Nepal Academy

Nepal Academy

Share

The official FB page of Nepal Academy

28/05/2026
Photos from Nepal Academy's post 30/04/2026

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १७ गते ,बिहीवार•भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानलेप्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्नुभएको उक्त समारोहमा पुरस्कृत स्रष्टालाई पुष्पमाला नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले गर्नुभएको थियोे ।•प्रज्ञा-प्रतिष्ठानका कुलपति राईले जनही १,०००००/ (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई र ७ जनालाई रू ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार समर्पण गर्नुभएको थियोे ।प्रज्ञा पुरस्कार-२०८२ मा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,गद्यसाहित्यतर्फ आहुति,
भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा,बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,अनुवादतर्फ डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ
बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ
अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण गर्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक स्थापना गरेको ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार- २०८२ कुलपति राईले १ नम्बर प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारी'लाई समर्पण गरिएको थियोे।
• सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले समारोहलाई सम्बोधन गर्दै भाषा ,साहित्य ,संस्कृति र समाजशास्त्र लगायतका ज्ञानका विविध आयाममा साधनारत प्रतिनिधिमूलक प्रतिभालाई प्रज्ञा पुरस्कार दिन पाएकामा गौरवबोध भएको बताउनुभएको थियोे ।उहाँले प्रज्ञा पुुरस्कारबाट पुरस्कृत स्रष्टा आहुतिले भने जस्तै पुरस्कार भनेको वर्गीय राजनीति नै हो भन्ने ठोकुवा गर्नुभएको थियोे ।
•नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टा बारे बधाई मनतव्य राख्नुभएको थियोे ।
•यस्तै , प्रज्ञा पुरस्कारबाट पुरस्कृत व्यक्तित्व प्रा.डा. अभि सुवेदी ,आहुति ,डा. डम्बर चेम्जोङ र सुशीला प्रधानाङ्गले आआफ्नो मनतव्य प्रस्तुत गर्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीको उद्घोषण रहेको थियोे ।
•प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले प्रज्ञा पुरस्कारका बारेमा,प्राज्ञ परिषद् सदस्य तथा समालोचना , साहित्येतिहास विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रज्ञा पुरस्कारबाट पुरस्कृत स्रष्टाका बारेमा मनतव्य राख्नुभएको थियोे ।प्रज्ञा-प्रतिष्ठानका परिषद् सदस्य तथा पद्य /काव्य विभाग प्रमुख बाबा बस्नेतले स्वागत मनतव्य राख्नुभएको थियोे ।

Photos from Nepal Academy's post 28/04/2026

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न ।
पोखरा ।•नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियोे ।
• नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभाको प्रमुख उपस्थितिमा उक्त कार्यक्रम भएको थियोे ।उहाँले प्रगतिशील साहित्य लेखन समाज रूपान्तरणको मूल प्रवृत्ति भएको बताउनु भएको थियोे।अबको पुस्ताले सांस्कृतिक रूपान्तरणमा प्रगतिशील साहित्यको भूमिका महत्त्वपूर्ण छ भन्ने बुझ्नु जरुरी भएको बताउँदै कवितासमेत वाचन गर्नुभएको थियो।
•विशेष अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा.कृष्णराज अधिकारीले मार्क्सवादी साहित्य र संस्कृतिले मात्रै समुन्नत समाज निर्माण गर्न सकिने बताउनुभएको थियोे ।उहाँले नेपाल जस्तो बहुजातीय र बहुभाषिक समाजमा 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने उद्घघोष सार्थक भएको बताउँदै प्रतिष्ठानका कार्यहरू बारे प्रकाश पार्नु भएको थियोे ।
•विशेष अतिथि प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मातृभाषा कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपाली 'अगिब'ले कार्यक्रममा गीत प्रस्तुत गर्दै
भाषा ,साहित्य र संस्कृतिको उन्नायन बारे चित्रण गर्नुभएको थियोे ।
• गोष्ठीमा प्रा.डा. यदुनन्दन उपाध्यायले ‘प्रगतिशील नेपाली साहित्य लेखनका प्रवृत्ति’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे नेपाल संस्कृत विश्व विद्यालयका अध्यापक ,कवि ,समालोचक
तेजविलास अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियोे ।आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा मगरभाषा साहित्यका अध्येता लोकबहादुर थापा मगरले ‘गण्डकी प्रदेशको भाषिक अवस्था’का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे ।यस बारे डा. यमनाथ तिमिल्सिनाले समीक्षात्मक टिप्पणी गर्नु भएको थियोे ।
•त्रिविका अध्यापक तथा दर्शनशास्त्रका अध्येता समीर सिंहले ‘वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।यस बारे राजनीतिक विश्लेषक सावित्री दुराले टिप्पणी गर्नुभएको थियोे ।
•कार्यक्रममा प्रा.डा. ज्ञानबहादुर कार्की, झलकपाणी तिवारी, विद्याविमल बराल, यादवराज उपाध्याय, परशुराम कोइराला, छवि सुवेदीले कार्यपत्रहरूमाथि पूरक टिप्पणी प्रस्तुत गर्नुभएको थियोे ।
•गण्डकी साहित्य सङ्गमका अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष पद्मराज ढकालले स्वागत मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य नारायण मरासिनीले कार्यक्रमको उद्घोषण गर्नुभएको थियोे ।

24/04/2026

प्रज्ञा पुरस्कार-२०८२ घोषणा ।
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र
सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ गरेको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तिअनुसार जनही १,०००००। (एक लाख )राशि रहेको प्रज्ञा पुरस्कार १२ जनालाई दिइने भएको छ ।जसमा समालोचनातर्फ प्रा.डा.अभि सुवेदी,भाषातर्फ प्रा.मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ,पद्य साहित्यतर्फ शैलेन्द्र साकार ,संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा बालसाहित्यतर्फ सुशीला प्रधानाङ्ग,गद्य साहित्यतर्फ आहुति,दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली,अनुवादतर्फ
डा.सर्वोत्तम श्रेष्ठ,अन्तर्देशीयतर्फ नरेश काङमाङ राई (बेलायत),मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई)तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार-२०८२ प्रदान गरिने भएको छ। यसैगरी जनही रु ५०,००० (पचास हजार) राशि रहेको प्रज्ञा प्रादेशिक पुरस्कार नेपाल प्रज्ञा-प्रतिष्ठानले पहिलोपटक ७ जनालाई दिने भएको छ ।जसमा कोसी/१ नम्बरतर्फ मलिसा याक्थुम्बा लिम्बु (महेन्द्रकुमार नेम्बाङ),मधेस प्रदेशतर्फ मुना चौधरी,बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना,गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ,लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर,कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य, सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल 'सोडारीलाई प्राज्ञ प्रादेशिक पुरस्कार प्रदान गरिने भएको छ।
उक्त प्रज्ञा पुरस्कारहरू २०८३ साल वैशाख १७ गते बिहीवार नेपाल प्रज्ञा-प्रतिष्ठानको सिद्धिचरण सभाकक्ष, कमलादी, काठमाडौँमा कार्यक्रम आयोजना गरी प्रदान गरिने भएको छ।

22/04/2026

नेपाल प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र सङ्गोष्ठीका लागि लेख / रचना पठाउन अब दुई हप्ता मात्र बाँकी छ ।

20/04/2026

नेपाल प्रज्ञा-प्रतिष्ठानको "समकालीन साहित्य"को आगामी अङ्क "पर्यावरण साहित्य" विशेष निकाल्ने भएकाले यससम्बन्धीआलेख,समालोचना,नाटक र निबन्ध लगायतका लेख /रचनाहरू आव्हान गरिन्छ।

Photos from Nepal Academy's post 14/04/2026

मातृभाषा साहित्यको ३० अौँ शृङ्खला सम्पन्न ।
'चोमोलुङ्मा वा ज्योमोलाङ्मा' नाम हुँदाहुँदै किन अर्को नाम'सगरमाथा' राखियो ? पहिलाकै ती नाम राख्दा के उचाइ घट्थ्यो र ?- कुलपति राई
काठमाडौँ।
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण
प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियोे।
• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन
गर्नुभएको थियोे ।उहाँले मातृभाषाका बारेमा काम गर्दा मार्क्सवादी भएको आरोप लगाउने पनि छन् । यदि समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्दा मार्क्सवादी भन्छन् भने मलाई मार्क्सवादी हुनुमा गर्व छ। प्रज्ञा- प्रतिष्ठान समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्न सक्षम भएको बताउँदै संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्धान गर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । साथै, उहाँले वर्तमान सरकार दुई-तिहाई नजिक रहेकाले मातृभाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्य हुनेमा आफू आश्वस्त रहेको बताउँदै पहिले किरात भाषामा 'चोमोलुङ्गा' र शेर्पाभाषामा 'ज्योमोलाङ्मा' भनिन्थ्यो ।तर पछि यसलाई किन सगरमाथा नामाकरण गरियो ? यसले गम्भीर प्रश्न उठाएको छ ।चोमोलुङ्मा वा ज्योमोलाङ्मा नामलाई नै व्याप्कता दिँदा के नै बिगरिन्थ्यो र ? के त्यसको उचाइ घट्थ्यो र ? यसरी इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ ।
•प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रयाप्त बजेटका अभावका बाबजुद पनि मातृभाषामा जे जति काम भएको छ ,त्यो सम्झिनलायक नै छ भन्ने धारणा राख्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख,कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठानबाट मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि मातृभाषाको क्षेत्रमा नयाँ जागरण आएको चर्चा गर्दै मातृभाषाका पाठ्यपुस्तक निर्माण हुँदा विषयवस्तुमा के कस्तो प्रभाव परेको छ । त्यस्ता पाठ्यपुस्तकहरू प्रत्येक आदिवासी जनजातिको सौन्दर्यअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियोे।
•अध्येताद्व्य किरणकुमार बरामले 'बराम समुदायको लोकसाहित्य'र पदम रानाले 'रानाथारु साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियोे।
•प्रज्ञा-प्रतिष्ठानले आफ्नो स्थापना भएको ६८ वर्षको इतिहासमा पहिलोपटक शेर्पा भाषाको पत्रिका 'ज्योमोलाङ्मा'प्रकाशित गरेको थियोे ।यसको सार्वजनिकीकरण कुलपति राई लगायतले गर्नुभएको थियोे ।
•प्रत्येक कार्यक्रममा फरक-फरक मातृभाषाका तीन कविले कविता वाचन गर्ने गर्छन् ।यसपटक भने भोजपुरी भाषाका कवि रितेश त्रिपाठी ,आठपहरीया भाषाका कवि विमला राई,अछामी भाषाका कवि प्रदीप जैसीले आआफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियोे ।
•सार्वजनिकीकरण गरिएको शेर्पाभाषाको उक्त पत्रिकाको समीक्षात्मक मनतव्य पत्रिकाका कार्यकारी सम्पादक दावा शेर्पा (डि.एन.)ले गर्नुभएको थियोे।शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ राजन मुकारुङलाई खादा ओढाएर सम्मान स्वरूप मायाको चिन्हो र राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि एक थान पुस्तक उपहार प्रदान गर्नुभएको थियोे ।
कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।

Photos from Nepal Academy's post 14/04/2026

प्रज्ञा-प्रतिष्ठानमा "वर्तमान समयमा स्रष्टाको दायित्व" विषयक विचारगोष्ठी सम्पन्न।
काठमाडौँ,२०८२ चैत २४ गते,मङ्गलवार ।
•प्रगतिवादी साहित्यकार तथा समालोचक घनश्याम ढकालको १४औँ स्मृति दिवसका अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (समालोचना र साहित्येतिहास) विभागले घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा "वर्तमान समयमा स्रष्टाको दायित्व"विषयक विचारगोष्ठी भव्यतापूर्वक
सम्पन्न गरेको थियोे। उक्त गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य डा. अमर गिरीले उक्त विषयको अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो।
•गोष्ठीमा नेपाल प्रज्ञा -प्रतिष्ठानका कुलपति भूपाल राईले लेखक ,साहित्यकार भनेका समाज रूपान्तरणका सांस्कृतिक संवाहक हुन ।यो कुरा प्रगतिशील विचारबाट मात्रै सम्भव छ। तर, प्रगतिशील भनिएका लेखकहरू स्वयम्मा प्रगतिशील छन् कि छैनन् ,तिनको जीवनशैली र कार्यशैली बारे प्रश्न ,प्रतिप्रश्न गर्नुपर्ने समय आएको कुरा उहाँले बताउनुभएको थियोे। साथै,कुलपति राईले घनश्याम ढकाललाई प्रगतिवादी कथाकार ,समालोचक र सौन्दर्य चिन्तकका रूपमा आफूले चिनेको बताउँदै घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानसँग सदैव सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको थियोे।
•प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रगतिवादी कथाकार र सौन्दर्य चिन्तकका रूपमा प्रसिद्ध स्रष्टा घनश्याम ढकाल सधैँ हामीसामू रहिरहे एक अमर स्रष्टा भएको कुरा आफ्नो स्वागत मनतव्यमा क्रममा उल्लेख गर्नुभएको थियोे ।
•प्रगतिवादी साहित्यकार घनश्याम ढकाल बारे नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा दर्शनशास्त्र विभाग प्रमुख डा. कृष्णराज अधिकारीले घनश्याम ढकालको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पार्नुभएको थियो।
• प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख डा. मधुसूदन गिरीले प्रगतिवादी स्रष्टा घनश्याम ढकाललाई एक निष्ठावान् स्रष्टाको रूपमा चित्रित गर्दै धन्यवाद ज्ञापन प्रस्तुत गर्नुभएको थियोे ।
•डा. अमर गिरीले आफ्नो अवधारणा पत्र प्रस्तुत गर्दै ''वर्तमान समयलाई तीव्र सूचना प्रवाह, बजारवाद र उपभोक्तावाद हाबी भएको र प्रविधिको वर्चस्व बढ्दै गएको समयका रूपमा चित्रित गर्दै यस्तो समयमा स्रष्टाहरूले सङ्गठित र सिर्जनात्मक रूपमा समाजपरक र सौन्दर्यपरक भूमिका निर्वाह गर्नुपर्ने" विचार व्यक्त गर्नुभएको थियोे । डा. गिरीले “मानवताका पक्षमा, परिवर्तनका पक्षमा र सुन्दर समाज निर्माणका पक्षमा उभिने स्रष्टाहरूले आफैँ आफ्नो भूमिकालाई परिभाषित गर्नुपर्छ । आजको मानवद्वेषी संरचनाविरुद्ध नउभिई स्रष्टाले यस दायित्वलाई निर्वाह गर्न सक्दैनन्”भन्ने कुरा आफ्नो अवधारणा पत्रमा प्रस्तुत गर्नुभएको थियोे ।नेपालको बिग्रँदो आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक स्थिति स्रष्टाका लागि गम्भीर सरोकारको विषय भएको चर्चा गर्दै डा. गिरीले "परिवर्तनका निम्ति सङ्घर्षरत स्रष्टाहरूबिचको सहकार्यलाई बढाउन आवश्यकता रहेको "पनि औँल्याउनुभएको थियोे। गिरीले अवधारणापत्रमा "अन्यायपूर्ण युद्धको प्रतिवाद, आणविक हतियार निर्माणको होड र पर्यावरण विनाशले निम्त्याएको सङ्कटप्रति पनि स्रष्टाहरूको गम्भीर सरोकार" हुनुपर्नेमा कुरामा जोड दिनुभएको थियोे ।
•डा. गिरीको अवधारणापत्रमाथि टिप्पणी गर्दै प्रा.डा. रमेशप्रसाद भट्टराईले "स्रष्टाहरूले प्रतिरोधी ज्ञान निर्माणको अगुवाई गर्नुपर्नेमा पछिल्लो समयमा त्यो भूमिका फितलो हुँदै गएको जिकिर गर्नुभएको थियोे । डा. भट्टराईले ज्ञान निर्माण कुनै एकजना व्यक्तिको क्षमताको विषय नभई संस्थागत र सामूहिक प्रयत्नको उपज" हुने बताउनुभएको थियोे । उहाँले “ज्ञान निर्माणको काम प्रतिष्ठानहरू, बौद्धिक सङ्गठनहरू, सांस्कृतिक संस्थाहरू र प्रगतिशील लेखक सङ्घ जस्ता मञ्चहरूबाट हुनुपर्ने हो । तर, पछिल्लो समयमा प्रगतिशील लेखक सङ्घ कहाँ छ वा छ कि छैन, कसैलाई थाहा छैन । त्यसको उपस्थिति बजारमा कतै देखिन्नँ ।” डा. भट्टराईले हाल उत्तरआधुनिकतावादका नाममा भइरहेको सांस्कृतिक अतिक्रमणको पनि स्रष्टाहरूले प्रतिवाद गर्नुपर्ने" बताउनुभएको थियोे।
•अर्का टिप्पणीकार सांस्कृतिक अध्येता भोगीराज चाम्लिङले "आज नेपालका समाजवादी चिन्तन बोक्ने स्रष्टाहरूले नेपाली समाजभित्रै रहेका प्रगतिशील तत्त्व र समाजवादमैत्री ज्ञान प्रणालीहरूलाई आत्मसात् गरेर मात्रै विश्वव्यापी रूपमा साम्राज्यवादी संस्कृतिसँग जुध्न सक्ने "विचार व्यक्त गर्नुभएको थियोे । उहाँले "नेपाली राजनीतिका परिवर्तनहरूलाई जोगाउन र नयाँ न्यायपूर्ण समाज निर्माण गर्न समुदायको ज्ञानमा भएको भौतिकवादी र प्रगतिशील तत्त्वलाई अँगाल्नुपर्ने"मा जोड दिनुभएको थियोे ।
•गोष्ठीमा घम्बर नेपालीले''नेपाली समाजको आजको स्थिति, निजी सम्पत्तिको उन्मूलनको अवस्था, दक्षिण एसियाली समाजमा जात व्यवस्थाको विभेद र समाजवादी आन्दोलन''बारे विचार राख्नुभएको थियोे । त्रिविका उपप्राध्यापक तथा समालोचक विष्णु ज्ञवाली,साहित्यकारद्वय सरोजदिलु विश्वकर्मा र कल्पना खरेल लगायतले आआफ्ना विचार प्रस्तुत गर्नुभएको थियोे ।
•कार्यक्रमका सभाध्यक्ष,घनश्याम सांस्कृतिक प्रतिष्ठानका कार्यवाहक अध्यक्ष तथा प्रगतिवादी साहित्यकार हरिहर खनालले संस्था बारे प्रष्ट पार्नुभएको थियोे । उद्घोषण घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानका सदस्य तथा नेसंविका उपप्राध्यापक तेजविलास अधिकारीले गर्नुभएको थियो।

Photos from Nepal Academy's post 14/04/2026
Photos from Nepal Academy's post 14/04/2026

पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी'सहित दार्चुलामा !
दार्चुला ,खलङ्गा।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या' विषयक कार्यक्रम दार्चुलाको
खलङ्गामा पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था 'मानसखण्ड गुरुकुल'को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको थियो ।कार्यक्रममा महाकाली नगरपालिका दार्चुला,डिलासैनी गाउँपालिका बैतडी ,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियोे । प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खल‌ङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।यसै क्रममा कुलपति राईले 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको छ । सबै भाषा र जातजातिको साझा थलोको रूपमा विकास गर्दै भौगोलिक विभेद ,जर्जर मान्यता र जडताविरुद्ध प्रज्ञा-प्रतिष्ठानलाई गाउँ-गाउँसम्म पुर्याएर प्राज्ञिक सचेतता फैल्याउनमा आफू उद्धत रहेको उहाँले बताउनु भएको थियोे ।साथै, ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले`विद्यालयमा कुलपति' कार्यक्रमआयोजना गर्नुपरेको बताउनु भएको थियोे ।सुदूरपश्चिम प्रदेशमा
डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य ,संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिनुभएको थियोे ।साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई 'सबै भाषा :सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान´भन्ने उद्घोष सार्थक भएको विचार प्रकट गर्नुभएको थियोे ।
विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्‌‌गोष्ठीले यस प्रदेशका सबै जिल्ला ,पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको छ।यसले अवश्य पनि सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियोे ।उहाँले यस क्षेत्रको पहिचान ,संस्कृति ,भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताउनुभएको थियोे । नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत छन् ।तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पार्नुभएको थियोे ।
दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली ,डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियोे।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा ,दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति रहेको थियोे ।(२०८२ चैत ७ गते ,शनिवार)

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
44600