26/09/2022
विजया दशमी २०७९ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख:, शान्ति, सुस्वास्थ्य, दिर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं |
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल इन्जिनियरिंग समाज - Nes, Political organisation, Kathmandu.
26/09/2022
विजया दशमी २०७९ उपलक्ष्यमा सम्पूर्ण नेपालीहरुमा सुख:, शान्ति, सुस्वास्थ्य, दिर्घायु, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं |
28/05/2022
देशमा लामो राजनैतिक संघर्ष पश्चात देशले संघियता, धर्म निरपेक्षता, संविधान जस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ | जसको फलस्वरूप देशको व्यवस्था परिवर्तन भई संघियता कार्यन्वयन अगाडी बढेको छ | स्थानिय तहको निर्वाचन २०७९ अधिकांश स्थानमा सम्पन्न भई मतगणनाको परिणाम सार्वजनिक भएको छ |
यसै सन्दर्भमा देशको केन्द्र विन्दुको रुपमा रहेको काठमाडौँ महानगरपालिकामा इन्जिनियर बालेन साहको विजयले देश भरि नै परिवर्तनको आशाको दियो बालेको छ | उहाँलाई काठमाडौँ महानगरपालिकाको प्रतिनिधि मात्र नभई सिंगो इन्जिनियरिंग समुदायको प्रतिनिधिको रुपमा हामीले बुझेका छौँ | ई. बालेनको सफलतामा सम्पूर्ण इन्जिनियर समुदायको शिर उच्च रहने हामीले विश्वास लिएका छौँ |
साथै ई. बालेनको ५ वर्षीय कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गर्न चाहन्छौँ | उहाँको हरेक सकारात्मक कदम प्रति सहयोग गर्न नेपाल इन्जिनियरिंग समाज सधै तत्पर रहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छौं |
14/04/2022
नव वर्ष वि. स. २०७९ को पावन अवसरमा सम्पूर्ण इन्जिनियर साथीहरु, शुभचिन्तक, आदरणीय गुरुहरु,देश तथा विदेशमा रहनु भएका मित्रहरु तथा मान्यजनहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं, साथै नया वर्षको सुरुवात संगै राष्ट्रको समृध्दि तथा उन्नतिको बाटोमा निरन्तर पाइला अगाढी बढोस भन्ने कामना गर्दछु !!
31/12/2021
#प्रेस_विज्ञप्ति
नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं कार्यकारिणी समिति, प्रदेश कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिंग परिषद सदस्यहरुको निर्वाचन आगामी माघ ७ गते हुन गइरहेको व्यहोरा सर्वविदित नै छ | उक्त चुनाबलाई व्यवस्थित र प्रविधि मैत्री बनाउनको लागि प्राविधिकहरु सम्मेलित १५ सदस्यीय निर्वाचन सहयोग प्राविधिक उपसमिति गठन गरिएको थियो | उक्त समितिले Electronic Voting System(EVS) बाट निर्वाचन प्रभावकारी हुने र मतगणना कार्य सरल र छिटो हुने भनि सल्लाह दिएको भएता पनि निर्वाचन समिति द्वारा आलटाल गरि समयमा समय मै EVS बाट भोटिंग हुने विषयमा कुनै निर्णय नहुनु प्रति नेपाल इन्जिनियरिंग समाजको गम्भीर ध्यानाकर्षण भएको छ |
नेपाल इन्जिनियर्स एशोसियसन जस्तो देश भरि कै इन्जिनियर र आर्किटेक्टहरुको साझा संस्थाले प्रविधिको प्रयोगलाई विशेष प्राथमिकतामा राख्नु पर्नेमा त्यसो नगरि झन्झटिलो परम्परागत पद्धतिलाई प्रथामिकतामा राख्नुले संस्थाको कार्य क्षमतामा समेत प्रश्न चिन्ह खडा गरेको छ | विज्ञहरुको सुझाबलाई मध्यनजर गरि बिज्ञान र प्रविधिलाई प्राथमिकतामा राखी विद्युतीय मतदान प्रक्रियालाई अगाडी बढाउनको लागि हामी नेपाल इन्जिनियर्स एशोसियसन समक्ष जोडदार माग गर्दछौं |
27/12/2021
#शोक_वक्तव्य
सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाट क्षमताको "सोलुखोला दुधकोसी जलविद्युत आयोजनामा" पाइप लाईनमा पानीको प्रेसर परीक्षणका क्रममा पाइप विस्फोट हुदा दुई प्रतिभावान युवा ईन्जिनियरहरु ई. सुवासराज रेग्मी र ई. अर्जुन थापाको असमायिक निधनको खबरले नेपाल इन्जिनियरिङ्ग समाजलाई स्तब्ध बनाएको छ। भगवानले शोक शन्तप्त परिवारजनमा धैर्य धारण गर्ने क्षमता प्रदान गर्नुका साथै दिवंगत आत्माको चिर-शान्तिको कामना गर्दछौं |
साथै यस किसिमको दुर्घटना हुनुले इन्जिनियर तथा अन्य कर्मचारीको जिउधन सुरक्षा माथी गम्भीर प्रश्न चिन्ह खडा गरेको छ | आयोजना निर्माणको प्रारम्भ देखि संचालन सम्म उचित सुरक्षा मापदण्ड बनाउनु पर्ने र त्यसको सहि तरिकाले पालन गर्नु पर्ने प्रती हामी सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौँ | जलविद्युत आयोजनाको तर्फ बाट पीडित परिवार र घाइतेहरुको लागि उचित क्षतिपुर्तीको लागि यस संगठन जोडदार माग गर्दछ | आगामी दिनमा यस्ता किसिमका घटना दोहोरिन नदिन र घटनाको सत्य तथ्य जांच बुझ गर्नको लागि नेपाल सरकारसंग नेपाल इन्जिनियरिंग समाज हार्दिक अपिल गर्दछ ।
05/11/2021
सबैको घरमा लक्ष्मीले बाँस गरुन, सुख, शान्ती र समृद्धि रहिरहोस तिहार सबैले खुसिसाथ आफ्नो परिवार संग मनाउने अवसर मिलोस दिपावलीको शुभकामना !!
On this auspicious festival of light, may the glow of joy, prosperity, and happiness may they all be with you in the coming year.
Happy Dipawali !!
29/10/2021
विरगंज मा प्राविधिक विश्वविधालय स्थापनाको लागि प्रदेश नम्वर २ सरकारका मुख्यमन्त्री माननीय लालबाबु राउत ज्यू को प्रमुख अतिथिमा आज मिती २०७८/०७/१२ गते दिनको ३ बजे रहेको अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण बुद्धिजिबी ईन्जिनियरहरु लाई उपस्थिती को लीगि हार्दिक अनुरोध छ।
स्थानः सेन्ट जेभियर्स कलेज को सभाहल, विरगंज
आयेजक
नेपाल बौद्धिक पेसाकर्मी महासंघ तथा नेपाल ईन्जिनियरिगं समाज
28/10/2021
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ, कृषि तथा पशुपन्छी मन्त्री महेन्द्र राय यादव,भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव ज्युहरुलाई बधाई तथा शुभकामना दिदै नेपाल इन्जिनियरिङ्ग समाजका साथिहरु !!
28/10/2021
संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना, जनकपूरका निमित्त आयोजना प्रमुख सि. डि.ई.राजेश कुशवाहालाई गरिएको अमानवीय हर्कत विरुद्ध नेपाल ईन्जिनियरिङ समाज (NES) द्वारा सप्तरी जिल्लामा गरिएको विरोध प्रदर्शन !!
25/10/2021
नेपाल इन्जिनियर्स एसोसिएसन (NEA) ले आयोजना गरेको, संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना, जनकपूरका निमित्त आयोजना प्रमुख सि. डि.ई.राजेश कुशवाहालाई गरिएको अमानवीय हर्कत विरुद्ध नेपाल ईन्जिनियरिङ समाज (NES) को ऐक्यवद्धता !!
स्थान: माइतीघर काठमाडौ !!
24/10/2021
21/10/2021
#प्रेस_विज्ञप्ति
संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना, जनकपुरका सि.डि.ई. राजेश कुशवाहालाई जनमत पार्टीका कार्यकर्ताले गरेको कुटपिट प्रति नेपाल इन्जिनियरिङ्ग समाजको गम्भीर ध्यानाकर्षण भएको छ । देशमा कानुनी राज्य हुदाहुदै कानुनी तथा वार्ता संबादको माध्यमबाट उपचार खोज्नुपर्ने ठाउँमा कुनै पार्टी वा ब्यक्तिद्वारा कानुन हातमा लिने, उच्छृंखल गतिविधि गर्ने, उदण्डता मच्चाउने लगायतको कार्यले समाजमा द्वन्द्व फैलिन सक्ने अवस्था रहेको हुदा यी र यस्ता हर्कत गर्नेलाई अबिलम्ब कानुनी दायरामा ल्याई कार्वाही गर्नको लागी नेपाल सरकार र सम्बद्ध सबै निकायहरुलाई गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ |
यस किसिमको गलत गतिविधिले देशको सुशासन र मानव अधिकारमा गम्भीर प्रश्न खडा गरेको छ | देशको कानुनलाई कुल्चिएर कुनै पनि व्यक्ति वा संस्थाद्वारा गरिएको यस किसिमको कार्यले सामाजमा अराजकता, अशान्ति, अन्यायको वातावरण सिर्जना गर्ने हुदा घटनामा संलग्न सबैलाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष यस संस्था जोडदार माग गर्दछ |
साथै यस घटनालाई वेवास्ता गरि दोषी माथि कुनै पनि कार्वाही नगरिए यस संस्था एक निर्दोष राष्ट्र सेवक इन्जिनियर प्रति भएको दुर्व्यवहारको विरुद्ध आन्दोलन घोषणा गर्न बाध्य हुने समेत जानकारी गराउन चाहन्छौं |