सत्यलाई जति दबाउन खोजे पनि, समयले फेरि उजागर गरेरै छोड्दोरहेछ। यही सत्यको एउटा ज्वलन्त उदाहरण हो कुलमान घिसिङको “आफ्नो देशको ऊर्जा आफैं प्रयोग गरौं, आयातित इन्धनमा निर्भरता घटाऔं।” अभियान।
आज खाडी क्षेत्रमा देखिएको द्वन्द्वले विश्व बजारमै असर पारिरहेको छ। त्यही असर अहिले पेट्रोल, डिजेल र ग्यासको अभावको रूपमा महसुस हुन थालेको छ। यो केवल बाहिरी समस्या होइन, यो हाम्रो वास्तविक कमजोरी पनि उजागर गर्ने अवस्था हो-हामी अझै पनि आयातित इन्धनमा कति निर्भर छौं भन्ने। एक समय थियो, जब लोडसेडिङले देश अँध्यारोमा डुबेको थियो। जनताको मनमा निराशा थियो, भविष्य प्रति भरोसा हराउँदै गएको थियो। तर, त्यही अँध्यारो बीच एउटा उज्यालो सोच "कुलमान घिसिङ" जन्मियो। घिसिङ ले केवल बिजुली बाल्ने काम मात्रै गरेनन्, उनले सोच बदल्ने अभियान चलाए। पेट्रोल–डिजेल आयात गर्दा देशको अर्बौं रुपैयाँ विदेश जान्छ। त्यसकारण "EV गाडी र induction चुलो" प्रयोग गरौं। विद्युत् सस्तो र आफ्नै स्रोतबाट उत्पादन हुन्छ। हाम्रो आत्मनिर्भर नेपालको बाटो अब स्वदेशी ऊर्जा प्रयोग गर्ने, वातावरण जोगाउने र अर्थतन्त्र बलियो बनाउने हो। आज EV गाडी सडकमा गुड्दा त्यो केवल साधन होइन, त्यो देशको आत्मनिर्भरताको प्रतीक हो भन्ने सन्देश दिएको छ, भने भान्साबाट सुरु हुने क्रान्ति "induction चुलो"- पहिले ग्यास सकियो भने घरमा समस्या, लाइन बस्नुपर्ने, कहिले पाइन्छ थाहा नहुने। तर, घिसिङको induction चुलो अभियानले जनजीवन सजिलो बनायो, ग्यासको झन्झट हट्यो, स्वच्छ ऊर्जा प्रयोग भयो, समय र पैसा दुबै बचत भयो। यो केवल चुलो होइन, यो सोच परिवर्तनको सुरुवात हो र हामी आफैं सक्षम छौं भन्ने प्रमाण हो।
घिसिङको अभियान भाषण थिएन, व्यवहार थियो। त्यो केवल नीति थिएन, प्रत्यक्ष अनुभव थियो। अँध्यारो हटाएर उज्यालो दिएको, महँगो इन्धनबाट मुक्ति दिलाउन खोजेको र देशलाई आत्मनिर्भर बनाउने सपना देखाएको निर्वाचनमा जनताले महसुस नगरे पनि त्यो हाम्रो लागि थियो र हाम्रो भविष्यका लागि हो। आज समयले फेरि प्रमाणित गरिसकेको छ सही काम कहिल्यै हराउँदैन, सही सोच कहिल्यै मर्दैन"। EV र induction अभियान केवल योजना होइन, यो नेपालको भविष्यको आधार हो। सत्यलाई रोक्न सकिँदैन,उज्यालोलाई छेक्न सकिँदैन र विश्वासलाई हराउन सकिँदैन। जय उज्यालो अभियान !!!
#देशपहिले #नयाँविचार #सफा_राजनीति
हामी नेपाली
हामी हाम्रो राष्ट्र महान् बनाउँछौँ
12/03/2026
आज हामी सबैको आवाज एउटै हुनुपर्छ-इनिशा विकलाई न्याय।
कुनै पनि निर्दोष छोरीमाथि भएको अन्याय केवल एउटा परिवारको पीडा मात्र होइन, यो समग्र समाजको पीडा हो। इनिशाको सपना, उनको मुस्कान र उज्यालो भविष्यलाई कसैले अन्यायपूर्वक मेटाउन पाउँदैन। न्याय ढिला हुन सक्छ, तर न्याय हराउन हुँदैन। हामी राज्यका जिम्मेवार निकायहरूसँग दृढतापूर्वक आग्रह गर्छौँ-घटनाको निष्पक्ष छानबिन होस्, दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याइयोस्, र इनिशा विकले पाउनुपर्ने न्याय सुनिश्चित गरियोस्। आज हामी मौन बस्ने हो भने भोलि अर्को इनिशा जन्मिन सक्छ। त्यसैले आजै आवाज उठाऔँ-अन्यायको अन्त्य र न्यायको सुरुवातका लागि इनिशा विकलाई न्याय चाहिन्छ, अहिले नै चाहिन्छ।
निर्वाचनको परिणाम केवल जित–हारको सामान्य राजनीतिक घटना होइन, यो देशको ठूला शक्ति कांग्रेस,एमाले र नेकपा का नेतृत्वका लागि गम्भीर आत्मसमीक्षा गर्ने ऐतिहासिक संकेत पनि हो। आजको परिणामले एउटा पीडादायी तर यथार्थ प्रश्न उठाएको छ-किन आफ्नै संगठित सदस्य, कार्यकर्ता र समर्थकहरूबाट समेत मत नदिने अवस्था सिर्जना भयो? जब नेतृत्व जनताको भावना भन्दा शक्ति, पद र गुटको राजनीतिमा अल्झिन्छ,जब कार्यकर्ताको सम्मान भन्दा केही सीमित व्यक्तिको स्वार्थलाई प्राथमिकता दिइन्छ, जब पार्टीभित्र लोकतन्त्रको सट्टा आदेश र अहंकार हावी हुन्छ-त्यस बेला कार्यकर्ताको मन टुट्छ, भरोसा कमजोर हुन्छ, र मत पनि टाढिन्छ। कार्यकर्ता केवल पोस्टर टाँस्ने हात होइनन्,
उनीहरू पार्टीको आत्मा हुन्। तर जब आत्मालाई नै सुन्ने संस्कार हराउँछ, त्यो पार्टी बलियो संगठन हुँदाहुँदै पनि कमजोर विश्वासको शिकार बन्छ। यो परिणामले सन्देश दिएको छ-जनताको मन जित्न भाषण मात्र होइन, निष्पक्ष नेतृत्व, आन्तरिक लोकतन्त्र, इमानदार नीति र कार्यकर्ता प्रति सम्मान आवश्यक हुन्छ। यदि कांग्रेस,एमाले र नेकपाले यो सन्देशलाई विनम्रता पूर्वक स्वीकारेर गहिरो आत्मसमीक्षा गर्न सके भने यो परिणाम उनीहरूका लागि हार होइन,भविष्य सुधार्ने अवसर बन्न सक्छ। किनकि राजनीति अन्ततः सत्ता जित्ने खेल होइन,जनताको भरोसा जित्ने यात्रा हो।
#देशपहिले #सफा_राजनीति #नयाँविचार
09/03/2026
आज कतिपयले चिनेनन्, कतिपयले बुझेनन्। तर समयले सबै कुरा स्पष्ट पार्छ। इतिहासले एकदिन अवश्य भन्नेछ, यो देशको अन्धकार चिर्दै उज्यालोको बाटो देखाउने एक सच्चा देशभक्त थिए कुलमान घिसिङ।
#देशपहिले #नयाँविचार #सफा_राजनीति
राजनीतिक परीक्षामा उज्यालोका ‘प्रतीक’ लोडसेडिङको अँध्यारो हटाएर ‘उज्यालो’ को प्रतीक बनेका घिसिङ अब राजनीतिक मैदानमा छन् । प्राविधिक व्यवस्थापनमा सफल...
बढ्दो सुरक्षा जोखिमका बीच नेपाली नागरिकको संरक्षण सुनिश्चित गर्न मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको अस्थिर सुरक्षा अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै नेपाल सरकारको ध्यानाकर्षण
गर्दछु। यस सन्दर्भमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै निम्न तत्काल कदमहरु प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्दछु:-
1. २४ घण्टा सक्रिय ‘संकट समन्वय कक्ष’ परराष्ट्र मन्त्रालयको नेतृत्वमा तुरुन्त सक्रिय गरी एउटै कमान्ड प्रणालीबाट सूचना तथा सहायता व्यवस्थापन गर्न।
2. अफवाह र भ्रम न्यूनीकरण गर्न एकीकृत आधिकारिक सूचना च्यानल (वेबसाइट/सोसल मिडिया/हटलाइन) निर्धारण गरी नियमित रूपमा पुष्टि भएको आवश्यक जानकारी अद्यावधिक तथा सार्वजनिक गर्न।
3. प्रभावित वा उच्च जोखिम क्षेत्रका नेपाली नागरिकको विवरण संकलन गरी उनीहरुको अवस्थिति/सम्पर्क सुनिश्चित गर्ने व्यवस्था तत्काल सुदृढ गर्न।
4. दूतावास र कन्सुलर सेवाको क्षमतावृद्धि गर्दै आपतकालीन सम्पर्क नम्बर तथा २४सै घण्टा आपतकालीन सञ्चार व्यवस्था, प्राथमिक सहायता प्रक्रियाहरु स्पष्ट र अद्यावधिक रूपमा सार्वजनिक गर्न।
5. प्रभावित क्षेत्रमा रहेका नेपालीलाई अनलाइन तथा वैकल्पिक माध्यमबाट दर्ता/अपडेट गर्न सहज व्यवस्था मिलाउन।
6. आपतकालीन कागजात र कानुनी सहायता (यात्रा कागजात, आपतकालीन पास, नवीकरण, कानुनी परामर्श, अस्पताल समन्वय) तुरुन्त उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्न।
7. आवश्यक परे सुरक्षित स्थानान्तरण वा स्वदेश फिर्तीको तयारीका लागि पूर्वतयारी योजना बनाउने, ट्रान्जिट मुलुक, विमान सेवा प्रदायक तथा मित्रराष्ट्रका मिसनहरूसँग समन्वय गर्ने स्पष्ट कार्ययोजना सार्वजनिक गर्न।
8. नेपालमा रहेका परिवारका लागि ‘फेमिली हेल्पडेस्क’ स्थापना गरी सम्पर्कविहीन/जोखिममा रहेका व्यक्तिको विवरण संकलन, सत्यापन र फोलोअप गर्ने एकल प्रक्रिया लागू गर्न।
9. सूचना सुरक्षा र जिम्मेवार सञ्चारका लागि सबै सरकारी निकायबाट एकरूप, संयमित र तथ्यमा आधारित सार्वजनिक वक्तव्य तथा सूचना नियमित रूपमा जारी गर्न।
उक्त क्षेत्रमा रोजगारी, अध्ययन, व्यवसाय वा अन्य कारणले बसोबास गर्ने नेपाली नागरिकहरुको सुरक्षा, सूचनाको पहुँच तथा आवश्यक सहयोग सुनिश्चित गर्नु अहिलेको सबैभन्दा प्राथमिक आवश्यकता हो।
#नयाँविचार #देशपहिले #सफा_राजनीति
देशमा लगातार सरकार परिवर्तन, अस्थिर गठबन्धन र नीतिगत अन्योलका कारण जनतामा निराशा बढिरहेका बेला “उज्यालो नेपाल पार्टी” ले आफूलाई नयाँ वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरेको छ। पार्टीका नेताहरूका अनुसार, नेपालमा राजनीतिक अस्थिरताको मूल कारण सिद्धान्त भन्दा सत्ता समीकरणलाई प्राथमिकता दिनु हो। उनीहरूले स्पष्ट नीति, सुशासन र परिणाममुखी कार्यशैली मार्फत स्थायित्व दिन सकिने दाबी गरेका छन। पार्टीले भ्रष्टाचार नियन्त्रण, पारदर्शी शासन प्रणाली र दीर्घकालीन विकास योजनालाई प्राथमिकतामा राखेको जनाएको छ। ऊर्जा, कृषि, रोजगारी र उद्योग क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्यसहित ठोस कार्ययोजना सार्वजनिक गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। विशेषगरी, ऊर्जा क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेका कुलमान घिसिङ को व्यवस्थापन शैलीलाई उदाहरणका रूपमा उल्लेख गर्दै, पार्टीले “परिणाम दिन सक्ने नेतृत्व” आवश्यक भएको बताएको छ। पार्टीले युवालाई निर्णय प्रक्रियामा समावेश गर्ने तथा विदेशमा रहेका नेपालीहरूको सीप, पूँजी र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्ने नीति लिने संकेत दिएको छ।
पार्टी स्रोतका अनुसार, सीपमूलक शिक्षा, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनामा विशेष कार्यक्रम ल्याइनेछ। विश्लेषकहरूका अनुसार, हालको राजनीतिक परिदृश्यमा नयाँ दलप्रति जनताको चासो बढ्दो छ। पार्टी “नीतिमा स्थिरता र काममा पारदर्शिता” लाई आधार बनाउँदै आगामी निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने लक्ष्य लिएको जनाएको छ।
#नयाँविचार #देशपहिले #सफा_राजनीति #
हाम्रो त्याग, बलिदान र जन आवाजको सम्मान गर्ने दिन अग्रज नेताहरूको सपना, जनताको साहस र हजारौं ज्ञात-अज्ञात सहिदहरूको बलिदानले आजको प्रजातन्त्र सम्भव भएको हो।
प्रजातन्त्र भनेको केवल शासन व्यवस्था होइन,यो त जनताको अधिकार, स्वतन्त्रता, समानता र जिम्मेवारीको साझा प्रतिबद्धता हो।हामीले पाएको यो अधिकारलाई संरक्षण गरि,सुशासन, विकास र समृद्ध नेपाल निर्माणमा अघि बढ्नु नै आजको सच्चा श्रद्धाञ्जली र साँचो प्रजातन्त्र हो । जहाँ भ्रष्टाचारमुक्त, न्यायपूर्ण र अवसरले भरिएको नेपाल बनाउन हामी सबै हातेमालो गर्दै जनताको मतले बनेको व्यवस्था,जनताको हितमा चलोस्। सबैमा
प्रजातन्त्र दिवसको हार्दिक शुभकामना! जय प्रजातन्त्र!
#देशपहिले #नयाँविचार #सफा_राजनीति
15/02/2026
"महाशिवरात्रि" भगवान शिवको आराधना सँगै वीरता, अनुशासन र राष्ट्रभक्तिको प्रतीक हाम्रो गौरवशाली नेपाली सेनाको स्थापना दिवस आजको दिनले शिव जस्तै संयम, सत्य, साहस र आत्मशक्ति, धैर्यवान्, निडर, अन्याय विरुद्ध उभिने शक्ति हामी सबैलाई प्रदान गरोस्। हाम्रो राष्ट्रको स्वतन्त्रता, अखण्डता र स्वाभिमान जोगाउन अनगिन्ती वीरहरूले गरेको त्याग र बलिदान हिमाल जस्तै अटल, सगरमाथा जस्तै उच्च, र गोरखाली इतिहास गौरवशाली छ। हामी हाम्रो राष्ट्र प्रतिको प्रेम, एकता र समृद्ध राष्ट्रको संकल्प, भक्तिभाव र राष्ट्र भक्तिको संगम बनेको यो दिनले हाम्रो मनमा आशा, साहस र राष्ट्र निर्माणको ऊर्जा थपोस्। महाशिवरात्रि तथा नेपाली सेना दिवसको हार्दिक शुभकामना ! #नयाँविचार #देशपहिले #सफा_राजनीति
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
44600
