Youth Revolution Nepal

Youth Revolution Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Youth Revolution Nepal, Social service, Kathmandu.

13/04/2026

जब म ऐना मा हेर्छु के म साच्चिकै त्यो मान्छेलाई देख्न सक्छु जो म बन्न चाहन्छु?
या फेरि त्यहि पुरानो आवज सुन्छु?
म कम्जोर छु,मैले गर्न सक्दैन,अब धेरै ढिलो भै सक्यो!
"सुन म तब सम्म दुनियाँलाई जित्न सक्दैन जब सम्म म आफुले आफैलाई जित्न सक्दैन"।
मेरो सबैभन्दा ठुलो दुश्मन अरु कोहि हैन,म भित्र बसेको डर हो, मेरो बहाना हो ,मैले टालेको बानिहरु हो।
र जब सम्म म येस्लाई छाडदिन तब सम्म मेरो हरेक सपना अधुरो हरेक जित अधुरो हुने छ।
म त्स्तै बन्छु जस्तो मैले आफुलाई हरेक दिन रात आफ्नो बारेमा सोच्छु।
येदि म सधै आफै संग हार्छु,हरेक दिन आफ्नै बाचा कसमलाई तोडछु भने म कस्लाई जिति राछु भन्ने प्रस्न आउछ?
सपना देख्न सक्छु येदि म भित्र अनुशासन छैन,बिश्वास छैन, धैर्य छैन भने त्यो सपना मात्र कल्पना रहन्छ।
हरेक बिहान एउटा मौका छ यात म फेरि सुतछु यात उठे र आफूलाई बदल्छु।
किन कि जब म आफू लाई जित छु तब दुनियाँले मलाई रोक्न सक्दैन्।
म भित्र सबै चिज छ जो मलाई आब्शेक छ।
मात्र मैले आफुलाई बिश्वास गर्छु र आफू भित्र को सैतान संग लड्छु।
भयो अत्ती नै भयो।।

12/04/2026

लागूऔषध केवल एक व्यक्तिको समस्या होइन, यो परिवार, समाज र राष्ट्रकै लागि खतरा बनेको छ। विशेष गरी युवापुस्ता यसको सबैभन्दा ठूलो सिकार बन्दै गएको छ। साथीसँगको खराब संगत, बेरोजगारी, तनाव र जिज्ञासाले युवालाई यसतर्फ आकर्षित गरिरहेको छ।
लागूऔषधले मानिसको स्वास्थ्य बिगार्छ, सोच्ने क्षमता नष्ट गर्छ र जीवनलाई अन्धकारतर्फ धकेल्छ। धेरै परिवार यसका कारण विखण्डित भएका छन्।
यसको रोकथामका लागि हामी सबैले आफ्नो भूमिका निभाउनु आवश्यक छ। परिवारले सन्तानलाई सही मार्गदर्शन दिनुपर्छ, विद्यालयले सचेतना फैलाउनुपर्छ, समाजले सहयोगी वातावरण बनाउनु पर्छ र सरकारले कडा नीति लागू गर्नुपर्छ।
अन्त्यमा, म सबैलाई आग्रह गर्न चाहन्छु—"लागूऔषधलाई होइन, स्वस्थ जीवनलाई रोजौं।"
जय नेपाल।🇳🇵

09/04/2026

हाम्रो समाजमा लागूऔषध सेवन गर्ने संख्या बढ्नु गम्भीर सामाजिक समस्या हो। यसको रोकथामका लागि विभिन्न तहमा स्पष्ट भूमिका र प्रक्रिया अपनाउन आवश्यक हुन्छ। तल सरल तर प्रभावकारी उपायहरू छन्:

(१). परिवारको भूमिका...
* बालबालिकासँग खुला संवाद गर्ने (डर होइन, विश्वासको वातावरण बनाउने)
* राम्रो संस्कार र अनुशासन सिकाउने,खराब संगतबाट जोगाउने।
*बच्चाको व्यवहारमा आएको परिवर्तन समयमै ध्यान दिने।

(२). विद्यालय तथा कलेजको भूमिका...
* लागूऔषधको असरबारे सचेतना कक्षा सञ्चालन गर्ने।
* जीवन उपयोगी सीप (life skills) सिकाउने।
* काउन्सेलिङ (counseling) सेवा उपलब्ध गराउने।
* अतिरिक्त क्रियाकलाप (sports, arts) मा विद्यार्थीलाई संलग्न गराउने।

(३). समाजको भूमिका...
* सचेतना कार्यक्रम, र्‍याली, अभियान सञ्चालन गर्ने।
* युवालाई सकारात्मक काम (खेलकुद, स्वयंसेवा) मा लाग्न प्रेरित गर्ने।
* शंकास्पद गतिविधि देखेमा सम्बन्धित निकायलाई जानकारी दिने।
* लागूऔषध प्रयोगकर्तालाई हेला को दृष्टिले होइन,सहयोगी दृष्टिले हेर्ने।

(४). सरकार तथा कानुनी निकायको भूमिका...
* लागूऔषध नियन्त्रण सम्बन्धी कडा कानुन कार्यान्वयन गर्ने।
* अवैध ओसारपसार (trafficking) रोक्न सुरक्षा मजबुत बनाउने।
* पुनर्स्थापना केन्द्र (rehabilitation centers) बढाउने
युवालाई रोजगारी तथा अवसर सिर्जना गर्ने।

(५). स्वास्थ्य तथा पुनर्स्थापना क्षेत्र...
* नशा छुटाउने उपचार (de-addiction) सेवा सजिलो र सस्तो बनाउने।
* मनोवैज्ञानिक परामर्श (mental health support) दिने।
* पुनर्स्थापना पछि समाजमा,
पुन:समायोजन(reintegration)गराउने।

(६). युवाहरू स्वयंको भूमिका...
* No to drugs” भन्ने दृढ संकल्प राख्ने,राम्रो साथीसँग बस्ने।
* तनाव व्यवस्थापन गर्न स्वस्थ उपाय अपनाउने (खेल, संगीत, ध्यान आदि)अरूलाई पनि सचेत गराउने।

* निष्कर्ष..
लागूऔषध समस्या केवल व्यक्तिगत होइन, यो परिवार, समाज र राष्ट्र सबैको साझा चुनौती हो। त्यसैले सबैले आफ्नो-आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरे मात्र यसको प्रभावकारी रोकथाम सम्भव हुन्छ।
जय नेपाल।🇳🇵

03/04/2026

समाज परिवर्तनमा हाम्रो भूमिका,
समाज परिवर्तन एउटा निरन्तर प्रक्रिया हो, जसमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ। समाज राम्रो बनाउन हामी सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।
सबैभन्दा पहिले, हामीले शिक्षालाई प्राथमिकता दिनुपर्छ। शिक्षा बिना चेतना आउँदैन र चेतना बिना विकास सम्भव हुँदैन। त्यसैगरी, सरसफाइ, स्वास्थ्य र वातावरण संरक्षणमा ध्यान दिनुपर्छ।
हामीले समाजमा रहेका कुरीति, अन्धविश्वास र अन्यायको विरोध गर्नुपर्छ। साथै, एकता, सहकार्य र आपसी सम्मानको भावना विकास गर्नुपर्छ।
यदि हामी सबैले आफ्नो कर्तव्य इमान्दारीपूर्वक निभायौं भने समाज अवश्य परिवर्तन हुन्छ।
अन्ततः, समाज परिवर्तनको सुरुवात आफैंबाट हुन्छ।
जय नेपाल।🇳🇵

03/04/2026

समाज परिवर्तन हाम्रो हातमा छ। हामीले सानो–सानो प्रयास गरे पनि ठूलो परिवर्तन सम्भव हुन्छ।
हामीले पहिले आफूलाई बदल्नुपर्छ—सचेत, इमान्दार र जिम्मेवार बन्नुपर्छ। शिक्षा फैलाउनुपर्छ, सरसफाइमा ध्यान दिनुपर्छ र वातावरण जोगाउनुपर्छ।
हामीले अन्याय र भ्रष्टाचारको विरोध गर्नुपर्छ र सही कुराको समर्थन गर्नुपर्छ। एकता र सहकार्य बिना कुनै पनि परिवर्तन सम्भव हुँदैन।
त्यसैले आउनुहोस्, आजैबाट सकारात्मक सोच र राम्रो व्यवहार सुरु गरौं।
“हामी बदलियौं भने समाज बदलिन्छ।”
जय नेपाल।🇳🇵

02/04/2026

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
हामी सबै मिलेर मात्रै समृद्ध र सभ्य समाज निर्माण गर्न सक्छौं। त्यसका लागि आवश्यक छ—चेतना, एकता र जिम्मेवारी।
*आफ्ना अधिकार मात्र होइन, कर्तव्य पनि बुझौं।
*शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिऔं।
*भ्रष्ट्राचार, हिंसा र विभेदको विरोध गरौं।
*वातावरण संरक्षणमा ध्यान दिऔं।
*समाजमा एकअर्कालाई सहयोग र सम्मान गरौं।
याद राखौं...
“सचेत नागरिक नै सशक्त राष्ट्रको समृद्ध राष्ट्रको आधार हो।”
आउनुहोस्, आजैबाट सकारात्मक परिवर्तनको सुरुवात गरौं।
हामी बदलियौं भने समाज बदलिन्छ, समाज बदलियो भने देश अगाडि बढ्छ।यदि हामी सबै एकजुट भयौं भने, हाम्रो समाज अवश्य परिवर्तन हुन्छ।
जय नेपाल।🇳🇵

01/04/2026

“प्रिय समाज,देश वासि हो,
हामी कहिलेसम्म चुप लागेर बस्ने?
हामी कहिलेसम्म अन्याय सहेर बस्ने?
समय आइसकेको छ आफ्नो अधिकार चिन्ने,
आफ्नो आवाज उठाउने,र परिवर्तनको लागि एकजुट हुने।
जनचेतना भनेको केवल शब्द होइन,यो त एउटा शक्ति हो।
जसले अन्धकारलाई उज्यालोमा बदल्न सक्छ।यदि हामी आज उठेनौं भने,भोलि हाम्रो भविष्य अन्धकारमा हराउनेछ।
तर यदि हामी आजै सचेत भयौं भने,हामी नै नयाँ नेपालको आधार बन्न सक्छौं।त्यसैले उठौं,जागौं,र परिवर्तनको हिस्सा बनौं।किनकि सचेत जनता नै शक्तिशाली राष्ट्रको पहिचान हो!नसुत,अब उठ!आफ्नो अधिकार चिन,आवाज उठाउ
जनचेतना नै परिवर्तनको सुरुवात हो।चुप लाग्ने समय सकियो,अब बोल्ने समय आयो!सचेत जनता बलियो राष्ट्र
सुत्ने होइन अब, उठ्ने बेला आयो,चुप बस्ने होइन,बोल्ने समय आयो।अधिकार हाम्रो, किन डराउने?अन्याय देख्दा किन चुप बस्ने?हामी नै शक्ति, हामी नै आवाज,जनचेतनाले ल्याउँछ नयाँ समाज।
एकजुट भइ अगाडि बढौं,
परिवर्तनको बाटो अब आफैं खोलौं!
*“उठौं जागौं, अधिकार मागौं!”
* “जनता बलियो, देश बलियो!”
*“अन्याय विरुद्ध एक आवाज!”
*“जनचेतना फैलाऔं, देश बदलाऔं!”
* “हामी बदलियौं भने, देश बदलिन्छ!”
जय नेपाल।🇳🇵

01/04/2026

जनचेतना भनेको के हो?
जनचेतना भनेको जनतामा आफ्नो अधिकार, कर्तव्य, समाज, राजनीति र विकासबारे जागरूकता आउनु हो।
यसले मानिसलाई सही र गलत छुट्याउन, अन्यायको विरोध गर्न, र समाज परिवर्तनमा सक्रिय हुन प्रेरित गर्छ।
जनतालाई दिने जनचेतनाको सन्देश:
* “आफ्नो अधिकार चिन्नुहोस्, कर्तव्य पूरा गर्नुहोस्।”
* “अन्याय, भ्रष्टाचार र गलत कामको विरोध गरौं।”
* “शिक्षा, एकता र सचेतनाबाट मात्र देश बदलिन्छ।”
*“आफ्नो भोट, आफ्नो आवाज—बिचार गरेर प्रयोग गरौं।”
* “आजको सचेत नागरिक नै भोलिको समृद्ध राष्ट्रको आधार हो।”
“उठ, जाग!
आफ्नो अधिकार चिन,
अन्यायको अगाडि नझुक—
जनचेतना नै परिवर्तनको पहिलो पाइला हो।”
जय नेपाल।🇳🇵

31/03/2026

हामी युवा हौँ, भविष्यका सपना मात्र होइन—वर्तमानका परिवर्तन पनि हौँ।
देश परिवर्तन अरूले गर्छन् भनेर पर्खिने समय सकियो, अब हामी आफैं उठ्ने समय आएको छ।
जनता हो,
तपाईंको मौनता नै अन्यायको शक्ति हो।
जब तपाईं बोल्नुहुन्छ, तब परिवर्तन सुरु हुन्छ।
हामी बेरोजगारी, भ्रष्टाचार र अन्यायको विरुद्धमा उभिएका छौँ।
हामी डराउने छैनौँ, थाक्ने छैनौँ, किनकि यो लडाइँ हाम्रो भविष्यको लागि हो।
* उठौं, बोलौं, बदलौं!
* हाम्रो आवाज नै हाम्रो शक्ति हो!
आजको कदम सानो भए पनि,
भोलिको इतिहास यहीबाट लेखिन्छ।
युवा उठेपछि देश उठ्छ!
जय नेपाल।🇳🇵

30/03/2026

आजको युवा केवल सपना देख्ने होइन,
सपना पूरा गर्ने शक्ति हो।
हामी परिवर्तनको आवाज हौं,
हामी नै भविष्यका निर्माता हौं।
जब युवा जाग्छन्,
त्यो केवल आवाज होइन—
त्यो इतिहास बदल्ने आँधी हो।
अब समय आएको छ—
डर होइन, साहस रोज्ने,
चुप बस्ने होइन, सत्य बोल्ने,
अरूलाई दोष दिने होइन, आफैंबाट परिवर्तन सुरु गर्ने।
देश बदल्न सरकार मात्रै होइन,
सचेत र जिम्मेवार युवा चाहिन्छ।
याद गर —
यदि युवा उठे,
भविष्य आफैं उज्यालो बन्छ। ✊🔥
जय नेपाल।🇳🇵

30/03/2026

👉 “पहिला इतिहास बदलिन्थ्यो आन्दोलनले…
अब बदलिन्छ मतले 🔥
#जनचेतना_परिवर्तन_२०८२”
👉 “२००७ – राणा गयो
२०४६ – दल आयो
२०६३ – राजा गयो
👉 २०८२ – जनता उठ्यो 💥”
👉 “यो केवल चुनाव होइन…
यो सोचको क्रान्ति हो 🧠🔥”
👉 “हामी बदलियौं भने देश बदलिन्छ 🇳🇵
२०८२ त्यसैको सुरुवात हो ✊”
👉 “धेरै वर्षसम्म हामीले अरूलाई दोष दियौं…
आज पहिलो पटक आफू बदलियौं 💔➡️❤️
#परिवर्तन_२०८२”
👉 “यो परिवर्तन सडकमा होइन,
मानिसको मनमा भएको हो 💭”
👉 “अब नेता होइन, जनता नै शक्ति हो 🔥”
👉 “मत नै अब हाम्रो आन्दोलन हो ✊”
👉 “२०८२ = सचेत नेपाल 🇳🇵”
जय नेपाल।🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu