24/01/2022
घरको नक्सा पास गर्न जाँदै हुनुुहुन्छ ? यी कागजपत्र नभुली लैजानुहोस् घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा (डिजाइन) पास हो । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। य....
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ghar Jagga Karobar Ktm. Pokhara & Chitwan, kathmandhu nepal, Kathmandu.
24/01/2022
घरको नक्सा पास गर्न जाँदै हुनुुहुन्छ ? यी कागजपत्र नभुली लैजानुहोस् घर बनाउँदा सबैभन्दा पहिले गर्नुपर्ने काम नक्सा (डिजाइन) पास हो । नक्सा पास नगरी बनाइएको घरलाई बैधानिक मानिँदैन। य....
10/06/2021
कोभिडले थलिएका होटल-रिसोर्टमा घरजग्गा व्यवसायीको नजर, भित्रभित्रै चल्दैछ दरभाउ काठमाडौं। नेपालमा पर्यटक आगमनको बढ्दो दर र होटल रिसोर्टले गरिरहेको व्यवसाय देखेर टोपराज खड्का उत्साहित थिए। चि.....
09/02/2021
कसरी बनाउने भूकम्प धान्ने बलियो घर ? तपाईंले बुझ्नैपर्ने यी उपाय ! तपाईंले आफ्नो घर सिंगारेर जतिसुकै सुन्दर बनाएपनि स्ट्रक्चर बलियो बनाउनु भएन भने घर मजबुत बन्दैन । भूकम्पको जोखि....
15/01/2021
पोखरा-४ बाग्लुङ बसपार्क साङ्रग्रीला बिकाश बैँक पछाडि ५ आना क्षेत्रफल र पुर्व मोहडा भएको घडेरी तुरुन्त बिक्रीमा।
मुल्य रु १४० लाख
सम्पर्क नं- ९८५६०२९४५२
-९८५६०००४८४
-९८५६०३२३५९
-९८५६०३१६८६
घर र जग्गा किनबेच गर्दा ध्यान दिनुपर्ने कुराहरु
मानिसको सपना हुन्छ मेरो जग्गा होस, घर होस, गाडी होस, टन्न बैंक व्यालेन्स होस । यहि सपना पुरा गर्नको लागी मानिसहरु रातदिन, घामपानी, हुरीबतास नभनीकन धन, सम्पति, पैसा, मान, प्रतिष्ठा र इज्जत कमाउनको लागी दौडी रहेका हुन्छन् । यसरी धेरै दुःख गरी कमाएको धन, सम्पती, पैसाको सही सदुपयोग गर्नु आवश्यक छ । त्यसैले घरजग्गा किन्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
1. जग्गा किन्दा ध्यान दिनुपर्ने कुराहरुः–
जग्गा भनेको जीवनमा एकचोटी मात्र किन्न सकिन्छ । यदि जग्गा किनेर बेचिहाल्ने हो भने पनि उपयुक्त जग्गा नै हुनुपर्छ । यदि जग्गा किनेर घर बनाएर बस्ने हो भने त झन धेरै कुरामा विचार पु¥याएर मात्र किन्नु उपयुक्त हुन्छ ।
– जग्गामा घाम, पानीको राम्रो व्यवस्था हुनु आवश्यक छ ।
– जग्गा सम्म पुग्ने बाटो कति फिटको छ । मोटरसाइकल तथा गाडी जान्छ कि जादैन विचार पु¥याएर मात्र छनौट गर्नुपर्छ ।
– वास्तुशास्त्र अनुसारको जग्गा छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– सेवा र सुविधाको हिसाबले उपयुक्त जग्गा हो कि होइन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– ढल, विजुली, यातायाल, स्कुल, अस्पताल आदि ।
– जग्गाको लोकेशन पनि ठीक ठाउँमा छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– भीर पहिरो वा नदी कटानले असर नहुने खालको जग्गा हुनुपर्छ ।
– जग्गाको तिरो तिरेको छ कि छैन । जग्गा रैकर अथवा गुठी कुनको हो त्यो पनि हेर्नुपर्छ । जग्गामा मोहीको हक छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर मात्र जग्गा खरिद गर्नुपर्छ ।
– नक्सा र भोग समान छ छैन जाँच्नुपर्छ । मुद्दा मामिला रोक्का भएको जग्गा लिनु हुदैन ।
– उच्च विद्युत चाँप प्रसारण रेखा भन्दा १०-१५ मिटर टाढा जग्गा हुनुपर्दछ ।
2. घर किन्दा ध्यान दिनु पर्ने कुराहरुः–
– घर कति सालमा बनेको हो, घर बनाउदा कस्तो किसिमको सामग्रीहरु प्रयोग गरिएको थियो आदि कुरा घर बनाउने व्यक्ति घर धनीलाई नै भेटेर सबै कुराकानी र विचार पु¥याएर मात्र घर किन्नु पर्छ ।
– घर पिलर सिस्टमको हो कि हैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– भूकम्प प्रतिरोधात्मक घर बनेको छ कि छैन अथवा कति रेक्टर स्केल सम्मको भूकम्प थेग्न सक्छ त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– घरको लोकेशन ठाउँ पनि विचार पु¥याउनु पर्छ । आफ्नै कित्तामा बनेको र वरिपरि पर्याप्त जग्गा छोडेको छ छैन हेर्नुपर्छ ।
– सेवा तथा सुविधाको हिसाबले कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः पार्किङ्ग, बत्ती, पानी, ढल आदिको व्यवस्था कस्तो छ ? त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ ।
– वास्तुशास्त्र अनुसारको जग्गाको लोकेसन तथा बास्तुशास्त्र अनुसार घर बनेको छ कि छैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– घरको मोहडा काठमाण्डौको हिसाबले पूर्व, दक्षिण छ कि छैन । घाम र पर्ने पानीको हिसावले गर्दा पूर्व, दक्षिण फर्केको घर उपयुक्त हुने हुदाँ यस कुरामा पनि विचार पु¥याएर मात्र घर किन्नु राम्रो हुन्छ ।
– कति फीटको बाटोमा घर बनेको छ । घरसम्म ट्याक्सी, कार, बस, मोटरसाइकल जान्छ कि जादैन त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– सार्वजनिक सेवा र सुविधाको हिसाबले घर भएको ठाउ कतिको महत्वपूर्ण छ त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– यातायातको सुविधा, विद्यालयको सुविधा, अस्पतालको सुविधा, किनमेल गर्नको लागी बजारको सुविधा, नगद कारोबार गर्नको लागी बैक तथा वित्तिय संस्थाहरुको सुविधा, सुरक्षाको सुविधा आदि धेरै कुरामा विचार पु¥याएर घर किन्नु पर्छ ।
– समाजमा कस्ता किसिमका मानिसहरु बसोबास गर्छन । समाजमा आफु घुलमिल हुन सक्छु कि सक्दिन अर्थात त्यो किसिमको समाज मेरो लागी उपयुक्त छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याएर घर किन्नु राम्रो हुन्छ ।
– प्राकृतिक तथा शान्त तथा सफा सुग्घरको वातावरण छ कि छैन । त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । जस्तैः– गाडीको आवाज, कलकारखानाको आवाज, अन्य मेसिनरी सामानहरु चलाउदा आउने आवाज, मान्छेहरुको आवाज होहल्ला हुन्छ कि हुदैन आदि धेरै कुरामा विचार पु¥याएर उपयुक्त शान्त तथा हरियाली वातावरणमा घर छान्नु उपयुक्त हुन्छ ।
– घरको कर तिरेको छ कि छैन ? जग्गा रैकर वा गुठीको के हो ? घर जग्गामा मोहीको स्वामित्व छ कि छैन आदि सबै कुरामा विचार पु¥याएर मात्र घर किन्नु पर्छ ।
– घर किनेको ठाउँ वरीपरि खुल्ला ठाउँ छ कि छैन त्यो कुरामा पनि विचार पु¥याउनु पर्छ । भूकम्प आउदा भाग्नको लागी खुल्ला ठाउँ पनि हुन आवश्यक छ ।
– बर्तमान नगर वा ग्रामीण योजनाले पार्ने असर पनि हेर्नुपर्छ । कुन प्रयोजनका लागि घर लिने हो सो प्रयोजन गर्न पाइने हो होइन अध्ययन गर्नुपर्छ ।
माथि उल्लेखित सबै कुरामा विचार पु¥याएर घरजग्गा खरिद गर्ने हो भने हामीले भविष्यमा पछुताउनु पर्दैन । नत्र दुःख गरी कमाएको सम्पति र भविष्यको लागी जोडेको घरजग्गा व्यर्थ हुन्छ । त्यसैले समयमै सचेत भई हरेक कुराको सोध, खोज र अनुसन्धान गरी समय लगाएरै घरजग्गा किनेमा आफू र आफ्नो सन्ततीको लागी जीवनभर खुशीको बहार ल्याउन सकिन्छ ।
13/09/2020
घरजग्गा कारोबारमा ठगिनबाट कसरी जोगिने ? यस्ता छन् सुरक्षित लेनदेनका उपाय ! लेनदेनको व्यवहार असल आचरण भएका व्यक्तिसँग गर्न सकेमा व्यावहारिक जीवनमा आइपर्ने सानोठूलो गर्जो सजिलैसँग टार्न स...
17/06/2017
11/06/2017
» काठमाडौंमा घर बनाउँदै हुनुहुुन्छ ? कति लाग्छ खर्चram-krishna.com.np काठमाडौंमा घर बनाउँदै हुनुहुुन्छ ? कति लाग्छ खर्च
18/02/2017
नक्सापास प्रक्रियामा नयाँ नियम, जग्गाधनी अनिवार्य उपस्थित हुनुपर्ने Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
24/12/2016
आउँदै छ विद्युत प्राधिकरणको साधारण सेयर तपाई पनि लगानी गर्ने हैन ? नेपाल टेलिकमले जस्तै साधारण सेयर जारी गर्न सक्ने व्यवस्था भएकाले
22/12/2016
भोलिबाट सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ निष्काशन हुँदै, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ? | Aarthikne भोलिबाट सिनर्जी पावरको २१ लाख कित्ता आईपीओ निष्काशन हुँदै, कहाँ कहाँबाट दिन सकिन्छ आवेदन ? December 22, 2016 Share on Facebook Tweet on Twitter काठमाडौं, पुस ७ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण शेयर पुस ८ अर्थात भोलीबाट निष्काशन गर्ने भएको छ । कम्पनीको…