SEE परीक्षामा नतिजा निल ल्याउने सम्पूर्ण विद्यालयहरूको शिक्षकहरूले नैतिकताको आधारमा तुरुन्त राजीनामा दिनुपर्छ । अन्यथा अयोग्य घोषणा गरी बर्खास्त गर्नुपर्छ । सरकारको ध्यान यसमा तुरुन्त जाओस् ।
Agnesh Shree
आमा ! म तिम्रो उज्यालो अनुहार हेरीरहेछु ।
भर्खरै रिजल्ट आएको SEE परीक्षामा, आफ्नो विषयमा नतिजा नील गराउन सफल देशभरिका शिक्षकहरूलाई तुरुन्त राजीनामा माग सरकार ।
14/05/2026
प्रदेश मन्त्रालय पनि कायम गरौं।
14/05/2026
संविधान लेख्दा अलंकारिक राष्ट्रपति बनाउने, अनि महाराजाधिराजको सम्मान खोज्ने ??
#संविधानलेख्नेकोकोहो??
राष्ट्रपतिको अपमान भएको महसुस राष्ट्रपतिलाई छ भने ।
राजीनामाको ढोका खुल्ला छ।
हाम्रो राष्ट्रिय पोशाक छैन हजुर।
इच्छा अनुसारको लुगा लाउँदा हुन्छ।
राष्ट्रिय पोशाक चाहिन्छ भन्ने छ भने नियम अनुसार व्यवस्था गरौं। हुँदै नभएको कुरालाई आधार मानेर रोइलो नगरम ।
अध्यादेश जारी भएसँगै पद'मुक्त हुने निकायहरू:
✅️✅️✅️✅️✅️✅️✅️✅️✅️✅️✅️✅️✅️
सार्वजनिक पदाधि'कारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' अनुसार १ सय १० वटा कानुनहरू परि'मार्जन भई विभिन्न निकायका १ हजार ५ सय ३४ सार्वजनिक पदाधि*कारीहरू पदमुक्त हुँदैछन्।
पदमुक्त हुने पदाधि****कारीहरू रहेका निका*यहरूको सूची निम्नुसार छ:
१. नेपाल वायुसेवा निगम
२. राष्ट्रिय समाचार समिति
३. कर्मचारी सञ्चय कोष
४. गोरखापत्र संस्थान
५. नेपाली भाषा प्रकाशन संस्थान
६. चलचित्र जाँच समिति
७. सञ्चार संस्थान ऐन अन्तर्गतका निकाय
८. शिक्षक सेवा आयोग
९. गुठी संस्था र त्यसका समितिहरू
१०. राष्ट्रिय प्रकृति संरक्षण कोष
११. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
१२. नेपाल विद्युत् प्राधिकरण
१३. लुम्बिनी विकास कोष
१४. नेपाल संस्कृति विश्वविद्यालय
१५. पशुपति क्षेत्र विकास कोष
१६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT)
१७. आयुर्वेद चिकित्सा परिषद्
१८. काठमाडौं उपत्यका विकास प्राधिकरण
१९. राष्ट्रिय बीउबिजन समिति
२०. नेपाल खानेपानी संस्थान
२१. नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान
२२. नागरिक लगानी कोष
२३. प्रेस काउन्सिल
२४. नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST)
२५. कृषि अनुसन्धान परिषद् (NARC)
२६. राष्ट्रिय दुग्ध विकास बोर्ड
२७. काठमाडौं विश्वविद्यालय
२८. राष्ट्रिय चिया तथा कफी विकास बोर्ड
२९. बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
३०. स्तनपान संरक्षण तथा सम्वर्द्धन समिति
३१. स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान
३२. समाज कल्याण परिषद्
३३. त्रिभुवन विश्वविद्यालय
३४. विश्वविद्यालय अनुदान आयोग
३५. नेपाल स्काउट
३६. पूर्वाञ्चल विश्वविद्यालय
३७. पत्रकार न्यूनतम पारिश्रमिक निर्धारण समिति
३८. नेपाल नर्सिङ परिषद्
३९. नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (ICAN)
४०. नेपाल स्वास्थ्य व्यवसायी परिषद्
४१. बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
४२. पोखरा विश्वविद्यालय
४३. दूरसञ्चार प्राधिकरण
४४. नेपाल नागरिक उड्डयन प्राधिकरण
४५. नगर विकास कोष (कार्यकारी निर्देशक)
४६. औद्योगिक व्यवसाय विकास प्रतिष्ठान
४७. अन्तर्राष्ट्रिय वित्तीय कारोबार प्रवर्द्धन समिति
४८. भवन निर्माण तथा व्यवस्था सुदृढिकरण समिति
४९. नेपाल इन्जिनियरिङ्ग परिषद्
५०. नेपाल पशु चिकित्सा परिषद्
५१. बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्
५२. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र
५३. नेपाल फार्मेसी परिषद्
५४. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
५५. सडक बोर्ड
५६. धितोपत्र बोर्ड (SEBON)
५७. प्रतिस्पर्धा प्रवर्द्धन तथा बजार संरक्षण बोर्ड
५८. सूचना प्रविधि न्यायाधिकरण र पुनरावेदन न्यायाधिकरण
५९. लुम्बिनी बौद्ध विश्वविद्यालय
६०. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS)
६१. सार्वजनिक खरिद पुनरावलोकन समिति
६२. सूचना आयोग
६३. वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
६४. बिरूवा क्वारेन्टाइन समिति
६५. नेपाल ट्रष्टको सञ्चालक समिति
६६. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान
६७. नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान
६८. नेपाल सङ्गीत तथा नाट्यकला प्रज्ञा प्रतिष्ठान
६९. नेपाल प्रज्ञा प्रतिष्ठान
७०. सुदूरपश्चिम विश्वविद्यालय
७१. मध्यपश्चिम विश्वविद्यालय
७२. कृषि तथा वन विज्ञान विश्वविद्यालय
७३. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
७४. बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग
७५. सत्य निरूपण तथा मेलमिलाप आयोग
७६. राष्ट्रिय युवा परिषद्
७७. पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
७८. नेपाल खुला विश्वविद्यालय
७९. निक्षेप तथा कर्जा सुरक्षण कोष प्रवन्ध समिति
८०. विशेष आर्थिक क्षेत्र प्राधिकरण (SEZ)
८१. केन्द्रीय श्रम सल्लाहकार परिषद
८२. सामाजिक सुरक्षा कोष (SSF)
८३. विपद् व्यवस्थापन प्राधिकरण
८४. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान
८५. स्वास्थ्य बीमा बोर्ड
८६. राजर्षि जनक विश्वविद्यालय
८७. अपाङ्गता राष्ट्रिय निर्देशन समिति
८८. राष्ट्रिय सहकारी नियमन प्राधिकरण
८९. लगानी बोर्ड
९०. राष्ट्रिय जनस्वास्थ्य समिति
९१. नेपाल मेडिकल काउन्सिल
९२. राष्ट्रिय चिकित्सा शिक्षा आयोग
९३. जीवनाशक विषादी व्यवस्थापन समिति
९४. वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्
९५. औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड
९६. संघीय भू–उपयोग परिषद्
९७. विज्ञापन बोर्ड
९८. परमाणविक अनुसन्धान केन्द्र
९९. राष्ट्रिय खेलकुद परिषद्
१००. विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालय
१०१. बीमा प्राधिकरण
१०२. नेपाल प्रत्यायन केन्द्र
१०३. रेल्बे बोर्ड
१०४. पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्
१०५. मदन भण्डारी विश्वविद्यालय
१०६. खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समिति
१०७. शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
१०८. सुरक्षण मुद्रण केन्द्र
१०९. सार्वजनिक सेवा प्रशारण संस्था
30/04/2026
केही मान्छेहरुलाई लाग्दो होला त्रिभुवन विश्वविद्यालय परिसरको क्रीकेट रंगशालामा डोजर चलाइए पनि त्यो सही नै हुनेछ । तर अलिक लामो घाँटी तन्काएर परसम्म हेरियो भने देखिनेछ :
१. अमेरिकाको मिचिगन विश्वविद्यालय परिसर भित्र अमेरिकाकै सबभन्दा ठूलो र विश्वको तेस्रो ठूलो रंगशाला Michigan Stadium रहेको छ जसको नाम नै The Big House राखिएको छ । यो रंगशालाको मालिक स्वयं विश्वविद्यालय रहेको छ।
२. अमेरिकाकै मिसिसिपीमा oxford university staduim छ जुन baseball प्रतियोगिताको लागि प्रख्यात छ । यसको स्वामित्व university of mississippi ले लिने गरेको छ।
३. दिल्ली विश्वविद्यालयमा रगबी खेलको लागि प्रख्यात Delhi University Stadium छ जहाँ १० हजार दर्शकले खेल हेर्न सक्छन।।
४. चीनको पेकिङ विश्वविद्यालय परिसरभित्र Peking University Gymnasium छ जहाँ २००८ को ओलम्पिक खेलाइएको थियो ।
५. जापानको टोक्यो विश्वविद्यालय परिसरभित्र University of Tokyo Goten-Sh*ta Staduim छ जहाँ फुटबल, भलिबल, बास्केटबल, फुटसल जस्ता बहुआयामिक खेल एकै चोटि खेलाउन सकिन्छ।
यी केही उदाहरण हुन । रंगशाला र खेल मैदान नभएको विश्वविद्यालय सायदै होला दुनियाँमा । रंगशाला भनेको विश्वविद्यालयको मापदण्ड भित्र पर्ने एक अभिन्न अंग हो । यसले विश्वविद्यालयलाई मानक मात्र बनाउदैन सुभोभित पनि बनाउछ । हाम्रो त्रिभुवन विश्वविद्यालय गरीब छ । आफैले रंगशाला बनाउन सक्दैन ।अरुले बनाइदिएर भए पनि इज्जत जोगिएको छ । तर खरानी ग्याङलाई यो रंगशाला जलाउँ जलाउँ लाग्दो रहेछ, भत्काउँ भत्काउँ लाग्दो रहेछ । अनि त क्रीकेट मैदान खाली गराउने उर्दी जारी हुँदा पनि परर ताली ठोक्छ्न ।
सरकारले अध्यादेशको झटारोले हानेर ।
नयाँ राष्ट्रपतिको ढोका खोल्न खोजिरहेको त होइन ??
Click here to claim your Sponsored Listing.
Location
Contact the business
Telephone
Website
Address
Bidur-10, Nuwakot
Kathmandu
