मन्थली नगरपालिका वडा न १३

मन्थली नगरपालिका वडा न १३

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मन्थली नगरपालिका वडा न १३, Government Organization, Phulasi, Ramechhap, Kathmandu.

09/11/2021

मन्थली न पा १३ फुलासी चिन्डेमा सामुदायिक छाडा कुकुर नियन्त्रण गरि स्थायी बन्ध्याकरन तथा रेबिज खोप शिबिर र स्थलगत परजिबी नियन्त्रण शिबिर हुने सम्बन्धी सूचना ।

21/05/2021
21/05/2021

आदरणीय मन्थली-१३ बासी बुबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु,
सर्वप्रथम, तपाईहरुको सुस्वास्थ्यको कामना गर्दछु ।
कोरोना महामारी नेपालमा मात्रै नभई सिंगो विश्व समूदायको संकटको विषय हो । यो संकटको सामना गर्न स्वास्थ्य सुरक्षाको मापदण्डको पूर्ण पालना गर्न यहाँहरुलाई हार्दिक अनुरोध गर्दछौ । त्यसका लागि आवश्यक माक्स, स्यानिटाइजर, पल्स अक्सिमिटर, पिपीई, औषधि घरघरमै पुर्याउने अभियान सुरु गरेका छौ ।
सो अभियान अन्तर्गत साविकका वडा प्रतिनिधित्व गर्ने वडा सदस्य र स्वयमसेवक मार्फत जनचेतना साथै वडाका प्रति व्यक्ति एक माक्स वितरण गरिरहेका छौ । स्वास्थ्य चौकीका लागी ६ थान पल्स अक्सिमिटर, ११०० थान माक्स, ५ लि स्यानिटाईजर, २० पाकेट ग्रोल्प्स, ३ थान पिपीई सेट लागायतका सामाग्रीहरु वितरण गरेका छौ । साथै अत्यावश्यक औषधि पनि व्यवस्था गरेका छौ । यस अवसरमा कोभिड संकट समाधानमा लाग्ने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक सम्पूर्णमा धन्यवाद दिन चाहन्छौ । स्थानीय सरकारले जनताको जीवनको सुरक्षा गर्ने दायित्व लिएकाले उच्च मनोबलका साथ् कोभिडविरुद्दको अभियानमा जुट्नु हुन सबै पक्षलाई आह्वान गर्दछौ । संकटको यस घडीमा स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्ने, औषधि उपचारको प्रबन्ध गर्ने काममा स्थानीय सरकारको नाताले योगदान दिने काममा तपाईहरुलाई सदैव साथ र सहयोग रहने प्रतिवद्दता व्यक्त गर्दछु ।
राजेन्द्र चौहान
वडा अध्यक्ष
मन्थली नपा-१३, रामेछाप

24/05/2020

फौजी किरा व्यवस्थापन गर्ने घरायसी उपाय
फौजि किराको प्रकोप वढिरशेको हुदा तल उल्लेखित घरायसि जडिवुट प्रयोग गरि वालि र वातावरणलाइ सम्रक्षण गरौ ।
वेलको पात, सरिफको पात, टिम्वुरको पात, निमको पात ,अगेरिको पात सवै १००/१०० ग्राम र मरिच १ मुठि अकवरे खुर्सानि ५० ग्राम लसुन ५० केस्रा हातिवार १० ग्राम १० लिटर गाइको पिसापमा मजाले पकाएर पाके पछि २० लि पानि हालि छानेर वेलुकिपख ७/७ दिनको फरकमा स्पेयर गरौ ।
फौजि किरा नियन्त्रण गर्ने रासायनिक तरिका
इमामेक्टिन बेन्जोएट ०.५ ग्राम/लिटर पानीमा मिसाएर वा क्लोरोनट्रानिलीप्रोल १ मि.ली प्रति ३ लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

24/05/2020

फौजी किरा व्यवस्थापनका उपायहरु:
नार्कको कीट विज्ञान महाशाखाका वैज्ञानिकहरूले फौजी कीरा व्यवस्थापन गर्न यी सुझाव दिएका छन्:

मकै रोप्नुअघि गहिरो गरेर खनजोत गर्ने ।
घोगा राम्रोसँग खोस्टाले छोपिने जातको मकै लगाउने ।
बर्खे मकै सकेसम्म ढिलो नगरी समयमै रोप्ने तथा निश्चित ठाउँमा सबैले एकै समयमा अर्थात् एक हप्ताभित्र रोप्ने ।
मकैमा कोसेबाली अन्तरबालीको रूपमा लगाउँदा कीराको प्रकोप कम गर्न सकिन्छ ।
डेस्मोडिअम घाँस यो कीरालाई मन नपर्ने हनुाले मकैको बीचबीचमा यो घाँस लगाएर कीरालाई धपाउने अनि छेउछेउमा कीरालाई मनपर्ने नेपिअर घाँस लगाएर कीरालाई आकर्षित गरी मार्ने ।
सिफारिस अनुसारको मल प्रयोग गरर बिरुवालाई स्वस्थ र बलियो बनाई किराको प्रकोप सहन सक्ने पार्ने ।
मकैको पातमा सेता लाम्चा झिल्लीसहितका प्वाल अवस्थाको क्षतिको लक्षण देखा परेमा नीमजन्य विषादी एजाडिराक्टिन १५०० पीपीएम ५ मिलिलिटर प्रतिलिटर पानीमा मिसाएर छर्ने ।
मकैको पातमा प्वाल पारेको तथा गुभोमा क्षतिको लक्षण देखा परेमा इमामेक्टिन बेन्जोएट ५ प्रतिशत एसजी ०.४ ग्राम प्रतिलिटर पानीमा मिसाएर छर्ने, अथवा
विषादी छर्दा एक रोपनीमा लगाइएको मकैलाई २५ लिटर विषादी हालेको तयारी झोल प्रयोग गर्ने र तयारी झोल गुभोमा पर्नेगरी छर्ने ।
एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी प्रयोग गर्ने तथा घोगा लागिसकेपछि विषादी प्रयोग नगर्ने ।

16/05/2020

आदरणीय मन्थली - १३ स्थायी घर भई विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरु !
आदरणीय मनपा १३ बासी जन समुदायहरु अन्तर्राष्ट्रिय रुपमा फैलिएको कोरोना (COVID-19) महामारीले विश्व नै प्रभावित छ। यो महामारीको नियन्त्रणको लागी नेपाल सरकारले निर्देशन गरेका सुरक्षात्मत उपायहरु अबलम्बन गर्न वडाको तर्फबाट सचेत मात्र नभई रचनात्मक कामहरु समेत गर्दै आएको अवगत नै छ ।
विदेशमा रहनुभएका नागरिकका सन्दर्भमा समेत हाम्रो गम्भीर ध्यानाकर्षण गर्नुपर्ने बेला आएको छ । सो कुरालाई मध्यनजर गर्दै विदेशबाट नेपाल फर्कन चाहनुहुने महानुभावहरु (विशेष गरी भारत र अन्य विश्वका जुनसुकै मुलुकमा) संयमित भै रहनुहोला ।
यदि तपाईहरु विदेशबाट घर फर्किनु पर्ने, असुरक्षित महसुस, दैनिक छाक टार्न समस्या या कुनै कम्पनि साथै दूतावासको समेत समस्या भोगिरहनु भएको छ, भने हामीलाई सम्पर्क गर्नुहोला । घर फर्कन चाहनुहुने महानुभावहरुले आज ३ बजे भित्र (यथासिघ्र) मेरो २ ओटै मोबाईलहरु 9842401112 र 9744015881 साथै वडा कर्सचारी नं. ९८६११२२१०० मा समेत सम्पर्क गर्नुहोला। आफ्नो नम्वर वा सम्पर्क ठेगाना तल कमेन्ट गर्न समेत सक्नुहुनेछ।
सो को लागी निश्चित मापदण्ड र आधारहरु बनाएर प्रक्रिया अगाडि बढाइसकेको र थप बनाउन प्रयत्नशील छौ ।
तपाईंहरुको सकारात्मक र रचनात्मक सल्लाह सुझावको अपेक्षा सहित ।
धन्यवाद !
.................
राजेन्द्र चौहान
(वडा अध्यक्ष)
मन्थली-१३

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Phulasi, Ramechhap
Kathmandu