02/10/2025
२०८२ सालको बडा दशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
जगदीश प्रसाद अधिकारी
अध्यक्ष, राष्ट्रिय अपाङ्गता संगठन नेपाल
11/09/2025
मिति: २०८२l०५l२६
रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल
प्रेस विज्ञप्ती
काठमाण्डौ लगायत देशका प्रमुख शहरहरुमा Gen-Z युवाहरूले २०८२ भाद्र २३ गते सुशासन कायम, नाताबाद र भ्रस्टाचार बिरुद्दको आन्दोलनमा अनाहक मृत्युवरण गर्ने युवाहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । घाइते युवाहरूको शिघ्र निःशुल्क स्वास्थ्य लाभको कामना गर्दछौ, साथै शोक सन्तप्त परिवारजनमा रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल गहिरो समवेदना प्रकट गर्दछौ ।
Gen-Z युवाहरूको २०८२ भाद्र २४ गते भएको आन्दोलनमा षडयन्त्रपूर्वक घुसपैठ गरी सरकारी तथा निजी भवनहरू आगजनी तथा तोडफोडबाट देशमा ठुलो जन धनको क्षति भएको हुनाले रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल दुःख र चिन्ता व्यक्त गर्दछ । प्रधानमन्त्रिले राजीनामा दिईसकेपछिको वर्तमान राजनीतिक अन्योलताको अवस्थामा देशलाई आगामी सहि र सुरक्षित निकास दिनका लागि संविधानको दयारा भित्र रहेर लोकतान्त्रिक विधीबाट उपयुक्त समाधान खोज्नका लागि सम्माननीय राष्ट्रपति ज्यू र Gen-Z समूहलाई आग्रह गर्दछ । देशमा उत्पन्न भइरहेको यस अप्ठ्यारो परिस्थितिमा विभिन्न बाहिरि स्वार्थ बोकेका समूहहरुको चलखेल हुनसक्ने संभावनालाई मध्यनजर गर्दै संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार, स्थानीय सरकारहरुले आ-आफनो स्थानबाट लोकतन्त्रको रक्षाका लागि भूमिका खेल्नका लागि हार्दिक आग्रह गर्दै निर्वाध रुपमा सेवा प्रदान गरी दैनिक जनजीवनलाई सामान्य बनाउनका लागि रास्ट्रिय अपाङ्गता सङ्गठन हार्दिक अपिल गर्दछ ।
नेपालको संविधान वमोजिम Gen-Z युवाहरूको माग देशमा गैर लोकतान्त्रिक व्यवस्थाको माग होइन तसर्थ उनीहरुको सहभागितामा नयाँ अन्तरिम सरकार निर्माण र संसदिय व्यवस्थामा आवश्यक सुधार गर्दै अगाडी बढ्न साथै लोकतन्त्रको रक्षा गर्दै उहाहरुको मागहरु यथाशिघ्र पूरा गर्न नयाँ बन्ने सरकारको मुख्य कर्तव्य हुन्छ। संविधान सम्मत नया नेपाल र लोकतान्त्रिक व्यवस्था निर्माणमा नेपाल सरकालाई सबै तह र तप्काका नागरिकहरुले आपसी सहयोग गर्न रास्ट्रिय अपाङ्गता सङ्गठन नेपाल सबैमा हार्दिक अपिल गर्दछ साथै सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दलहरुले यस्तो विषम परिस्थितिमा आपसी समझदारी निर्माण गर्दै थयासिघ्र संवाद गरी संबैधानिक र लोकतन्त्रका उपलब्धीलाई रक्षा गर्न प्रभावकारी कदम चाल्न आग्रह गर्दछ ।
यस विषम घडीमा रास्ट्रिय अपाङ्गता सङ्गठन नेपालका सबै साथिहरु आ-आफनो क्षेत्रमा एक आपसमा सम्पर्क र समन्वयमा रहने, आपसी सुरक्षा, देशको सार्वभौमसत्ता, संविधान र लोकतान्त्रिक गणतन्त्र र सरकारी, सार्वजनिक तथा नीजि सम्पत्ति रक्षा गर्न दृढ र एकतावद्ध रुपमा उभिनका लागि आब्हान गर्दछ । आशा गरौ, यो परिस्थिती पक्कै पनि धेरै लामो हुने छैन तसर्थ यसप्रति हामि सबै कत्ति पनि बिचलित नभई संवेदनशील हुन पनि आग्रह गर्दछ । हाम्रा ध्वस्त भएका सरकारी, नीजि तथा सार्वजनिक भौतिक सम्पत्ति तथा संरचनालाई विश्वब्यापी आधुनिक ढाचा, सबैको लाइ प्रयोग गर्न सकिने पहुँचयुक्त तथा अपाङ्गता मैत्री ढाचामा पूर्ननिर्माणको लागि हामी अर्को ठोस अभियान सहित छिट्टै जुट्ने नै छौं भन्ने पनि विश्वास दिलाउन चाहान्छु ।
जगदिस प्रसाद अधिकारी
अध्यक्ष
राष्ट्रिय अपाङ्गता सङ्गठन नेपाल
20/08/2025
राष्ट्रिय अपाङ्ता सगठन नेपालको केन्द्रीय कमिटीको भौर्चिवल बैठक मिति २०८२/०५/०४ गते उत्साहका साथ सम्पन्न भएको छ ।
बैठकमा सहभागी सम्पुर्ण कमरेडहरुलाई केन्द्रीय कमिटी हार्दिक धन्यबाद व्यक्त गर्दछ ।
#राष्ट्रियअपाङ्गतासंगठननेपाल #नेकपाएमाले #केन्द्रीयकमिटीबैठक
01/08/2025
आज मिति २०८२ साउन १६ गते, शुक्रबार राष्ट्रिय अपाङ्ता संगठन नेपाल
बुढानिलकण्ठ नगर कमिटीको सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ ।
सम्मेलनले शृजना भण्डारीको अध्यक्षतामा १९ सदस्यीय पालिका कमिटी गठन गरेको छ।
सम्मेलनलाई राष्ट्रिय अपाङ्ता संगठन नेपाल महासचिव कमरेड रमेश लामाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्नुभएको थियो भने हाम्रो पार्टी नेकपा (एमाले) बागमती प्रदेश सदस्य एवम् बुढानिलकण्ड नगर इन्चार्ज कमरेड उद्द्व खरेल, नेकपा (एमाले ) बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष कमरेड प्रदीप डंगोल लगायतले विशेष आतिथ्यता गर्नुभएको थियो ।
सम्मेलनबाट जिम्मेवारी प्राप्त गर्नुहुने सम्पूर्ण कमरेडहरुलाई हार्दिक बधाई एवम् सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
#नेकपाएमाले #राष्ट्रियअपाङ्गतासंगठननेपाल #बुढानिलकण्डनगरसम्मेलन
29/07/2025
**सुखी नेपाली, समृद्ध नेपाल**
हामीलाई हाम्रो नेतृत्व प्रती गौरव छ ।।
विरोधीहरु सत्तामा पुग्न नपाएर छटपटिएर अनेकौ प्रपन्च रचिरहेका छन तर हाम्रो पार्टी नेतृत्व तथा सम्माननिय प्रधानमन्त्री ज्यु देश भित्र लगानी भित्राएर नेपाल र नेपाली जनतालाई सम्पन्न बनाउने अभियानमा निरन्तर लागिरहनुभएको छ ।।
यसै सन्दर्भमा गत मंसीरमा सम्माननिय प्रधानमन्त्री ज्यु को चीन भ्रमणमा भएको सम्झौता अनुसार चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मारिण -४ सिन्धुलीमा भैंसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने छ।
यस उद्योगले पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिनेछ भने वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्नेछ ।
हार्दिक धन्यवाद सम्माननिय प्रधानमन्त्री नेतृत्वको नेपाल सरकारलाई ।।
23/07/2025
नेकपाका संस्थापक महासचिव तथा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनका अगुवा, संयुक्त जनआन्दोलनको नीतिका प्रतिपादक तथा नेपाली इतिहासको नविनधाराका सर्जक कमरेड पुष्पलालको स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति हल च्यासल ललितपुरमा आयोजित कार्यक्रममा सहभागी राष्ट्रिय अपाङ्गता संगठन नेपालका केन्द्रीय कमिटी अध्यक्ष, उपाध्यक्षहरु तथा महासचिव कमरेडहरु ।।