HEOC

HEOC

Share

HEOC will operate under Secretary and function as a secretariat of Ministry of Health and Food Safety

Overall information and coordination HUB during health emergency and disaster

Photos from HEOC's post 27/05/2026

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्र (HEOC) को आयोजनामा हेली तथा एयर एम्बुलेन्स सेवालाई एकीकृत, प्रभावकारी तथा व्यवस्थित रूपमा सञ्चालन गर्न तयार गरिएको “हेली तथा एयर एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि” को मस्यौदामाथि सरोकारवाला निकायहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम

Photos from HEOC's post 11/05/2026

विमानस्थलमा हुन सक्ने घटना तथा दुर्घटनालाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलद्वारा आयोजित Full Scale Emergency Exercise (Debriefing) कार्यक्रममा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले निर्वाह गरेको चिकित्सकीय तथा एम्बुलेन्स सेवा व्यवस्थापनको भूमिकाको कदरस्वरूप सम्मानपत्र प्राप्त भएको छ।

Photos from HEOC's post 04/05/2026

स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन ईकाइका प्रमुख डा. प्रकाश बुढाथोकीलाई HEDMU/HEOC परिवारको तर्फबाट आज “फेरि भेटौँला” कार्यक्रम आयोजना गरिएको छ। उहाँको नेतृत्व, समर्पण र मार्गदर्शनप्रति HEOC परिवार हार्दिक आभार व्यक्त गर्दछ।

HEDMU/HEOC परिवार उहाँको सुस्वास्थ्यका साथै आगामी दिनमा निरन्तर प्रगति र सफलताको शुभकामना व्यक्त गर्दछ।

Photos from HEOC's post 04/05/2026

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को नेतृत्व तथा विश्व स्वास्थ्य संगठन नेपालको सहयोगमा, विपद् तथा जनस्वास्थ्य आपतकालीन अवस्थामा औषधि तथा स्वास्थ्य सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको Emergency Medical Logistic Warehouse (EMLW) कार्यविधिको मस्यौदामाथि छलफल, सुझाव र सो कार्यविधिलाई अन्तिम रूप दिने विषयमा समेत छलफल भएको छ।

Photos from HEOC's post 30/04/2026

अस्पतालपूर्व सेवाअन्तर्गत विभिन्न निकायबाट सञ्चालन हुँदै आएका हेली तथा एयर एम्बुलेन्स सेवाहरूलाई एकीकृत प्रणालीमा आबद्ध गर्ने उद्देश्यले आज प्राविधिक कार्यदलको बैठक स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रमुख डा. प्रकाश बुढाथोकीज्यूकाे अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ।

उहाँले आफ्ना मन्तव्यका क्रममा हेली तथा एयर एम्बुलेन्स सेवाहरूको प्रभावकारी व्यवस्थापनका लागि एकीकृत प्रणालीको आवश्यकता औंल्याउँदै निर्देशिका/कार्यविधि समयमै तयार गरी कार्यान्वयनमा लैजान मार्गदर्शन प्रदान गर्नुका साथै, सेवामा समन्वय सुदृढीकरण, गुणस्तर अभिवृद्धि तथा आपतकालीन अवस्थामा छिटो र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

Photos from HEOC's post 29/04/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गण्डकी र लुम्बिनी प्रदेश अन्तर्गतका ७ वटा स्याटेलाइट अस्पतालको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (Hospital Disaster Preparedness and Response Plan, HDPRP) विकास सम्बन्धी दुई दिने कार्यशाला आज बुटवल, लुम्बिनी प्रदेशमा समापन भएको छ।

कार्यशालामा ७ वटा अस्पतालहरू (युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवा; बुटवल हस्पिटल प्रा.लि., रुपन्देही; क्रिमसन अस्पताल, तिलोत्तमा-५, रुपन्देही; एडमण्ड सिटि हस्पिटल, बुटवल; चरक मेमोरियल हस्पिटल प्रा.लि., पोखरा; गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि., पोखरा; मणिपाल पोखरा कलेज अफ मेडिकल साइन्सेस, पोखरा) बाट २८ जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू समावेश हुनुहुन्थ्यो। सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा Hospital Safety Index Plus (HSI+) App प्रयोग गरी आ-आफ्ना अस्पतालहरूको HDPRP विकास गर्नुभयो। साथै, जनस्वास्थ्य आपतकालीन अवस्थाका लागि समन्वय तथा सञ्चार संयन्त्र, HEOC सञ्जाल, हब तथा स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयमा प्रस्तुतीकरण तथा योजनाको परीक्षणका लागि टेबलटप अभ्याससमेत गरियो । विकास गरिएका योजनाहरू सम्बन्धित अस्पतालहरूमा कार्यान्वयन गरिने र कर्मचारीहरूलाई अभिमुखीकरण तथा अध्यावधिक गर्दै प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ, जसले विपद् तयारी तथा प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रमको समापन सत्रमा यस मन्त्रालयका प्रवक्ता एवं प्रमुख HEDMU/HEOC डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षता रहेको थियो । मन्तव्यका क्रममा डा. प्रकाश बुढाथोकीज्यूले HSI+ जस्ता डिजिटल उपकरणहरूको प्रयोगले अस्पतालहरूको तयारी अवस्था मापन, योजना निर्माण तथा कार्यान्वयनमा गुणात्मक सुधार ल्याउने उल्लेख गर्दै हब-स्याटेलाइट अस्पताल सञ्जाल सुदृढीकरण, HEOCs सँगको नियमित समन्वय, तथा अभ्यासमूलक तयारी (simulation/ tabletop exercise) लाई निरन्तरता दिनुपर्ने कुरामा विशेष जोड दिनुभयो।

Photos from HEOC's post 27/04/2026

राष्ट्रिय पूर्वानुमानमा आधारित स्वास्थ्य सम्बन्धी कार्यढाँचा निर्माणलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले गठन गरिएको प्राविधिक कार्यदलको बैठक डा प्रकाश बुढाथोकीज्यूको अभिभावकत्वमा आज सफलतापूर्वक सम्पन्न भयो

बैठकमा डा प्रकाश बुढाथोकीज्यूले पूर्वानुमानमा आधारित स्वास्थ्य पूर्वतयारीको महत्वमा जोड दिँदै कार्यढाँचा सुदृढीकरणका लागि आवश्यक दिशा–निर्देशन तथा मार्गदर्शन प्रदान गर्नुभयो, साथै सरोकारवाला निकायहरूको सक्रिय सहभागितासहित महत्वपूर्ण छलफल सम्पन्न भयो।

Photos from HEOC's post 27/04/2026

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ को राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समितिको बैठक बसी निवेदन परेका एम्बुलेन्सकाे राजश्व छुट तथा समसामयिक विषयमा छलफल एवं निर्देशन भएको छ।

Photos from HEOC's post 23/04/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा बागमती प्रदेश अन्तर्गतका ७ वटा स्याटेलाइट अस्पतालको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (Hospital Disaster Preparedness and Response Plan, HDPRP) विकास सम्बन्धी दुई दिने कार्यशाला आज काठमाडौँ, बागमती प्रदेशमा समापन भएको छ।

कार्यशालामा ७ वटा अस्पतालहरू (चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर; कलेज अफ मेडिकल साइन्सेस, भरतपुर; हयाम्स अस्पताल, काठमाडौँ; नागरिक कम्युनिटी टिचिङ हस्पिटल लि., भक्तपुर; मध्यपुर अस्पताल प्रा लि, थिमी, भक्तपुर; एभरेष्ट हस्पिटल, बानेश्वर, काठमाडौं; बि एण्ड बि अस्पताल, ललितपुर) बाट २८ जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू समावेश हुनुहुन्थ्यो।

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा Hospital Safety Index Plus (HSI+) App प्रयोग गरी आ-आफ्ना अस्पतालहरूको HDPRP विकास गर्नुभयो। साथै, जनस्वास्थ्य आपतकालीन अवस्थाका लागि समन्वय तथा सञ्चार संयन्त्र, HEOC सञ्जाल, हब तथा स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयमा प्रस्तुतीकरण तथा योजनाको परीक्षणका लागि टेबलटप अभ्याससमेत गरियो । विकास गरिएका योजनाहरू सम्बन्धित अस्पतालहरूमा कार्यान्वयन गरिने र कर्मचारीहरूलाई अभिमुखीकरण तथा अध्यावधिक गर्दै प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ, जसले विपद् तयारी तथा प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रमको समापन सत्रमा यस मन्त्रालयका प्रवक्ता एवं प्रमुख HEDMU/HEOC डा. प्रकाश बुढाथोकीज्यूको अध्यक्षता रहेको थियो भने विज्ञ प्रशिक्षक डा. आशिष श्रेष्ठज्यूको उपस्थिति रहेको थियो । मन्तव्यका क्रममा डा. प्रकाश बुढाथोकीज्यूले HSI+ जस्ता डिजिटल उपकरणहरूको प्रयोगले अस्पतालहरूको तयारी अवस्था मापन, योजना निर्माण तथा कार्यान्वयनमा गुणात्मक सुधार ल्याउने उल्लेख गर्दै हब-स्याटेलाइट अस्पताल सञ्जाल सुदृढीकरण, HEOCs सँगको नियमित समन्वय, तथा अभ्यासमूलक तयारी (simulation/ tabletop exercise) लाई निरन्तरता दिनुपर्ने कुरामा विशेष जोड दिनुभयो।

Photos from HEOC's post 22/04/2026

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को आयोजना तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा बागमती प्रदेश अन्तर्गतका ७ वटा स्याटेलाइट अस्पतालको अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना (Hospital Disaster Preparedness and Response Plan, HDPRP) विकास सम्बन्धी दुई दिने कार्यशाला आज काठमाडौँ, बागमती प्रदेशमा सुरू भएको छ।

कार्यशालामा ७ वटा अस्पतालहरू (चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर; कलेज अफ मेडिकल साइन्सेस, भरतपुर; हयाम्स अस्पताल, काठमाडौँ; नागरिक कम्युनिटी टिचिङ हस्पिटल लि., भक्तपुर; मध्यपुर अस्पताल प्रा लि, थिमी, भक्तपुर; एभरेष्ट हस्पिटल, बानेश्वर, काठमाडौं; बि एण्ड बि अस्पताल, ललितपुर) बाट २८ जना भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो, जसमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीहरू समावेश हुनुहुन्थ्यो।

सहभागीहरूले विज्ञ प्रशिक्षकको मार्गनिर्देशनमा Hospital Safety Index Plus (HSI+) App प्रयोग गरी आफ्ना अस्पतालहरूको HDPRP विकास गर्नेछन्। साथै, जनस्वास्थ्य आपतकालीन अवस्थाका लागि समन्वय तथा सञ्चार संयन्त्र, HEOC सञ्जाल, हब तथा स्याटेलाइट अस्पताल सञ्जाल सम्बन्धी विषयमा प्रस्तुतीकरण तथा योजनाको परीक्षणका लागि टेबलटप अभ्याससमेत गरिनेछ। विकास गरिएका योजनाहरू सम्बन्धित अस्पतालहरूमा कार्यान्वयन गरिने र कर्मचारीहरूलाई अभिमुखीकरण तथा अध्यावधिक गर्दै प्रभावकारी कार्यान्वयन सुनिश्चित गरिनेछ, जसले विपद् तयारी तथा प्रतिकार्य क्षमतामा उल्लेखनीय सुधार ल्याउने विश्वास लिइएको छ।

कार्यक्रमको उद्घाटन सत्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं प्रमुख HEDMU/HEOC डा. प्रकाश बुढाथोकी ज्यूको अध्यक्षता रहेको थियो भने मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठ ज्यूको अभिभाकत्व रहेको थियो भने World Health Organization नेपालका प्रमुख Dr Allison Gocotano तथा विज्ञ प्रशिक्षक डा. आशिष श्रेष्ठ को उपस्थिति रहेको थियो।

मन्तव्यका क्रममा डा. प्रकाश बुढाथोकीज्यूले HSI+ जस्ता डिजिटल उपकरणहरूको प्रयोगले अस्पतालहरूको तयारी अवस्था मापन, योजना निर्माण तथा कार्यान्वयनमा गुणात्मक सुधार ल्याउने उल्लेख गर्दै हब–स्याटेलाइट अस्पताल सञ्जाल सुदृढीकरण, HEOCs सँगको नियमित समन्वय, तथा अभ्यासमूलक तयारी (simulation/ tabletop exercise) लाई निरन्तरता दिनुपर्नेमा विशेष जोड दिनुभयो। साथै, विकसित HDPRP योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थागत प्रतिबद्धता, आवश्यक स्रोतसाधनको सुनिश्चितता, नियमित अभ्यास तथा अनुगमन–मूल्याङ्कनलाई सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले सहभागी संस्थाहरूले सिकाइलाई व्यवहारमा रूपान्तरण गर्दै सुरक्षित, सक्षम र प्रत्यास्थ स्वास्थ्य प्रणाली निर्माणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ram Shah Path
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 09:00 - 17:00