अपिल
प्रिय विद्यार्थी साथीहरु,
त्याग, समपर्ण, बलिदान र संघर्षको गौरबशाली इतिहाँस बोकेको हाम्रो संगठन अखिल (क्रान्तिकारी) ले रोजगारमुलक र व्यवहारिक शिक्षाको ग्यारेन्टी सहित शिक्षालाई उत्पादन सँग जोड्दै विश्वविद्यालय शिक्षालाई खोज तथा अनुसन्धानमुलक बनाउनका लागि निरन्तर आवाज उठाउँदै संघर्ष गर्दै आईरहेको छ । साथै यस नेपाल कमर्श क्याम्पसमा विद्यार्थीहरुको शारिरीक तथा वौद्धिक विकासका लागि विभिन्न समयमा खेलकुद तथा अतिरिक्त क्रियाकलाप जस्तैः खेलकूद सप्ताह सञ्चालन, विभिन्न प्रोफेसनल तथा व्यवस्थापन सम्बन्धी टे«निङ्गहरुको आयोजना गर्दै हाम्रो संगठनले समय–समयमा विद्यार्थीहरुको क्षमताको अभिवृद्धि र सिप तथा कलाको प्रस्पूmटन गराउने कार्य गर्दै आइरहेको जानकारी गराउन चाहान्छौं । निरन्तर क्याम्पसलाई खवरदारी गर्दा गर्दै पनि क्याम्पसमा कक्षा नियमित नहुने, प्राध्यापकहरु समयमा कक्षामा नजाने जस्ता अनेकौँ समस्याले गर्दा विदार्थी आजित भैसकेका छन् । क्याम्पस प्रशासनको गैरजिम्मेवारीपनका कारण हामीले प्राप्त गर्ने सेवा सुविधाबाट हामी बञ्चित हुँदै आएका छौं । तथापि यस नेपाल कमर्श क्याम्पसमा अखिल (क्रान्तिकारी) ले विद्यार्थीको पक्षमा क्याम्पस प्रशासन सँग संघर्ष गर्दै मुख्य गरी क्याम्पसको शैक्षिक वातावरण सुधार गर्न निम्न कामहरु गराउन सफल भएको छ ।
– प्रत्येक लेभलमा आन्तरिक परीक्षा संचालन गराउन,
– छात्रवृतिको पारदर्शी वितरण गराउन,
– स्वच्छ खानेपानीको व्यवस्था गराउन,
– पुस्तकालयको सुविधामा वृद्धि गराई प्रत्येक विद्यार्थीलाई २ देखि ३ वटा पुस्तकहुँदै हाल ४ वटा पुस्तक दिने व्यवस्था गराउन,
– ई–लाइबेरीको स्थापना गराउन,
– वाईफाई जडान गराउन,
– वी.वी.ए.को शैक्षिक भ्रमण खर्चमा क्याम्पसको सहयोगको बृद्धि गराउन,
विद्यार्थी साथीहरु,
आन्दोलन कसैको रहर हुन सक्दैन, हाम्रो संगठन पनि हरेक समस्याको समाधान छलफल र संवादको प्रकृयाद्वारा नै गर्नु पर्दछ भन्ने चाहान्छ । तर पनि प्रत्येक छलफलमा हामीसँग क्याम्पस प्रशासनले विद्यार्थीका हकहित र क्याम्पस सुधारका लागि गरिएका सम्झौताको कार्यान्वयनमा लाचार र उदासिपन देखाउँदै आएको छ । प्रत्येक विद्यार्थीलाई पुस्तकालयबाट ४ वटा पुस्तक उपलब्ध गराउने सम्झौता भयो तर ३ वटा पुस्तक समेत सहज रुपमा तपाई हामी तमाम विद्यार्थीहरुले प्राप्त गर्न सकेका छैनौं । ई–लाइब्रेरीका लागि विगत २–३ वर्ष देखि विद्यार्थीसँग शुल्क असुल गर्ने तर संचालनमा आनाकानी गर्दै हाल सम्म सञ्चालनमा ल्याएको छैन । तसर्थ हाम्रा अधिकार संवादबाट प्राप्त नहुने भएपछि सांकेतिक रुपमा क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्धी ग¥यौँ । उक्त तालाबन्दी गरेको आज झन्डै डेढ महिना जति भयो तर क्याम्पस मौन बसीरहको छ । हामी बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्दै छौँ ।
अखिल(क्रान्तिकारी)द्वारा घोषित आन्दोलन किन र के कालागि?
१. अनियमित प्राध्यापकहरुलाई तत्काल कारवाही गरी पठन–पाठन व्यवस्थीत गराउन ।
२. पुस्तकालयबाट नयाँ संस्करण पुस्तक उपलब्ध गराउनुका साथै अखिल क्रान्तिकारी सँग भएको विगतको सम्झौता अनुसार पुस्तकालयबाट तत्काल ३ वटा पुस्तकको सट्टा ४ वटा पुस्तक उपलब्ध गराउने ।
३. क्याम्पसको आर्थिक पारदर्शीता कायम गर्नका लागि आय–व्ययको सार्वजनिक गर्दै क्याम्पसमा हुने सम्पूर्ण खरिद प्रक्रिया क्याम्पसमा गठित खरिद समितिबाट मात्र गराउने ।
४. क्याम्पसका सम्पूर्ण शाखाहरु व्यवस्थित बनाउन विद्यार्थीहरुको रेकर्डहरु व्यवस्थापन गर्न कम्प्यूटराईज प्रणाली लागू गराउन ।
५. पार्ट टाईम शिक्षक नियुक्ति गर्दा राजनीतिक भागभण्डाको अन्त्य गराउन ।
६. खानेपानीको उचित व्यवस्था गराउन ।
७. शौचालयको सरसफाई तथा कक्षाकोठाहरु व्यवस्थित गर्न ।
८. अखिल(क्रान्तिकारी)सँग भएका विगतका सम्पूर्ण सम्झौताहरु कार्यान्वयन गराउन ।
सम्पूर्ण न्यायप्रेमी विद्यार्थी साथीहरु, हामी बहस छलफल बाट नै आम विद्यार्थीको अधिकार प्राप्त होस भन्ने चाहान्छौँ । हामी क्रमिक रुपमा क्याम्पसका प्रशासनिक अंगहरुमा तालाबन्दी गर्दै अन्य सशक्त आन्दोलनको कार्यक्रम बनाई अगाडि बढ्नेछौँ । तसर्थ माथि उल्लेखित एजेण्डा सहितको हाम्रो आन्दोलनमा सशक्त संगठित हुदैँ आन्दोलन भै दिनु हुन सम्पूर्ण आम विद्यार्थी मित्रहरुलाई हार्दिक अपिल गर्दछौं
क्रान्तिकारी अभिवादन सहित !!!
अध्यक्ष
रमेश श्रेष्ठ
NCC अखिल - क्रान्तिकारी
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NCC अखिल - क्रान्तिकारी, Political Party, Tripureshwor, Kathmandu.
शैक्षिक माफियाहरूको काम सर्वसुलभ र गुणस्तरयुक्त शिक्षा दिने भन्दा पनि आफु अनुकुल शैक्षिक शुल्क बृदि गर्दै अनावश्यक आर्थिक भार थुपर्नमा उद्दत्त छ । जस्ले गर्दा अवको केही समय पछी आधारभूत जनताको छोरा छोरीले उच्च शिक्षा लिने कुरा उसको पहुँचभन्दा टाढाको विषय वन्दै छ । यो कस्ले सोच्ने ? के राजनीतिक उधोगको विधार्थी विभाग सम्हालेकाहरूले सोच्लान् र ?
Comment please .........
Like and share our own page :)
14/09/2013
Like and Share our own page :)
14/09/2013
Like and share our own page :)
09/09/2013
चित्रमा त्रिभुजको संख्या कति छ ?
08/09/2013
07/09/2013
Say somethink about this :)
Like and share our page
07/09/2013
फरक प्रशंग---आठैाँ साफ च्यापिनसीप फुटबल
नेपालको समर्थनको लागि तपाइहरू पनि लाइक तथा शेयर गर्न नभुल्नुहोला
07/09/2013
Let's talk about this
and what's happened if female do this ?
Like and share our own page :)
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Tripureshwor
Kathmandu
