30/05/2026
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पवन राई मिति २०८३/०१/१७ गते घर बिदामा रहेको समयमा रुखबाट लडि घाइते भई उपचारका क्रममा ठूलो आर्थिक व्ययभार परेको हुँदा यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत प्रहरी कर्मचारीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरी सहयोग स्वरूप जम्मा रु. १,९८,७३५/- (अक्षरेपी एक लाख अन्ठानब्बे हजार सात सय पैँतीस रुपैयाँ मात्र) मिति २०८३/०२/१५ गते यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूद्वारा निज प्रहरी जवान पवन राईलाई हस्तान्तरण गरियो ।
30/05/2026
~~~विदाई कार्यक्रम सम्पन्न~~~
***** मिति २०८३/०२/१५ गते *****
मिति २०५३।०२।१५ गते प्रहरी जवान पदमा नियुक्ति भई आफ्नो ३० वर्षे सेवाअवधिमा जिम्मेवारीपूर्ण तथा व्यावसायिक ढंगले कार्यसम्पादन गर्दै आउनु भएका पूर्व प्रहरी निरीक्षक लाल काजी घिसिङज्यू मिति २०८३।०२।१५ गतेदेखि लागू हुने गरी प्रहरी नियमावली, २०७१ (संशोधन सहित) बमोजिम अनिवार्य अवकाश हुन लाग्नु भएको अवसरमा आज यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूको उपस्थितिमा बिदाइ कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा बिदाइ भई जानु भएका पूर्व प्रहरी निरीक्षक लाल काजी घिसिङलाई नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलको तर्फबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूले मायाको चिनो प्रदान गर्नुका साथै संगठनमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्दै व्यक्तिगत, पारिवारिक तथा सेवा निवृत्त जीवन सुखद, समृद्ध, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिमय रहोस् भनी शुभकामना समेत व्यक्त गर्नु भएको थियो ।
उक्त कार्यक्रमका केही झलकहरु—
#जयनेपाल
14/05/2026
~ बैशाख महिनाको “Best Police of the Month” लाई सम्मान कार्यक्रम!! ~~
*मिति २०८३/०१/३१ गते ।*
============ ===============
नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी जवान थमन भुषाललाई २०८३ साल बैशाख महिनाको “उत्कृष्ट प्रहरी (Best Police of the Month)” का रूपमा छनौट गरी आज मिति २०८३ बैशाख ३१ गते एक कार्यक्रमका बीच सम्मानित गरिएको छ । नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी जवान थमन भुषाललाई कदर-पत्र तथा पुरस्कार प्रदान गरिएको ।
प्रहरी जवान थमन भुषालले आफ्नो पदीय जिम्मेवारी उच्च मनोबल, लगनशील तथा अनुशासित भई उत्कृष्ट रूपमा सम्पादन गरेकोले प्रहरी कर्मचारीहरूमा कर्तव्यनिष्ठा, अनुशासन, व्यावसायिक दक्षता, इमान्दारी तथा उत्कृष्ट कार्यसम्पादनको भावनालाई अभिवृद्धि गर्दै थप उत्प्रेरणा प्रदान गर्ने उद्देश्यले “Best Police of the Month” प्रदान गरिएको ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
12/05/2026
~~~ आत्मनिर्भर र उद्यमशील बनाउने कार्यक्रम सम्पन्न ~~~
मिति २०८३/०१/२९ गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई अवकाश पछि आत्मनिर्भर र उद्यमशील बनाउने उद्देश्यले “ प्रशिक्षण कार्यक्रम” नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा १३:३० बजे संचालन भई १५:१५ बजे समापन भएको । १२५ जना प्रहरी कर्मचारीहरुको उपस्थितिमा Progressive Cattle Feeder Industries PVT. LTD का संचालक कृषि उद्यमी गोपाल थापा ज्यूद्वारा प्रशिक्षण प्रदान गरिएको ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
11/05/2026
~~~अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न !! ~~~
*****मिति २०८३/०१/२८ गते ।*****
============ ===============
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौंको तत्वावधानमा मिति २०८३/०१/२१ गतेदेखि यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन, काठमाडौंमा सञ्चालित “अपराध अनुसन्धान तथा नियन्त्रण विशेष तालिम” छैठौं समूहको आज मिति २०८३/०१/२८ गतेका दिन यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
28/04/2026
🎉 ~~~ दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ~~~🎉
मिति २०८३/०१/१५ गते ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका लाल काजी घिसिङ्गलाई तालुक नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख श्रीमान् प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभयो ।
उक्त कार्यक्रममा श्रीमान् प्र.अ.म.नि. ज्यूले पदोन्नति हुनुभएका प्रहरी निरीक्षक लाल काजी घिसिङ्गलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको आगामी व्यवसायिक जीवनको सफलता र सुखमय भविष्यको शुभकामना तथा निजले संगठनप्रति पुर्याउनुभएको अतुलनीय सेवा, व्यवसायिक निष्ठा र कर्तव्यपरायणताको उच्च प्रशंसा गर्दै यस पदोन्नतिलाई जिम्मेवारीको नयाँ उचाइका रूपमा लिएर अझ उत्कृष्ट कार्य सम्पादन गर्न समेत निर्देशन दिनुभएको ।
उक्त कार्यक्रमका केही झलकहरू:
उक्त कार्यक्रमका केही झलकहरू:
Nepal Police Police
23/04/2026
~~~ शेयर बजारको आधारभूत ज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न ~~~
मिति २०८३/०१/१० गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी कर्मचारीहरुलाई “ शेयर बजारको आधारभूत ज्ञान सम्बन्धी प्रशिक्षण कार्यक्रम ” नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा १४:३० बजे सुरु भएर १७:०० बजेतिर समापन भएको । सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दारहरु, प्रहरी जवानहरु तथा प्रहरी कार्यालय सहयोगीहरु समेत गरी १२५ जनाको उपस्थितिमा सिप्रबी सेक्युरिटिज प्रा.लि. बखुण्डोल, ललितपुरका कार्यकारी अध्यक्ष शेयर बजार सम्बन्धी विज्ञ रवि भट्टराईद्वारा प्रशिक्षण प्रदान गरिएको ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
22/04/2026
~~~ एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम सम्पन्न ~~~
*****मिति २०८३/०१/०९ गते ।*****
मिति २०८३/०१/०९ गते यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा कार्यरत प्रहरी कर्मचारीहरुका लागी सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूको समन्वयमा र Opal Dental Care स्वयम्भूको प्रत्यक्ष सहयोगमा आयोजित “एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम” नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीको प्रमुख आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भूका अध्यक्ष राजु खरेल एंव कोषाध्यक्ष राजेन्द्र तण्डुकार, यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनमा कार्यरत सिनियर प्रहरी अधिकृतहरु, जुनियर प्रहरी अधिकृतहरु, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो । कार्यक्रम विहान ९:०० बजे सुरु भएर १५:०० बजेतिर समापन भएको र Opal Dental Care स्वयम्भूका चिकित्सकहरुद्वारा १२७ जना प्रहरी कर्मचारीहरुको दाँत चेकजाँच गरी आवश्यक सेवा दिई चिकित्सकहरुले उपचारको लागी परामर्श समेत दिनु भएको ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
08/04/2026
~~~अन्तरक्रिया तथा तालिम समापन कार्यक्रम सम्पन्न !! ~~~
*****मिति २०८२/१२/२५ गते ।*****
============ ===============
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजको तत्वावधानमा मिति २०८२/१२/०८ गतेदेखि यस कार्यालय, कपनमा सञ्चालित “सामुहिक (प्र.ज./प्र.स.ह./प्र.ह./प्र.व.ह./प्र.स.नि./प्र.ना.नि./प्र.व.ना.नि./प्र.नि.) तालिम” सातौं समूहको आज मिति २०८२/१२/२५ गतेका दिन यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीज्यूको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा समापन कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रमका केहि तस्वीरहरु
22/03/2026
“तालिम समुद्घाटन कार्यक्रम”
◆━━━ मिति २०८२/१२/०८ गते ━━━◆
तालुक राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जको तत्त्वावधानमा यस नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल, कपनमा आज मिति २०८२/१२/०८ गते “सामुहिक (प्र.ज. देखि प्र.नि.) तालिम सातौं समूह” को तालिम यस कार्यालयका प्रहरी निरीक्षक सुदिप कार्कीज्यूले विधिवत रुपमा समुद्घाटन गर्नु भएको साथै तालिममा सहभागी प्रशिक्षक एवं प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुलाई अमूल्य निर्देशन सम्बोधन तथा तालिम सफलताको शुभकामना दिनुभएको ।
उक्त तालिमका केही तस्विरहरु ।
# Central_Police_Special_Task_Force