Real Talk Nepal

Real Talk Nepal

Share

© Real Talk Nepal
All Rights Reserved
|| Trending News - Information -Fun - Entertainment ||

03/06/2026

प्रहरीले गोप्य सूचना पाएपछि प्रहरी उनको घरमा पुगेको थियो। घरको खाली जग्गामा दात्तीका दाह्रा गाडेर राखेको अवस्थामा फेला परेको हो।

03/06/2026

गज्जब छ.. 😮

नेपाल सरकारले हेल्मेट उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा अन्तःशुल्क (Excise Duty) बढाएको छ। यसले उत्पादन लागत वृद्धि गरेको छ र स्वदेशी हेल्मेट उत्पादकहरूलाई आयातित हेल्मेटसँग प्रतिस्पर्धा गर्न अझ कठिन बनाएको छ। 🪖📈🇳🇵


03/06/2026

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेपछि रवि लामिछानेले लेखेका छन्:

“साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोर तथा निर्बाध सम्पर्क विस्तारमा केन्द्रित भएर हामी प्रगति र आपसी विश्वासले परिभाषित हुने साझेदारी निर्माण गर्न सक्छौं। राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) नेपाल र भारतका जनताका लागि यी सम्भावनाहरूलाई वास्तविकतामा रूपान्तरण गर्न तत्पर छ, ताकि दुवै देशको साझा समृद्धि सुनिश्चित होस्।”



Photos from Real Talk Nepal's post 03/06/2026

नारायणहिटी राजदरबार हत्याकाण्डको २५औँ स्मृति दिवसमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि अर्पण 🙏🌺🪔

वि.सं. २०८३ जेठ १९ गते साँझ नारायणहिटी राजदरबार परिसरमा अवस्थित श्री चतुर्व्युह नारायण मन्दिरमा नारायणहिटी राजदरबार हत्याकाण्डको २५औँ स्मृति दिवसको अवसरमा दीप प्रज्वलन तथा श्रद्धाञ्जलि अर्पण कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा श्री ५ नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह देव, श्री ५ अधिराजकुमारी शोभा राज्य लक्ष्मी देवी शाही, श्री ५ अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी देवी सिंह, श्री ५ शाहज्यादी शिताष्मा राज्य लक्ष्मी देवी शाह, श्री ५ शाहज्यादी दिलाशा राज्य लक्ष्मी देवी राणा, श्री ५ नवयुवराजकुमारी पूर्णिका राज्य लक्ष्मी देवी शाह, श्री ५ नवयुवराजकुमारी कृतिका राज्य लक्ष्मी देवी शाह तथा राजपरिवारका अन्य सदस्य एवं शाही नातेदारहरूको समुपस्थितिमा दीप प्रज्वलन गरिनुका साथै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिबक्सियो।

यस विशेष अवसरमा उपस्थित सम्पूर्ण श्रद्धालुजनले राष्ट्र, राजसंस्था तथा राजपरिवारप्रति आफ्नो श्रद्धा, सम्मान र स्मरण व्यक्त गर्दै दिवंगत आत्माहरूप्रति मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए।

कार्यक्रमका संक्षिप्त तस्बिरहरू :

03/06/2026

सुन चाँदिको आजको मुल्य 😲

03/06/2026

विश्व मौसम विज्ञान संगठन (WMO) ले यस वर्ष नयाँ एल निनो (El Niño) मौसमीय प्रणाली विकसित हुने सम्भावना रहेको चेतावनी दिएको छ, जसले विश्वभर चरम मौसमीय अवस्था निम्त्याउन सक्छ।

वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण यसको प्रभाव अझ गम्भीर हुन सक्छ, जसले अत्यधिक गर्मी (हीटवेभ), खडेरी, भारी वर्षा, बाढी, डढेलो तथा बाली नष्ट हुने जोखिम बढाउनेछ।

WMO का अनुसार एल निनो र विश्वव्यापी तापक्रम वृद्धिको संयुक्त प्रभावले सन् २०२७ लाई इतिहासमै अभिलेख राख्न थालिएयता सबैभन्दा तातो वर्ष बनाउन सक्ने सम्भावना छ।

02/06/2026

बालेनले नेपाल भारतको सिमाको बिषयमा बेलायतसंग पनि छलफल गर्ने बताएपछि भारतले दुई देशको मामिलामा तेस्रो पक्षको कुनै भूमिका नहुने स्पष्ट पारेको छ । 😮

02/06/2026

Goodnight ❤️

जो भित्रबाट सफा छ, त्यही बाहिरबाट पनि चम्किन्छ ।

02/06/2026

२५ वर्षअघि आजकै दिन, यो सुन्दर परिवारको दुःखद अन्त्य भयो र सारा संसार स्तब्ध बन्यो। तपाईंहरू सधैं स्मरणीय रहनुहुनेछ। शाही परिवारका दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु। 🙏🌺

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu