28/08/2020
कमल थापा निकट अधिकांश राप्रपा नेताहरु ले रिहाइको माग गर्दै फेसबुकमा स्ट्याटस समेत लेखे। विभिन्न सन्चार माध्यममा प्रकाशित समाचारको आधारमा स्टार अनलाइन टोलि दरबारमार्ग बृत पुग्दा त्यहा आन्दोलनकारी कसैलाई पनि पक्राउ गरेर नल्याएको दरबारमार्ग प्रहरीले बतायो।
पार्टीको आन्तरिक गतिविधिमा आफ्नो समुहलाई सकृय देखाउदै एकतामा पशुपतिशमशेर राणा र डा प्रकाशचन्द्र लोहनीलाई कमजोर साबित गर्न कमल थापाले यस्तो फण्डा अपनाएको लोहनी निकट एक नेताले स्टार अनलाइन लाई बताए। शुक्रवारको कार्यक्रममा पनि कमल थापा निकट विद्यार्थीहरु मात्रै सहभागी हुनु र पक्राउ नपरेकाहरुलाई पक्राउ परेको भन्दै समाचार बनाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राप्रपामा प्रचारको नयाँ शैली: पक्राउ नै नपरेकाहरुलाई पक्राउ परेको भन्दै समाचार बनाउन लगाएपछि
काठमाडौ १२ भाद्र/ पछिल्लो समय पार्टी एकतालाई विवादका बिच सार्थक बनाउन कम्मर कसेर लागेको रास्ट्रीय प्रजातन्त्र प....
26/08/2020
तर जसरी भए पनि राप्रपा एकताको विकल्प भने देखिदैन
राप्रपाको एकता संकटको संघारमा - Saptakoshionline
।राप्रपा संस्थापक अध्यक्ष सुर्य बहादुर थापाले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापन संगै नेपालमा बैकल्पिक प.....
25/11/2019
http://radiohimalayan.com/archives/6514
राप्रपा संयुक्तले उपनिर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्ने घोषणा
८ मंसिर २०७६, भक्तपुर । यही मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ (क) मा प्रदेशसभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा रा.....
22/09/2019
सुनिल बहादुर थापा ,पूर्वमन्त्री
० यहाँ राप्रपा संयुक्तको नेता हुनुहुन्छ । पार्टीका गतिविधि कसरी अगाडी बढाईरहनु भएको छ ?
पार्टीले मलाई प्रदेश एकको संयोजक तोकेको छ । सोही अनुरुप म एक नम्बर प्रदेशको संगठन निर्माणमा जुटिरहेको छु । अधिकांश जिल्लामा एकता प्रकृया पनि सकिसकेको छ । भने सिंगो पार्टी पनि एकता प्रकृयालाई पुर्णता दिन नै सक्रिय छ ।
० राप्रपाका विभिन्न घटक बिच एउटाले अर्को पार्टीको नेता कार्यकर्ता आफूतर्फ तान्ने प्रतिस्पर्धा जस्तो देखिन्छ । सिंगै पार्टी एकता नगरेर किन व्यक्ति तान्न लाग्नु भएको ?
तपाईले गर्नु भएको प्रश्न सही छ । पार्टी बलियो बनाउन व्यक्ति भन्दा समूह,समूह भन्दा पार्टी नै मिल्नु पर्ने कुरा सही हो । म व्यक्तिगत रुपमा भन्नु हुन्छ भने यताका मान्छे उता तान्ने उताका मान्छे यता तान्ने प्रवृतिको पक्षमा छैन । तर कुनै व्यक्ति पार्टीमा आउँछु भन्नेलाई नआउ भन्न मिल्दैन । सबैका आ—आफ्ना ईतिहास र क्षमता हुन्छन् । त्यसलाई सम्मान गर्नै पर्दछ । तैपनि हाम्रो जोड पार्टी एकतामै हुनु पर्दछ । किनकी पार्टी एकता हुँदा हामीले प्रधानमन्त्री पाएका छौ । देशको तेस्रो ठुलो शक्ति भएका छौं । उन्नाइस जनासम्म मन्त्री भएका छौं । त्यसैले जति बेला पार्टी एक भएको हुन्छ । त्यसबेला हाम्रो उपस्थिति दह्रो हुन्छ । दोस्रो संविधान सभामै पनि हाम्रो राम्रो उपस्थिति थियो । तेह्र जना सांसद थियौं । म आफै संविधान जारी गर्ने बेलामा मन्त्री थिए । त्यसैले हाम्रो जोड त पार्टी एकता हुनु पर्छ भन्ने मै छ ।
० कतिपयले त तपाई लगायत केही नेताहरु गणतन्त्रको पक्षमा उभिने कमल थापाहरु राजतन्त्र भन्ने यस्ले पनि पार्टी एकतामा बाधा पारेको छ भन्छन् नि ?
त्यस्तो केही छैन । पार्टी भित्र आ—आफ्ना दृष्टिकोण हुनसक्छन् । तर हामी सबै राप्रपाले अहिलेको संविधान मानेरै अगाडी बढेका छौं ।
० भनेपछि सबै राप्रपा गणतन्त्रवादी ?
त्यसो भनेको पनि होइन, आ आफ्ना मुल्य मान्यता र दृष्टिकोण हुन सक्छन्, र छन् । पञ्चायतमा पनि सबै पञ्चहरुको समान दृष्टिकोण थिएन । अहिले यही दृष्टिकोण फरक भएका कारणले पार्टी एकता भएन भन्ने मलाई लाग्दैन ।
० एकताको घोषणा गर्ने भनेर विगतमा हलनै बुक गरे पछि केले रोक्यो ?
त्यसबेला पर्याप्त गृहकार्य नपुगेकोले रोकिएको हो । त्यसअघि पनि एकता गर्दा गृहकार्य नपुगेकोले एकता लगत्तै फुट्यो । तर त्यसअघि राजपा र जनशक्ति पार्टी बीच एकता हुँदा गाउँदेखि एकता हुँदै आएकोले त्यो टिकाउ भयो । एकता भनेको दुई नेताले अंगालो मार्दैमा हुने होइन । त्यसको निम्ती भावना,बिचार,प्रकृया सबै मिल्नु पर्छ । यी मिलाउन पर्याप्त समय र गृहकार्य चाहिन्छ । त्यही नपुगेकोले बिगतमा रोकिएको हो ।
० यहाँ त पार्टीको विदेश विभाग प्रमुख पनि हुनुहुन्छ । नेपालको राजनीतिमा भारतको विशेष प्रभाव रहन्छ । भारतमा हिन्दुत्वको नारा उठाउने नरेन्द्र मोदी दोस्रो कार्यकाल प्रधानमन्त्री निर्वाचित भएर आएपछि यहाँ पनि पुनः हिन्दुराज्य हुन्छ । राजा फर्कन्छन् भन्ने हल्ला पनि छ नि ?
मलाई औपचारिक रुपमा विदेश विभाग प्रमुख भन्दा पनि दुई जना अध्यक्षले विदेश मामिला हेर्ने भन्नु भएको हो । जहाँसम्म भारतमा नरेन्द्र मोदी दोहोरिएर प्रम बन्नु भयो त्यो नेपालको निम्ती राम्रै कुरा हुन्छ । किनकी भारतमा स्थिर सरकार बन्यो भने त्यसको सकारात्मक फाईदा नेपाललाई पनि हुन्छ । नेपालमा पनि दुई तिहाईको स्थिर सरकार छ । भारतमा पनि स्थिर सरकार भएपछि त्यो दुबै देशको निम्ती हितकर हुन्छ । जहाँसम्म भारतमा भाजपा आएपछि नेपालमा हिन्दुराज्य हुन्छ । राजा आउँछन् भन्ने कुरा सोम शर्माको सातुको कथा जस्तै हो । यहाँ जे जस्ता परिवर्तन गर्छन नेपाली जनताले नै गर्दछन् । यस्मा अरुले गरिदिन्छन् भन्ने होइन । नेपाली जनता आफै पढे लेखेका शिक्षित छन् । उनीहरुले आफ्ना देशमा के गर्ने भन्ने आफै निर्णय गर्दछन् ।
० प्रधानमन्त्री केपी ओलीले सर्वदलिय बैठक नै राखेर अहिलेको प्रणालीमा खतरा छ भन्नु भयो । सत्तारुढ पार्टीका अर्का अध्यक्ष प्रचण्डले पनि राजतन्त्रवादी चलखेल गरे भन्नु हुन्छ । के प्रतिगमनको खतरा हो ?
यो त आफूले राम्रो काम गर्न नसकेपछि जनताको ध्यान अर्कोतर्फ मोड्ने चाला हो । यहाँ त्यस्तो खतरा देखिदैन । कुनै राम्रा काम गर्न नसकेर जनताको अगाडी अनुहार देखाउन नसकेपछि जनताको ध्यान अनेत्र मोड्न र आफ्ना कमजोरी ढाकछोप गर्न यस्तो अभिव्यक्ति दिने गर्नु भएको हो । आफूले राम्रो नगर्ने अनि दोष अर्काको थाप्लोमा राख्ने प्रवृत्ति राम्रो होइन ।
० वर्तमान सरकार बनेको डेढ वर्ष भन्दा बढि भयो, यस्को समिक्षा कसरी गर्नु हुन्छ ?
अहिलेको सरकार दुई तिहाईको सरकार हो । यो सरकारले संमृद्ध नेपाल सुखी नेपाली भन्ने नारा पनि दिएको थियो । त्यसैले नेपाली जनता मात्र होइन,विदेशी मित्रहरुले समेत नेपालमा दुई तिहाईको कम्युनिष्ट सरकारले राम्रै गर्ला भन्ने ठानेका थिए । तर दुखका साथ भन्नु पर्छ,यो सरकारले कुनै पनि राम्रो काम गर्न सकेन । पहिलो आर्थिक वर्षमा विकास खर्च बीस बाईस प्रतिशत मात्र भयो । यसबाटै प्रष्ट हुन्छ सरकारले अपेक्षा गरेअनुरुप काम गर्न सकेन । अहिले सडक हेर्नुस स्वास्थ्थ सेवा हेर्नुस ,विकास निर्माण हेर्नुस सब लथालिङग छन् । सरकारले कर बढाएको छ । महंगी बढेको छ । असुरक्षा बढेको छ । प्रेसमाथि अंकुश लगाउने काम गरेको छ । त्यसैले यो सरकारको प्रशंसा गर्न लायक खासै काम छैन । एउटा राम्रो काम भनेको मैले चार वर्ष अगाडी मेरै पालामा सुरु गरेको रक्सौल अम्लेखगञ्ज पेट्रोलियम पाईप निर्माण कार्य सम्पन्न ग¥यो । त्यही एउटा राम्रो काम हो । नत्र अहिलेका प्रमले घरघरमा ग्याँस लाईन भन्नु भयो । त्यो कहाँ भयो ? पानी जहाज कहाँ चल्यो ? चाईनाबाट रेल कहाँ आयो ? एउटा देखाउने काम भनेको त्यही पाईप लाईन हो त्यो मेरै पालामा सुरु भएको हो ।
० भनेपछि पाईप लाईन निर्माणमा काम गर्ने हनुमान पगरी गुथ्ने ढेडु भने जस्तै भयो त ?
लगभग त्यस्तै हो । सन् २०१५ को अगस्ट २४ तारिखमा मैले र भारतका पेट्रोलियम मन्त्री धमेन्द्र प्रधानले संयुक्त मेमोरेण्डम अफ अण्डरस्ट्याण्डिङ ग¥यौं । त्यसको भोलीपल्ट भारतीय आयल निगम (आईओसी) र नेपाल आयल निगम (एनओसिी) बीच पेट्रोलियम पदार्थको डेलिभरी सम्बन्धि सम्झौता भयो । त्यो सम्झौतामा १८ महिनामा पेट्रोलियम पाईप लाईन बनाउने सहमति भयो । यो पाईप लाईन सन् २०१७ मै बन्नु पर्ने थियो । दुई वर्ष ढिलो गरी सम्पन्न भएको छ । ढिलै भएपनि निर्माण सम्पन्न भयो । तर यसको सुरुवात प्रधानमन्त्री शुशील कोईराला र म आपूर्तिमन्त्री हुँदा भएको हो । फलको बिरुवा एउटाले रोप्यो फल अर्कैले खाए जस्तै हो ।
० आफूले सुरु गरेको कामले पुर्णता पाउँदा खुशी हुनुहुन्छ होइन त ?
अवश्य पनि म मन्त्री हुँदा दुईटा गर्व गर्न लायक काम भए । एउटा त तत्कालिन समयमा राप्रपाका अध्यक्ष मेरा स्वर्गीय पिता पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले मलाई पार्टीबाट मन्त्रीमा सिफारिस गरेर संविधान निर्माण गर्ने सरकारमा पठाउनु भयो । मैले चुनाव लड्दा पनि संविधान दिने वाचा गरेको थिए । तत्कालिन प्रधानमन्त्री स्वर्गीय शुशील कोईरालाको नेतृत्वमा म समेत सहभागि मन्त्री परिषदको सक्रियता अनि म समेत सांसद रहेको संविधान सभाले संविधान जारी ग¥यो । आज संविधान दिवस हो । यो संम्झिदा मलाई गर्व लाग्छ । अर्को पाईप लाईन बनाउने सम्झोता मेरै पालामा गरिएको हो । त्यसले पुर्णता पायो । त्यसमा पनि मलाई अत्यन्त खुशी र गर्व लागेको छ । तीस वर्षसम्म बन्न नसकेको पाईप लाईन बन्यो । बि.स. २०१५ सालदेखि उठाउँदै आएको संविधान सभावाट संविधान बनाउने बचन पुरा भयो । यो खुशीको कुरा हो ।
० सरकारले सोचे जस्तो काम गर्न सकेन भन्नु भयो । तर प्रतिपक्षि दलसँग पनि जनताको विस्वास छैन । जनता त नेतृत्व नपाएर विभिन्न व्यक्तिका पछि लागेको देखिन्छ ?
प्रतिपक्षीले पनि सोचे जस्तो काम गर्न नसकेको सत्य हो । प्रतिपक्ष दह्रो बन्न प्रजातान्त्रिक शक्ति बलियो बन्नु पर्छ । जुन कुरा बिगतमा सूर्य बहादुर थापाले उठाउँदै आउनु भएको थियो । वृहत्तर प्रजातान्त्रिक गठबन्धन भएन भने कम्युनिष्टले मुलुक खान्छन् । देशमा राजनीतिक सन्तुलन हुन्न भन्नु भएको थियो । अहिले त्यस्तै देखिएको छ । त्यसैले नेपाली काँग्रेस जुन प्रमुख प्रतिपक्षी छ उस्ले सम्पूर्ण प्रजातान्त्रिक शक्तिलाई एकजुट बनाएर अगाडी बढ्नु पर्छ । अन्यथा कम्युनिष्टहरुको अधिनायकवादतर्फ मुलुक जान सक्छ । जस्ले मुलुकलाई हानी पु¥याउँछ । अहिले तपाईले प्रश्न गर्नु भए जस्तै व्यक्तिका पछि जसरी जनता लागेका छन् । यो त सबै राजनीतिक दललाई खबरदारी हो । तिमीहरु हाम्रा मुद्दा उठाउ भन्ने चेतावनी हो ।
० तपाई आफै इन्चार्ज रहनु भएको एक नम्बर प्रदेशमा कसरी काम गर्नु भएको छ, र धनुकटामा केछ ?
सबैतिर राम्रैसँग दुईपार्टी बीचको एकता भयो । एकाध ठाउँमा केही साथीहरु असन्तुष्ट हुन सक्छन्,काम गर्दा कहिले काँही त्यस्तो हुन्छ । सबैलाई सन्तुष्ट पार्न सकिदैन । तर सबैतिर झगडा नभई सोहार्दपुर्ण तरिकाले पार्टी एकता भयो,धनकुटामा पनि तीनटा नगरपालिका र चारवटा गाउँपालिका छन् । केही दिन अगाडी धनुकटा गएर सबै साथीहरुलाई भेटेर आए । बृहत्तर छलफल गरी आगामी कार्यक्रम बनाएर आए, धनकुटामा राप्रपा अहिले पनि एउटा शक्ति हो भन्ने सबै कार्यकर्तामा छ । त्यही अनुरुप साथीहरु अगाडी बढिरहनु भएको छ ।
Courtesy: http://nepalipatraonline.com/पेट्रोलियम-पाईप-लाईन-निर/
05/08/2018
भोलेनाथ कावरिया संघ द्वारा भोलि हुने कावरिया यात्राको पुर्व सन्ध्यामा आज वेलुका सुन्दरिजलमा हुने कावरिया भेलालाइ एराप्रपा(राष्ट्रवादी) का अध्यक्ष डा.प्रकाशचन्द्र लोहनि ज्यूले गर्नु हुने विशेष सम्वोधन न्यूज24 टेलिभिजनले वेलुका ८.३० वाट प्रतक्ष्य प्रसारण गर्नेछ।
20/08/2017
नगरमा मतदाता नामावलीका नाम लेखाउन जानेहरुको ठूलो भिड थियो । एमाले नेताहरु सेटिङ मिलाएर कर्मचारीलाई राति घरमा बोलाउने र आफ्नो मानिसहरुको नाम लेखाउने गरेका थिए ।
http://www.onlinekhabar.com/2017/08/619036/
मध्यरातमा एमाले नेताको घरमै मतदाता नामावली संकलन गरेको भन्दै हंगामा
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank