Metropolitan Traffic Police Division

Call Directions Website Contact the organization

Metropolitan Traffic Police Division Kathmandu Valley Traffic Police Office

काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, सिमित साघुरा मिडहरुयुक्त सडकहरू सवारी नियम तथा ट्राफिक संकेत सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ । काठमाण्डौ उपत्यकाको शहरी विकासको अनुपातमा सडक बिस्तार र सडक पूर्वाधारहरु निर्माण हुन नसक्नु द्धन्द लगायत विविध कारणबाट यातायात क्षेत्र सरकारको प्राथमिकतामा पर्न नसक्नु, यातायात क्षेत्रमा रुट, सेण्डिकेट लगायत कुराहरुमा निश्चित समूहहरुको मात्र पहुंच हुने गरेको, अवैज्ञानिक प्रतिस्पर्धा, सार्वजनिक सवारी साधन संचालकहरुमा रहेको सेवाग्राही भन्दा नाफामुखी सन्चालन पद्धति प्रक्रियागत त्रुटिपूर्ण सवारी चालक अनुमति पत्र वितरण प्रणाली आदि तसर्थ सरकारले यातायात क्षेत्रको विकासलाई उच्च प्राथमिकता प्रदान गरी समयमै आवश्यक अल्पकालिन तथा दिर्घकालिन कार्य योजना तयार गरी पहल कदमहरु चालिनु अति आवश्यक भएको छ ।

04/10/2026

मुख्य राजमार्ग अवरोध (मितिः २०८३।०६।१८ गते) ०७:०० बजे सम्म)
https://www.nepalpolice.gov.np/notices/1141/
#नेपालप्रहरी

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।----------------------------------------------------
04/10/2026

काठमाण्डौ उपत्यकाको दैनिक ट्राफिक कारवाही विवरण ।
----------------------------------------------------

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरको प्रमुख आतिथ्यमा IIT Madras का प...
03/10/2026

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरको प्रमुख आतिथ्यमा IIT Madras का प्रोफेसर, RBG Labs का सस्थापक, Centre of Excellence for Road Safety (CoERS) का प्रमुख, प्रोफेसर Venkatesh Balasubramanian, Ph.D. बाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र यस मातहतका ट्राफिक प्रहरी कर्मचारीहरुलाई Safer Roads for Stronger Societies:Sharing the Data-Driven Governance Experiences विषयमा यस कार्यालको सभाहलमा भएको अन्तरकृया कार्यक्रम

चाडपर्व लक्षित यात्रु सहायता कक्ष (Help Desk) शुभारम्भ कार्यक्रम-२०८३
02/10/2026

चाडपर्व लक्षित यात्रु सहायता कक्ष (Help Desk) शुभारम्भ कार्यक्रम-२०८३

02/10/2026

सडकमा भएका रिट्रयाक्ट्यबल बार र कोणहरु हटाएर लेन परिवर्तन गर्नु भनेको सडक दुर्घटनाबाट बच्ने आफ्नो सुरक्षा कवच हटाउनु जस्तै हो।
त्यसैले ट्राफिक नियम पालना गरौ,
आफु बचौ, अरुलाई पनि बचाऔं।

यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संचालित चाडपर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत मातहतका कार्यालयहरुबाट स...
02/10/2026

यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संचालित चाडपर्व लक्षित सचेतना कार्यक्रम अन्तर्गत मातहतका कार्यालयहरुबाट सवारी चालकहरुलाई बाँया लेन खाली राख्न, फुटपाथबाट सवारीसाधन नचलाउन र फुटपाथमा पार्किङ नगर्न तथा अन्य ट्राफिक नियमहरु पालना गरी सवारी चलाउन अनुरोध गर्नुका साथै सम्पुर्ण सडक प्रयोगकर्ताहरूलाई ट्राफिक नियमको पालना गर्नको लागि माइकिङमार्फत जनचेतना जगाउने कार्यक्रमका केहि झलकहरु....

सुरुङ मार्गमा आज १३ जना सवारीचालक कारवाहीमा। यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गर...
01/10/2026

सुरुङ मार्गमा आज १३ जना सवारीचालक कारवाहीमा। यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएमा आगामी दिनमा सुरुङ मार्ग प्रवेशमा निषेधसमेत हुनेछ।

यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतको ट्राफिक प्रहरी प्रभाग नागढुङ्गाबाट आज मिति २०८३ असोज १५ गते सुरुङमार्गमा ट्राफिक नियम उल्लघंन गरी सवारी चलाउने १३ जना सवारी चालकहरुलाई कारवाही गरेको छ।
सुरुङमार्गमा ओभरटेक, तीब्रगति जस्ता अन्य ट्राफिक नियम विपरित सवारी चलाउदा दुर्घटनाको जोखिम बढ्ने, जनधनको क्षति हुने र तत्कालै उद्दारकार्यको लागि समेत असहज हुने भएकोले सुरुङमार्ग प्रयोग गर्दा बढी संवेदनशील भई ट्राफिक नियम पालना गरी सवारी साधन चलाउनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय सम्पुर्ण सवारी चालकहरुलाई अनुरोध गर्दछ।
सुरुङमार्गमा संवेदनशील मार्ग हो, यदि कोही कसैले पटक पटक लेन अनुशासन, तीब्र गति जस्ता ट्राफिक नियम उल्लघंन गरी सवारी चलाएको पाइएमा सो सवारी साधन र सवारी चालकलाई आगामी दिनमा सुरुङ मार्गमा प्रवेश निषेधसमेत हुनेछ।

01/10/2026

निरन्तर ट्राफिक जनचेनता जगाउने अभियान अन्तर्गत
नेवारी भाषामा ट्राफिक सचेतना सन्देश

Address

Kathmandu Valley Traffic Police Office Ramshahpath
Kathmandu
0977

Alerts

Be the first to know and let us send you an email when Metropolitan Traffic Police Division posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Metropolitan Traffic Police Division:

Shortcuts

Share