गाैतम-चाैँलागाईँ एकता समाज

गाैतम-चाैँलागाईँ एकता समाज

Share

रामेछाप-काभ्रे जिल्लाबाट देश बिदेशमा छरिएका गाैतम-चाैँलागाईँहरूकाे आपसी सम्बन्धलाई सुदृढ गर्न गठित ।

28/12/2025

गांतम-चाैलागाईँ एकता समाजकाे मिति २०८२/९/१२ मा बसेकाे तेह्राैँ साधारण सभाले श्री सुवाेधप्रसाद चाैलागाईँकाे अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सफलताकाे शुभकामना छ ।

17/12/2025

गाैतम-चाैलागाईँ एकता समाजकाे तेर्हाैँ साधारण सभा मिति २०८२/९/५ गते बस्ने निर्णय गरिएकाेमा उक्त दिन चाैलागाईँ प्रतिष्ठानकाे पनि साधारण सभा परेकाे, यस समाजका धेरै आजीवन सदस्यहरू उक्त प्रतिष्ठानकाे पनि सदस्य रहेकाे र निर्वाचन पनि परेकाे र दुइवटा थर मध्ये एउटा थरकाे उपस्थिती न्यून हुने हुनाले साधारण सभाकाे मिति सार्नु पर्ने अवस्था आएकाे हुँदा आज मिति २०८२/९/२ मा बसेकाे बैठकले यस समाजकाे साधारण सभा यही २०८२/९/१२ गते शनिबारका दिन देहायकाे स्थान र समयमा गर्ने निर्णय भएकाेले सबैकाे जानकारीकाे लागि अनुराेध छ ।
१) स्थान दिव्यश्वरी पार्टी प्यालेस, लाेकन्थली, भक्तपुर
२) मिति समय : २०८२/९/१२ गते बिहान ११:०० बजे ।

पुनश्च :

साथै नव टाकुरा बचत ऋण तथा सहकारी संस्था, नयाँ बानेश्वरले यस समाजकाे सहभागितामा देहायकाे मिति समय र स्थानमा रक्तदान कार्यक्रम आयाेजना गर्ने भएकाेले रक्तदान गर्न उपयुक्त महानुभावहरू रक्तदानका लागि उपस्थित हुन समेत अनुराेध गर्दछु ।
मिति : २०८२/९/५ गते शनिबार
समय : बिहान ११ बजे देखि ३ बजे सम्म
स्थान : दरवार हाई स्कुल प्राङ्गण, जमल छेउ ।
धन्यवाद ।

(लाेकनाथ गाैतम)
महासचिव

16/12/2025

गाैतम-चाैलागाईँ एकता समाजकाे मिति २०८२/८/२ गते बसेकाे कार्यसमितिकाे बैठककाे निर्णय अनुसार समाजकाे तेह्राैँ साधारण सभा देहायकाे मिति, समय र स्थानमा बस्ने भएकाेले सबै आजीवन सदस्य महानुभावहरूलाई उपस्थितिका लागि अनुराेध छ ।
मिति २०८२/९/५ गते शनिवार ।
समय बिहान ११:०० बजे ।
स्थान : दिव्येश्वरी पार्टी प्यालेस, लाेकन्थली, भक्तपुर ।
साधारण सभाका मुख्य कार्यक्रमहरू :
१) पहिलाे उद्घाटन सत्र ।
(क) समाजका पूर्व पदािधकारीहरूलाई सम्मानपत्र प्रदान गर्ने ।
ख) आजीवन सदस्य श्री भरत चाैलागाईँले व्यवस्था गर्नु भए अनुसार उपस्थित सदस्य परिवारका जेष्ठ नागरिकहरू वा उपस्थित आजीवन सदस्य परिवार मार्फत नगद प्रदान गरि सम्मान गर्ने । (आजीवन सदस्य परिवार का जेष्ठ नागरिक स्वयम् वा तिनका परिवारबाट काेही पनि उपस्थित नभएमा नगद प्रदान गरिने छैन ।
२) दाेस्राे बन्द सत्र
क) महासचिवकाे प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने ।
ख) काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत, छलफल र पारित गर्ने ।
ग) आ.ब. २०८२/८३ काे लागि लेखापरीक्षककाे नियुक्ति र निजकाे पारिश्रमिक निर्धारण गर्ने ।
घ) साधारण सभाकाे माइन्यूट प्रमाणित गर्न सभाबाट दुइजना सदस्य मनाेनयन गर्ने ।
ङ) निर्वाचन समिति गठन र नयाँ कार्यसमितिकाे निर्वाचन ।

लाेकनाथ गाैतम
महासचिव

27/11/2025
Photos from गाैतम-चाैँलागाईँ एकता समाज's post 06/10/2025

मिति २०८२/६/२० गते गुन्सी अमलबाेट स्व. फत्तप्रसाद गाैतमज्यूप्रति श्रद्धाञ्जली सभा आयाेजना गर्दाकाे स्मरण ।

Photos from गाैतम-चाैँलागाईँ एकता समाज's post 02/10/2025
06/08/2025

गाैतम-चाैलागाईँ एकता समाजले प्रकाशन गर्न लागेकाे स्मारिकाकाे लागि यही २०८२ साउन २८ गतेभित्र आफ्नाे लेख रचनाहरू देहायकाे Mail ID मा पठाउन सबै आजीवन सदस्य महानुभावहरूमा याे अन्तिम सूचना प्रकाशित गरिएकाे छ । सबै सामग्रीहरू छपाईका लागि भदाै २ गते प्रेसमा पठाउने व्यहाेरा समेत जानकारीका लागि अनुराेध छ । धन्यवाद
[email protected]

लाेकनाथ गाैतम
महासचिव

Photos from गाैतम-चाैँलागाईँ एकता समाज's post 13/07/2025

आयाे टप्प टिप्याे लग्याे मिति पुग्याे टारेर टर्दैन त्याे ।

16/05/2025

शाेक समाचार
आयाे टप्प टिप्याे, लग्याे मिति पुग्याे टारेर टर्दंन त्याे ।
साविक काभ्रे पाेखरी चाैँरी, हाल काठमाडाैँ काेटेश्वर निवासी यस गाैतम-चाैलागाईँ एकता समाजका आजीवन सदस्य नं. १०९ का स्व. छविलाल गाैतमकि धर्मपत्नी, निलकण्ठ, यादव र बुद्धिप्रसादकी ममतामयी माता बि.सं. १९९८ मा जन्म भएकी श्रीमती उमादेवी गाैतमकाे मिति २०८२/२/१ गते बिहान असामयिक निधन भएकाे खबरप्रति याे समाज गहिराे दुःख व्यक्त गर्दै हार्दिक श्रद्धा सुमन व्यक्त गर्दछ । उहाँकाे बैकुण्ठबास हाेस् भन्ने कामना गर्दछ । यस दु:खद घडिमा उहाँका समस्त शाेक सन्तप्त परिवारमा समाज गहिराे समवेदना व्यक्त गर्दछल।

11/05/2025

शुभकामना
काभ्रे मादन कुँडारीका बन्धुबान्धव तथा इष्टमित्रहरूले भाेली बनेपामा गाेष्ठ धुप (वायु पुजा) गर्ने खबरप्रति गाैतम-चाैलागाईँ एकता समाज अत्यन्त खुसी एवम् गाैरव व्यक्त गर्दछ । समाज उहाँहरूकाे यस कार्यक्रमले पूर्ण सफलता पाओस् भन्ने कामना गर्दै समाज यस कार्यक्रमले निरन्तरता पाओस भन्ने कामना गर्दछ ।
पुण्यप्रसाद गाैतम
अध्यक्ष
गाैतम-चाैलागाईँ एकता समाज

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


New Baneshwor
Kathmandu
44600