20/10/2025
दुरचेतनाको दियो बालेर चलिरहेको समाजको (कु)रिती बिरुद्ध प्रश्न गर्नु आज पनि वागी बनिने अवस्थामा देवकोटाले त्यो समयमा समाजका परम्परागत ब्यवस्थाका विरुद्ध शालिनतापूर्वक अवज्ञाको गीत सुसेल्न थालेका थिए । त्यसो गर्नु या त जघन्य अपराध थियो या त पागलपन थियो। तिनले ब्यवस्थाको पूरै तागत केन्द्रीकृत गरेर देवकोटालाई पागल करार गर्ने दुश्साहस गरे । तर देवकोटा सानातिना हुरीहरुले उडाई लैजाने पातलो पानाहरुमा लेखिएको गीतका हरफ थिएनन् । उनी त अन्र्तचेतनाबाटै समाजका लागि उज्यालो फैलाउ‘दै बलिरहेका एउटा त्यस्तो दियो थिए जो केवल बल्न र बलिरहन मात्र जान्दथ्यो महादियोझैं । जो आज पर्यन्त बलिरहेकै छ,
महाकवि अर्थात् चेतनाको महादियो मानिसहरुले विद्यालय जान राणा शासकहरुको उर्दी थाप्न पर्ने, तिनै राणाहरुले मानिसलाई जात दिन या झिक्न सक्ने, स्वतन्...

20/10/2025