प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party

प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party

Share

प्र लो पा

31/01/2026

वि.सं २०४६ साल कात्तिक २० गते जन्मिनुभएका श्याम गहतराजले प्युठान निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदका लागि प्रत्यक्ष उम्मेदवारी दिनुभएको छ। उहाँले वाणिज्यशास्त्रमा स्नातक तथा राजनितिक विज्ञानशास्त्रमा मास्टर्स उपाधि हासिल गर्नुभएको छ।
२०७२ सालमा नेपालको शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासको द्रुत गतिलाई देखेर उहाँले राजनीतिमा प्रवेश गर्ने विचार गर्नुभयो। उहाँ नयाँ शक्ति पार्टीका संस्थापक सदस्यहरूमध्ये एक पनि हुनुहुन्छ। यही पार्टी पछि अरु विभिन्न समूहहरूसँग मिलेर हालको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बनेको हो।
उहाँले भ्रष्टाचार उन्मूलन गरी सुशासन स्थापना गर्ने, रोजगारीका अवसरहरू सिर्जना गर्ने, सरकारी विद्यालयहरूमा शिक्षाको गुणस्तर तथा सरकारी अस्पतालहरूको स्वास्थ्य सेवाको स्तर उकास्ने जस्ता दृढ संकल्प लिनुभएको छ।
Shyam Gahatraj is a direct candidate from pyuthan constituency. He was born on 20 Kartik 2046. He has completed Bachelor's in commerce and holds master's degree in science
He entered politics in 2072 concerning the education, health and infrastructural development of Nepal. He was one of the founding members of Naya Shakti Party which was merged with different groups to become present PDP.
To eradicate corruption and establish good governance, to generate employment opportunities, to improve the quality of education and health in government schools and hospitals are his main priorities.

28/01/2026
28/01/2026

सृजना सुवेदी प्युठान नगरपालिका–४ की सामाजिक कार्यकर्ता हुनुहुन्छ र हाल सुशासन–सुदाचार आयोगको केन्द्रीय सदस्यका रूपमा कार्यरत हुनुहुन्छ। उहाँ खस आर्य समुदायको महिला हुनुहुन्छ र कानून विषयमा +2 पास गर्नुभएको छ। उहाँले Pro Public को भ्रष्टाचारविरुद्धको परियोजना र असल शासन श्रोता क्लबमार्फत सुशासन, पारदर्शिता र जनसहभागितामा काम गरिसक्नु भएको छ।

समाजमा पितृसत्तात्मक भेदभावको अनुभव र शिक्षा–स्वास्थ्य सेवा विकट क्षेत्रमा नपुगेको वास्तविकता देखेपछि उहाँ महिला अधिकार र समानताको लागि संघर्ष गर्दै आउनुभएको छ। संविधानमा ३३% महिला कोटा भए पनि व्यवहारमा त्यो धेरैजसो टोकनिस्टिक मात्र रहेको उहाले देख्नुभएको छ।

राजनीतिक रूपमा, उहाँले नयाँ शक्ति (२०७४) मा नागार्जुन उपमेयरको उम्मेदवार भएर सक्रिय राजनीति शुरू गर्नुभयो। बाल संघठनमा ८ वर्षदेखि र इकाइ तहमा १३ वर्षदेखि काम गर्दै आउनुभएको उहाँले पोखरामा पढ्दादेखिको राजनीति सक्रिय हुनुभएको र भविष्यमा पनि समानता तथा सामाजिक न्यायका लागि निरन्तर काम गर्ने लक्ष्य राख्नुभएको छ।

Srijana Subedi is a social activist from Pyuthan Municipality–4 and currently serves as a central member of the Good Governance and Integrity Commission. She belongs to the Khas Arya community and has completed her +2 in Law. She has worked in anti-corruption projects under Pro Public and has also contributed to good governance, transparency, and public participation through the Asal Shasan Shrota Club.

After experiencing patriarchal discrimination in society and seeing the reality that education and health services do not reach remote areas, she has been actively fighting for women’s rights and equality. She has observed that although the constitution guarantees a 33% women’s quota, it is largely tokenistic in practice.

Politically, she began her active political career by running as the deputy mayoral candidate for Naya Shakti (2017) in Nagarjuna. At the age of 8 years old, She worked in Bal Sanghathan opened in her local village, her political engagement became active while studying in Pokhara, and she remains committed to working for equality and social justice throughout her life.

यो निर्वाचनमा परिवर्तनका लागि साथ दिनुहोस्!
यो निर्वाचनमा मत आँखालाई दिनुहोस्!

सरकार र आन्दोन्लनरत शिक्षक दुबै पक्षले सर्वोच्चअदालतको आदेश पालना गरि समस्याको समाधान खोज्न 28/04/2025

सरकार र आन्दोन्लनरत शिक्षक दुबै पक्षले सर्वोच्चअदालतको आदेश पालना गरि समस्याको समाधान खोज्न तपाईले शिक्षक महासंघको आन्दोलनका कारण विद्यार्थी एवं वालबालिककाको पढ्न पाउने अधिकारको हनन भएको भन्दै छिटो भन्द...

22/02/2025

नेसपा नयाँ शक्तिको माघ २७ ,२८,२९ मा चलेको प्रथम महाधिवेशनमा महिला सचिवको लागि मेरो उमेदवारी परेकोमा मेरो मुल्याङ्कन गरी आफ्नो अमुल्य मत प्रदान गर्नु हुने प्रतिनिधि ज्यु हरु प्रति हार्दिक आभार प्रकट गर्दछु। आगामि दिनमा पनि हजुरहरुको साथमा रहि कसैको प्रलोभनमा नपरी पार्टीको अग्रगामि निति सिद्धान्तलाई व्यबहारमा कार्यान्वयनको लागि अडिक रहने छु। साथै निर्वाचित पदाधिकारी लगायत सदस्य ज्युहरुले हस् मा हस् प्रबिद्धि को अन्त्य गरि किन र कसरीको उच्चतम् अभ्यास गर्ने साच्चै पहिलो निर्वाचित केन्द्रिय समिति बनोस् । शुभकामना।🙏

Photos from प्रगतिशील लोकतान्त्रिक पार्टी Progressive Democratic Party's post 20/05/2024

सुमना श्रेष्ठ गु णस्तरीय शिक्षाको माग राख्दै एकल प्र दर्शन गरिरहेका नेत्रलाई भेट्न एक्कासी पुगिन् माइतीघर माग पुरा नभयसम्म यसरीनै मागपुरा गर्नको लागि हामि निरन्तर उभिनै रहने छौ।

20/05/2024

सुमना श्रेष्ठ गु णस्तरीय शिक्षाको मा ग राख्दै एकल प्र दर्शन गरिरहेका नेत्रलाई भेट्न एक्कासी पुगिन् माइतीघर

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
44600