19/06/2025
सर्वप्रथम श्री कृष्ण अवश्थीजीलाई "बिनोद नेपाल स्मेति फाउन्डेसन" को आजीवन सदस्यमा हार्दिक स्वागत छ । कृष्णजी हाल Provincial and Local Governance Support Program (PLGSP) आयोजना अन्र्तगत मुख्ययमन्त्री तथा मन्त्रीपरीष कार्यालय हेटौडमा सल्लाहाकारको रुपमा कार्यरत हुनुहुन्छ । संयोग पनि कहिलेकांहि कस्तो हून जान्छ भने, बि.सं २०६५ सालतिर कृष्णजी नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्लामा रहेर काम गर्दा म तत्कालिन फिन्ल्यान्ड सरकारको सहयोगमा संचालित ग्रामिण खानेपानी तथा सरसफाइ आयोजना (RWSSPWN I) को सल्लाहाकारको रुपमा कार्यरत रहंदा धेरै सहकार्य गरेका थियौं, पछि बि.सं २०७५ सालमा पूर्ननिर्माण प्राधिकरणमा काम गर्दा ई. विनोद नेपाल र कृष्णजी संगसंगै काम गर्नु भयो । कृष्णजीको बिनोद नेपाल स्मेति फाउन्डेसनको आजीवन सदस्य बन्ने इच्छा लामो समय पश्चात मेरो व्यस्ताताको वावजुद आज मात्र पुरा भयो । धन्यवाद मित्र, सच्चा मित्र दूःख सुखका साथी हो ।
05/03/2025
बावु तिम्रो स्मृतीमा शुरु गरिएको बिनोद नेपाल स्मृति फाउण्डेसन मार्फत आज इन्दे्रश्वरी माध्यामिक विद्यालय, मेलम्ची, सिन्धुपाल्चोकमा इन्जिनियरिड० संकाय अन्र्तगत अध्धयनरत कक्षा ९ देखि १२ सम्मका ७ जना छात्रछात्रालाई पुर्ण छात्रवृत्ति प्रदान गरेका छौं । देश र जनताका लागि केहि गर्ने अठोटका साथ संयुक्त राज्य अमेरीका गएका तिमी, ती सपनाहरु यथावत राख्दै हामीहरुवाट टाढा भयौ । तिम्रा ती सपनाहरु केहि हदसम्म पुरा होउन भनि विगत ४ वर्षदेखि इन्जिनियरिड० संकायका गरीव र जेहेन्दार विद्यार्थाहरुलाई यस प्रकारको छात्रवृत्ती प्रदान गरिरहेका छौं । फाउन्डेसन मार्फत आज छात्रवृत्ती पाउने सवै छात्रछात्रालाई वधाई र उत्तरोत्तर प्रगतीको कामना गरिन्छ ।
- डा. गंगादत्त नेपाल
संस्थापक अध्यक्ष
बिनोद नेपाल स्मृति फाउण्डेसन (BNSF)
26/02/2025
जीवन एक भोगाई रहेछ !!!
उच्च शिक्षा आंसिल गरेर देश र जनताका लागि ठुलो काम गर्ने अठोटका साथ २०७६ साल श्रावणमा तिमी संयुक्त राज्य अमेरीकामा हाइवे इन्जिनियरिड०मा मास्र्टस ततपश्चात विद्यावारीधी गर्ने अठोटका साथ गएका थियौ । अमेरीका गएको केहि हप्तामा नै ठुलो सडक दुर्घटनामा पर्यौ र म अत्तालिंदै लामो हवाई यात्रावाट हस्पिटल पुगें, धेरै कोशिस गर्दा पनि सुविधा सम्पन्न अमेरीकाको हस्पिटलले तिम्रो जिवन रक्षा गर्न सकेन, हामी वांचुन्जेल तिमीलाई विभिन्न आयाममा जिवित राख्नका लागि तिम्रो नाममा "बिनोद नेपाल स्मृति फाउन्डेसन" (BNSF) खोलेर विभिन्न कार्यक्रम अगाडि बढाइरहेका छौं। तिमिले करीव २ वर्ष कुशल सिभिल इन्जिनियरको रुपमा २०७२ सालको महाभुकम्प पश्चातको पुर्ननिर्माण र पुर्नस्थापना कार्य गर्दा संलग्न रहेको गुम्वा व्यवस्थापनको संझनामा यस वर्षको तिम्रो जन्मदिन "नमोवुद्ध काभ्रेको गुम्वामा शान्ति पूजा" गरी तिमी जहां छौ शान्तिका साथ रहने छौ भन्ने कामनाका साथ "५१ जना भन्दा बडी लामाहरुबाट पूजा" आज तिम्रो जन्मदिनमा सम्पन्न गरेका छौं । तिमीलाई असाध्यै मनपनै हाम्रा नेता, माननीय नेपाली कांग्रेसका महामन्त्री श्री गगन कुमार थापा फाउन्डेसनका प्रमुख सल्लाहाकार रहेका छन्, फाउन्डेसनका विधिवत २०७७ सालमा आजकै दिन उहांवाट नै उद्घाटन गराएका थियौ।
आजको यस शान्ति पूजा सम्पन्न गर्न सहयोग गर्नुहुने आदरणिय समाजसेवी श्री शंखबुद्ध लामा दाईप्रति हार्दीक आभार प्रकट गर्दछु, साथै बावु तिम्रो मृतआत्माको चिर-शान्तिको कामना गर्दछु ।
25/01/2025
बिनोद नेपाल स्मृति फाउन्डेसन (BNSF) को आजीवन सदस्य बनेकोमा हार्दीक वधाई प्यारो भाई निराजन !
14/11/2024
बिनोद नेपाल स्मृति फाउण्डेसनको सिभिल इन्जिनियरिड० अध्ययन गर्ने विद्यार्थीहरुको लागि छात्रवृत्तीको सुचना : प्राप्त निवेदनहरुको मूल्याड०कन तथा अन्र्तवार्ता समेत वाट छनौट भएका बिद्यार्थीहरुलाई पछि इन्द्रेश्वरी माध्यमिक विद्यालय मेलम्ची सिन्धुपाल्चोकमा आयोजना हुने एक समारोहका साथ छात्रवृत्ती प्रदान गरिने व्यहोरा अनुरोध छ ।
28/10/2024
यस फाउण्डेसनको आजीवन सदस्य बनेकोमा हार्दीक वधाई छ प्यारो सागर भाई, तिम्रो सामाजिक सेवाको भाव यस फाउण्डेसन मार्फत अगाडि तिम्रो सामाजिक सेवाको भाव यस फाउण्डेसन मार्फत समेत अगाडि बढोस्, शुभकामना !!!
फाउन्डेसनमा ९ जनाको कार्यकारी समिति र ९८ जना आजीवन सदस्य रहेका छन् ।
07/09/2024
आ.व. २०८१।८२ इन्जिनियरिड० संकाय अन्र्तगत कक्षा ९ मा अध्ययनरत मेलम्ची नगरपालीका सिन्धुपाल्चोकमा स्थायी बसोवास गर्नेहरुका लागि छात्रवृत्ती प्राप्त गर्नका लागि आवेदन माग सम्वन्धमा (Application call for the scholarship of Fiscal Year 2081-82: students studying in Class 9 under the Faculty of Civil Engineering, pre-requisite of application is – should be permanent residents of Melamchi Municipality, Sindhupalchok)
19/07/2024
बिनोद नेपाल स्मृति फाउण्डेसनकाे बार्षिक प्रगती प्रतिवेदनलाई समाचार बनाइदिनुभएकाेमा धन्यवाद !
18/07/2024
https://sindhupress.com/?p=2088
स्व ई. नेपालकाे सम्झनामा फाउण्डेसनको सामाजिक कार्य : ईन्जिनियरिङ अध्यापन देखि रक्तदानसम्म
काठमाण्डौ । बिनोद नेपाल स्मृति फाउण्डेसनले ईन्जिनियरिङ अध्ययन गर्दै गरेका पाँच जना छात्रछात्रालाई पुर्ण छात्र....