03/06/2026
श्री महामाई दक्षिणकाली माईकाे मन्दिर परिसर भित्र रहेकाे अष्टमातृकाकाे पुरानाे मार्बल निकाली अष्त्र, शष्त्र तथा बाहान सहित साेहि ठाउँमा चाँदी बिछ्याउने काम भई रहेकाे कुरा सम्पुर्ण श्रद्वालु भक्तजनहरूमा जानकारी गराउन चाहन्छाै ।
03/06/2026
यस थानकोट स्वास्थ्य चौकीमा हरेक दिन 9:00 बजे देखि 5:00 बजे सम्म नि:शुल्क आखा उपचार सेवा हुने , ./!
02/06/2026
Tribute to late King Birendra & Royal family at मच्छेनारायण मन्दिर Kathmandu.
मच्छेगाउँ
भगवान मच्छेनारायण मन्दिर 🙏🙏को दर्शन गर्नुहोस्:
26/05/2026
तस्विर : मच्छेनारायण मन्दिर |
सन्दर्भ : पुरुषोत्तममास | मलमास |
मच्छेनारायणको ऐतिहासिक ढुङ्गे मन्दिर एउटा पवित्र पोखरीको बीचमा अवस्थित छ। मन्दिर भित्र भगवान विष्णु माछाको मुखबाट बाहिर निस्किएको स्वरूप (मत्स्यनारायण) को विशेष मूर्ति रहेको छ, जसको चारवटा हातमा शङ्ख, चक्र, गदा र पद्म छन्। मन्दिर १७ सय वर्षअघि निर्माण भएको र ४ हजार वर्षअघि पोखरी स्थापना भएको रेकर्ड रहेको जानकारी केहि वर्ष अघि मन्दिर मेला व्यवस्थापन समितिबाट आयोजित पत्रकार सम्मेलनमा मन्दिरका पुजारी शैलेश आचार्यबाट प्रस्तुत गरिएको थियो। मन्दिरमा प्रत्येक तीन वर्षमा वा अतिरिक्त महिनामा विशेष मत्स्यनारायण मेला लाग्ने गर्दछ।
नेपालको इतिहासको सबैभन्दा पुरानो लिखित दस्तावेज मानिने 'गोपाल राजवंशावली' मा काठमाडौँ उपत्यकाका प्राचीन नारायण मन्दिरहरू र तिनको स्थापना कालखण्डबारे उल्लेख छ। सोही आधारमा इतिहासकारहरूले मच्छेनारायण मन्दिरको प्राचीनता लिच्छविकालसँग जोडेका छन्। गोपाल वंशदेखिको मानव वस्ती रहेको यो स्थानको नाम प्राचीन कालमा 'मत्स्यग्राम', 'नरहरिपुर',तथा 'मीनतीर्थ' लगायत 'मत्स्यनारायण' हुँदै स्थानीय जिब्रोमा 'मच्छेनारायण' र 'मच्छेगाउँ' बन्न पुगेको देखिन्छ ।
'हिमवत्खण्ड' र 'नेपाल महात्म्य' जस्ता धार्मिक तथा पौराणिक ग्रन्थहरूमा काठमाडौँ उपत्यकाका चार नारायण वा प्रमुख विष्णु तीर्थहरूको वर्णन गर्ने क्रममा 'मत्स्यग्राम' (हालको मच्छेगाउँ) र 'मीनतीर्थ' को पनि ऐतिहासिक एवं धार्मिक महत्त्व खुलाइएको छ । पुरातत्व विभागले विभिन्न समयमा गरेका अध्ययन र उपत्यकाका प्राचीन ऐतिहासिक बस्तीहरूको लगतमा मच्छेगाउँलाई गोपाल वंश र लिच्छविकालको एक प्रमुख सांस्कृतिक केन्द्रका रूपमा अभिलेखिकरण गरेको छ।
Source : तस्विरमा नेपाल
25/05/2026
आस्था, भक्ति र आत्मशुद्धिको पवित्र महिना — पुरुषोत्तम मलमास 🙏❤️
हजुरहरु सबै को रक्षागरुन्*सरसफाइ कार्यक्रम*
जय श्री मच्छेनारायण 🙏
23/05/2026
शनिबार भिर रहेको छ यसैगरी आफ्नो आफ्नो सरसामान हरु को सुरक्षा गर्नुहोस् १ महिना लामो अधिकमासमा चन्द्रागिरि ९ मच्छेगाउँमा भगवान श्री विष्णुको प्रथम अवतार धारण भएको पवित्र तिर्थस्थल मत्स्यनारायण मन्दिर///
22/05/2026
शुभ प्रभात, आज मिति २०८३ साल जेठ महिनाको ०८ गते शुक्रबार ।
चन्द्रागिरि नगरपालिका-०९ 🙏🙏🙏मच्छेनारायण मन्दिर
21/05/2026
शुभ प्रभात :आज मिति २०८३ साल जेठ महिनाको ०७ गते बिहीबार ।
मच्छेगाउँस्थित मत्स्यनारायण मन्दिर दर्शन गर्दै सुरुवात गराैं ।
🙏🙏🙏
20/05/2026
Respect 😊तस्बिर बेलुका सफा गर्दै -चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँमा रहेको पवित्र, धार्मिक प्राचिन तिर्थस्थल मत्स्यनारायण मन्दिरमा एक महिना लामो पुरूषोत्तम मास मेला लागिरहेको छ, मत्स्यनारायण भगवानको दर्शन गरि पुण्य कमाउ🙏🙏🙏
13/02/2026
ललितपुर क्षेत्र नं २ मा उज्यालो नेपालको "बलेको चिम " चुनाव चिन्ह भएको एक जना प्रखर वक्ता, सम्पदा संरक्षण र न्यायायिक अभियन्ता राजाराम तण्डुकार उपयुक्त उम्मेद्वारको रुपमा अहिले मतदाता माझ चर्चाको बिषय बनेको छ, तपाइँलाई के लाग्छ?
Raja Ram Tandukar