Bishnu Gautam

Bishnu Gautam

Share

“Building brighter futures through education and skill empowerment.”

15/01/2026

अबस्य पनि हजुरलाई हाम्रो अभियान फरक, प्रभावकारी र हृदयस्पर्शी लाग्नेछ।
कृपया www.laxmipratisthan.org अवलोकन गरी हामीलाई आफ्ना अमूल्य सल्लाह–सुझाव प्रदान गरेर मार्गदर्शन गर्नुहोला।
यदि हजुर पनि हामीले निरन्तर गर्दै आएका पवित्र मानवीय कार्यमा सहयात्रा गर्न चाहनुहुन्छ भने, लक्ष्मी प्रतिष्ठानमा हजुरलाई खुला मनले स्वागत गर्दछौ ।
हामीलाई पूर्ण विश्वास छ—यो अभियानमा जोडिँदा हजुरले पनि जीवन्त र फरक अनुभूति गर्नुहुनेछ।
जहाँ सह–भावना, सह–भागिता, समानता र उत्कृष्ट कर्मको गहिरो अनुभूति एकसाथ अनुभव गर्न सक्नुहुनेछ।
सबैको जय होस्!

14/01/2026

कुनैपनि देश देश राजनीतिक विचार, व्यवहार र व्यवस्थापनमै अडिएको हुन्छ। त्यसैले कसैको बहकाउमा परेर यसलाई गिजोल्नु हुँदैन। कहिलेकाहीँ हाम्रो सानो लहड वा गैरजिम्मेवार निर्णयले पनि देशलाई नै कोल्याप्सको दिशातर्फ धकेल्न सक्छ। यही कारणले म आफूलाई राजनीतिबारे पूर्ण बुझाइ नभएको ठानी, सकेसम्म त्यसबाट कोसौँ टाढा बस्ने प्रयास गर्छु।

08/01/2026

१२ वर्षअघि हामीले एउटा संकल्प लिएका थियौँ—
कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित नहोस्।

विभिन्न कारणले विद्यालयको ढोका टेक्न नपाएका बालबालिकाहरूलाई शिक्षाको उज्यालोमा ल्याउने यो अभियान आज पनि अडिग रूपमा अघि बढिरहेको छ। यो केवल कार्यक्रम होइन, यो हाम्रो प्रतिज्ञा हो, हाम्रो संघर्ष हो, र हाम्रो साझा सपना हो।

हजुरहरूबाट प्राप्त साथ, सहयोग र माया हाम्रो सबैभन्दा ठूलो शक्ति हो। यही शक्तिले हामीलाई कतै नअड्किन, नथाक्न र कहिल्यै नहार्न सिकाएको छ। समयसँगै धेरै परिवर्तन सम्भव भएका छन्—आज आशाविहीन अनुहारमा मुस्कान छ, निराश आँखामा भविष्य देखिन थालेको छ।

अझ केही वर्ष हामी यसैगरी अडिग रहन सक्यौँ भने, यो अभियान समाज रूपान्तरणको इतिहास बन्नेछ।

गरिबीलाई व्यापार बनाउनेहरूले, स्वार्थका लागि सपना कुल्चनेहरूले यो अभियान रोक्न खोजेनन् भने मात्र हुन्थ्यो—तर हामी हजारौँ दुष्प्रयास चिर्दै यहाँसम्म आइपुगेका छौँ। किनभने हामीसँग हजुरहरूको आशीर्वाद छ, र हामीसँग अटल संकल्प छ।

यो यात्रा सजिलो छैन, तर यो पवित्र छ।
यो बाटो कठिन छ, तर यो सही छ।

त्यसैले आज पनि हामी आह्वान गर्छौँ—
यो अभियान रोकिँदैन।
यो सपना अधुरो रहँदैन।

हजुरहरूको पवित्र माया, विश्वास र साथ निरन्तर प्राप्त भइरहोस्।

08/01/2026

शिक्षा बिना कुनै पनि समाज पूर्ण हुँदैन त्यसले बिबिध कारणले बिद्यालय जाननासकेका बालबालिकालाई शिक्षा प्रादानगर्न सहकार्य गरौ।

07/01/2026

सामाजिक सेवा केवल शब्दमा होइन,
कर्ममा देखिनुपर्छ।

Photos from Bishnu Gautam's post 29/12/2025

It is not enough to merely offer sympathy to children from marginalized communities.
True merit lies in creating an environment where they can stay healthy, receive quality education, and be supported to become self-reliant in the future.
to kno more about us plz log on to www.laxmipratisthan.org

27/12/2025

हार्दिक श्रद्धाञ्जली कुमार !

25/12/2025

“अध्यात्मले दु:ख र सुख दुवै अवस्थामा केवल सत्कर्म गर्न निर्देश दिएको ठानी, समभावसाथ आफूलाई अध्यात्मिक यात्राको एक बटुवा मात्र मानेर निरन्तर सत्यपथमा अघि बढिरहेका छौँ।”

www.laxmipratisthan.org

16/12/2025

यो जीन्दगीको अद्धभुत कथा।

13/12/2025
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

http://www.laxmipratisthan.org/, http://www.laxmipratisthanofusa.org/

Address


Kathmandu