National Resource center on deafblindness in Nepal

National Resource center on deafblindness in Nepal

Share

The National Resource center on Deafblindness (NRCB) -Nepal is a unique concept to bring all the sta

04/06/2026

सहायक प्रविधि केवल उपकरण मात्र होइन; यो व्यक्तिको क्षमता, स्वतन्त्रता र समाजमा पूर्ण सहभागिता बढाउने महत्वपूर्ण माध्यम हो।
सहायक प्रविधिमा लगानी गर्नु भनेको शिक्षा, स्वास्थ्य, रोजगारी तथा समावेशी समाज निर्माणमा लगानी गर्नु हो।
आउनुहोस्, सहायक प्रविधिमा सबैको पहुँच सुनिश्चित गरौँ र हामीले विकास तथा निर्माण गर्ने हरेक प्रविधि र सेवालाई पहुँचयुक्त तथा समावेशी बनाउने प्रतिबद्धता व्यक्त गरौँ।







01/06/2026

प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको अवसरमा शुभकामना तथा ऐक्यबद्धता सन्देश
सम्पूर्ण बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, उनीहरुको अभिभावकहरु तथा बौद्धिक अभिभावक महासंघ नेपाल (PFPID) परिवार,
प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको ऐतिहासिक अवसरमा राष्ट्रिय बहिरा महासंघ नेपालको तर्फबाट बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूका परिवार, स्व–प्रतिनिधिहरू तथा सम्पूर्ण सरोकारवालाहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौँ । यस विशेष दिनले नेपालमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको पहिचान, सम्मान, अधिकार र सहभागितालाई थप सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ । साथै, यसै दिन बौद्धिक अभिभावक महासंघ नेपालको स्थापना दिवस समेत परेको सन्दर्भमा संस्थाले विगतदेखि गर्दै आएको अधिकारमुखी अभियान, परिवार सशक्तीकरण तथा समावेशी समाज निर्माणमा पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दछौँ ।
यस वर्षको नारा “Nothing About Us, Without Understanding Us” ले वास्तविक बुझाइ, सम्मान र स्वीकार्यताको महत्वलाई उजागर गर्दछ । बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई बुझ्ने र सम्मान गर्ने संस्कृतिबिना समावेशी समाज सम्भव हुँदैन भन्ने हाम्रो विश्वास छ । राष्ट्रिय बहिरा महासंघ नेपाल अपाङ्गता अधिकार आन्दोलन साझा संघर्ष र साझा उद्देश्यको आन्दोलन हो भन्नेमा दृढ छ । अपाङ्गताको प्रकार फरक भए पनि सबै व्यक्तिहरूको सम्मानजनक जीवन, शिक्षा, स्वास्थ्य, रोजगारी, पहुँचयुक्त सूचना तथा समान सहभागिताको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने हाम्रो साझा धारणा हो । यस दिवसको सुरुवातले समाजमा रहेका पूर्वाग्रह हटाउन, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूको आवाज सशक्त बनाउन तथा राज्यलाई अझ उत्तरदायी बनाउन महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएका छौँ ।
यस अवसरमा बौद्धिक अभिभावक महासंघ नेपालप्रति पूर्ण ऐक्यबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गर्दछौँ । प्रथम राष्ट्रिय बौद्धिक अपाङ्गता दिवसको सफलताको हार्दिक शुभकामना सहित सम्पूर्ण सहभागीहरूलाई सम्मान र आत्मसम्मानसहितको जीवनतर्फ अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछौँ ।
हार्दिक शुभकामनासहित,

................................
सन्तोष के.सी.
अध्यक्ष
राष्ट्रिय बहिरा महासंघ नेपाल (NDFN)
२०८३/०२/१८

Meet the woman hoping to become first deafblind person to summit Everest and the U of T researcher helping her | CBC News 29/05/2026

https://www.cbc.ca/news/canada/toronto/deafblind-woman-everest-uoft-researcher-9.7212593?fbclid=IwdGRjcASGBcRjbGNrBIYFv2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHvgtfzu-6TWlkBaRnEEQzgNfuI2xVqZGZ2L0LcsqMnZCRv4cJB5YX9kpLiDe_aem_idlyA_JkB0uskku42y1ltw

Meet the woman hoping to become first deafblind person to summit Everest and the U of T researcher helping her | CBC News Karolina Pakėnaitė, who is from the United Kingdom, is training to become the first deafblind person to summit Mount Everest. Leon Lu, an assistant professor at U of T Mississauga, is helping design a haptic vest to help get her to the top.

Photos from National Resource center on deafblindness in Nepal's post 20/05/2026

Tactile and haptic orientation was provided to deaf and deafblind children at Srijana Deaf School, Kaski.

Photos from National Resource center on deafblindness in Nepal's post 20/05/2026

सृजना बहिरा बिद्यालयमा रहेका श्रवणदृष्टि विहीनता र बहिरा अपाङ्गता भएका बालबालिकालाई साथि शिक्षा, स्पर्श संचार र ह्याप्टिक संचारका बारेमा अभिमुखिकरण गरिदै ।

Photos from National Resource center on deafblindness in Nepal's post 17/05/2026

UDL, पाठ्यक्रम अनुकुलन, TLM सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । श्रवणदृष्टि विहीनता र बहिरा बालबालिका लाई लक्षित गरि संचालन गरिएको तालिम निकै प्रभावकारी रह्यो । शिक्षकहरुले निकै सकृय भएर सामग्रि निर्माण गर्नु भयो र अब यो कृयाकलाप निरन्तर साप्ताहिक रुपमा संचालन गर्ने प्रतिबद्दता जनाउनु भएको छ ।

A 2-day training on UDL (Universal Design for Learning), Curriculum Adaptation, and TLM (Teaching Learning Material) has been successfully completed. The training, which targeted children with deafblindness and deafness, was highly effective. The teachers participated very actively in creating materials and have committed to continuing this activity on a weekly basis moving forward.

Photos from Society of Deafblind Parents Nepal's post 17/05/2026

It was nice to see local government prioritizing disability in kathamndu..Acting mayor visit to deafblindness resource class. She also inaugurated the lift in the school for the accessibility was a nice moment to be part of... for all

Photos from National Resource center on deafblindness in Nepal's post 16/05/2026

Teacher training on practical skill development (UDL,CA, TLM) and classroom implementation for children who are deaf and deafblindness in Kaski. DAY-1
Sense International
National Resource center on deafblindness in Nepal
Deafblind Association Nepal
Deafblind International (DbI)

13/05/2026

विद्यालय भर्ना अभियान २०८३ !
आ-आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गरौँ, गराऔँ !!
शिक्षा पाउने संवैधानिक अधिकार सुनिश्चित गरौँ, !!!

Photos from National Resource center on deafblindness in Nepal's post 16/02/2026

A national-level joint workshop of persons with deafblindness and their parents is being held in Pokhara with the support of Sense International, in collaboration with DAN, SDBP, and NDFN.

National Federation of the Deaf Nepal - NDFN
Sense International
World Federation of the Deafblind
Deafblind International (DbI)
Deafblind Association Nepal
Sense International (India)
Society of Deafblind Parents Nepal
Society of Deafblind parents morang

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Ranibari
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00