11/04/2026
4th ABC National 8A side Veterans Tournament 2026 मा quarterfinal को खेल मा उत्कृष्ट खेल खेलेतापनि हामी Bagarbhai khalak, Pokhara सङ tiebreaker मा पराजित भएका छौ। दोश्रो हाफ मा हामी पुरै हाबि थियौ र हाम्रा २-३ सटिक प्रहारहरु गोलपोस्ट मा लाग्न पुगे । खेलमा हार जित हुनु स्वभाबिक हो ।अन्य प्रतियोगिताहरु मा हामी निरन्तर सहभागी हुने जानकारी गराउदछौ।
09/04/2026
Good morning from pokhara !! हाम्रो टिम ABC National 8A side Veterans Tournament 2026 मा छ। आज quarterfinal को खेल अन्तर्गत हाम्रो खेल Bagarbhai Khalak, pokhara सङ दिउसो १ बजे हुदैछ।live on goal nepal kaski page !! team लाइ सुभकामना दिनु होला।
https://www.facebook.com/share/1DYm9UTZGV/?mibextid=wwXIfr
06/11/2025
Asian Football Confederation (AFC) का Past Vice President, South Asian Football Federation (SAFF) तथा ANFA का Past President र नेपाली फुट्बलको स्वर्ण युगका नायक ,राष्टृय खेलाडी श्री गणेश थापा ज्युका साथ Baneshwor Friendship Club का पदाधिकारी तथा खेलाडीहरुसँग अन्तर्कृया सम्पन्न भयो । नेपाली फुट्बलका नयाँ आयामहरु के कस्ता हुन सक्छन तथा BFC ले के कस्तो रणनितीका साथ अगाडी बढन पर्छ भन्ने बारे छलफल भएको हो ।
13/10/2025
आज सम्पन्न खेल मा Baneshwor Friendship Club 4:2 Chitwan को नतिजा सङ BFC सेमी फाइनल मा प्रबेश गरेको छ । सेमी फाइनल मा BFC ले भोली बिहान १० बजे Chabahil A सँग प्रतिस्पर्धा गर्ने छ । आज को खेल का Man of the Match श्री योद्ध बहादुर शाही सहित सम्पुर्ण खेलाडी तथा ब्यबस्थापन लाई हार्दिक बधाई र भोली को खेलको लागी अग्रीम शुभकामना !
13/10/2025
Match ongoing !! 2nd half remaining !!
BFC 3: 2 Chitwan
13/10/2025
चाबहिल स्पोर्ट्स क्लब द्वारा आयोजित ५ औ वडा कप २०८२ अन्तर्गत बानेश्वोर फ्रेन्ड्सिप क्लबले SNKC लाई २-० ले पराजित गरेको छ । खेल का man of the match BFC कप्तान हरिहर थापा हुनु भएको छ ।
आज Quarter Final को खेल ३:३० बजे Chitwan सँग हुने छ । खेल मैदान : चाबहिल गणेश मन्दिर अगाडी को ग्राउण्ड / जित को लागी अगृम शुभकामना !
09/03/2025
"Every defeat is just a step closer to our next victory and losing today doesn't define BFC's journey tomorrow."
सेमि फाइनल पुगेरपनि अन्तिम लक्ष्यबाट हामी बिमुख भएका छौ । हारको पीडाले आज हामी दुखी छौ तर पनि हामी हाम्रा खेलाडी र हाम्रो खेल कौशल प्रति गौरब गर्दछौं । खेल भनेको कहिले हार र कहिले जित हो भन्ने हामीले बुझेका छौ। हामी निरन्तर अगाडि बढनेनै छौ। हामीसङ आबद्ध हाम्रा खेलाडीहरुलाई हार्दिक धन्यबाद दिन चाहान्छौ। तपाईंहरु प्रती हाम्रो उच्च सम्मान छ। यसै गरी हामिलाई साथ सहयोग तथा माया गर्नु हुने सम्पुर्ण सुभेक्छुकहरु प्रती हार्दिक आभार प्रकट गर्दछौ। हाम्रो अभ्यास खेलहरु निरन्तर हुनेछन र यस्तै प्रतियोगिताहरुमा हाम्रो निरन्तर सहभागिता रहनेछ !! 🙏🙏❤️🇳🇵🙏🙏🙏
09/03/2025
आज आइतबार दिउसो २ बजे Baneshwor Friendship र Freedom Fighter बिच पहिलो सेमिफाइनल खेल हुनेछ ! जित को अग्रीम सुभकामना Team BFC !
दोस्रो सेमिफाइनल खेल आज नै किङकम र हेटौडा बिच हुने छ । किङकम लाई पनि जितको लागि अग्रिम सुभकामना !!
खेलहरु हेर्नका लागि लिन्क:
https://www.facebook.com/share/15hTx1KmvB/
08/03/2025
आज का Man of the Match हाम्रा आदरणीय दाइ तथा कुशल खेलाडी श्री राजन लाल नेपाली !! हार्दिक बधाइ दाइलाई !! !!
08/03/2025
Congratulations to all. We are in the semifinals !!!!
08/03/2025
आज शनिवार पहिलो खेल दिउसो १ बजे बानेश्वर फ्रेन्ड्सिप र एबिसि बिच हुनेछ भने दोस्रो खेल बगर भाईखलक र किङकम बिच दिउसो २ बजे हुने तालिका रहेको छ। बानेश्वर फ्रेन्ड्सिप र किङ्कम दुबै टिमलाई जित को अग्रीम सुभकामना !
२२ गतेको खेलमा बिरगंजलाई १-० ले पराजित गरेर BFC क्वाटर फाइनल मा प्रबेश गरेको हो। उक्त खेलका तस्बिरहरु समाबेश गर्दै आजको खेलको प्रत्यक्ष प्रसारण हुने लिन्क तल उल्लेख गरेका छौ।
https://www.facebook.com/share/1GCzT9qyXB/
06/03/2025
Baneshwor FC को Birgunj City माथी १-० को बिजय । BFC quarter final मा प्रबेश। अर्को हाम्रो खेल २४ गते दिउँसो १ बजे हुनेछ। म्यान अफ द म्याच Baneshwor FC का क्याप्टेन हरिहर थापा। सबै लाई बधाइ छ।