26/05/2026
राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने तयारीप्रति सिविसको ध्यानाकर्षण ।
CWISH works for protection and promotion of Human Rights of Women and Children in Nepal. CWISH is member of South Asian Alliance for Poverty Elimination.
CWISH (Children – Women in Social Service and Human Rights) is a NGO striving to protect rights of the children, youth and women. CWISH was established in 1993 by young and energetic Nepalese women with a prospect of promoting human rights and providing social justice and equal opportunities for women, youth and children in the vulnerable areas of Nepal. Its work later expanded to cover issues of
26/05/2026
राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने तयारीप्रति सिविसको ध्यानाकर्षण ।
26/05/2026
हेलम्बु गाउँ बाल संरक्षण समितिकाे आयाेजना र समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविसकाे) प्राविधिक सहयाेगमा हेलम्बु गाउँपालिका वडा नं. १ मा वडा बाल अधिकार समिति गठन सफलतापूर्वक सम्पन्न भएको छ। उक्त समितिको संयोजक वडा अध्यक्षज्यू हुनुहुन्छ। कार्यक्रम हेलम्बु बाल अधिकार समितिका संयोजक छिरिङ लामा ज्यूको समन्वयमा सम्पन्न भएको थियो।
25/05/2026
सुनकोशी गाउँपालिका वडा नम्बर एक, दुई र सात (१,२ र ७) मा वडा बाल अधिकार समितिको आयोजना, इन्टरपेडियाको सहयोग र समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) संस्थासँगको समन्वयमा यही मिति २०८३ जेठ ८ गतेका दिन बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम वडा अध्यक्ष ज्यूहरूको अध्यक्षतामा वडा सदस्यहरू, सचिवहरुको उपस्थितिमा सम्पन्न भएको छ । बालबालिकाहरूले बाल संरक्षणका सवालहरू, आफूलाई परेको समस्याहरूको बारेमा खुलेर जनप्रतिनिधिहरूलाई प्रश्न गर्दै जनप्रतिनिधिहरूले बालबालिकाको प्रश्नको सम्बोधन गर्दै कार्यान्वयनको लागि प्रतिबद्धता गर्नुभएको थियो।
22/05/2026
मिति २०८३ जेठ ४ गतेदेखि ६ गतेसम्म बलेफी गाउँपालिकामा रहेको आनन्ददेवी मावि, लक्ष्मीदेवी मावि र फुलपिङकोट माविमा बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी भन्ने मूल सन्देशको साथमा सकारात्मक अभिभावकत्व सम्बन्धी ३ दिने कार्यशाला सम्पन्न भएको छ । अभिभावकहरूलाई बालबालिकाको जीवनमा बाल्यकालका महत्व बालअधिकारको अवधारणा अनुशासनको नाममा गरिने वयस्कहरूको व्यवहार र त्यसको परिणाम साथै सकारात्मक व्यवहारहरूको बारेमा जानकारी दिई बालबालिकालाई हिंसा रहित वातावरणमा हुर्काउनको लागि प्रेरित गर्ने मुख्य उद्देश्य रहेको थियो। बालबालिकाप्रति गरिने अभिभावकत्व शैली, बाल विकास चरण, यसका परिभाषा, अभिभावक र बालबालिकाबीच सञ्चार, बालबालिकालाई दिने दण्ड सजाय यसले पार्ने मनोवैज्ञानिक र भावनात्मक असर, बाल अधिकार र बालकर्तव्य, बालकर्तव्यमा बालबालिकाले गर्नुपर्ने कार्यहरू, बालबालिकाले गर्नु नहुने कार्यहरू, तनाव कम गर्नको लागि गरिने शारीरिक व्यायाम आदि जस्ता विषयवस्तुहरू यस कार्यशालामा समेटिएको थियो। यस कार्यशालामा प्रशिक्षक रमेश बराल, मोहन दङ्गाल र रबिन नेपालीबाट सहजीकरण गरिएको थियो । अभिभावकहरुको सक्रिय सहभागिता रहेको यस कार्यशालामा विद्यालय परिवारबाट समन्वय र व्यवस्थापन पक्षमा सहयोग गर्नुभएको थियो ।
21/05/2026
टोखा नगरपालिकासँग समन्वयात्मक छलफल ।।
टोखा नगरपालिकाको सामाजिक विकास समिति, समाजिक समावेशीकरण शाखा र सिविसबीच समन्वयात्मक बैठक सिविसको बैठक कक्षमा सम्पन्न भएकोछ । सिविसबाट मेरो अधिकार मेरो भबिष्य परियोजना टोखा नगरपालिकाको बार्षिक नगर विकास योजनामा समावेश गरी कार्यक्रमहरु संचालन गरिरहेको सन्दर्भमा टोखा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक श्री सायरा परियार, बाल कल्याण अधिकारी श्री निर्मला रेग्मी, एलजीपास फोकल पर्सन श्री पबित्रा पाण्डे लगायतको टोलीलाई सिविसका अध्यक्ष श्री बिमला ज्ञवालीले स्वागत् सहित संस्थागत अवस्था जानकारी गराउनु भएको थियो ।
20/05/2026
डाइलग वर्क्स २.० परियोजना अन्तर्गत परियोजनासम्बन्धी कार्यक्रमहरूको बारेमा सरोकारवालाहरूलाई जानकारी दिने कार्य सम्पन्न भएको छ । यस कार्यक्रममा काठमाडौं महानगरपालिकाका वडा नं. ३२, २५ र १९ बाट सहभागिता रहेको थियो भने सूर्यविनायक नगरपालिकाको वडा नं. ८ बाट पनि सहभागिता रहेको थियो । त्यसैगरी, ललितपुर महानगरपालिका, टोखा नगरपालिका र सूर्यविनायक नगरपालिकाका बालकल्याण अधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, काठमाडौंका ७ वटा विद्यालय, ललितपुर महानगरपालिकाको १ वटा विद्यालय र सूर्यविनायक नगरपालिकाको १ वटा विद्यालयबाट प्रधानाध्यापकज्यू तथा बाल संरक्षण फोकल शिक्षकहरूको सहभागिता रहेको थियो ।
19/05/2026
सुनकोशी गाउँपालिकासँगको समन्वय र समाजसेवा तथा मानव अधिकारमा महिला र बालबालिका ( सिविस ) संस्थाको आयोजनामा बालबालिकासँग सम्बन्धित नीतिगत व्यवस्था तथा कार्यक्रम विश्लेषण दुई दिने कार्यशाला यही मिति २०८३ जेठ ०१ गते भोटेकोशी विच रिसोर्ट सुकुटेमा सम्पन्न भएको छ। यस कार्यशालामा सुनकोशी गाउँपालिकाको अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सिना, उप अध्यक्ष कान्छी लामा, त्यसैगरी वडा अध्यक्षहरू, वडा सचिवहरू, शिक्षा शाखा, न्यायिक समिति, सामाजिक शाखा, बालकल्याण अधिकारी साथै संस्थाको कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यशालामा मुख्यतया बालबालिकासँग सम्बन्धित राष्ट्रिय कानुनी नीतिगत व्यवस्था, स्थानीय नीति निर्देशिका, आर्थिक वर्ष २०८२/०८३ को कार्यक्रम बजेटको पुनरावलोकन, स्थानीय तहमा बालबालिकाको लागि काम गर्न हुनैपर्ने व्यवस्थाहरू र सोको विद्यमान अवस्था विश्लेषण, गाउँपालिकामा भएका बालबालिकाको समस्या , विषय सम्बोधन गर्नका लागि गर्न सकिने कार्यहरू, स्थानीय बाल अधिकार सम्बन्धी नीति तथा निर्देशिकामा गर्नुपर्ने सुधार आदि विषयहरू समेटेर सहजीकरण भएको थियो । आफ्नो गाउँपालिकाभित्र बाल अधिकारको सुनिश्चित गर्न आफू प्रतिबद्धता रहेको कुरा गाउँपालिकाको अध्यक्ष आदरणीय टपिन्द्र प्रसाद तिमल्सिनाबाट व्यक्त गर्नुभएको थियो। यस दुई दिने कार्यशालाको सहजीकरण प्रशिक्षक तारक धिताल सरबाट भएको थियो।
15/05/2026
बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया ।।
राष्ट्रिय बाल अधिकार परिषद्को आयोजना तथा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) को सहयोगमा काठमाण्डौमा बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी अन्तरक्रिया सम्पन्न भएकोछ । राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य सचिव श्री इन्द्रादेबी ढकालको अध्यक्षता तथा सिविसको अध्यक्ष श्री बिमला ज्ञवाली विशेष उपस्थितिमा संचालन भएको अन्तरक्रियामा काठमाण्डौ, ललितपुर, भक्तपुर सहित सिन्धुपाल्चोकको सुनकोशी र बलेफी गाउँपालिकाको बालकल्याण अधिकारी,महिला बालबालिका शाखा प्रमुखको उपस्थिति रहेको थियो ।
राष्ट्रिय बालअधिकार परिषद्का सुचना अधिकारी श्री राम बहादुर चन्दले बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी भएका कार्यहरु तथा चुनौतीको प्रस्तुतीकरण गर्नुभएको कार्यक्रममा सबै बाल कल्याण अधिकारी तथा शाखा प्रमुखले आफ्नो स्थानीय तहमा बाल अधिकार संरक्षण तथा प्रबद्र्धन सम्बन्धी कार्यविधि, बाल अधिकार समितिको गठन तथा जिम्मेवारी, बाल कल्याण अधिकारीको नियुक्ति तथा जिम्मेवारी, बाल कोषको स्थापना तथा परिचालन, समाजसेवी तथा बाल मनोविज्ञको सुचीकृत, नियुक्ति र परिचालनका लगायतका कार्यहरुको बुँदागत जानकारी गराएका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्की बाल संरक्षण अधिकृत श्री नमूना भूषालले सहजीकरण गर्नुभएको कार्यक्रममा सिविसले सरकारसँगको साझेदारीमा बाल संरक्षण र प्रबद्र्धनको लागि गरेका कार्यहरुको विषयमा सिविसको अध्यक्ष श्री बिमला ज्ञवालीले जानकारी गराउनु भएको थियो ।
14/05/2026
From 11th–13th May 2026, CWISH conducted a field monitoring visit in Helambu led by Team Leader Ruja Pokhrel together with Rita Tisdall from ATOS. The visit focused on understanding the realities of schools and communities, identifying key challenges faced by children, and strengthening collaborative actions for child protection, education, nutrition, and wellbeing.
The team visited Rishankumane Basic School, Mahendra Basic School, and Pating Basic School and held discussions with teachers, School Management Committees (SMCs), ward representatives, parents, and children.
Some of the major action points agreed during the visit include:
✅ School clean-up and improvement campaigns with active community participation
✅ Establishment of sustainable and child-friendly play spaces
✅ Nutrition and learning support initiatives to reduce school dropout and improve attendance
✅ Academic support for children affected by seasonal migration through weekly online tutoring
✅ Strengthening child protection systems and disaster preparedness in schools
✅ Capacity building of Child Protection Focal Teachers and community stakeholders
The monitoring visit highlighted the importance of collective responsibility and community ownership in ensuring safe, inclusive, and supportive learning environments for children.
CWISH sincerely thanks ATOS, school communities, local stakeholders, and all field team members for their dedication and continued collaboration toward protecting and empowering children in Helambu.
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |