31/03/2026
नेपाली कांग्रेसका श्रेदेय नेता जीवन बहादुर शाही स्पष्ट कुरा !!
हामी नेपाली काग्रेस पेज लाई गरौ
नेपा?
31/03/2026
नेपाली कांग्रेसका श्रेदेय नेता जीवन बहादुर शाही स्पष्ट कुरा !!
नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन २०८३ असोज १६, १७ र १८ गते काठमाडौंमा गर्ने गरी मिति संशोधन सहित केन्द्रीय समितिबाट पारित।
वडा तहको अधिवेशन भदौ ३ बाट शुरु।
जय नेपाल।
24/03/2026
, "म नेपाली काङ्ग्रेस पार्टीको सभापति हो । म यो टिमको क्याप्टेन हो र मेरो नेतृत्वमा हामी निर्वाचनमा गएको हो । यो भएको भए के हुन्थ्यो, त्यो भएको भए के हुन्थ्यो भन्ने विश्लेषणका ठाउँहरु छन् । तर पनि जवाफदेहिता भनेको मैले त्यसको जिम्मेवारी लिनुपर्छ । म त्यो निस्कर्षमा किन पुगेको भने मेरो जवाफदेहीताको विषय हो मैले यो कुरा गर्नुपर्छ । मैले आफ्नो कर्तव्य जे ठाने त्यो पूरा गरेँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिले जे कर्तव्य ठिक हो भन्यो उल्ले गर्यो । अब यस्मा को ठिक को बेठिक भनेर थप गलफती गर्न वा दोहोरी खेलिराख्न आवस्यक हुँदैन भन्नि म ठान्दछु । म भन्दा ठूलो केन्द्रीय कार्यसमिति हो, केन्द्रीय कार्यसमिति भन्दा ठूलो महाधिवेशन हो । त्यसैले निर्वाचनसँग जोडिएर मैले गरेको निर्णय, त्यो निर्णय उपर केन्द्रीय कार्यसमितिले गरेको निर्णयको एउटा अध्याय समाप्त भयो । एउटा नयाँ अध्याय आजबाट प्रारम्भ भएको छ ।"
19/03/2026
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा ५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्....
18/03/2026
चुनावी हार पछि कांग्रेसमा देखा परेको बिवाद बारे पूर्व नेपाल प्रहरीका एआईजी रमेश खरेलको मिन बिश्वकर्मा लगायतलाई कटाक्ष सहित लेख “भदौ २३ र २४ गते पछि अरुलाई संयमता सिकाउँदै हिँडेका नेपाली कांग्रेसका नेताहरुलाई अहिले यो संवेदनशिल समयमा संयमता कसले सिखाइदेओस्, कुन्नी । फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनपछि आएको मतपरिणामले हतास भएका कांग्रेसी नेताहरुले सार्वजनिक रुपमा गर्दै हिँडेको टिप्पणीहरु समग्र कांग्रेसलाई नै अहित गर्ने खालको छ । यत्रो समयसम्म पार्टीलाई आफ्नो कब्जामा राखेर 'ग्रासरुट'सम्मै कांग्रेसको संगठन कमजोर पार्ने, कांग्रेसलाई 'इरेलिभेन्ट' बनाउनेहरु अहिले आएर चुनावी नतिजा राम्रो भएन भन्नु अशोभनिय, गैरजिम्मेवारीपनाको पराकाष्ठा हो । अहिले आएर सबै मिलेर पार्टीलाई पुनः एकीकरण गर्नुभन्दा आपसी द्वन्द निम्त्याउन खोज्ने हो भने, नेपाली कांग्रेसको हाल, सत्ता र शक्तिभन्दा निकै टाढा, भारतीय कांग्रेसजस्तो हुँदैन भन्न सकिँदैन । अहिलेको समय कांग्रेसका लागि शुन्य समयजस्तै हो । अब कांग्रेसले आफ्ना कमीकमजोरी केलाउनु पर्नेछ, संगठनलाई मजबुत पार्नुपर्नेछ, र आफूलाई रिलिभेन्ट बनाउनुपर्नेछ । आफूले बहन गर्नुपर्ने जिम्मेवारी बहन नगरि नेतृत्वको आलोचना गरेर पार्टी र लोकतन्त्र कहिल्यै सबल हुनेवाला छैन । सबल कांग्रेस भनेको, सुदृढ लोकतन्त्र हो । जसको फाइदा अन्ततः देशले नै पाउनेछ ।
निर्वाचनका बेला कांग्रेसको पक्षमा मत माग्ने आँट समेत नगरेर विदेश हाँकीएका ती नेताहरुका सभापति र तिनीहरु चाहीँ, अझै पनि कांग्रेस बदलिन पर्छ भन्ने पक्षमा देखिँदैनन् । जुनकी दुःखद हो । मीन विश्वकर्माजी, जय नेपाल, है ।
10/03/2026
यो जीत इलामको हो !
मलाई अत्याद्यिक मत प्रदान गरी विजयी गराउनु भएकोमा सम्पूर्ण इलाम १का मतदाताहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । हामी चाँडै नै तपाईंहरूका हरेक वडामा आएर प्रत्यक्ष संवाद गर्नेछौं।
09/03/2026
मनाङ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित टेक बहादुर गुरुङ ज्यूलाई बधाई एवं सफल कार्यकालको शुभकामना !
09/03/2026
इलाम-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित निश्कल राई ज्यूलाई बधाई तथा सफल कार्यकालको शुभकामना !
समानुपातिक तर्फ (फागुन २४ दिउँसो ५:४० बजे )
सदर मत संख्या- ९४३२३४२
रास्वपा- ४५५८०९५- ४८%
कांग्रेस- १५२८७८०- १६ %
एमाले- १२७४७७७- १३ %
नेकपा- ६८६२७१- ७%
राप्रपा- ३०१८६३- ३ %
श्रम संस्कृति- ३२४४१५- ३%
जसपा- १४६३०५- १ %
09/03/2026
यस्तो कठिन परिस्थितिमा
२०८२ फागुन २१ सम्पन्न निर्बाचन मा रुख चिन्ह का
निर्बाचित १८ उम्मेद्बारी लाई हार्दिक बधाई तथा शुभकामना।
जय नेपाल 🌳
१- मोहमद फिर्दोश आलम - रौतहट -२
२- बिष्णु बहादुर खड्का - सुर्खेत -१
३- सन्दिप राना :- पाल्पा -१
४- नरेन्द्र कुमार केरुङ - पाँचथर -१
५- अभिषेक प्रताप शाह - कपिलवस्तु -३
६- खडक बहादुर बुढा - जाजरकोट -१
७- जनक राज गिरि - बाजुरा -१
८- भरत बहादुर खड्का - डोटि -१
९- निश्कल राई - इलाम -१
१०- प्रकाश सिंह कार्की - सोलुखुम्बु -१
११- भरत कुमार श्वार - अछाम -१
१२- मोहन आचार्य - रसुवा -१
१३- बासना थापा - दैलेख -१
१४- सन्तोष सुब्बा - तेह्रथुम -१
१५- जयपती रोकाय - हुम्ला -१
१६- खड्क शाही - मुगु -१
१७- योगेश गौचन थकाली - मुस्ताङ -१
१८- टेक बहादुर गुरुङ - मनाङ -१
सम्पुर्ण मा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
जय नेपाल।
#निर्बाचितकाङ्रेससंसद
09/03/2026
हार्दिक बधाई!
नेपाली काङ्ग्रेस इलाम क्षेत्र न. १ का युवा उमेद्वार निश्कल राइलाइ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा हार्दिक बधाई