Ministry of Education and Sports-Nepal

Ministry of Education and Sports-Nepal

Share

Official page of Government of Nepal, Ministry of Education and Sports

29/05/2026

आर्थिक वर्ष २०८३-८४ मा शिक्षा तथा खेलकुद क्षेत्रको लागि भएको बजेट विनियोजनबारे हाइलाइट्स

आज प्रस्तुत बजेटमार्फत शिक्षामा रूपान्तरणको जग र खेलकुदमा सुशासनको आधार तय गर्ने प्रयास गरिएको छ।

शिक्षा क्षेत्रमा
१) एआईको तीव्र विस्तारलाई ध्यानमा राख्दै गणित, विज्ञान, प्रविधि तथा ‘एड टेक’ लाई नयाँ शैक्षिक आधारका रूपमा प्राथमिकता दिइएको छ।
२) विद्यालयको राष्ट्रिय नक्साङ्कन, शैक्षिक पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण तथा एआई तत्परता मूल्याङ्कनमार्फत गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणको आधार तयार गरिनेछ।
३) वैदेशिक रोजगारीका कारण अध्ययन रोकिएका खाडी लगायत विभिन्न मुलुकमा रहेका युवाहरूलाई खुला विश्वविद्यालयमार्फत अध्ययनको अवसर उपलब्ध गराइनेछ।
४) सामुदायिक विद्यालयहरूको पूर्वाधार म्यापिङका लागि रु. १ अर्ब विनियोजन गरिएको छ।
५) विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थीका लागि छात्रवृत्तिमा रु. ८ अर्ब ६० करोड विनियोजन गरिएको छ।
६) अनुसन्धान, नवप्रवर्तनमुखी उच्च शिक्षा तथा सीपमूलक शिक्षालाई विशेष प्राथमिकता दिइएको छ।
७) चिकित्सा, नर्सिङ तथा सूचना प्रविधि शिक्षामा कोटा वृद्धि गरिनेछ।
८) सुदूरपश्चिमस्थित गेटा मेडिकल कलेजमा एमबीबीएससहित चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गरिनेछ।
९) अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीका विश्वविद्यालयलाई नेपालमा शाखा क्याम्पस सञ्चालन गर्न नीतिगत तथा कानुनी व्यवस्था गरिनेछ।
१०) पारिश्रमिकसहितको इन्टर्नसिप प्रणालीमार्फत नयाँ पुस्तालाई विश्व प्रतिस्पर्धाका लागि तयार गर्ने लक्ष्य लिइएको छ।

शिक्षा क्षेत्रका लागि कुल रु. २ खर्ब १८ अर्ब ३० करोड विनियोजन गरिएको छ।

खेलकुद क्षेत्रमा
१२) आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रङ्गशालालाई फ्लडलाइटसहित स्तरोन्नति गरिनेछ।
१३) प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रङ्गशाला तथा ७ शहरमा इनडोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने लक्ष्य लिइएको छ।
१४) विद्यालय तहबाटै खेल प्रतिभा पहिचान गरी आवासीय प्रशिक्षणको व्यवस्था गरिनेछ।
१५) अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई आजीवन निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिनेछ।
खेलकुद क्षेत्रका लागि रु. ४ अर्ब ३ करोड विनियोजन गरिएको छ।

29/05/2026

नागरिकको चेतना र संघर्षले स्थापित लोकतान्त्रिक गणतन्त्र संविधानमा मात्र होइन, राज्यको जीवनशैलीमा पनि प्रतिबिम्बित हुनुपर्छ।
हामी सबैमा गणतन्त्र दिवसको शुभकामना।

Photos from Ministry of Education and Sports-Nepal's post 28/05/2026

दरखास्त स्वीकृतसम्बन्धी सूचना!

त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको उपकुलपति सिफारिस गर्न “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” बमोजिम उपकुलपति पदमा नाम सिफारिस गर्न प्रकाशित सूचनाबमोजिम प्राप्त २१८ आवेदनहरू मध्ये कार्यविधिको व्यवस्था बमोजिम विश्वविद्यालयगत रूपमा देहायका व्यक्तिहरूको दरखास्त सिफारिस समितिको मिति २०८३।२।१३ को निर्णयअनुसार स्वीकृत गरिएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

28/05/2026

ईद-उल-अजहाको पावन अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
यस पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, शान्ति र राष्ट्रिय एकताको भावना अझ प्रगाढ बनाओस् भन्ने शुभकामना।

27/05/2026

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुल सचिव पदका लागि दरखास्त आह्वान सम्बन्धी सूचना!
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा नेपाल संस्कृत विश्वविद्यालयका रिक्त उच्च पदाधिकारी पदहरूको छनोट तथा सिफारिसका लागि आवेदन माग गरिएको छ। स्वीकृत कार्यविधि, २०८३ बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले यो सूचना प्रकाशित भएको १० (दस) दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइटमा गई आवेदन दिन सक्नुहुनेछ।
आवेदनको लागि लिङ्क 👇
https://moest.gov.np/content/13611/notification-regarding-the-call-for-applications-of/

26/05/2026

प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी विधेयक मस्यौदा उपर सुझाव आह्वान!
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयक (TVET ACT) मस्यौदामा सरोकारवालाहरू तथा आम नागरिकबाट राय तथा सुझाव आह्वान गरिएको छ।
यस पहलले सीपमूलक शिक्षाको गुणस्तर अभिवृद्धि, पहुँच विस्तार तथा रोजगारीमुखी शिक्षा प्रणाली सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विस्तृत जानकारीका लागि
https://moest.gov.np/content/13609/notice-regarding-the-solicitation-of-opinions-and/

Photos from Ministry of Education and Sports-Nepal's post 25/05/2026

माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज मन्त्रालयमा युरोपेली सङ्घ (इयू) सम्बद्ध विभिन्न मुलुकका राजदूत, डेपुटी हेड अफ मिसन लगायत कूटनीतिज्ञहरूसँग शिष्टाचार भेटवार्ता गर्नुभयो। भेटमा नेपालको शिक्षा क्षेत्र, विशेषतः शिक्षामा समावेशिता, पूर्वाधार विकास र शिक्षकको पेसागत विकासका क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा छलफल भएको थियो। नेपाल सरकार शिक्षा सुधारका लागि इयूसंग थप सहकार्यकोलागि प्रतिबद्ध रहेको बताउँदै मन्त्रीज्यूले युरोपेली सङ्घसम्बद्ध राष्ट्रहरूलाई सहकार्यका लागि धन्यवाद व्यक्त गर्नुभयो।

24/05/2026

दरखास्त आह्वान सम्बन्धी सूचना!

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार पदमा नियुक्तिका लागि इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ।

कार्यविधि तथा विस्तृत जानकारी कमेन्टमा!

23/05/2026

सूचना !

शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आ.व. २०८२/८३ का लागि नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली सार्वजनिक गरिएको छ।सम्बन्धित सबैलाई स्वीकृत सेवाभित्र रही सेवा लिन तथा प्रदान गर्न अनुरोध गरिएको छ।

नवीकरण भएका शैक्षिक परामर्शदाता संस्थाहरूको नामावली 👇
https://share.google/ZZHzbAYH9sBkYHaxi

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


सिंहदरबार, काठमाडौँ, नेपाल
Kathmandu
44600