Aandhikhola Tamu (Gurung) Samaj - Kathmandu is formed by the people from surroundings of Aandhikhola (आँधीखोला), Syangja.
आँधीखोला तमू (गुरुङ) समाज, काठमाण्डौं
पश्चिम नेपालको गण्डकी प्रदेश अन्तर्गत एक सुन्दर जिल्ला स्याङ्जालाइ मध्य भागबाट चिरेर बग्ने खोला 'आँधीखोला' को सेरोफेरोमा जन्म भै हाल राजधानी काठमान्डौमा बसोबास गरिरहेका तमू (गुरुङ) हरुको समुदाय नै आँधीखोला तमू (गुरुङ) समाज हो । निकै पहिलेदेखि नै समाजका सामाजिक गतिविधिहरु संचालनमा आयेता पनि औपचारिक रुपमा बि. सं. २०६८ सालबाट सक्रिय रहेको छ ।
बर्तमान सल्लाहकार
समिति निम्नानुसार रहेको छ ।
सल्लाहकारहरु:
१, वरिष्ठ सल्लाहकार तथा परम संरक्षक - क्या. वीर बहादुर गुरुङ
२, सल्लाहकार - श्री लोक बहादुर गुरुङ
३, सल्लाहकार - श्री खोबहादुर गुरुङ
४, सल्लाहकार - श्री शर्मिला गुरुङ
५, सल्लाहकार - क्या. पिम बहादुर गुरुङ
६, परम संरक्षक - मेजर श्यामलाल गुरुङ
७, परम संरक्षक - ले. चौ बहादुर गुरुङ
८, परम संरक्षक - श्री चौ बहादुर गुरुङ
बर्तमान कार्यसमिति निम्नानुसार रहेको छ ।
१, अध्यक्ष - श्रीप्रशाद गुरुङ
२, प्रथम उपाध्यक्ष - श्री होम बहादुर गुरुङ
३, द्वित्तिय उपाध्यक्ष - श्री खड्का बहादुर गुरुङ
४, त्रित्तिय उपाध्यक्ष - श्री लक्ष्मी गुरुङ
५, महासचिब - श्री राजु तिलक गुरुङ
६, सचिब - श्री पिम गुरुङ
७, प्रचार सचिब - श्री रुम ब गुरुङ
८, कोषाध्यक्ष - क्या खोल बहादुर गुरुङ
९, सह-कोषाध्यक्ष - श्री धन बहादुर गुरुङ
कार्यसमिती सदस्यहरु:
१०, श्री भिमकला गुरुङ
११, श्री शान्ती गुरुङ
१२, क्या. हरी बहादुर गुरुङ
१३, सु सुन बहादुर गुरुङ
१४, श्री मन बहादुर गुरुङ (क)
१५, श्री मेघ बहादुर गुरुङ
१६, श्री रमनसिङ गुरुङ
१७, श्री भुवन गुरुङ
१८, श्री चिन बहादुर गुरुङ
१९, श्री मन बहादुर गुरुङ (ख)
२०, श्री निम बहादुर गुरुङ
२१, श्री गौ बहादुर गुरुङ
आँधीखोला तमू (गुरुङ) सल्लाहकार समिति ।
१, श्री भुदी गुरुङ
२, श्री तीन देबी गुरुङ
३, श्री शर्मिला गुरुङ
आँधीखोला तमू (गुरुङ) महिला कार्यसमिती ।
१, अध्यक्ष - श्री भिममाया गुरुङ
२, उपाध्यक्ष - श्री याममाया गुरुङ
३, सचिब - श्री बिपना गुरुङ
४, कोषाध्यक्ष - श्री चुनमाया गुरुङ
५, सह-कोषाध्यक्ष - श्री भिमा गुरुङ
कार्यसमिती सदस्यहरु:
६, श्री टिलु गुरुङ
७, श्री दिलमाया गुरुङ
८, श्री कबिता गुरुङ (सरिता)
९, श्री भिमु गुरुङ
१०, श्री चिनमाया गुरुङ
११, श्री निममाया गुरुङ
१२, श्री गंगामाया गुरुङ
१३, श्री लक्ष्मी गुरुङ
१४, श्री बेल कुमारी गुरुङ
१५, श्री सविना गुरुङ
साथै संस्थापक कार्यसमिती यसप्रकार रहेको थियो ।
अध्यक्ष - श्री श्रीप्रसाद गुरुङ
उपाध्यक्ष - श्रीमती तीनदेवि गुरुङ
सचिव - श्री लोक बहादुर गुरुङ
सहसचिव - श्रीमती चुन माया गुरुङ
कोषाध्यक्ष - श्री खो बहादुर गुरुङ
सह कोषाध्यक्ष - श्रीमती यमुना गुरुङ
कार्यसमिति सदश्यहरु:
श्रीमती दुर्गा गुरुङ
श्रीमती मन माया गुरुङ
श्री टम बहादुर गुरुङ
श्री राजु (तिलक) गुरुङ
श्रीमती हिम माया गुरुङ
श्री हरि बहादुर गुरुङ
श्री बिर बहादुर गुरुङ
श्रीमती गोपी गुरुङ
श्रीमती रिता गुरुङ
27/04/2026
हार्दिक श्रद्धाञ्जली !!!
गण्डकी प्रदेश, स्याङजा जिल्ला, वालिङ न.पा. वडा नं. ३, सिंगारकोट जन्म भई हाल काठमाडौं निवासी यस आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका संरक्षक सदस्य क्या. फत्तबहादुर गुरुङज्युको ममतामयी आमा श्रीमती किसमाया गुरुङको यहि मिति २०८३ बैसाख १३ गते दिन ९४ वर्षको उमेरमा असामायिक निधन भएको हुँदा हामी यस समाजका सम्पूर्ण सदस्यहरु अत्यन्तै दुःखित भएका छौं । यस दुःखद परिस्थितिमा मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
श्रीप्रसाद गुरुङ, अध्यक्ष
तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौं परिवार
15/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम ।
05/04/2026
Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौका संरक्षक सदस्य श्री दिल कुमार गुरुङज्युको ममतामयी आमा श्रीमती बेदमाया गुरुङको मिति २०८२ ज्येष्ठ १८ गते निधन भएको दुःखद घडिमा मृतात्माको चीर शान्तीको कामना गर्दै, हङकङबाट नेपाल आउनुभएको मौका पारी वहाँको परिवारलाई समाजको तर्फबाट स्याई - स्याई गरियो । त्यस बखत नीज संरक्षक सदस्य श्री दिलकुमार गुरुङ, वहाँका भाईहरु श्री धनप्रसाद गुरुङ र श्री चोपबहादुर गुरुङ, छोरी श्री बिष्णुमाया गुरुङ र ज्वाँई समाजकै सदस्य श्री गौबहादुर गुरुङलाई पनि स्याई-स्याई गरियो ।
02/04/2026
हार्दिक श्रद्धाञ्जली !
गण्डकी प्रदेश, स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका वडा नं. ८, टोड्के मुलाबारी घर भई हाल ललितपुर निवासी आँधीखोला तमू (गुरुङ) समाज काठमाडौंका संस्थापक सदस्य एवं पूर्व कोषाध्यक्ष श्री बीर बहादुर गुरुङको मिति २०८२ चैत्र १६ गते भएको असामयिक निधनको खबरले हामी स्तब्ध र मर्माहत भएका छौं। उहाँले यस संस्थाको स्थापनाकालदेखि पुर्याउनु भएको सक्रिय योगदानको हामी उच्च कदर गर्दछौं। यस दुःखद घडीमा मृतात्माको चीर शान्तिको कामना गर्दै सम्पूर्ण शोक सन्तप्त परिवारजनप्रति भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्दै हार्दिक समबेदना व्यक्त गर्दछौं ।
श्रीप्रसाद गुरुङ, अध्यक्ष
तथा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौं परिवार
02/03/2026
आँधीखोला तमू (गुरुङ) समाज जापानको हिजो मिति २०२६ मार्च १ तारिखका दिन सम्पन्न प्रथम अधिवेशनबाट श्री जमुना गुरुङको अध्यक्षतामा सत्र सदस्यीय कार्यकारी चयन गर्नु भएकोमा नवगठित समितिका सम्पूर्ण सदस्यज्युहरुलाई हार्दिक बधाईका साथ सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं ।
नवगठित कार्यसमिति यसप्रकार रहेको छ ।
अध्यक्ष - श्री जमुना गुरुङ
उपाध्यक्ष - श्री प्रितम गुरुङ (कालु)
उपाध्यक्ष - श्री याम गुरुङ
सचिव - श्री जीवन गुरुङ
सह-सचिव - श्री बसन्ती गुरुङ
कोषाध्यक्ष - श्री लिला गुरुङ
सह-कोषाध्यक्ष - श्री नानु गुरुङ
सांस्कृतिक संयोजक - श्री टोप गुरूङ
सदस्यहरु :-
श्री कमला गुरूङ
श्री विशाल गुरूङ
श्री शेरु गुरूङ
श्री युकेश गुरूङ
श्री विमला गुरूङ
श्री माया गुरूङ
श्री निलन गुरूङ
श्री राज गुरुङ
श्री ........... (१ जना पहिलो भर्चुअल बैठकबाट थपिने गरि)
01/03/2026
Aandhikhola Tamu Samaj - आँधीखोला तमू समाज, काठमांडौ को भवन निर्माण अभियानमा सहयोग पुर्याउनुहुने स्याङ्जा जिल्ला, बिरुवा गाउँपालिका, वडा नं. ७, कुमेरदुङ निवासी स्व. छत्र बहादुर गुरुङ तथा स्व. हाईमति गुरुङको स्मृतिमा उहाँकी सुपुत्री (हाल हङकङ निवासी) श्री हुम माया गुरुङज्युबाट प्राप्त रु. १,००,००१।– (अक्षरेपी: एक लाख एक रुपैयाँ मात्र) सहयोगका लागि समाज हार्दिक आभार प्रकट गर्दछ।
यसै सिलसिलामा, उहाँको नेपाल आगमनको अवसर पारेर गत हप्ता समाजको भवनमा एक विशेष सम्मान कार्यक्रम सम्पन्न गरियो। यस पुण्य कार्यको कदर गर्दै उहाँ र उहाँको सम्पूर्ण परिवारको सुख, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
24/01/2026
गण्डकी प्रदेश, स्याङजा जिल्ला, आँधीखोलाको वरिपरी जन्मघर भै हाल जापानमा बसोबास गरिरहनुभएका हाम्रा तमू (गुरुङ) दाजुभाई दिदिबहिनीहरुसँग “आँधीखोला तमू (गुरुङ) तमू समाज, जापान” गठनको बारेमा अत्यन्त सौहार्दपूर्ण वातावरणमा आज साँझ भर्चुयल बैठक सम्पन्न भयो ।
11/01/2026
ल्होसार स्योकैँ तथा शुभकामना आदानप्रदान कार्यक्रम २०८२ सम्पन्न
तमू ल्होसार ‘त ल्हो’ (घोडा वर्ग) आगमनको शुभ अवसरमा आँधीखोला तमू (गुरुङ) समाज, काठमाडौँद्वारा आयोजित ल्होसार स्योकैँ तथा शुभकामना आदानप्रदान कार्यक्रम मिति २०८२ पौष २६ गते शनिबार समाज घर, सिद्दी टोल, गोंगबुमा सम्पन्न भएको छ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरीका पूर्व महानिरीक्षक तथा तमू प्ये ल्हु संघ, काठमाडौँका संस्थापक अध्यक्ष श्री हेम बहादुर गुरुङ रहनु भएको थियो।
कार्यक्रमको सुरुवात आँधीखोला तमू (गुरुङ) समाज काठमाडौँ महिला समितिका अध्यक्ष श्रीमती भीममाया गुरुङको स्वागत मन्तव्यबाट गरिएको थियो।
कार्यक्रमका दौरान प्रमुख अतिथि श्री हेम बहादुर गुरुङज्यूको बाहुलीबाट समाजका स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गर्न सफल निम्न नानीबाबुहरूलाई सम्मान गरिएको थियोः
1, श्री रेखा गुरुङ – त्रिभुवन विश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागबाट स्नातकोत्तर उत्तीर्ण
2, श्री प्रेमकला गुरुङ – सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टबाट स्नातक तह उत्तीर्ण
3, श्री जीवन गुरुङ – त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिचन्द्र क्याम्पसबाट स्नातक उत्तीर्ण
त्यसैगरी, तमू ल्होसार मूल आयोजक समितीद्वारा तमू ल्होसारको अवसरमा मिति पौष १५ गते आयोजना गरिएको झाँकी कार्यक्रममा घाँटु नृत्य प्रस्तुत गर्ने नानीहरू तथा महिला समितिका आमाहरूद्वारा प्रस्तुत नृत्यमा सहभागी आमाहरूलाई पनि प्रशंसा पत्र वितरण गरिएको थियो।
प्रशंसा पत्र ग्रहण गर्ने घाँटु नर्तकी नानीहरूः
1, श्री क्रिस्टिना गुरुङ
2, श्री सुप्रिया गुरुङ
3, श्री एन्जल्स गुरुङ
4, श्री प्रलिसा गुरुङ
5, श्री प्रलिना गुरुङ
त्यसैगरी, तमू ल्होसार मूल आयोजक समिति २०८२ द्वारा आयोजित अन्तर–समाज आमा समूह नृत्य प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्न सफल नृत्य समूहका सदस्यहरूलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियोः
1, श्री बिपना गुरुङ
2, श्री सनमाया (शान्ति) गुरुङ
3, श्री चुनमाया गुरुङ
4, श्री दिलमाया गुरुङ
5, श्री भिमा गुरुङ
6, श्री धनु गुरुङ
7, श्री जमुना गुरुङ
8, श्री कविता गुरुङ
यसका अतिरिक्त, समाजको घरजग्गा खरिदमा विशेष योगदान पुर्याउनु हुने संरक्षक सदस्य अ.क्या. श्री हरीबहादुर गुरुङ तथा श्रीमती भीमा गुरुङको परिवारलाई विशेष सम्मान पत्र अर्पण गरिएको थियो।
कार्यक्रममा समाजका परम संरक्षक तथा वरिष्ठ सल्लाहकार क्या. बीर बहादुर गुरुङले विशेष मन्तव्य राख्दै समाजले तमू (गुरुङ) समुदायको परम्परा, रीतिरिवाज तथा संस्कार संरक्षणमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
त्यस्तै, प्रमुख अतिथि पूर्व प्रहरी महानिरीक्षक श्री हेम बहादुर गुरुङले त ल्होसारको अवसरमा आँधीखोला तमू (गुरुङ) समाज काठमाडौँलाई हार्दिक शुभकामना व्यक्त गर्दै तमूहरूको संस्कार र संस्कृति संरक्षणमा समाजले खेलेको उल्लेखनीय भूमिकाको प्रशंसा गर्नुभयो। साथै, भविष्यमा पनि समाजको यही जोस, जाँगर र सक्रियता निरन्तर रहने आशा व्यक्त गर्नुभयो।
औपचारिक कार्यक्रमको समापन गर्दै समाजका अध्यक्ष श्री प्रसाद गुरुङले कार्यक्रम सफल बनाउन योगदान पुर्याउनु हुने सम्पूर्ण सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो। साथै, समाजले हालसम्म हासिल गरेका उपलब्धिहरूको चर्चा गर्दै आगामी दिनमा थप नयाँ सामाजिक गतिविधिहरू सञ्चालन गर्न सकिने विषयमा पनि प्रकाश पार्नुभयो।
सो कार्यक्रममा समाजका मानार्थ आजीवन सदस्य तथा प्लाटिनम म्योनेजमेण्ट कलेजका अध्यक्ष श्री जीवन गुरुङ र अर्का आजीवन सदस्य तथा आशिर्वाद ग्रुप अफ कम्पनीजका अध्यक्ष श्री भोज बहादुर खत्रीको उपस्थिति रहेको थियो ।
कार्यक्रमका दौरान विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिएको थियो। औपचारिक कार्यक्रम सञ्चालन समाजका सचिव पिम ब. गुरुङले गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम सञ्चालन समाजका महासचिव राजु तिलक गुरुङले गर्नु भएको थियो।