29/08/2026
🙏 आदरणीय आमा, दिदीबहिनी तथा सम्पूर्ण नेपाली नारीहरूमा हार्दिक अपिल गर्दछु 🙏
यसपालि तीजमा हाम्रो घरमा दर पाकिरहँदा, रसुवा, नुवाकोट र धादिङका कतिपय परिवारमा भने चुलो निभेको छ, घर बगेको छ, आफन्त गुमाएका छन् र भविष्य अन्योलमा छ। 😢
यस्तो पीडाको घडीमा हामीले सबैले गर्ने र मनाउने तीजको खुसीलाई केही समयका लागि पीडितको आँसु पुछ्ने खुसीको रुपमा बदल्न सक्दैनौँ र ?
त्यसैले पालिको दर खाने तथा अनावश्यक खर्च गर्ने कार्यक्रम स्थगित गरौँ। दरका लागि छुट्याइएको रकम तथा आफ्नो गच्छेअनुसारको सहयोग बाढीपहिरो प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको राहत र पुनःस्थापनामा समर्पित गरौँ।
हाम्रो एक दिनको दर रोकिँदा कसैको घरमा चुलो बल्न सक्छ।
हाम्रो सानो सहयोगले नै कसैको जीवनमा नयाँ आशा पलाउन सक्छ। ❤️
🌸यसपालिको तीज दरभन्दा ठूलो दया, श्रृङ्गारभन्दा ठूलो मानवता र उत्सवभन्दा ठूलो सहयोग बनाऔँ।
आउनुहोस्, हामी सबै मिलेर तीज मनाऔँ तर यसपालिको तिज मानवताको तीज मनाऔँ। 🙏❤️
प्राकृतिक प्रकोप तथा बाढीपहिरोबाट ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रन्दॉञ्जली प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो समवेदना।