29/12/2025
सहभागिताका लागि सादर अनुरोध छ……
आउँदो शनिबार (पाैष १९) रक्तदान शिविर आयोजना गर्दै महादेवस्थान-मातातिर्थ खानेपानी
थानकोट । आउँदो शनिबार (पाैष १९) चन्द्रागिरि नगरपालिका-०५ थानकोट चेकपोष्टमा बृहत रक्तदान शिविर आयोजना हुने भएको छ ....
16/10/2024
सुन्धारास्थित ४०० घनमिटर पानीट्याँकी सफाइ भइरहेकोले आज केही क्षेत्रमा खानेपानी वितरण प्रभावित हुनेछ । 014314217
09/10/2024
बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।
014314217
28/09/2024
लगातारको वर्षाका कारण यस कार्यालय अन्तर्गत विभिन्न क्षेत्रमा रहेका संरचनाहरू (पम्प हाउस, जेनेरेटर हाउस, विद्युत लाइन, ट्रान्सफर्मर) मा व्यापक क्षति पुगेको हुँदा २०८१ असोज १३ गते आइतबारका दिन महांकालस्थान पानी ट्याँकी, बनदेवी पानी ट्याँकी तथा घुमाउने पानी ट्याँकीबाट खानेपानी वितरण नहुने जानकारी गराउन चाहन्छाैं ।
साथै पानी शुद्धीकरण गरेर पिउनु हुन समेत अनुरोध छ ।
014314217
05/09/2024
हरितालिका तीज पर्वका दिन (भदाै २१ शुक्रबार) यस समितिको कार्यालय बन्द रहनेछ ।
25/08/2024
बनदेवी प्रावि नजिकै आइतबार बिहान मुख्यपाइपलाइन फुटेको हुँदा केही क्षेत्रमा खानेपानी वितरण प्रभावित भएको जानकारी गराइन्छ ।
01/08/2024
यस कार्यालय अन्तर्गत चनपा-०७ महांकालस्थान डिपबोरिङमा प्राविधिक समस्या उत्पन्न हुँदा खानेपानीमा केही धमिलोपन देखिएकोले पानी उमालेर वा निर्मलीकरण गरेर पिउनुहुन अनुरोध छ ।
साथै, कार्यालय अन्तर्गतका पाइपलाइन तथा संरचनाहरू सुरक्षित रहेको जानकारी गराइन्छ ।
014314217
11/07/2024
आ.व.२०८०/८१ को हिसाब मिलान गर्नका लागि २०८१ असार २८ गते शुुक्रबार बेलुकी ५ बजेदेखि २०८१ श्रावण १ गते बिहान १० बजेसम्म यस संस्थाअन्तर्गत अनलाईन खानेपानी महशुल भुक्तानी कार्य बन्द रहने व्यहोरा जानकारी गराइन्छ । 01-4314217
18/06/2024
यस संस्थाअन्तर्गत चन्द्रागिरि नगरपालिका-०५ स्थित दश नम्बर टाेलमा रहेको डीप बोरिङ क्षेत्रमा निर्माण सुरु गरिएको सेडिमेन्टेशन ट्यांकी ।
सेडिमेन्टेशन ट्यांकीको निर्माण सम्पन्न भएपश्चात सो क्षेत्रका उपभोक्ताहरूका लागि खानेपानी वितरणमा थप सहजता हुने अपेक्षा यस कार्यालयले लिएको छ ।
07/06/2024
हार्दिक श्रद्धाञ्जली
यस संस्थाको स्थापनाकालदेखि नै सल्लाहकार समितिमा रही अमुल्य सल्लाह एवं सुझाव दिँदै आउनुभएका चन्द्रागिरि नगरपालिका-०७ थानकोट चेकपोष्ट निवासी परिचित समाजसेवी गोविन्दप्रसाद मिश्रको असामयिक निधन भएको खबरले मर्माहत बनाएको छ ।
दुःखको यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति परिवार शोक सन्तप्त परिवाजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछ ।
महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समिति
चन्द्रागिरि नगरपालिका, महादेवस्थान, काठमाडाैं ।
29/05/2024
डिपबोरिङ मर्मत जारी रहेकोले भोलि (जेठ १७ गते) महांकालस्थान वितरण लाइन आंशिक प्रभावित हुन सक्ने व्यहोरा अनुरोध छ ।
26/05/2024
चन्द्रागिरि नगरपालिका-०७ महांकालस्थानस्थित यस समितिको पानी ट्यांकी, फिल्टर प्लान्ट, डिप बोरिङ, कर्मचारी आवास गृह लगायतका संरचना ।
014314217