ShankharapurUpdates

ShankharapurUpdates

Share

Shankharapur is an ancient newar city of kathmandu valley. Sankhu is one the most beautiful Newar settlement city of Kathmandu Valley.

the place is full of natural and historical artistic arts and beauties.

01/04/2026

31/12/2025

22/12/2025



सफल सबैभन्दा लोक प्रिय उमेदवार
हाल सम्पन्न निर्वाचनको नतिजाले लोकप्रिय मत (Popular Vote) को आधारमा मतदाताको स्पष्ट सन्देश उजागर गरेको छ। उपाध्यक्ष पदका उम्मेदवार नारायण प्रसाद श्रेष्ठले ४४० मत प्राप्त गर्दै निर्वाचनकै सर्वाधिक लोकप्रिय उम्मेदवारको रूपमा आफूलाई स्थापित गर्नुभएको छ। यो मत परिणामले उहाँप्रति व्यापक जनसमर्थन रहेको संकेत गर्दछ।त्यस्तै, सदस्य पदमा राजन श्रेष्ठले ४२० मत प्राप्त गर्दै लोकप्रियताको बलियो आधार प्रस्तुत गर्नुभएको छ। अध्यक्ष पदमा निर्वाचित जयराम श्रेष्ठले ४१७ मत प्राप्त गर्नुले नेतृत्वप्रति मतदाताको भरोसा झल्काएको छ।सचिव राम कृष्ण माली (४१४ मत), सदस्य प्रतिभा श्रेष्ठ (४१४ मत) र राज्य लक्ष्मी मानन्धर (४१५ मत) जस्ता उम्मेदवारहरूले पनि उच्च लोकप्रिय मत प्राप्त गरेका छन्। कोषाध्यक्ष पदमा गंगा देवी श्रेष्ठले ४११ मत प्राप्त गर्नु आर्थिक नेतृत्वप्रति मतदाताको विश्वासको संकेत मानिएको छ!
विश्लेषकहरूका अनुसार यस निर्वाचनमा ४०० भन्दा बढी मत प्राप्त गर्ने उम्मेदवारहरूको संख्या बढ्नु व्यक्तिगत लोकप्रियता, विश्वसनीयता र कार्यक्षमतामा आधारित मतदान प्रवृत्ति बलियो भएको प्रमाण हो। समग्र रूपमा लोकप्रिय मतले संस्थागत नेतृत्वप्रति मतदाताको अपेक्षा स्पष्ट रूपमा अभिव्यक्त गरेको देखिन्छ।
प्राप्त मतका अनुसार लोकप्रिय उमेदवारहरू यस प्रकार रहेका छन्:
1. नारायण प्रसाद श्रेष्ठ — उपाध्यक्ष — 440
2. राजन श्रेष्ठ — सदस्य — 420
3. जयराम श्रेष्ठ — अध्यक्ष — 417
4. राज्य लक्ष्मी मानन्धर — सदस्य — 415
5. राम कृष्ण माली — सचिव — 414
6. प्रतिभा श्रेष्ठ — सदस्य — 414
7. गंगा देवी श्रेष्ठ — कोषाध्यक्ष — 411
8. राधिका क्षेत्री श्रेष्ठ — सदस्य — 401
9. नारायण श्रेष्ठ — सदस्य — 393
10. आनन्द बहादुर श्रेष्ठ — सदस्य — 391
11. कुमार थिङ — सदस्य — 391
12. राजन श्रेष्ठ (दुरे) — सदस्य — 382
13. राम प्रसाद श्रेष्ठ — अध्यक्ष — 372
14. राम गोपाल मानन्धर — सदस्य — 367
15. निरज श्रेष्ठ — सदस्य — 365
16. भीम लाल शाही — सदस्य — 359
17. रोशन भक्त गोवाली — कोषाध्यक्ष — 358
18. माधव श्रेष्ठ — सदस्य — 357
19. गणेश श्रेष्ठ — सचिव — 355
20. राजाराम कँडेल — सदस्य — 336
21. मनमाया श्रेष्ठ — उपाध्यक्ष — 328
22. लक्ष्मी बजिमय श्रेष्ठ — सदस्य — 327

20/12/2025

सबै निर्वाचित पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
अध्यक्ष: जयराम श्रेष्ठ (417)
उपाध्यक्ष: नारायण प्रसाद श्रेष्ठ (440)
सचिव: राम कृष्ण माली (414)
कोषाध्यक्ष: गंगा देवी श्रेष्ठ (411)

सदस्यहरू (Highest Votes):
राजन श्रेष्ठ (420)
राज्य लक्ष्मी मानन्धर (415)
प्रतिभा श्रेष्ठ (414)
राधिका क्षेत्री श्रेष्ठ (401)
नारायण श्रेष्ठ (393)
आनन्द बहादुर श्रेष्ठ (391)
कुमार थिङ (391)
Data sources:- https://www.facebook.com/sakhoshankharapur

19/12/2025




साँखु खानेपानी समिति निर्वाचन : दुई पक्षबीच प्रतिस्पर्धा

शंखरापुर, साँखु खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति निर्वाचन शनिबार हुँदैछ। यस पटक दुई पक्षबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ!निर्वाचनमा एकतर्फ बर्तमान अध्यक्ष दिनेश लाल श्रेष्ठको समर्थन प्राप्त राम प्रसाद श्रेष्ठको प्यानल र अर्कोतर्फ जयराम श्रेष्ठको प्यानल उभिएको छ। राम प्रसाद श्रेष्ठले बिगतको कार्यप्रदर्शन र दिनेश लाल श्रेष्ठको छविको आधारमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् भने जयराम श्रेष्ठले आफ्नो अनुभव र नयाँ परिवेश दिने बताउँदै मतदाता विश्वास जित्ने दावी गरेका छन्।

राजनीतिक समर्थन
यद्यपि विभिन्न राजनीतिक दलहरूले खुल्ला रूपमा पक्षधरता जनाएका छैनन्, तर दुवै उम्मेद्वार राप्रपा समर्थित मानिन्छन्। राम प्रसाद श्रेष्ठलाई स्थानीय प्रभावशाली नेताहरूको समर्थन रहेको छ भने जयराम श्रेष्ठलाई पनि स्थानीय राप्रपा नेताहरू र अन्य दलका व्यक्तिहरूको समर्थन प्राप्त छ।

प्रभावकारी कारक
बिगतका निर्वाचनमा दिनेश लाल श्रेष्ठको व्यक्तित्वले निर्णायक भूमिका खेलेको थियो। यसपटक उनी आफैं उम्मेद्वार नरहँदा उनको प्रभावले निर्वाचनमा कति असर पार्छ भन्ने प्रश्न उठेको छ। साथै, उम्मेद्वारहरूको सामाजिक छवि र परिचयले पनि मतदाताको निर्णयमा असर पर्ने देखिन्छ।

निर्वाचन माहौल
बिगतमा देखिएजस्तो रौनकता यसपटक देखिएको छैन, तर उम्मेद्वारहरूले घरदैलो कार्यक्रममार्फत मतदातासम्म पुग्ने प्रयास जारी राखेका छन्। मतदान दिनसम्म नयाँ घटनाक्रम जोडिन सक्ने सम्भावना रहेको छ।

13/09/2025

आनन्दित पार्ने एउटा तस्बिर

15/08/2025

Now days in Shankharapur

13/08/2025

आ•ब २०७८–८० मा साळ्खा टोलको नेतृत्वले अझैसम्म पनि हिसाब–किताब बुझाउन नसकेको भन्ने कुरा के हो ? सम्बन्धित को धारणा र समितिको आधिकारिक जानकारी को माग छ! त्यसो हो भने समितीले कसरी हिसाब बरबुझारत नगरेरै पद भार लिएको हो ??????

23/01/2025


Let’s Enjoy at MAHOTSAV

08/01/2025

Let all the residents of Shankharapur contribute to making this event a grand success.Let’s come together to make this festival a remarkable celebration of our culture, traditions, and unity. With collective effort and positive energy, we can make it truly successful.

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Sankhu
Kathmandu
977