29/09/2017
हाम्रो गाउ हरियाली ले भरिएको गाउ ,साचिकै स्वर्ग जस्ताइ गाउ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो प्यारो यामुना डाँडा, Landmark & historical place, araniko Highway, Kathmandu.
29/09/2017
हाम्रो गाउ हरियाली ले भरिएको गाउ ,साचिकै स्वर्ग जस्ताइ गाउ
12/05/2017
आदर्णीय यमुना डाँडा गाउ बासी हरु मा नमस्कार ,आगमी हुन गैरहेको गाउ पालिका को चुनाव मा एक सक्षम उमेद्वर लाई जिताउन सबै एक जुट होउ , यो चुनाव मा हाम्रो मान्छे भनेर हैन राम्रो मान्छे छानेर आफ्नो अमुल्ये भोट् हाल्नुहोला , हामीले अहिले गरेको सही निर्णये नै आगामी दिन को गाउ को उज्वल भबिस्ये बन्ने छ । हामीले अहिले आफ्नो पार्टी भन्दा पनि आफ्नो गाउ को भबिस्ये सोच्नु पर्ने बेला आएको छ हाम्रो अहिले को सानो गल्ती र आफ्नो भन्ने अहम्ता ले पछी गएर गाउ बिकास मा हामी धेरै पछी पर्न सक्छौ , सोचेर मात्र आफ्नो भोट हालौ ।
तपाई सिन्धुपाल्चोकको हुनुहुन्छ ? नयाँ संरचना अनुसार तपाई कुन गाउँपालिकामा पर्नु भो ? ल हेर्नुस……. - See more at: http://himaliman.com/news/2016/07/25/195.html .eJrILPGj.dpuf
सिन्धुपाल्चोकको विकास वजेट ५ अर्व ८६ करोड ३६ लाख
सिन्धुपाल्चोक समृद्धिको आधार –जलस्रोत, पर्यटन, कृषि र व्यापार भन्ने मूलनाराका साथ सिन्धुपाल्चोकको २३ औं जिल्ला परिषद सम्पन्न भएको छ । परिषद्ले आगामी आर्थिक वर्ष ०७३/७४ को लागि ५ अर्व ८६ करोड ३६ लाख विकास वजेट सार्वजनिक गरेका छ ।
स्थानीय विकास अधिकारी कृष्णबहादुर शाहीले प्रस्तुत गरेको वजेट वक्तव्यमा जिल्ला स्थित गैर सरकारी संस्था, विषयगत कार्यालय र जिल्ला विकास समितिको पुंजिगत तथा चालुखर्च समावेश गरिएको छ ।
वजेटमा जिल्लामा क्रियाशील गैरसरकारी संस्था, १५ विषयगत कार्यालय र जिल्ला विकास समितिको अगामी वर्षको चालु तथा पुंजीगत तर्फको वजेट समावेश गरिएको हो । जसमध्ये गैर सरकारी सस्थाको वजेट २ अर्व ६० करोड ४५ लाख ७५ हजार रहेको छ । उक्त वजेट जिल्लाको स्वास्थ्य, शिक्षा , गरिवी निवारण र मानव संसाधन विकासमा खर्च गरिने छ ।
खानेपानी तथा सरसफाई, शिक्षा, स्वास्थ्य, वन, महिला विकास, कृषि, पशु विकास, घरेलु, जिल्ला वालकल्याण, जलउत्पन्न, डिभिजन सडक, विद्युत र सिंचाई कार्यालयको गरि २ अर्व १२ करोड ५६ लाख ४१ हजार रहेको छ । जसमा चालुतर्फ ९६ करोड २३ लाख १३ हजार र पुंजीगत तर्फ १ अर्व १६ करोड ३३ लाख २७ हजार रहेको छ ।
त्यसैगरि जिविस तर्फको कुल वजेट ९६ करोड ८९ लाख ८ हजार रहेको छ । जसमा चालु तर्फ ४० करोड ३१ लाख ३ हजार र पुंजीगत तर्फ ५६ करोड ५८ लाख ४ हजार रहेको छ । जसमध्ये केन्द्रस्तरीय कर्यक्रमको चालु तर्फ ४० करोड ३१ लाख ३ हजार, पूंजिगत तर्फ ५६ करोड ५८ लाख ४ हजार छ । आन्तरिक कोष तर्फ भने १६ करोड ३५लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । जसमा चालु तर्फ २५ लाख र पूंजिगत तर्फ १३ करोड ८५ लाख ५० हजार खर्चहुने छ । सो कोषको रकम ढुुंगा, गिटी र वालुवा निकासी कर, विद्युत रोयल्टी र सिफारिस दस्तुर वाट संकलन गरिने जिविस आन्तरिक लेखा अधिकृत अनिरुद्र नेपालले बताए ।
शनिवार सदरमुकाम चौतारामा आयोजित जिल्ला परिषद्मा स्थानीय विकास अधिकारीद्घारा प्रस्तुत जिल्लाको विकास सम्वन्धि नीति तथा कार्यक्रम अनुमोदन समेत भएको छ । वन तथा भूसुंक्षण मन्त्री अग्नीप्रसाद सापकोटाले उद्घाटन गरेको सभामा पूर्व स्थानीय विकास मन्त्री अमृत बोहरा, पूर्व अर्थराज्य मन्त्री ल्हाक्याल लामाले मन्तव्य राखेका थिए । त्यसै गरि सांसदहरु शेरबहादुर तामाङ, रमेश लामा लगाएत स्थानीय राजनीतिकदलका नेता सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिले समेत नीति तथा कार्यक्रममा सुझाव तथा टिप्पणी गरेका थिए ।
समारोहमा जिल्लामा क्रियाशील अग्रज पत्रकार ऋषिराम पौड्याल र स्थानीय सिन्धु प्रवाह साप्ताहिकलाई पुरस्कृत गरिएको थियो ।
नेपाल सरकार
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय
जिल्ला विकास समितिको कार्यालय
सिन्धुपाल्चोक, नेपाल
हार्दिक निमन्त्रणा ! हार्दिक निमन्त्रणा !! हार्दिक निमन्त्रणा !!!
यस जिल्लाको २३ औं जिल्ला परिषद् एवं बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोह मिति २०७२ साल फाल्गुण २९ गते शनिबार विहान ११:०० बजे यस जिल्ला विकास समितिको कार्यालय प्राङ्गणमा हुने भएकोले उक्त समारोहमा उपस्थितिको लागि सम्पूर्ण जिल्लावासी तथा अन्य महानुभाबहरुमा हार्दिक आमन्त्रण गरिन्छ ।
22/02/2016
सामाजिक सुरक्षा भत्ता वितरण सम्वन्धी सूचना…
16/09/2015
सम्पूर्ण यमुना डाँडा गाउ बासि दिदी-बहिनी तथा सारा गाउ बासि लाई तीज को शुभकामना ;भुकम्प ले दुखित तुल्यएको यस् अवस्था मा पनि ति दु:ख भुलेर यो रमाइलो चाड मनाउ र आगामी दिन मा सबै मिलेर गाउ को उन्नती मा लाग्ने प्रण गरौ । गाउलाई नमुना गाउ बनाउ
23/12/2014
24/10/2014
सम्पूर्ण यामुना डाँडा गाऊबासी लाई तिहार को शुभकामना
27/09/2014
हाम्रा सम्पूर्ण यमुना डाँडा गाऊ बासी दाजु-भाई , दिदी-बहिनी, साथी भाई लगायत सबै लाई बिजया दशमी को हार्दिक शुभ कामना
02/08/2014
सुनकोशी नदी मा पहिरो ले रोकेको केही तस्बिर हरु .............
02/08/2014
सिन्धुपाल्चोक जिल्ला को मान्खा गाबिस को जुरे भने ठाॐ मा गएको पहिरो ले सुन्कोशी नदी बन्द भएको अबस्ता मा कुनै पनि अबस्ता मा उक्त बाध खुल्न सक्ने हुनाले सुन्कोशी आस्पास मा रहनु भएको हाम्रो यमुना डाँडा गाबिस का साथै अरु जती पनि बसोबस गर्नु भएका हरु लाई सुरक्षित र होसियार रहन आग्रह गर्दछु ।
http://www.canadanepalprograms.com/2014/08/at-sunkoshi-river-nepal-army-blast.