Vinay Rudrapratap Bisht

Vinay Rudrapratap Bisht

Share

Om Namah Shivaya!!!
#Creator_Protector_Destroyer
#Rudra_Group

04/09/2023

विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
१८ भदौ, २०८०

04/09/2023

नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ्ग गरेको छ। टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ।
१८ भदौ, २०८०

04/09/2023

पोखराको पर्यटकीय स्थल पातले छाँगोमा काटिएको टिकट आम्दानीबाट छोरेपाटन मावि संचालनमा छ। विद्यालयमा हाल २५ सय विद्यार्थी अध्ययन गर्छन्। विद्यालयका केही कर्मचारी र निजी स्रोतका शिक्षकको तलब यसैले धानेको छ। हालै पोखरा महानगरले पातले छाँगो ४० वर्षको लागि एउटा निजी कम्पनीलाई ठेक्का दिन लागेपछि यहाँका विद्यार्थी विरोधमा उत्रिएका छन्।
१८ भदौ, २०८०

03/09/2023

नारायणी नदीको पुलमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा भरतपुर महानगरपालिका-२८ का नारायण ढकालको मृत्यु भएको छ। शनिबार राति साढे ९ बजेको समयमा भरतपुरबाट गैंडाकोटतर्फ जाँदै गरेको बागमती प्रदेश ०६-०१ प २९५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको साइडको बारमा ठोक्किदा गम्भिर घाइते भएका २८ वर्षीय ढकालको उपचारको क्रममा चितवन मेडिकल कलेज भरतपुरमा मृत्‍यु भएको हो।
१७ भदौ, २०८०

03/09/2023

चितवनको कालिका नगरपालिका-९ मा अवस्थित सिन्ती झरना, शक्तिखोर-सिद्धी सडकखण्ड अन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि झरना पुग्न सकिन्छ।
१७ भदौ, २०८०

03/09/2023

म्यानमारविरुद्ध हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले आइतबार २३ सदस्यीय टोली घोषणा गरेका हुन्। फिफा विन्डो अन्तर्गत नेपालले म्यानमारसँग सेप्टेम्बर ८ र ११ मा दुई खेल खेल्दैछ। दुवै खेल म्यानमारको यांगुनमा हुनेछ।
१७ भदौ, २०८०

03/09/2023

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पुत्रीलाभ भएको छ। मेयर शाहकी पत्नी सविना काफ्लेले छोरीलाई जन्म दिएकी हुन्।
१७ भदौ, २०८०

02/09/2023

एसिया कप क्रिकेटमा पाकिस्तानसँगको खेलमा भारतले २ सय ६७ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पाल्लिकेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको भारतले ४८ दशमव २ ‌‍ओभरमा २ सय ६६ रन बनाएकाे हाे।
१६ भदौ, २०८०

02/09/2023

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले वायु सेवा सञ्चालन गर्न अब न्यूनतम तीनवटा जहाज हुनुपर्ने नयाँ मापदण्ड तयार गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै याे नयाँ मापदण्ड तयार गरेको हाे।
१६ भदौ, २०८०

02/09/2023

आज १५औं अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस। हरेकले आ-आफ्नो क्षेत्रबाट गिद्ध संरक्षणमा यथाशक्य योगदान पुर्‍याउने प्रण गरौं।
१६ भदौ, २०८०

02/09/2023

पर्वतको मोदी गाउँपालिका-७, राम्जादेउरालीमा धान खेतमा मृतावस्थामा भेटिएको चितुवा, केही दिनअघि मरेको चितुवाको बुधबार डिभिजन वन कार्यालय पर्वतको परिसरमा खाडल खनेर गाडिएको छ।
१६ भदौ, २०८०

02/09/2023

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा कप्तान रोहित कुमार पौडेललाई जन्मदिनको धेरै-धेरै शुभकामना!
१६ भदौ, २०८०

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Tokha/8
Kathmandu
44600