Lead to Excellence

Lead to Excellence

Share

Lions International- District 325 L, Nepal (official page)

lion - Google Drive 01/07/2025

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल नेपालको चौथौं डिष्ट्रिक क्याबिनेट बैठक तथा अवार्ड वितरण कार्यक्रमका झलकहरू

lion - Google Drive

Photos from Lead to Excellence's post 01/07/2025
Photos from Lead to Excellence's post 01/07/2025

4th Cabinet Meeting & Award Ceremony held at Dhulikhel on June 28, 2025.

Photos from Lead to Excellence's post 30/06/2025

नमस्ते 🙏🙏🙏
आज लायन्स अन्तर्राष्ट्रिय, डिष्ट्रीक ३२५ "एल" नेपालको डिष्ट्रीक गभर्नरको रुपमा अन्तिम पटक सम्बोधन गर्दा मेरो मन गहिरो आभार, विनम्रता र अत्यन्तै गर्वले भरिएको छ । यो डिष्ट्रीकको सेवा गर्ने अबसर मेरो जीवनको सबैभन्दा ठूलो सम्मान हो । तपाईहरुसङै नेतृत्व गर्ने, सिक्ने र तपाईहरुसङै सामुहिक रुपमा सेवाको यात्रामा अघि बढने सौभाग्य पाँए, म धन्य भए ।
"Lead to Excellence" भन्ने नारा अन्तरगत हामी सबैले स्पष्ट लक्ष्यका साथ सुरु गरेका थियौ, जहाँ आवश्यकता छ त्यहा पुग्ने, सेवामा ईमान्दारिताको उच्च मापदण्ड कायम गर्ने र करुणा र कार्यद्वारा सार्थक परिवर्तन ल्याउने । आज म गर्वका साथ फर्केर हेर्छु, यो मेरो मात्र प्रयासको परिणाम होईन, यो हामी सबैको साझा उपलब्धि हो ।
यो बर्ष हामिले स्वास्थ, शिक्षा, विपद राहत, वातावरणीय स्थिरता र युवा सशक्तीकरण जस्ता प्रमुख क्षेत्रहरुमा राम्रै प्रगती गर्यौ । हामिले सदस्यता बिस्तार गर्यौ, नयाँ क्लबहरु स्थापना गर्यौ, कुना कुनामा सेवाको भावना पुनर्जीवित गर्यौ । नवीनतम विधिहरु अपनाएर, लायन्सको गुणस्तरमा कुनै सम्झौता नगरी, चुनौतीहरुमा एक जुट भएर हामिले फेरि प्रमाणित गर्यौ जहाँ आवश्यकता छ, त्यहाँ लायन्स छ । यी सबै उपलब्धिहरुलाइ सम्भव बनाउन मलाई साथदिने सम्मानित आदरणीय लायन लिडरज्युहरु, क्याविनेटमा रहनु भएका सम्पुर्ण पदाधिकारीज्युहरु, सम्पुर्ण क्लब पदाधिकारीज्युहरु, सम्पुर्ण क्लब सदस्यज्युहरु, लियो जिल्ला परिषद अध्यक्ष लगायत सम्पुर्ण लियो सदस्यज्युहरुको अथक प्रयासबिना सम्भव थिदै थिएन । तपाईहरु सबैलाई म हृदयदेखि आभार व्यक्त गर्दछु । यहाँहरुनै वास्तवमा हाम्रो डिष्ट्रीकको शक्ति र सफलताको आधार हुनुहुन्छ ।
लायन्स अन्तर्राष्ट्रिय, हाम्रो मल्टिपलका सम्पुर्ण लिडरज्युहरु, LCIF लाई म विशेष धन्यवाद दिन चाहन्छु । तपाईहरुको निरन्तर मार्गदर्शन, समर्थन र विश्वास प्रती म सदैव आभारी रहने छु । मेरो परिवारका सम्पुर्ण सदस्यहरु भावना म्याडम, शोभना म्याडम, छोरा सुभाष र हामी सबैको प्यारी छोरी आर्याश्री प्रती म विशेष धन्यवाद व्यक्त गर्दछु, जसले यो यात्राभर मलाई निरन्तर साथ र सहयोग दिनुभयो, तपाईहरुको धैर्यता, प्रोत्साहन र म प्रतिको विश्वासनै मेरो सबैभन्दा ठूलो शक्ति थियो । सम्पुर्ण दाजुहरुमा, भाउजुहरुमा हार्दिक धन्यवाद अर्पण गर्दछु ।
वास्तविक नेतृत्व पदमा बस्नु मात्रै होईन, अरुलाई अघिबढन सक्ने सम्भावना सिर्जना गर्नुनै सच्चा नेतृत्व हो । अब म नेतृत्वको जिम्मेवारी आउदो डिष्ट्रीक गभर्नर र उहाँको टिमलाई हस्तान्तरण गर्दैछु, मलाई उहाँहरुको कार्यदक्षता र क्षमतामा पुर्ण विश्वास छ र यो नेतृत्वले हाम्रो डिष्ट्रीकलाई अझ उत्कृष्ट बनाउन सफल हुनेछ । म भविश्यप्रती उत्साहित छु र आउने नेतृत्वलाई विधिभित्र रहेर हरसम्भव तरिकाले सहयोग गर्न एक लायनको रुपमा म सधै तत्पर रहने छु ।
स्मृतिले भरिएको मन, तपाईहरुले देखाउनु भएको विश्वास र समर्थनलाई मुटुभरी सङ्गालेर लायन्स डिष्ट्रीक ३२५ "एल" नेपालको डिष्ट्रीक गभर्नरको रुपमा विनम्रतापुर्वक आफ्नो कार्यकालको साईन अफ गर्दछु । यो बिदाई र अन्त्य होईन अपितु नयाँ सुरुवातको उत्सव हो ।
यहाँहरु सबैप्रती हार्दिक आभार र धन्यवाद ।
Thank you all and may we always 'Lead to Excellence '

सुमन भट्ट
डिष्ट्रीक गभर्नर
डिष्ट्रीक ३२५ "एल" नेपाल
L.Y. 2024-2025

27/06/2025
Photos from Lead to Excellence's post 27/06/2025

💐Congratulation💐
Club Leadership Award
Lead to Excellence
Recommendation by club

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
44600