काठमाडौँ महानगरपालिका वडा नं ५ - Kathmandu Metropolitan City Ward No. 5

काठमाडौँ महानगरपालिका वडा नं ५ - Kathmandu Metropolitan City Ward No. 5

Share

का म पा ५ वडा अन्तर्गतका गतिविधिहरू र वडाका महत्वपूर्ण सूचनाहरू यस पेजमा प्राप्त गर्नु हुनेछ ।

Photos from काठमाडौँ महानगरपालिका वडा नं ५ - Kathmandu Metropolitan City Ward No. 5's post 30/04/2025

नरःदे (हाँडीगाउँ), भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास सम्पन्न

भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ । ९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ । भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।

भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो । सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ । २०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

11/02/2025

एकतर्फी सञ्चालन (One-way) सम्बन्धी सूचना

यातायात आवागमन व्यवस्थापनलाई थप प्रभावकारी, सुरक्षित र सहज बनाउन काठमाडौँ महानगरपालिका वडा नं. ५ हाँडीगाउँ अन्तर्गत तपसिलका सडकमा एकतर्फी (One-way) सवारी साधन सञ्चालन गर्नुपर्ने भएकोले महानगरपालिकाको भवन व्यवस्था समितिको मिति २०८१ पुस ५ गतेको निर्णयानुसार मिति २०८१ फागुन ७गतेबाट लागू हुने सडकमा एक तर्फबाट मात्र सवारी साधन सञ्चालन हुने व्यवस्था गरिने भएकोले सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।

तपसिल
१) काठमाडौँ महानगरपालिका वडा नं. ५ अन्तर्गत थटु मार्गबाट वडा कार्यालय भीमसेन मार्ग, हात्ती महा‌ङ्काल मार्ग-हाडीगाउँ मार्गतर्फ मात्र प्रवेश गर्न पाउने ।

२) विशालनगर तर्फबाट आउने सवारी साधनहरूलाई भीमसेन मार्ग हुँदै वडा नं. ५ कार्यालयतर्फ जान प्रवेश निषेध गरी हात्ती महाङ्काल तर्फमात्र प्रवेश गर्न पाउने ।

३ ) हाँडीगाउँ हुँदै ढुङ्गेधारातर्फ सोझो प्रवेश निषेध गरी सवारी साधनहरूलाई थटु मार्ग तर्फबाट पठाउने ।

४) नक्साल भाटभटेनी तर्फबाट आउने सवारी साधनहरू वडा नं. ५ को कार्यालयबाट थटु मार्गतर्फ प्रवेश निषेध गरी भीमसेन मार्गतर्फ मात्र जान पाउने ।

५) ढुङ्गेधाराबाट हात्ती महा‌ङ्कालतर्फ प्रवेश निषेध ।

६) वडा नं. ५ कार्यालयको दक्षिणतर्फबाट गहना पोखरीतर्फ प्रवेश निषेध ।

७) बाल मन्दिर तर्फबाट टंगाल जाने कैलाश मार्गमा बालमन्दिर तर्फबाट मात्र प्रवेश गर्न पाउने र टंगालबाट प्रवेश निषेध ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Hadigaun
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00