11/10/2026
💐 हार्दिक बधाई तथा शुभकामना 💐
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ एल, नेपालका
सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर लायन मन कृष्ण श्रेष्ठ ज्यू,
जुलाई, अगस्ट र सेप्टेम्बर महिनामा यहाँले क्लबलाई चलायमान बनाउन, उत्कृष्ट एवम् सेवामूलक कार्यहरू सम्पन्न गर्न र क्लबलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण भूमिका निभाउनु भएकोमा उच्च मूल्याङ्कन गर्दै "SUBHA AARAMBHA Excellence in District Support Award" बाट सम्मानित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौँ।
तपाईँको यो सफलताले सम्पूर्ण क्लब परिवारलाई गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा पनि लायनवादको यात्रामा अझ उच्च सफलता हासिल गर्दै अगाडि बढ्न सक्नुहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
आभार,
लायन्स क्लब अफ काठमाडौं शुभ आरम्भ परिवार