National Tea and Coffee Development Board of Nepal

National Tea and Coffee Development Board of Nepal

Share

National Tea and Coffee Development Board (NTCDB ) is established under Ministry of Agricultural for promoting tea and coffee sector of Nepal.

28/10/2024

२० औं राष्ट्रिय कफी दिवसको जानकारी सम्बन्धमा ।

Photos from National Tea and Coffee Development Board of Nepal's post 14/02/2024

चियाको आन्तरिक बजार प्रवर्द्धन गर्ने उद्देश्यले चितवनमा आयोजना गरिएको राष्ट्रिय चिया प्रदर्शनी तथा टि टेस्टीङ कार्यक्रमको केहि झलक हरु
मिति : २०८०/१०/२६ र २७ गते
स्थान: नारायणी नदि किनार

29/12/2023

नेपाली सिटिसी चियाको ट्रेडमार्क डिजाइन बारे

28/04/2021

२५ औँ राष्ट्रिय चिया दिवसको शुभकामना

सम्पुर्ण विश्व कोरोना महामारीसँग जुधिरहेको पृष्ठभूमिमा राष्ट्रिय चिया दिवसको २५ औँ संस्करण हामी माझ आइपुगेको छ । एकातिर भौतिक दुरी कायम गर्दै स्वास्थ मापदण्डहरूको पालन गरि कोरोना महामारीबाट बच्नु परेको छ भने अर्कातिर महामारीका कारण ध्वस्त भएको मुलुकको अर्थतन्त्रलाई माथि उठाउन पनि उत्तिकै महत्वपुर्ण रहेको छ ।

गएको वर्ष कोरोना महामारीले धेरै क्षेत्रमा नकारात्मक असर पार्र्यो । यद्यपी अन्य क्षेत्रको तुलनामा नेपालको चिया क्षेत्रले त्यति धेरै क्षेति व्यहोर्नु परेन । लकडाउनका बीच पनि स्वास्थ्य सम्बन्धी सरकारले तय गरेका मापदण्डहरू पालना गरि बोर्डको अग्रसरतामा चिया बगान र उद्योगहरू सञ्चालनमा रहे । जसले गर्दा अन्य बाली एवं वस्तुको उत्पादनमा गिरावट आउँदा पनि चियाको निर्यातमा उल्लेखनिय वृद्धि भएको देखिन्छ ।

नेपालले धेरै उपभोग्य वस्तुहरू आयात गर्नु परेको परिप्रेक्ष्यमा मुलुकलाई आवश्यक पर्ने चिया आफै उत्पादन गरि आत्मनिर्भर भएको पनि धेरै भईसक्यो । स्वदेशमा चिया उपभोग गरि बढि भएको उत्पादन भारत लगायतका तेश्रो मुलुकमा निर्यात गर्नुपरेको अवस्था हाल विद्यमान छ । नेपाली चियाको खपत वार्षिक २०० ग्राम प्रति व्यक्ति भन्दा कम रहेको अनुमान गरिन्छ । छिमेकी मुलुक भारतमै वार्षिक ३३० ग्राम प्रति व्यक्ति खपत रहेको सन्दर्भमा नेपालमा चिया उपभोग अत्यन्तै न्यून रहेको आँकलन गर्न सकिन्छ । तसर्थ, आन्तरिक खपत वृद्धि गर्न निर्यातका अलावा स्वदेशी बजार विस्तारमा चिया उद्यमी र सरोकारवालाहरू लाग्नु पर्ने देखिन्छ।

चियामा पाइने Theaflavin तत्वले नोभेल कोरोना भाइरसको असरलाई रोक्न सक्ने Tea Research Association ले अनुसन्धानबाट हालसालै पत्ता लगाएको सन्दर्भमा यस महामारीलाई चियाको बजार विस्तार गर्ने अवसरको रूपमा लिन सकिन्छ । आगामी दिनमा बोर्डले चियाको आन्तरिक बजार प्रवर्द्धनमा रणनीतिक रूपमा अघि बढ्ने कुरा २५ औँ राष्ट्रिय चिया दिवसको अवसरमा व्यक्त गर्न चाहन्छौँ।

अन्त्यमा, चिया कृषक, उद्योगी व्यवसायी, सहकारी, चिया पारखी र सबै सरोकारवालाहरूमा राष्ट्रिय चिया दिवसको शुभकामना अर्पण गर्दछु ।

स्वदेशमा उत्पादित चिया पिउने गरौँ,
स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ ।

२०७८ बैशाख १५ गते

......................................
डा. विष्णु प्रसाद भट्टराई
कार्यकारी निर्देशक

07/12/2020

चिया/कफी नर्सरी वर्गिकरण तथा प्रमाणिकरणका लागि सूचिकृत हुने बारे सूचना

प्रथम पटक प्रकाशित मिति २०७७।८।२२

नेपालमा चिया तथा कफी खेतीको विस्तारलाई व्यवस्थित एवं वैज्ञानिक बनाउन चिया/कफी नर्सरीहरूको सूचिकरण गरि वर्गिकरण तथा प्रमाणिकरण गर्ने कार्यका लागि चिया तथा कफी विरूवा उत्पादन गर्ने कार्यमा संलग्न नर्सरीहरूले निम्न कागजातहरू सहित यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र यस बोर्डमा सूचिकृत गर्नुहुन यो सार्वजानिक सूचना प्रकाशन गरिएको छ ।

आवश्यक कागजातहरू
१.निवेदन र सूचिकरण फारम
२.नर्सरी धनीको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३.व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी
४.PAN/VAT मा दर्ता भएको भए प्रमाणपत्रको प्रतिलिपी
५.नर्सरी सम्बन्धी तालिम लिएको भए तालिमको प्रमाणपत्रको प्रतिलिपी

सूचिकृत हुन निवेदन पेश गर्न सकिने कार्यालयहरू

केन्द्रीय कार्यालय - कीर्तिपुर, प्रादेशिक कार्यालयहरू - झापा र पोखरा, चिया तथा कफी विकास कार्यालयहरू - फिक्कल, जस्वीरे, मंगलबारे, पाँचथर, धनकुटा, तेह्रथुम, नुवाकोट र प्युठान

निवेदनको ढाँचा र सूचिकरण फारमका लागि तल लिंकमा क्लिक गर्नुहोस् ।
https://teacoffee.gov.np/notice/notice-16073257655

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kirtipur
Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00