13/01/2026
वी विल राइज फाउण्डेसन परिवारमा विनोद र राज गुरुङज्यूलाई बोर्ड निर्देशकका रूपमा हार्दिक स्वागत 🙏
हङकङलाई आधार बनाएर सामाजिक अभियानहरू थप सुदृढ गर्ने उद्देश्यसहित उहाँहरूलाई बोर्डमा समावेश गरिएको हो।
विनोद र राज गुरुङज्यूको उद्यमशीलता, व्यावसायिक अनुभव तथा नेपाल र हङकङ दुवै स्थानमा सामाजिक सक्रियताप्रतिको प्रतिबद्धताले WWRF को दृष्टिकोण र अभियानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
नयाँ जिम्मेवारीका लागि दुवैजनालाई धेरै–धेरै शुभकामना 🙏❤️
10/09/2025
ढलेको विश्वास, जलेको संसद, चित्कारिएको सडक… , दशकौँको अस्थिरता, असंख्य धोका, थुनिएका आवाज र जलाइएका सपना बीच पनि आशा अझै बाँचिरहेछ । यो माटोमा ढलेको हरेक रक्तबिन्दु भविष्यको बिउ बन्नेछ । हामी उठ्नेछौं, हाम्रो देश फेरि उठ्नेछ। भविष्यको उज्यालो लिएर......🇳🇵
21/06/2025
Congratulations to 𝗚𝗿𝗮𝗻𝗱𝗺𝗮𝘀𝘁𝗲𝗿 Tulsi Kumar Gurung, Chairman of We Will Rise Foundation, on Becoming Nepal’s First Ever 9th DAN in Taekwondo!
Your remarkable achievement is a testament to your dedication, discipline, and passion. As a leader and inspiration to many, you have set a historic milestone for Nepal and the Taekwondo community.
We celebrate your success and wish you continued strength and success in all your future endeavors.
— We Will Rise Foundation
16/02/2024
18th Safal Pokhara Marathon!
20/07/2023
‘मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ मा विजेता दस भिडियो हालै हङकङमा प्रदर्शन भएको छ । नेपालको कुना कन्दरामा रहेका नवीन पर्यटकीय थलो, हाम्रा कला संस्कृति, रितीरिवाज एवं पहिचानलाई हङकङेलीहरु माँझ उजागर गर्न यसले राम्राे सघाएको छ । प्रचुर पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका पर्यटकीय थलोहरू विश्वमाँझ प्रवद्र्धन गर्ने उद्देश्यले ‘नेपाल टुरिज्म फिल्म फेस्टिभल’ को थालनी गरिएको हाे । आउनुहोस् हाम्रा यि ओझेलमा परेका गन्तव्यहरुलाई विश्वमाँझ चिनाउँन सँगै हातेमालो गरौं ।
कार्यक्रमलाई सफल बनाउन सघाउने राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स, हङकङ नेपाली महासंघ, एनआरएनए हङकङ, मितेरी सेवा समिति पोखरा हङकङ, नेपाली क्लब हङकङ, ओम नमो बुद्ध आमा समूह, कोन्मै घोथाने गुरुङ समाज, नादा समाज हङकङ, राइज मिडिया नेटवर्क, नेपाल पर्यटन बोडर्, एचके नेपाल डट कम, एनएचडीडी स्टुडियो, एच के ट्युब नेपाल अनलाइन, मेरो लाइफस्टाइल लगायत सहयोगी सम्पूर्णप्रति कृतज्ञ छौं ।
Photo : Jagat Ambu Gurung & NHDD Studio HK