12/05/2026
कानुनमन्त्री सोबिता गौतम ले नेपाल–भारतबीचको ‘पारस्परिक कानुनी सहायता सम्झौता’ प्रतिनिधिसभामा पेस गरेपछि राजनीतिक वृत्तमा तरंग फैलिएको छ ।
यो सम्झौता पारित भए भ्रष्टाचार गरेर भारतमा सम्पत्ति लुकाउनेहरू अब कानुनको नजरबाट उम्किन नसक्ने दाबी गरिएको छ । विदेशमा राखिएको अवैध सम्पत्ति खोजी, पक्राउ प्रक्रिया र कानुनी कारबाहीमा नेपाललाई ठूलो सहयोग मिल्ने अपेक्षा गरिएको छ ।
सरकारको यो कदमलाई भ्रष्टाचारविरुद्धको कडा एक्सनका रूपमा हेरिएको छ ।
हिमाल पत्रिका
12/05/2026
#आचार्य (ACHARYA)
फिल्म साउन अन्तिम या भदौ को पहिलो हप्तासम्म फिल्म रिलिज गर्ने तयारी भैरहेको छ ।
जेठ २ गते अफिसियल पोस्टर रिलिज हुदै छ, सम्भवतः पोस्टरमा रिलिज डेट पनि देख्न सकिनेछ ।
हामी प्रतिक्षा मा छौ दाई ......... #आचार्य (ACHARYA)
12/05/2026
मिर्गौलाको समस्या भएपछि वैदेशिक रोजगारी मलेशिया बाट फर्किएका आफ्ना बुवाको उपचारकै क्रममा मृत्यु भयो छोरा युक्रेनमा बन्धक
पैसा कमाएर ऋण तिर्ने सपना देखेका रोल्पाको रुन्टीहढी गाउँपालिका प्रतीक पुन तीन वर्षअघि रुस पुगे।
आमा तीलकुमारीले ऋणमाथि अर्को ऋण थपेर 'ठूलो देश' नजान छोरालाई अनुनय गरिन्। "हामी दुखी गरिब मान्छे ठूलो देश हेर्ने होइन। बरु कमाउन जान्छस् भने मलेसिया जा भन्दाभन्दै कता के गर्यो," उनले बीबीसी न्यूज नेपालीसँग सोमवार टेलिफोनमा भनिन्।
उनका मामाले कोरियाली भाषा पढेर कोरिया जान सुझाव दिए। तर कोरियाली भाषा परीक्षा उत्तीर्ण गरेर जान लामो समय लाग्ने भन्दै उनले त्यो विकल्पमा रुचि देखाएनन्।
BBC नेपाली
11/05/2026
Picture of the Day - योगदान राष्ट्रको लागि - 🙏🏻🇳🇵
हरेक पालिका स्तरीय समिति गठन भईरहेको छ सहभागी बनौ !
"प्राथमिक उपचार हाम्रो सरोकार"
"एक घर एक प्राथमिक उपचारक"
11/05/2026
योगदान राष्ट्रको लागि: विदुर नगर समिति गठन सम्पन्न
नुवाकोट, २७ वैशाख २०८३ — 'योगदान राष्ट्रको लागि' अभियानको सञ्जाल विस्तार गर्ने क्रममा नुवाकोटको विदुर नगरपालिका वडा नं. २ मा नयाँ नगर समिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ।
चन्द्रागिरि नगर समितिको विशेष सक्रियता र आयोजनामा सम्पन्न उक्त कार्यक्रमले सामाजिक सेवाको क्षेत्रमा नयाँ उर्जा थपेको छ। नवगठित विदुर नगर समितिमा ११ सदस्यीय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ।
प्रमुख विशेषताहरू:
• आयोजक: योगदान राष्ट्रको लागि, चन्द्रागिरि नगर समिति।
• गठन स्थान: विदुर नगरपालिका-२, नुवाकोट।
• समिति संरचना: ११ सदस्यीय कार्यसमिति र ६ सदस्यीय सल्लाहकार समिति।
यस अभियानलाई स्थानीय स्तरसम्म पुर्याउन संयोजनकारी भूमिका निर्वाह गर्ने चन्द्रागिरि नगर समितिलाई विशेष धन्यवाद ज्ञापन गर्दछौँ। साथै, मानव सेवा र सामाजिक रूपान्तरणको यस पवित्र उद्देश्यमा जोडिनुभएका सम्पूर्ण नव-मनोनित आदरणीय व्यक्तित्वहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
"हाम्रो अभियान: राष्ट्रका लागि योगदान"
ओम उप्रेती
केन्द्रीय अध्यक्ष
योगदान राष्ट्रको लागि
11/05/2026
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्डका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ ।