06/05/2026
ठूलो पातल माध्यमिक विद्यालय, जिरी -९, दोलखाका प्रधानाध्यापक सुनिल कुमार सुनुवारज्यू यस संस्थाको आजीवन सदस्यता प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ ।
सुनुवार राष्ट्रसेवक समाज
काठमाडौं ।
03/04/2026
बधाई तथा शुभकामना !!
=================
नेपाल आदिवासी जनजाति महिला महासङ्घको अध्यक्ष पदमा निर्वाचित हुनु भएका सुनुवार सेवा समाज, सङ्घीय समितिका उपाध्यक्ष शोभा सुनुवारज्यूलाई यस समाजद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरियो ।
सुनुवार राष्ट्रसेवक समाज
01/04/2026
हार्दिक बधाई
========
महालेखापरीक्षकको कार्यालयका निर्देशक आदरणीय सर ताराध्वज सुनुवारज्यू सुनुवार राष्ट्र सेवक समाजको आजीवन सदस्य बन्नु भएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ।
सुनुवार राष्ट्रसेवक समाज
26/03/2026
सम्पूर्ण सुनुवार राष्ट्रसेवक कर्मचारीहरूमा हार्दिक अनुरोध
सम्पूर्ण सुनुवार राष्ट्रसेवक कर्मचारीहरूबीच आपसी एकता, सद्भाव, सहयोग र समन्वय गरी सुनुवार राष्ट्रसेवक कर्मचारीहरूको व्यवसायिकता विकास गर्दै राष्ट्रनिर्माण प्रक्रियामा समग्र सुनुवार समुदायको रचनात्मक भुमिका अभिवृद्धि गर्ने उद्देश्यले स्थापित “सुनुवार राष्ट्रसेवक समाज”मा आवद्ध हुनुभई आजीवन सदस्य लिनुहुन सम्पूर्ण सुनुवार राष्ट्रसेवक कर्मचारीहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।
सुनुवार राष्ट्रसेवक समाज,
काठमाडौं
26/03/2026
सुनुवार राष्ट्रसेवक अक्षय कोषमा योगदान गरौँ ।
राष्ट्रनिर्माणमा सुनुवार समुदायलाई आवद्ध गरौँ ।।
सुनुवार राष्ट्रसेवक समाजको विधान २०७९ को परिच्छेद २, दफा ४ (ट) बमोजिम संस्थालाई गतिशील बनाउन स्थापित “सुनुवार राष्ट्रसेवक अक्षयकोष”मा आफ्नो मन खोलेर आर्थिक सहयोग गरी अमूल्य योगदान गरीदिनु हुन सम्पूर्ण महानुभवहरुमा हार्दिक अनुरोध गर्दछौँ ।
सुनुवार राष्ट्रसेवक समाज,
काठमाडौं ।
26/03/2026
हार्दिक धन्यवाद!!
==========
यस संस्थाका कार्यसमिति सदस्य शाखा अधिकृत श्री रमेश सुनुवारज्यूले यस संस्थाद्वारा स्थापित "सुनुवार राष्ट्रसेवक अक्षय कोष"मा रु.३०,०००/- (अक्षरेपी तीस हजार रुपैयाँ मात्र) योगदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।
सुनुवार राष्ट्रसेवक समाज ।
25/03/2026
बधाई तथा शुभकामना ज्ञापन!!
=================
नेपाल आदिवासी जनजाति महासङ्घको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएका सुनुवार सेवा समाज, सङ्घीय समितिका अध्यक्ष अमृत बहादुर सुनुवारज्यूलाई यस समाजद्वारा बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गरियो ।
सुनुवार राष्ट्रसेवक समाज
25/03/2026
हार्दिक बधाई
========
गोलन्जोर गाउँपालिका, सिन्धुलीमा सहायक लेखा अधिकृत पदमा कार्यरत पदम बहादुर सुनुवार Padam Sunuwar ज्यू सुनुवार राष्ट्र सेवक समाजको आजीवन सदस्य बन्नु भएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ।
सुनुवार राष्ट्रसेवक समाज
25/03/2026
हार्दिक बधाई तथा शुभकामना !!
*************************
सम्वत् २०८२ साल चैत्र ६ गते सम्पन्न खिजिदेम्बा गाउँपालिका, ओखलढुङ्गाको गाउँ सभाको १९औँ अधिवेशनको अवशरमा सोही पालिकामा सिनियर अ.न.मि. पदमा कार्यरत यस संस्थाका सदस्य महालती सुनुवारज्यू आ.व. २०८१-०८२ को कार्यसम्पादनमा उत्कृष्ट कर्मचारी छनौट हुनु भइ नगदसहित पुरस्कृत हुनु भएको हुँदा हार्दिक बधाई तथा आगामी दिनमा अझ उत्कृष्ट कार्यसम्पादन गर्ने हौसला मिलोस शुभकामना!!
सुनुवार राष्ट्र सेवक समाज
25/03/2026
हार्दिक बधाई
========
गोदावरी नगरपालिका, ललितपुरमा कम्प्यूटर अधिकृत पदमा कार्यरत शिव सुनुवार Shiba Sunuwarज्यू सुनुवार राष्ट्र सेवक समाजको आजीवन सदस्य बन्नु भएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछौँ।
सुनुवार राष्ट्रसेवक समाज