै शुभ छ। पारिवारिक सुख मिल्नेछ र सोचेका कामहरू समयमै बन्नेछन्।

मकर : आज चन्द्रमा द्वादश भावमा रहने भएकाले खर्चको मात्रा केही बढ्न सक्छ। विलासिता र मनोरञ्जनका वस्तुहरूमा खर्च गर्दा ध्यान दिनुहोला। वैदेशिक क्षेत्र, आयात(निर्यात वा टाढाको यात्रासँग सम्बन्धित काममा भने राम्रो सफलता मिल्नेछ। साँझपख अध्यात्म वा सामाजिक कार्यमा मन जानाले आन्तरिक शान्ति महसुस हुनेछ।

कुम्भ : आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। पुराना लगानी वा सेयर बजारबाट राम्रो मुनाफा मिल्ने योग छ। दाजुभाइ वा वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला र महत्वपूर्ण योजनाहरू अगाडि बढ्नेछन्। मित्रहरूसँग रमाइलो भेटघाट र भोजभतेरको योग छ।

मीन : आज चन्द्रमा दशम (कर्म) भावमा रहनेछन्। कार्यक्षेत्र र राज्यपक्षबाट पूर्ण सहयोग तथा लाभ मिल्ने दिन छ। नयाँ पदभार, जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। पिता वा पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। समाजसेवा र राजनीतिमा लाग्नेहरूका लागि आजको दिन निकै महत्वपूर्ण र उपलब्धिमूलक रहनेछ।

राशिफलले जे जस्तो भनेपनि तपाइँहरुको आजको दिन मङ्गलमय र शुभ बनोस् ।

02/06/2026

मंगलबार गणेश भगवानको बार हो। धार्मिक परम्पराअनुसार भगवान गणेशलाई सबै भन्दा उत्कृष्ट देवताको रुपमा पुज्ने चलन रहेको छ। हरेक व्यक्तिले पूजाआरधना गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने चलन रहेको छ।

01/06/2026

सोमबारको दिन हिन्दू धर्म परम्पराअनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तसंग चाडै प्रसन्न हुन्छन्।

31/05/2026

तोलामा २० हजार ५ सयले बढ्यो सुनको मूल्य
विगत केही दिनदेखि उतारचढाव भएको सुनको मूल्य आज ह्वात्तै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० कायम भएको छ ।

31/05/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष : चन्द्रमा अष्टम भावमा रहने भएकाले आजको दिन अलि सावधानी अपनाउनुपर्ने देखिन्छ। स्वास्थ्यमा अचानक केही मन्दी आउन सक्छ, विशेषगरी खानपान र यात्रा गर्दा सजग रहनुहोला। कार्यक्षेत्रमा वादविवाद र ससाना कुरामा अल्झिनु भन्दा आफ्नै काममा केन्द्रित हुनु बुद्धिमानी हुनेछ। साँझपख स्थितिमा केही सुधार आउनेछ।

वृष : दाम्पत्य जीवन र प्रेम सम्बन्धका लागि आजको दिन निकै सुमधुर रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको पूर्ण सहयोगले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। नयाँ व्यापारिक योजना वा सम्झौताका लागि दिन अनुकूल छ। रमाइलो छोटो यात्रा र मीठो भोजनको अवसर मिल्नेछ।

मिथुन : आज तपाईंको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण वा कानुनी झन्झटहरूबाट मुक्ति मिल्ने योग छ। प्रतिस्पर्धी र शत्रुहरू स्वतः परास्त हुनेछन्। स्वास्थ्य सबल रहनेछ र कार्यक्षेत्रमा तपाईंको लगनशीलताको उचित मूल्याङ्कन हुनेछ। मावली पक्षबाट सहयोग मिल्न सक्छ।

कर्कट : बौद्धिक, साहित्यिक र रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ। सन्तानको तर्फबाट सुखद र सन्तोषजनक समाचार प्राप्त हुनेछ। प्रेम जीवनमा सामीप्यता बढ्नेछ। सेयर बजार वा आकस्मिक धन लाभका दृष्टिकोणले दिन सामान्य अनुकूल देखिन्छ।

सिंह : पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही गहुँगो वा चिन्तित हुन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्ररी जाँच्नुहोला। आमाको स्वास्थ्य र भावनाको सम्मान गर्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी भए पनि साँझसम्ममा सन्तोषजनक नतिजा निस्कनेछ।

कन्या : आज तपाईंको पराक्रम, हिम्मत र उत्साहमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग बनेको छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको पूर्ण सहयोगले अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार र सामाजिक सञ्जालको माध्यमबाट शुभ समाचार प्राप्त हुन सक्छ।

तुला : आर्थिक दृष्टिकोणले आजको दिन उत्तम रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेला पर्ने योग छ। बोलीको प्रभावले सामाजिक र व्यावसायिक क्षेत्रमा राम्रो छाप छाड्न सफल हुनुहुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र पाहुनाको आगमन हुन सक्छ।

वृश्चिक : चन्द्रमा आफ्नै राशिमा गोचर गर्ने भएकाले शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान(प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि समय शुभ छ। पारिवारिक सुख मिल्नेछ र सोचेका कामहरू समयमै बन्नेछन्।

धनु : आज खर्चको मात्रा केही बढ्न सक्छ, त्यसैले विलासिताका वस्तुहरूमा खर्च गर्दा ध्यान दिनुहोला। वैदेशिक क्षेत्र, आयात(निर्यात वा टाढाको यात्रासँग सम्बन्धित काममा भने राम्रो सफलता मिल्नेछ। साँझपख अध्यात्म वा परोपकारी कार्यमा मन जानाले आन्तरिक शान्ति महसुस हुनेछ।

मकर : आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। पुराना लगानी वा सेयर बजारबाट राम्रो मुनाफा मिल्ने योग छ। दाजुभाइ वा वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला र महत्वपूर्ण योजनाहरू अगाडि बढ्नेछन्। मित्रहरूसँग रमाइलो भेटघाट हुनेछ।

कुम्भ : कार्यक्षेत्र र राज्यपक्षबाट पूर्ण सहयोग तथा लाभ मिल्ने दिन छ। नयाँ पदभार, जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। पिता वा पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। समाजसेवा र राजनीतिमा लाग्नेहरूका लागि आजको दिन निकै महत्वपूर्ण र उपलब्धिमूलक रहनेछ।

मीन : भाग्यले पूर्ण साथ दिनेछ। धार्मिक, आध्यात्मिक वा मांगलिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। लामो दुरीको यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। गुरुजन र ज्येष्ठ सदस्यहरूको आशीर्वादले कार्यमा सफलता मिल्नुका साथै उच्च शिक्षा वा वैदेशिक रोजगारीको प्रयास सफल हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

31/05/2026

सूर्य देवताको पुजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। निवेदयामि चात्मानं नमस्ते ज्ञानरूपिणे।। त्वमेव परममापो ज्योती रसोमृत्तम्। भूर्भुवस् स्वस्त्वमोङ्कारस् सर्वो रुद्रस् सनातनस् सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ

30/05/2026

तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

मेष: आज चन्द्रमा अष्टम भावमा रहने भएकाले स्वास्थ्यमा अलि उतारचढाव आउन सक्छ। खानपान र यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। वादविवाद वा ससाना कुरामा अल्झिनु भन्दा आफ्नै काममा केन्द्रित हुनु बुद्धिमानी हुनेछ। साँझपख भने स्थितिमा केही सुधार आउनेछ र पुराना समस्या सुल्झिनेछन्।

वृष: दाम्पत्य जीवन र प्रेम सम्बन्धका लागि आजको दिन निकै सुमधुर रहनेछ। जीवनसाथी वा व्यावसायिक साझेदारको सहयोगले महत्वपूर्ण कामहरू सम्पन्न हुनेछन्। नयाँ व्यापारिक योजना वा सम्झौताका लागि दिन अनुकूल छ। रमाइलो यात्रा र मीठो भोजनको अवसर मिल्नेछ।

मिथुन: आज तपाईंको कार्यक्षमता र आत्मविश्वास उच्च रहनेछ। पुराना ऋण वा कानुनी झन्झटहरूबाट मुक्ति मिल्ने योग छ। प्रतिस्पर्धी र शत्रुहरू स्वतः परास्त हुनेछन्। स्वास्थ्य सबल रहनेछ र कार्यक्षेत्रमा तपाईंको लगनशीलताको उचित मूल्याङ्कन हुनेछ। मावली पक्षबाट सहयोग मिल्न सक्छ।

कर्कट: बौद्धिक, साहित्यिक र रचनात्मक क्षेत्रमा लाग्नेहरूका लागि आजको दिन विशेष फलदायी रहनेछ। सन्तानको तर्फबाट सुखद र सन्तोषजनक समाचार प्राप्त हुनेछ। प्रेम जीवनमा सामीप्यता बढ्नेछ। शेयर बजार वा आकस्मिक धन लाभका दृष्टिकोणले दिन सामान्य अनुकूल देखिन्छ।

सिंह: पारिवारिक वा घरायसी मामिलाले गर्दा मन केही गहुँगो वा चिन्तित हुन सक्छ। घरजग्गा वा सवारी साधनको कारोबार गर्दा कागजातहरू राम्ररी जाँच्नुहोला। आमाको स्वास्थ्य र भावनाको सम्मान गर्नुहोला। कार्यक्षेत्रमा कामको चाप बढी भए पनि साँझसम्ममा सन्तोषजनक नतिजा निस्कनेछ।

कन्या: आज तपाईंको पराक्रम, हिम्मत र उत्साहमा वृद्धि हुनेछ। छोटो दुरीको फलदायी यात्राको योग बनेको छ। दाजुभाइ, दिदीबहिनी र नजिकका मित्रहरूको पूर्ण सहयोगले अधुरा कामहरू पूरा हुनेछन्। सञ्चार र सामाजिक सञ्जालको माध्यमबाट शुभ समाचार प्राप्त हुन सक्छ।

तुला: आर्थिक दृष्टिकोणले आजको दिन उत्तम रहनेछ। रोकिएको धन फिर्ता आउने वा नयाँ आम्दानीको स्रोत फेथ पार्ने योग छ। बोलीको प्रभावले सामाजिक र व्यावसायिक क्षेत्रमा राम्रो छाप छाड्न सफल हुनुहुनेछ। परिवारमा खुसीको वातावरण रहनेछ र पाहुनाको आगमन हुन सक्छ।

वृश्चिक: चन्द्रमा आफ्नै राशिमा गोचर गर्ने भएकाले शारीरिक रूपमा स्फूर्ति र मानसिक रूपमा प्रसन्नता कायम रहनेछ। सामाजिक मान(प्रतिष्ठा र सम्मानमा वृद्धि हुनेछ। नयाँ योजना वा कार्यको थालनी गर्नका लागि समय शुभ छ। पारिवारिक सुख मिल्नेछ र सोचेका कामहरू समयमै बन्नेछन्।

धनु: आज खर्चको मात्रा केही बढ्न सक्छ, त्यसैले विलासिताका वस्तुहरूमा खर्च गर्दा ध्यान दिनुहोला। वैदेशिक क्षेत्र, आयात(निर्यात वा टाढाको यात्रासँग सम्बन्धित काममा भने राम्रो सफलता मिल्नेछ। साँझपख अध्यात्म वा परोपकारी कार्यमा मन जानाले आन्तरिक शान्ति महसुस हुनेछ।

मकर: आम्दानीका विभिन्न स्रोतहरू फेला पर्नेछन् र आर्थिक स्थिति सुदृढ हुनेछ। पुराना लगानी वा सेयर बजारबाट राम्रो मुनाफा मिल्ने योग छ। दाजुभाइ वा वरिष्ठ व्यक्तिहरूको सहयोगले ठूला र महत्वपूर्ण योजनाहरू अगाडि बढ्नेछन्। मित्रहरूसँग रमाइलो भेटघाट हुनेछ।

कुम्भ: कार्यक्षेत्र र राज्यपक्षबाट पूर्ण सहयोग तथा लाभ मिल्ने दिन छ। नयाँ पदभार, जिम्मेवारी वा पदोन्नतिको अवसर आउन सक्छ। पिता वा पैतृक सम्पत्तिबाट फाइदा हुनेछ। समाजसेवा र राजनीतिमा लाग्नेहरूका लागि आजको दिन निकै महत्वपूर्ण र उपलब्धिमूलक रहनेछ।

मीन: भाग्यले पूर्ण साथ दिनेछ। धार्मिक, आध्यात्मिक वा मांगलिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। लामो दुरीको यात्रा वा तीर्थाटनको योजना बन्न सक्छ। गुरुजन र ज्येष्ठ सदस्यहरूको आशीर्वादले कार्यमा सफलता मिल्नुका साथै उच्च शिक्षा वा वैदेशिक रोजगारीको प्रयास सफल हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

30/05/2026

आज शनिबार। कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ। शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ। यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन्।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
46000