Om Shanti Daily Murali Nepali

Om Shanti Daily Murali Nepali

Share

The Brahma Kumaris are a spiritual movement that originated in Hyderabad, Sindh, during the 1930s. The Brahma Kumaris movement was founded by Lekhraj Kripalani.

The organisation is known for the prominent role that women play in the movement. ॐ शान्ति ब्रम्हकुमारीज विश्वविद्यालय ��

26/10/2022

27-10-2022
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”

मधुबन“ मीठे बच्चे– तिमी ले यस पतित दुनियाँबाट आफ्नो बुद्धियोग निकालेर बेहदको संन्यासी बन्नु छ , संन्यासी मतलब पूरा पवित्र र पक्का योगी।”प्रश्न:–कुनचाहिँ अवस्था आएपछि मायाको तुफान समाप्त हुन्छ?उत्तर:–जब मेरो पति, मेरो बच्चा.... यस मेरो-मेरोबाट बुद्धियोग टुट्छ। मेरो त एक शिवबाबा दोस्रो न कोही– यो बुद्धिमा पक्का हुन्छ। एक बाबासँग नै पूरा बुद्धियोग लागेको हुन्छ, तब मायाको तुफान समाप्त हुन्छ।

ओम् शान्ति। भगवानुवाच। यो त बच्चाहरूले बुझेका छौ– आत्माहरूको पिता, उहाँलाई भनिन्छ परमपिता परम आत्मा। बाबा स्वयं सम्झाउनुहुन्छ– आकारमा मेरो कुनै ठूलो रूप छैन। जस्तै आत्माको लागि भन्छन् तारा जस्तै छ, भृकुटीको बीचमा रहन्छ। त्यस्तै म पनि परम आत्मा हुँ। उहाँको महिमा धेरै छ। ज्ञानसागर हुनुहुन्छ। बाँकी यति ठूलो चित्र जत्रो छैन। यति ठूलो भए त यस शरीरमा पस्न सक्नुहुने थिएन। यहाँ त शिवलिङ्गको पूजा गर्छन् त्यसैले ठूलो बनाउँछन्। बुढीऔंला जस्तो भन्छन्। आत्मा मतलब आत्मा, केवल उहाँलाई परम भनिन्छ, जो परमधाममा रहनुहुन्छ। तिमीलाई थाहा छ– यतिबेला यो समय हो आसुरी दुनियाँ, आसुरी सम्प्रदाय। सत्ययुगमा यहाँ देवताहरूको राज्य थियो, अहिले त आसुरी राज्य छ। हेर, के-के खान्छन्! मासु, रक्सी– यो राक्षसी आहार हो, यस कुरालाई पनि जान्दैनन्। विद्यालयमा पनि कसैको राम्रो विचार, कसैको रजोगुणी, कसैको तमोगुणी हुन्छ। जसले अरूलाई बुझाउन सक्दैन उसलाई बुद्धु भनिन्छ। ब्रह्माकुमार-कुमारीहरूमा पनि नम्बरवार महारथी, घोडसवार, पैदल सेना धेरै छन्। जसले राम्रोसँग बुझाउन सक्दैनन्, ज्ञान पूरा नभएकाले डिससर्भिस गर्छन्। जति जसमा ज्ञान छ, त्यति बुझाउँछन्। नम्बरवार त छन्। कहीं गल्ती पनि गर्छन्। बच्चाहरूलाई नशा हुनु पर्छ– हामी त देवता बनिरहेका छौं। बाबा स्वयं भन्नुहुन्छ– म पतितहरूको दुनियाँमा आउँछु। सत्ययुगमा यिनै नारायण थिए। अहिले फेरि यिनको तनमा आएको छु, यिनलाई नै नरबाट नारायण बनाउँछु। नम्बरवन पूज्य पनि यिनै थिए, अहिले नम्बरवन पुजारी पनि यिनै बनेका छन्। फेरि यिनको नै अलराउन्ड पार्ट छ। यो मैले नियुक्त गरेको तन हो। यो परिवर्तन हुन सक्दैन। यस्तो होइन कहिलेकाहीँ अरूलाई अवसर दिऊँ। यो ड्रामा बनिबनाउ हो। यसमा परिवर्तन हुन सक्दैन। बाबा भन्नुहुन्छ– म आउँछु पतितहरूको दुनियाँमा, तर कुनैलाई पतित भनेमा रिसाउँछन्। तर जब भगवानुवाच छ– सबै आसुरी सम्प्रदाय हुन्, त्यसैले मान्नु पर्यो नि। भगवान मतलब भगवान निराकार, न ब्रह्मा, न विष्णु, न शङ्कर, न कृष्ण...। बाबा भन्नुहुन्छ– म परमात्मा पनि तिमी जस्तै छु। भगवानुवाच– म तिमीलाई राजयोग सिकाउन आएको छु। योगको कति महिमा छ। धेरै योग आश्रम खुलेका छन्। त्यसमा हठयोग आदि सिकाउँछन्। तर तिमीले योगबलद्वारा सारा विश्वलाई स्वर्ग बनाउँछौ। विश्वलाई परिवर्तन गर्छौ। सारा दुनियाँ त योगमा रहँदैनन्। योगको कति महिमा छ, जसबाट दुनियाँ स्वर्ग बन्छ। तर कसैलाई थाहा छैन– यसलाई स्वर्ग कसले बनाएको हो? अवश्य यस्तो कोही स्वर्ग बनाउनेवाला छ। बाबा भन्नुहुन्छ– म नै आएर देवता बन्ने कर्म सिकाउँछु। यो त धेरै सहज छ। उनीहरूले धेरै यज्ञ गर्छन्। यहाँ तिमीले कुनै यज्ञ हवन गर्छौ र? धूप पनि वास्नाको लागि बाल्छौ। बाँकी यहाँ कर्मकाण्डको कुनै कुरा छैन। त्यसैले बाबाले आफ्नो परिचय दिनुहुन्छ– जस्तो तिमी छौ त्यस्तै म पनि आत्मा हुँ। तर मैले पुनर्जन्म लिन्नँ, जन्म लिन्छु तर मरणमा आउँदिनँ। मेरो जयन्ती मनाउँछन्। म यस तनमा पढाउनको लागि आउने-जाने गर्छु, यसलाई मृत्यु भनिदैन। म आउँछु देवता बनाउन। अहिले जो आएर पढ्छन्..., पढ्छन् पनि उनैले जसले कल्प पहिले पढेका थिए। धेरै समयदेखि बिछोड भएका उनै सिकीलधे बच्चाहरू हुन्, अरू कहाँ ८४ जन्ममा आउँछन् र। हामीले नै सारा ८४ को चक्कर लगाउँछौं। मनुष्य त धेरै जन्म लिने कुराले दिक्क हुन्छन्, तिमीलाई भन्छन्– हामी ८४ को चक्रमा आउन चाहँदैनौं। तर हामी कति पहलवान छौं, झन् खुशी हुन्छौं। हामी यस ८४ को चक्रलाई याद गर्दै-गर्दै चक्रवर्ती राजा बन्छौं। उनीहरूको झण्डामा पनि चक्र छ, फेरि उनीहरूले चर्खा बनाइदिएका छन्। त्यसको सट्टा तिम्रो कोट अफ आर्म (राजमुद्रा) ठीक छ। माथि शिवबाबा, तल त्रिमूर्ति र चक्र बिल्कुलै ठीक राखिएको छ। यो तिम्रो शिवको झण्डा बिल्कुलै ठीक छ।

तिमीलाई सम्झाउनु भएको छ– संन्यास दुई प्रकारका हुन्छन्। एउटा हुन्छ निवृत्ति मार्गको संन्यास, जो जंगलमा जान्छन्, त्यो हो अर्ध संन्यास। तिम्रो हो पूर्ण संन्यास। के को? सारा आसुरी दुनियाँको संन्यास गर्छौ– मेरो पति, मेरो बच्चा, मेरो गुरु... ती सबै मेरो-मेरोबाट बुद्धियोग तोड्छौ। मेरो त एक शिवबाबा, दोस्रो न कोही। जबसम्म यो अवस्था आउँदैन, तबसम्म तुफान आइरहन्छ। विचलित भइरहन्छौ। बाबाले सारा आसुरी दुनियाँको संन्यास गराउनुहुन्छ किनकि यो सबै भस्म हुनु छ। उनले यस्तो भन्दैनन्– सबै भस्म हुनु छ। तिमी रहन्छौ सम्बन्धीहरूको बीचमा तर उनलाई देखेर पनि बुद्धि त्यहाँ लागेको हुन्छ। मेरो केही छँदै छैन, त्यसैले काम क्रोध कोसँग हुन्छ! यो युक्ति धेरै राम्रो हो, तर जब बुद्धिमा बस्छ भने मात्र। यसलाई राजयोग भनिन्छ। तिमीले योग लगाउँछौ, रजाइँ लिन्छौ। त्यो हो हठयोग। यी गहन प्वाइन्टहरू हुन्। योगी त दुनियाँमा धेरै छन्। तर बाबा भन्नुहुन्छ– एक जनाको पनि मसँग योग छैन। मेरो सट्टा मेरो निवास स्थान ब्रह्मतत्त्वसँग योग छ। जस्तै भारतवासीले आफ्नो निवास स्थान, हिन्दुस्तानलाई आफ्नो धर्म मानेर बसेका छन्। त्यस्तै उनीहरूले पनि आफूलाई ब्रह्मको बच्चा सम्झन्छन्, वास्तवमा बच्चा पनि भनिदैन। बच्चा भनेपछि त फेरि वर्सा चाहिन्छ। उनीहरूले त भन्छन्– तत्त्वमा लीन हुन्छौं। बाबालाई त अनुभव छ। धेरै संन्यासी, गुरुहरूसँग अनुभव गरेका छन्। अर्जुनलाई पनि देखाउँछन् धेरै गुरु थिए। तिमीहरू सबै अर्जुन हौ। यस समयमा सारा दुनियाँमा रावणको राज्य छ, सारा दुनियाँ लङ्का हो। एक सीलोनको द्वीप मात्रै लङ्का होइन। त्यो हदको लङ्का हो। तर बेहदको लङ्का त सारा दुनियाँ हो। अहिले सारा दुनियाँमा रावणको राज्य छ। रामको राज्यमा यति मनुष्य थिएनन्। जब रामराज्य हुन्छ, त्यतिबेला रावणराज्य हुँदैन। कहाँ जान्छ? तल पातालमा जान्छ। फेरि रावणराज्य आएपछि रामराज्य तल जान्छ। यो ड्रामा हो नि। जब चक्र घुम्छ, तब सत्ययुग माथि आउँछ। द्वापर, कलियुग तल जान्छ। त्यसैले सत्ययुग त्रेता तलबाट माथि आउँछ। हो चक्रको कुरा, उनीहरूले यस्तो लेखिदिएका छन्। बाँकी कुनै सागरमा जाँदैन वा सागरबाट निस्केर आउँदैन।

बाबा सम्झाउनु हुन्छ– यी धेरै गहन बुझ्नु पर्ने कुरा हुन्। यसमा पवित्रता हो फस्ट र योग पक्का हुनु पर्छ। यसलाई भनिन्छ– पूर्ण संन्यास। यस दुनियाँबाट बुद्धियोग समाप्त। यो कुरा तिमीहरूमा पनि कसैले मात्रै बुझ्छन्। सबैले बुझे भने त ज्ञान गङ्गा बन्ने थिए। साना नदी बन्ने थिए, नहर बन्ने थिए। राम्रो तलाउ बनेर घरमा सुनाए भने पनि बुझिन्छ केही त बुझेका रहेछन्। तर घरमा पनि बताउन सक्दैनन्। बाबा भन्नुहुन्छ– जति नै गरिब भए पनि घरमा गीता पाठशाला खोल्न सक्छौ। ठीकै छ एउटा कोठा होस्, त्यसैमा खाने-पिउने सुत्ने होस्। काम सकेर सफाई गर अनि फेरि यो क्लास गराऊ। तीन पाइला पृथ्वीमा यति ठूलो हस्पिटल खोल्न सक्छौ। धनवानको कुरा छोड। बाबा त गरिब निवाज हुनुहुन्छ नि। धनवानले त भन्छन्– हामीलाई त यहाँ नै स्वर्ग छ। बाबा भन्नुहुन्छ– ठीक छ, तिमी आफ्नो स्वर्गमा नै खुशी होऊ। मैले तिमीलाई किन ज्ञान दान दिऊँ! दान पनि गरिबलाई दिइन्छ। ठूला मानिस त यहाँ जमीनमा बस्नुपर्दा तर्सिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो महलमा नै बस। मेरो पासमा त गरिब आउँछन्, जसले राम्रोसँग पढ्छन्। यदि अरूलाई सुनाउन सक्दैनौ भने सानो तलाउ पनि ठहरिएनौ। तिमी त ठूलो नदी बन्नु छ। मम्मा बाबालाई अनुसरण गर्नु छ। तर घरमा पनि सुनाउन सक्दैनौ भने अञ्जुलीको पानी जति पनि ठहरिएनौ। बाबालाई त मज्जा आउँछ ज्ञान गङ्गाको सामुन्ने। बाबाको सम्मुख सुन्दा कति खुशी हुन्छन्। तर यहाँबाट उठेर सिँढी तल उत्रिने बित्तिकै नशा पनि उत्रिन थाल्छ। घर पुगेपछि त फेरि उही परचिन्तन चल्छ। बाबाले त चालचलनबाट बुझ्नुहुन्छ। आउँछन् मिल्नको लागि। भन्छन् मेरो पति, मेरो बच्चा हो। अरे तिम्रो पति कहाँबाट आयो? आउँछौ स्वर्गमा जानको लागि फेरि पनि मेरो-मेरोमा फसेका छौ। ठीक छ, यति डोज पर्याप्त छ। दिनु यति पर्छ, जति पचाउन सक्छन्। बाबाले सारमा बताउनु भएको छ। योगद्वारा तिमीले स्वर्गको स्थापना गरिरहेका छौ। बाँकी बादशाहीको लागि ज्ञान चाहिन्छ। दुई विषय छन्। यी बाबाले पनि योगमा रहने पुरुषार्थ गर्छन् त्यसैले त भन्छन् नि– न बिसरो न याद रहो। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) यस पुरानो दुनियाँको पूर्ण संन्यास गर्नु छ। पवित्रता र योगको विषयमा पहिलो नम्बर लिनु छ।

२) ज्ञान गङ्गा बनेर पतितहरूलाई पावन बनाउने सेवा गर्नु छ। मम्मा बाबालाई अनुसरण गरेर ठूलो नदी बन्नु छ।

वरदान:–ब्राह्मण जीवनमा कम खर्च बालानशीन गर्ने अलौकिकता सम्पन्न भव
यस अलौकिक ब्राह्मण जीवनको विशेष स्लोगन छ “कम खर्च बालानशीन”। खर्च कम होस् तर प्राप्ति शानदार होस् अर्थात् रिजल्ट राम्रो भन्दा राम्रो होस्। अलौकिकता सम्पन्न जीवन तब भनिन्छ जब बोलीमा, कर्ममा खर्च कम हुन्छ। कम समयमा काम ज्यादा होस्, कम बोलीमा स्पष्टीकरण ज्यादा होस्, सङ्कल्प कम होस् तर शक्तिशाली होस्– यसलाई भनिन्छ कम खर्च बालानशीन। जसले सबै खजाना कम खर्च गर्छन्, उनको भण्डारा भरपुर हुन्छ।स्लोगन:–बाबा र सेवासँग सच्चा प्यार छ भने परिवारको प्यार स्वत: मिल्छ।

मातेश्वरीजीका अनमोल महावाक्य:–

१) अहिले यो जुन शिरोमणि गीतामा भगवानुवाच छ– प्यारा बच्चाहरू! जहाँ जित छ, त्यहाँ म छु, यो पनि परमात्माको महावाक्य हो। पहाडहरूमा जुन हिमालय पहाड छ, त्यसमा म हुँ र नागहरूमा काली नाग म हुँ। त्यसैले पर्वतमा उच्च पर्वत कैलाश पर्वत देखाउँछन् र नागहरूमा काली नाग, यसबाट सिद्ध हुन्छ– परमात्मा यदि सबै नागहरूमा केवल काली नागमा हुनुहुन्छ भने सबै नागहरूमा उहाँको वास भएन। यदि परमात्मा उच्चभन्दा उच्च पहाडमा हुनुहुन्छ मतलब होचो पहाडहरूमा हुनुहुन्न अनि फेरि भनिएको छ– जहाँ जित त्यहाँ मेरो जन्म, मतलब हारमा होइन। यो कुराले सिद्ध गर्छ– परमात्मा सर्वव्यापी हुनुहुन्न। एकातिर यस्तो पनि भन्छन् र अर्कातिर यस्तो पनि भन्छन्– परमात्मा अनेक रूपमा आउनुहुन्छ। जस्तै परमात्मालाई २४ अवतारको रूपमा देखाएका छन्। भन्छन्– कछुवा, माछा आदि सबै रूप परमात्माको हो। अब यो हो उनीहरूको मिथ्या ज्ञान, त्यसैगरी परमात्मालाई सर्वत्र मानेर बसेका छन्, जबकि यतिबेला कलियुगमा सर्वत्र माया नै व्यापक छ। फेरि परमात्मा व्यापक कसरी ठहरिनुभयो? गीतामा पनि भनिएको छ– म मायामा व्यापक छैन, यसबाट सिद्ध हुन्छ– परमात्मा सर्वत्र हुनुहुन्न।

२) अब यो त हामीलाई थाहा छ– हामी निराकारी दुनियाँ भन्छौं भने निराकारको अर्थ यो होइन– त्यसको कुनै आकार हुँदैन। निराकारी दुनियाँको मतलब हो अवश्य कुनै दुनियाँ छ, तर त्यसको स्थूल सृष्टि जस्तो आकार छैन। त्यसैगरी परमात्मा निराकार हुनुहुन्छ तर उहाँको आफ्नो सूक्ष्म रूप अवश्य छ। हामी आत्मा र परमात्माको धाम निराकारी दुनियाँ हो। हामीले दुनियाँ शब्द भन्छौं भने यसबाट सिद्ध हुन्छ– त्यो दुनियाँ हो र त्यहाँ रहन्छन् त्यसैले त दुनियाँ नाम राखिएको छ। दुनियाँले त सम्झन्छन्– परमात्माको रूप पनि अखण्ड ज्योति तत्त्व हो, त्यो भयो परमात्माको रहने ठेगाना, जसलाई रिटायर्ड होम भनिन्छ। हामीले परमात्माको घरलाई परमात्मा भन्न सक्दैनौं। अर्को छ आकारी दुनियाँ, जहाँ ब्रह्मा, विष्णु, शङ्कर देवताहरू आकारी रूपमा रहन्छन् र यो हो साकारी दुनियाँ, जसका २ भाग छन्– एउटा छ निर्विकारी स्वर्गको दुनियाँ जहाँ आधाकल्प सर्वदा सुख हुन्छ, पवित्रता र शान्ति हुन्छ। दोस्रो छ विकारी कलियुगी दु:ख र अशान्तिको दुनियाँ। अब उनीहरूले २ दुनियाँ किन भन्छन्? किनकि यो जुन मनुष्यले भन्छन्– स्वर्ग र नर्क दुवै परमात्माले रच्नु भएको दुनियाँ हो, यसमा परमात्माको महावाक्य छ– प्यारा बच्चाहरू! मैले कुनै दु:खको दुनियाँ रचेको होइन, मैले जुन दुनियाँ रचेको हुँ त्यो सुखको रचेको हो। अहिले यो जुन दु:ख र अशान्तिको दुनियाँ छ, त्यो मनुष्य आत्माहरूले आफूले आफैंलाई र म परमात्मालाई भुल्नाले यो हिसाब-किताब भोगिरहेका छन्। बाँकी यस्तो होइन जुन समयमा सुख र पुण्यको दुनियाँ हुन्छ, त्यहाँ कुनै सृष्टि चल्दैन। हो, अवश्य जब हामीले भन्छौं– त्यहाँ देवताहरूको निवास स्थान थियो, त्यतिबेला त्यहाँ सबै प्रवृत्ति चल्थ्यो तर यति अवश्य थियो– त्यहाँ विकारी जन्म हुँदैनथ्यो, जसकारण यति कर्मबन्धन थिएन। त्यस दुनियाँलाई कर्मबन्धन रहित स्वर्गको दुनियाँ भनिन्छ। त्यसैले एक छ निराकारी दुनियाँ, दोस्रो छ आकारी दुनियाँ, तेस्रो छ साकारी दुनियाँ। अच्छा– ओम् शान्ति।

26/10/2022

26-10-2022 ओम् शान्तिप्रातः मुरली“बापदादा” मधुबन
“ मीठे बच्चे– सदा यसै नशामा रहने गर– हामी शिववंशी ब्रह्मा मुखवंशावली ब्राह्मण हौं , हाम्रो ईश्वरीय कुल सबैभन्दा उच्च छ।”
प्रश्न:–माथि घरमा जाने लिफ्ट कहिले मिल्छ? त्यस लिफ्टमा को बस्न सक्छ?
उत्तर:–अहिले सङ्गमयुगमा नै घर जाने लिफ्ट मिल्छ। जबसम्म कोही बाबाको बन्दैन, ब्राह्मण बन्दैन तबसम्म लिफ्टमा बस्न सक्दैन। लिफ्टमा बस्नको लागि पवित्र बन, स्वदर्शन चक्र घुमाऊ– यिनै पखेटा हुन्। यिनै पखेटाहरूको आधारबाट घर जान सक्छौ।

ओम् शान्ति। मीठा-प्यारा सङ्गमयुगी ब्राह्मणहरू, जसलाई स्वदर्शन चक्रधारी भनिन्छ, उनीहरूले अहिले गुप्त भेषमा पढिरहेका छन्। तिमीलाई कसैले पनि जान्न सक्दैन– यी सङ्गमयुगी ब्रह्मा मुखवंशावली हुन्। तिमी बच्चाहरूलाई थाहा छ– हामी शिववंशी ब्रह्मा मुखवंशावली हौं। कुलको पनि नशा चढ्छ किनकि तिमीहरू नै ईश्वरीय कुलका हौ। ईश्वर नै बसेर तिमीलाई आफ्नो बनाउनु भएको छ, आफ्नो साथमा लैजानको लागि। बच्चाहरूले जान्दछन् भने बाबाले पनि जान्नुहुन्छ– आत्मा पतित बनेको छ। अब पावन बन्नु छ। अहिले बच्चाहरूलाई निश्चय भएको छ– हामी शिववंशी ब्रह्मा मुखवंशावली हौं। तिम्रो नाम पनि हो ब्रह्माकुमार-कुमारी। सारा दुनियाँ शिववंशी हुन्। ब्राह्मण कुलभूषण पनि बन्छन् तर जब पहिला शिव बाबालाई चिन्छन्। यतिबेला तिमी साकारमा बाबाका बनेका छौ। जब निराकारी दुनियाँमा हुन्छौ अनि सर्वोत्तम शिववंशी हौ। तर जब बाबा साकारमा आउनुहुन्छ, तिमी ब्रह्मा मुखवंशावली बन्छौ। एक सेकेन्डमा बाबाले केबाट के बनाउनुहुन्छ। बाबा भन्यो, बच्चा बन्यो। जसरी आत्माले मुखबाट बोल्छ तर देखिँदैन। त्यसैगरी म पनि यतिबेला साकारमा आएको छु, बोलिरहेको छु। तिमीलाई शरीर नमिलेसम्म पार्ट कसरी खेल्न सक्छौ। तिमी त बाल, युवा अनि वृद्ध अवस्थामा आउँछौ। म यी अवस्थाहरूमा आउँदिनँ। त्यसैले त भनिन्छ मेरो जन्म दिव्य र अलौकिक छ। तिमी त गर्भमा प्रवेश गर्छौ। मैले स्वयं भन्छु– म ब्रह्मा तनमा, यिनको धेरै जन्मको अन्त्यको समय वानप्रस्थ अवस्थामा प्रवेश गर्छु र तिमीलाई बसेर पढाउँछु। तिमीलाई कुनै मनुष्यले पढाउँदैन किनकि कुनै पनि मनुष्यमा ज्ञान छैन। भन्छन्– पतित-पावन आउनु होस्, तर पतित-पावन को? कृष्ण त सत्ययुगका पहिलो राजकुमार हुन्। उनी पतित-पावन हुन सक्दैनन्। मनुष्य मर्दा भन्छन् राम-राम भन, जब कसैलाई फाँसीमा चढाउँछन्, त्यतिबेला पादरीहरूले पनि भन्छन्– परमपिता परमात्मालाई याद गर किनकि परमपिता परमात्मा नै सुखदाता हुनुहुन्छ। बाबाले नै आएर सबै रहस्य सम्झाउनुहुन्छ। अहिले सङ्गमयुग हो, हाम्रा सुखका दिन आइरहेका छन्। ८४ जन्म पूरा भयो। अहिले सङ्गमको सुन्दर समय हो। यही एक युग हो माथि चढ्ने, मानौं माथि जाने लिफ्ट मिल्छ तर जबसम्म पवित्र बन्दैनन्, स्वदर्शन चक्रधारी बन्दैनन् तबसम्म लिफ्टमा बस्न सक्दैनन्। यतिबेला मानौं पखेटा मिलेको छ किनकि मायाले पखेटा काटिदिएको छ। जब बाबाको बन्छन्, ब्राह्मण बन्छन् अनि मात्रै पखेटा मिल्छ। अहिले सङ्गममा ब्राह्मण छौ फेरि देवता बन्छौ। तिमी अहिले सङ्गमयुगी हौ र सत्ययुगी राजधानीमा जाने पुरुषार्थ गरिरहेका छौ। बाँकी सबैको लागि सुखका दिन आइरहेका छन्। तिमीलाई धैर्य मिलिरहेको छ। दुनियाँ त घोर अन्धकारमा छन्।

तिमीलाई बाबा भन्नुहुन्छ– स्वदर्शन चक्रधारी ब्राह्मण कुलभूषण। यो कोही नयाँले सुने भने भन्छन्– यी कसरी स्वदर्शन चक्रधारी बन्न सक्छन्! स्वदर्शन चक्रधारी त विष्णु हुन्, कति फरक भयो। तिम्रो बुद्धिमा त सारा चक्र छ। यतिबेला तिमी हौ ईश्वरीय सन्तान फेरि बन्छौ दैवी सन्तान अनि फेरि वैश्य, शूद्र सन्तान बन्छौ। यतिबेला सबैभन्दा उच्च कुल हो ईश्वरीय कुल। वास्तवमा महिमा सारा शिवको हो। फेरि शिव शक्तिहरूको अनि फेरि देवताहरूको किनकि तिमीले यसै समयमा सेवा गर्छौ। जसले सेवा गर्छ उसैलाई पद मिल्छ। तिमी हौ रूहानी समाजसेवी, जिस्मानी समाजसेवी त धेरै छन्। तिमीलाई अहिले रूहानी नशा छ– हामी अशरीरी आएका थियौं, आएर आफ्नो स्वराज्य लिएका थियौं। तिमीलाई अहिले बाबाद्वारा ज्ञान मिलेको छ। स्मृति आएको छ– यसलाई भनिन्छ स्मृतिर्लब्धा। अहिले बाबा नै आएर स्मृति दिलाउनुहुन्छ– तिमी नै देवता, क्षत्रिय बनेका हौ। अहिले ८४ जन्मपछि आएर मिलेका छौ। यो हो सङ्गमयुगी कुम्भ मेला, आत्मा र परमात्माको। परमात्मा आएर पढाइरहनु भएको छ अर्थात् सर्व शास्त्रमयी शिरोमणी गीता ज्ञान दिइरहनु भएको छ। उनीहरूले गीतामा कृष्णको नाम राखिदिएका छन्। यदि कृष्ण भए त सबै उनीमाथि झुम्मिन्छन् किनकि उनमा धेरै आकर्षण छ। सत्ययुगको पहिलो राजकुमार हुन्। कृष्णको आत्माले अहिले सुनिरहेको छ र जति पनि कृष्णपुरीका आत्माहरू छन् उनीहरूले पनि सुनिरहेका छन्। अहिले तिमीलाई स्मृति आएको छ– हामी नै कृष्णपुरी अथवा लक्ष्मी-नारायणपुरीका हौं। बाबा ज्ञानका सागर हुनुहुन्छ। बाबामा जुन ज्ञान छ, त्यो हामीलाई दिइरहनु भएको छ। कुनचाहिँ ज्ञान? परमात्मालाई बीजरूप भनिन्छ, त्यसैले सारा वृक्षको ज्ञान दिनुहुन्छ। ज्ञानसागर हुनुहुन्छ त्यसैले त पतित-पावन हुनुहुन्छ। लेख्छौ भने बुझेर लेख। पहिला पतित-पावन भन्ने या ज्ञानसागर भन्ने? अवश्य ज्ञान छ त्यसैले नै पतितहरूलाई पावन बनाउनुहुन्छ। पहिला ज्ञानसागर फेरि पतित-पावन लेख्नु पर्छ। यो कुरा ज्ञानसागर बाबाले नै सुनाउनुहुन्छ, मनुष्यले ८४ जन्म कसरी लिन्छन्। एकलाई मात्रै कहाँ बताउनुहुन्छ र। यो राजयोगको पाठशाला हो। पाठशालामा त धेरै हुन्छन्। एकलाई नै कहाँ पढाउनुहुन्छ। हामीले भन्छौं उहाँ बाबा हुनुहुन्छ, शिक्षक हुनुहुन्छ त्यसैले धेरैलाई पढाउनुहुन्छ। बेहदका बच्चाहरूलाई पढाउनुहुन्छ र वृद्धि हुँदै जान्छ। वृक्ष बिस्तारै-बिस्तारै बढ्छ। जब थोरै निस्कन्छ, अनि चराहरूले खाइदिन्छन्। तिमीले देख्नेछौ– यस वृक्षलाई मायाको तुफान यस्तो आउँछ, जसबाट राम्रा-राम्रा बच्चाहरू पनि छिन्न-भिन्न हुन्छन्। बाबाले सुरुमा बच्चाहरूको यस्तो चालचलन देखेर भन्नुहुन्थ्यो– तिम्रो चालचलन यस्तो छ, जसकारण तिमी टिक्न सक्दैनौ। त्यसैले श्रीमतमा चल। उनीहरूले भन्थे– जस्तो सुकै भए पनि हामी भाग्दैनौं। फेरि पनि उनीहरू भागे। त्यसैले त गाइएको छ– आश्चर्यवत् सुनन्ती, कथन्ती, भागन्ती। तिमीले प्राक्टिकलमा देखिरहेका छौ। यस्तै हुँदै गइरहेको छ किनकि माया सामुन्ने खडा छ, मल्लयुद्ध हुन्छ। दुवै तर्फबाट पहलवान हुन्छन्। फेरि कहिले कसको हार, कहिले कसको जित। तिम्रो अहिले मायासँग युद्ध छ। मायालाई जितेर तिमीले रजाइँ स्थापना गरिरहेका छौ।

बाबा भन्नुहुन्छ यो विनाशको निशानी हो– बम। शास्त्रहरूमा लेखिएको छ– पेटबाट मुसल निकालेर आफ्नो कुलको विनाश गरे। तिमीलाई थाहा छ– बाबा आउनु भएको छ पावन दुनियाँ बनाउन। पुरानो दुनियाँको विनाश अवश्य हुनुपर्छ। नत्र हामीले रजाइँ कहाँ गर्ने! यस पढाइको प्रारब्ध हो भविष्य नयाँ दुनियाँको लागि। अरू जसले पनि पुरुषार्थ गर्छन्, त्यो यस दुनियाँको लागि हो। संन्यासीले जे पुरुषार्थ गर्छन् त्यो पनि यस दुनियाँको लागि हो। तिमीले भन्छौ– हामी यहाँ आएर रजाइँ गर्छौं। तर रूप गुप्त हुनाले घरी-घरी बच्चाहरूले भुल्छन्। नत्र ठूला व्यक्ति कहीँ गए भने कति स्वागत गर्छन्। लण्डनबाट रानी आउँदा कति धुमधामले स्वागत गरे। बाबा कति ठूलो अधिकारी हुनुहुन्छ, तर बच्चाहरू बाहेक कसैले जान्दैनन्। हामीले शो पनि गर्न सक्दैनौं किनकि नयाँ कुरा हो। मनुष्य अलमलिन्छन्– यहाँ ब्रह्मा कहाँबाट आए? किनकि आजकाल त धेरैले टाइटल राख्छन्। बाबा भन्नुहुन्छ– अन्धेरनगरी हो... केही पनि जानेका छैनन्। मानौं यदि साधु-सन्त, गुरुहरूलाई थाहा भयो– बाबा आउनु भएको छ, जसलाई हामीले सर्वव्यापी भन्थ्यौं। उहाँले अहिले आएर मुक्ति-जीवन मुक्ति दिइरहनु भएको छ। यो बुझे भने आएर त्यो प्राप्त गर्न थाल्छन्, यसरी खुट्टा समात्छन् जुन मलाई छुटाउन पनि गाह्रो पर्ला। यस्तो भए त सबैले भन्नेछन्– यिनीहरूसँग जादु छ। त्यसैले यी गुरुको टाउको दुखेको छ। तर अहिले नै यस्तो हुँदैन। यो अन्त्यमा हुन्छ। भनिन्छ नि– कन्याहरूले भीष्म पितामहलाई बाण मारे। यो पनि देखाउँछन्– बाण मार्नाले गंगा निस्किन्। सिद्ध छ– अन्त्यमा ज्ञान अमृत सबैलाई पिलाइन्छ। मनुष्यले त केही पनि जान्दैनन्। भनिदिन्छन् परमात्मा त सर्वव्यापी हुनुहुन्छ। बुद्धलाई पनि सर्वव्यापी भनिदिन्छन्। यसलाई भनिन्छ पत्थरबुद्धि। हामी पनि पहिला पत्थरबुद्धि थियौं। बाबा आएर सम्झाउनुहुन्छ– परमपिता परमात्मालाई कहिल्यै पनि साकारी वा आकारी भनिदैन। उहाँ त निराकारी हुनुहुन्छ। उहाँलाई सुप्रीम सोल भनिन्छ। आधाकल्प तिमीले भक्ति गर्यौ। भनिन्छ नि– भक्ति गर्दा-गर्दा भगवान मिल्नुहुन्छ, अवश्य हो– भक्ति गर्दा-गर्दा दुर्गति पाएका छन् फेरि बाबा आउनुहुन्छ सदगति गर्न। भनिन्छ पनि– सर्वका सद्गतिदाता। मनुष्यले कहाँ बुझेका छन् र– परमात्मा कहिले र कसरी कुन रूपमा आउनुभयो? भन्छन् द्वापरयुगमा कृष्ण रूपमा आउनुहुन्छ, यसलाई भनिन्छ घोर अन्धकार। भनिन्छ नि– कुम्भकर्णलाई निद्राबाट जगाए तर जागेनन्। बाबा अहिले आदेश दिनुहुन्छ– पवित्र बन र भगवानबाट डाइरेक्ट गीता सुन। ७ दिन अलग्गै बसाऊ। दान दियो भने ग्रहण छुट्छ। अहिले सबैमा ५ विकारहरूको ग्रहण लागेको छ त्यसैले पतित बनेका छन्। रावण राज्य हो नि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी मेरो बन, दोस्रो न कोही। श्री-श्री १०८ को श्रीमतमा चल्नाले तिमी १०८ विजयी मालाको दाना बन्छौ। म मालाको दाना बन्दिनँ। म त न्यारा हुँ, जसको निशानी फूल हो। युगल दाना ब्रह्मा सरस्वती बन्छन्। प्रवृत्ति मार्ग हो नि। निवृत्ति मार्गवाला मालाको दानामा आउन सक्दैनन्। पवित्रताको धारणा गर्छन् भने फेरि पनि राम्रा छन्। तर ती गुरुले सदगति दिन सक्दैनन्। सदगतिदाता एउटै सतगुरु हुनुहुन्छ। सतगुरु अकाल भन्छन्। सदगुरु त एक परमात्मालाई भनिन्छ। साकार गुरुहरू अकालमूर्त कहाँ बन्न सक्छन् र। लौकिक पिता, शिक्षक, गुरुलाई त कालले खान्छ। मलाई त कालले खान सक्दैन। बाबाले कति राम्रा-राम्रा कुरा सम्झाउनुहुन्छ। जसले यति सहज कुरा बुझ्न सक्दैन, बाबा उनलाई भन्नुहुन्छ– ठीक छ बाबालाई याद गर। चक्रलाई पनि याद गर्नु पर्छ। बाबाको साथै वर्सालाई पनि याद गर्नु छ। बाबालाई याद गर्यौ भने विकर्म भस्म हुन्छ। बाबा त सम्मुख आउनु भएको छ। बाबालाई अशरीरी भनिन्छ। ब्रह्मा, विष्णु, शङ्कर सबैको आ-आफ्नो शरीर छ। मेरो त आफ्नो शरीर छैन। तिम्रा त मामा, काका सबै छन्। मेरा मामा, काका त कोही छैनन्। आउँछु तर तिमी कसरी आउँछौ, म कसरी आउँछु। बोलाउँछन् परमपिता परमात्मा भनेर। तर कहाँबाट आउँछु? परमधामबाट। जहाँबाट तिमी आउँछौ, जसलाई ब्रह्माण्ड भनिन्छ। यतिबेला तिमी ब्रह्मा मुखवंशावली रुद्र यज्ञका रक्षक हौ। राजयोगको शिक्षा दिनेवाला, राजयोग सिकाउनेवाला तिमी शिक्षक भयौ नि। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) मालाको दाना बन्नको लागि यो धारणा पक्का गर्नु छ– मेरो त एक शिवबाबा, दोस्रो न कोही। स्मृतिर्लब्धा बन्नु छ।

२) श्री श्री १०८ शिवबाबाको श्रीमतमा पूरा-पूरा चल्नु छ। मेरो-मेरोलाई छोडेर ग्रहणबाट मुक्त हुनु छ।

वरदान:–ब्राह्मण जीवनमा सदा सुखको अनुभव गर्ने मायाजित , क्रोधमुक्त भव
ब्राह्मण जीवनमा यदि सुखको अनुभव गर्नु छ भने क्रोधजित बन्न अति आवश्यक छ। कसैले गाली नै गरून्, इनसल्ट गरून् तर तिमीलाई क्रोध नआओस्। बडप्पन देखाउनु पनि क्रोधको नै अंश हो। यस्तो होइन क्रोध त गर्नु नै पर्छ, नत्र काम नै चल्दैन। आजकालको समय अनुसार क्रोधले काम बिग्रिन्छ र आत्मिक प्यारद्वारा, शान्तिद्वारा बिग्रेको कार्य पनि ठीक हुन्छ। त्यसैले यस क्रोधलाई धेरै ठूलो विकार सम्झेर मायाजित, क्रोध मुक्त बन।
स्लोगन:–आफ्नो वृत्तिलाई यस्तो शक्तिशाली बनाऊ, जसबाट अनेक आत्माहरू तिम्रो वृत्तिद्वारा योग्य र योगी बनून्।

25/10/2022

25-10-2022 ओम् शान्तिप्रातः मुरली“बापदादा” मधुबन
“ मीठे बच्चे– तिमी कर्मयोगी हौ , कर्म गर्दा बाबाको यादमा रहने गर , यादमा रह्यौ भने कुनै पनि विकर्म हुँदैन।”
प्रश्न:–बाबासँग योग नलाग्ने मुख्य एउटा कारण छ– त्यो कुनचाहिँ हो?
उत्तर:–लोभ। कुनै पनि विनाशी चीजमा लोभ छ, खाने वा लगाउने सोख छ भने उसको बुद्धि बाबामा लाग्न सक्दैन। त्यसैले बाबाले विधि बताउनुहुन्छ– प्यारा बच्चाहरू! लोभ राख– बेहदको बाबासँग वर्सा लिने। बाँकी कुनै पनि चीजमा लोभ नराख। नत्र जुन चीजसँग अधिक प्यार हुन्छ, त्यही चीज अन्त्यमा पनि याद आउँछ अनि पद भ्रष्ट हुन्छौ।

ओम् शान्ति। यो त बच्चाहरूलाई थाहा छ– सारा दुनियाँमा भन्न त सबैले भन्छन् हामी सबै आपसमा भाइ-भाइ हौं। वी आर अल ब्रदर्स। तर किन ती आत्माहरूलाई यो समझमा आउँदैन– हामी बाबाका बच्चा हौं। उहाँ रचयिता हुनुहुन्छ, हामी रचना हौं। जनावरले त भन्दैनन् हामी भाइ-भाइ हौं। मनुष्यले नै सम्झन्छन् र भन्छन् हामी सबै भाइ-भाइ हौं। रचयिता एक बाबा हुनुहुन्छ। उहाँलाई भनिन्छ परमपिता मरमात्मा। यस्तो हुन सक्दैन बहिनीलाई भाइ भनौं। जब सबैले आफूलाई आत्मा सम्झिन्छन् तब भन्छन् हामी आपसमा भाइ-भाइ हौं। आत्मा बाहेक अरू केही हुन सक्दैन। एक पिताका लौकिक बच्चाहरू त्यति हुन सक्दैनन्। अहिले तिमीलाई राम्रोसँग याद छ– हामी आपसमा भाइ-भाइ हौं। बाबा बसेर बच्चाहरूलाई पढाउनुहुन्छ। भगवानुवाच– हे प्यारा बच्चाहरू! धेरैलाई पढाउनुहुन्छ नि। केवल यस्तो भनिदैन– हे अर्जुन, एकको नाम लिनुहुन्न। सबैलाई पढाउनुहुन्छ। विद्यालयमा शिक्षकले भन्छन् नि– हे प्यारा बच्चाहरू! राम्ररी पढ। हुन् त विद्यार्थी। तर शिक्षक ठूला, परिपक्व हुन्छन् त्यसैले विद्यार्थीलाई बच्चा-बच्चा भन्छन्। त्यहाँ कसैले पनि आफूलाई आत्मा त सम्झदैनन्। त्यहाँ त लौकिक सम्बन्ध नै हुन्छ। जसरी गान्धीलाई बापूको पदवी दिइएको छ। मेयरलाई पनि पिता भन्छन्। यस्तो पदवी त धेरैलाई दिन्छन्। यहाँ त तिमीले सम्झन्छौ– हामी आत्माहरू भाइ-भाइ हौं। भाइहरूका पिता त अवश्य हुनुपर्छ। सबै आत्माहरूले जान्दछन्– उहाँ हाम्रो बाबा हुनुहुन्छ, जसलाई परमपिता परमात्मा भनिन्छ। यो आत्माले भन्यो हाम्रो परमपिता परमात्मा। लौकिक पितालाई परमात्मा भनिदैन। तिमीलाई थाहा छ– हामी आत्मा हौं। बाबा हामीलाई पढाउन आउनु भएको छ अर्थात् पतितलाई पावन बनाउन आउनु भएको छ। हामीलाई पतितबाट पावन बनाएर फेरि पावन दुनियाँको मालिक बनाउनुहुन्छ। यी कुरा कसैलाई पनि थाहा छैन। यहाँ तिमी बच्चाहरूलाई यो कुरा थाहा भएर पनि कर्म गर्दा भुल्छौ। यादमा रह्यौ भने विकर्म हुँदैन। कर्मयोगी त तिमी हौ नै। संन्यासीहरूको हो कर्म संन्यास। उनीहरूले केवल ब्रह्मतत्त्वसँग योग लगाउँछन्। तर सारा दिन त योग लगाउन सक्दैनन्। ब्रह्ममा जानको लागि योग राख्छन्। सम्झन्छन्– ब्रह्मलाई याद गर्नाले हामी ब्रह्ममा लीन हुनेछौं। तर सारा दिन त ब्रह्मलाई याद गर्न सक्दैनन् र त्यस यादबाट विकर्म पनि विनाश हुँदैन। गायन पनि छ– पतित-पावन। त्यो त बाबा नै हुनुहुन्छ। यस्तो त भनिदैन– पतित-पावन ब्रह्म अथवा पतित-पावन तत्त्व। सबैले बाबालाई नै पतित-पावन भन्छन्। ब्रह्मलाई कसैले पनि पिता भन्दैनन्। न ब्रह्मको कसैले तपस्या गर्छन्। शिवको तपस्या गर्छन्। शिवको मन्दिर पनि छ। तत्त्वको के मन्दिर बन्न सक्छ! ब्रह्ममा त अण्डा जस्तै आत्माहरू रहन्छन्। त्यसैले शास्त्रमा ब्रह्माण्ड भनिएको छ। यो कुनै नाम होइन। त्यो घर हो, जसरी आकाश तत्त्वमा कति साकारी मनुष्य रहन्छन् त्यस्तै त्यहाँ फेरि आत्माहरू रहन्छन्।

तिमी बच्चाहरूलाई थाहा छ– बाबाबाट ड्रामाको आदि, मध्य, अन्त्यको ज्ञान लिएर सारा रहस्य जानेर, सारा वृक्षको ज्ञान बुझेर हामी मास्टर बीजरूप बन्छौं। परमपिता परमात्मामा सारा ज्ञान छ, हामी उहाँका बच्चा हौं। उहाँले बसेर सम्झाउनुहुन्छ– यस कल्प वृक्षको उत्पत्ति, पालना र सङ्हार कसरी हुन्छ? उत्पत्ति भन्नाले मानौं उहाँले नयाँ दुनियाँ उत्पन्न गर्नुहुन्छ। स्थापना शब्द ठीक छ। ब्रह्माद्वारा पतितहरूलाई पावन बनाउनुहुन्छ। पतित-पावन शब्द अवश्य हुनुपर्छ। सत्ययुगमा सबै सदगतिमा हुन्छन्, कलियुगमा सबै दुर्गतिमा छन्। किन, कसरी दुर्गति भयो? यो कसैलाई पनि थाहा छैन। गायन पनि गर्छन्– सर्वका सदगतिदाता एक हुनुहुन्छ। आत्माले सम्झन्छ– यो एक खेल हो। बाबाको महिमा गाउँछन् “सदा शिव।” सुख दिनेवाला शिव, गाउँछन् पनि दु:खहर्ता सुखकर्ता। यहाँ लक्ष्मी-नारायणको राज्य थियो, अहिले छैन। लक्ष्मी-नारायणलाई भगावन-भगवती भन्छन्, उनको राजधानी कसले स्थापना गर्नुभयो? भगवान निराकार हुनुहुन्छ, उहाँबाट आत्माहरूले वर्सा पाउँछन्। आत्मा नै ८४ जन्म लिंदा-लिंदा गिर्दै आउँछ। गिर्दा-गिर्दा दुर्गति सम्म पुग्छ। यो कुरा सम्झाउनु पर्छ, परमात्मा सर्वव्यापी हुनुहुन्न। उहाँ बाबा सद्गतिदाता हुनुहुन्छ, हामी सबै भाइ-भाइ हौं, नकि बाबा। यस्तो कहाँ भनिन्छ र– पिताले भाइ-भाइको रूप धारण गरेका हुन्! त्यसैले पहिले यो बताऊ– परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? लौकिक सम्बन्धलाई त सबैले जान्दछन्। आत्माहरूको पिता निराकार बाबा हुनुहुन्छ। उहाँलाई स्वर्गको स्थापना गर्ने बाबा भन्छन्। पिताले अवश्य नयाँ रचनाको मालिक बनाउनु भएको थियो। अहिले हामी मालिक छैनौं। हामी सुखी थियौं। दु:खी कसले बनायो? यो थाहा थिएन। आधाकल्प देखि रावण राज्य चलेको छ त्यसैले यो हाल भएको छ। भारतखण्ड परमपिता परमात्माको जन्मस्थान हो। यहाँ नै भगावन आउनु भएको छ। अवश्य स्वर्ग स्थापना गर्नु भएको थियो। शिवजयन्ती पनि मनाइन्छ। तिमीले लेख्न पनि सक्छौ– हामीले फलानो जन्मदिन मनाइरहेका छौं। मनुष्यले आश्चर्य मान्छन्– यिनीहरूले के भन्छन्? बधाई पनि देऊ। बताऊ– हामीले पतित-पावन, सदगतिदाता परमपिता परमात्मा शिवको जयन्ती मनाइरहेका छौं। त्यसदिन धेरै ठाँटसँग उत्सव गर्नु पर्छ। सर्वका सदगतिदाताको जयन्ती के कम कुरा हो? हवाइजहाजद्वारा ठूला-ठूला शहरमा पर्चा खसाउनु पर्छ। अनि अखबारमा पनि छापिन्छ। धेरै सुन्दर-सुन्दर कार्ड पनि बनाउनु पर्छ। परमप्रिय बाबाको धेरै महिमा लेख्नु पर्छ। भारतखण्डलाई फेरि स्वर्ग बनाउन आउनु भएको छ। उहाँ बाबाले राजयोग सिकाउँदै हुनुहुन्छ। वर्सा पनि उहाँले नै दिनुहुन्छ। धेरै धुमधामसँग शिवजयन्तीको कार्ड छपाउनु पर्छ। प्लास्टिकमा पनि छाप्न सकिन्छ। तर अझै तिमी हदकोबुद्धि मै छौ। राजा-रानी त करोडौंमा कोही बन्छन्। बाँकी जो अलबेला छन्, उनै अवश्य प्रजा बन्छन्। माला १०८ को हो, बाँकी प्रजा त धेरै हुन्छन्। यस्तो पनि होइन हामी त अल्छी छौं, धेरै पुरुषार्थ गर्नु पर्छ। बाबाले धेरै सम्झाउनुहुन्छ तर धारणामा मुश्किलले कसैले ल्याउँछन्। यहाँ आफूलाई अल्लाहका बच्चा सम्झन्छन्, बाहिर जाने बितिकै मायाले उल्लू बनाइदिन्छ, माया यति कडा छ। रजाइँ लिनेवाला कहाँ निस्कन्छन् र। चन्द्रवंशीलाई पनि हामी फेल भन्छौं। तिमीले सबैको पढाइ र पदलाई जान्दछौ। दुनियाँमा रामचन्द्रको पद कसैलाई कहाँ थाहा छ र? बाबाले राम्ररी सम्झाउनुहुन्छ। कसरी हामीले शिव जयन्तीको लागि फस्टक्लास निमन्त्रणा पत्र बनाऔं, जसबाट मनुष्य चकित होउन्। विचार सागर मन्थनको गायन छ। शिवबाबाले कहाँ विचार सागर मन्थन गर्नु पर्छ र। यो बच्चाहरूको काम हो। बाबा राय दिनुहुन्छ– कसैको बुद्धिमा आयो तर गरेन भने बाबा उसलाई बुद्धू भन्नुहुन्छ। बच्चाहरूलाई थाहा छ– परमपिता परमात्माले हामीलाई ब्रह्माद्वारा विष्णुपुरीको मालिक बनाइरहनु भएको छ। शङ्करद्वारा विनाश हुनु छ। त्रिमूर्ति माथि खडा छन्।

तिमीहरू सबै पण्डा हौ, जसले रूहानी यात्रा सिकाउँछौ। तिमीले पनि लेख्न सक्छौ– सत्यमेव जयते... अवश्य सत्य बाबाले हामीलाई विजय प्राप्त गर्न सिकाउनुहुन्छ अथवा विजय प्राप्त गराउनुहुन्छ। कसैले प्रश्न गर्यो भने उसलाई सम्झाउनु पर्छ। बाबाको ख्याल चल्यो शिवजयन्ती कसरी मनाउनु पर्छ। गीताका भगावन शिव हुनुहुन्छ, नकि कृष्ण– यसको धेरै प्रचार गर्नु पर्छ। उहाँ रचयिता, उनी रचना। वर्सा कोसँग मिल्छ? श्रीकृष्ण हुन् पहिलो रचना। देखाइएको छ– सागरमा पिपलको पातमा कृष्ण आए। यो हो गर्भ महलको कुरा। स्वर्गमा गर्भ महलमा आनन्द हुन्छ। यहाँ नर्कमा गर्भ जेलमा आत्तिन्छन्। सत्ययुगमा गर्भ महल, कलियुगमा गर्भ जेल हुन्छ। कृष्णको चित्र कति राम्रो छ। नर्कलाई लात मारिरहेका छन्। कृष्णको ८४ जन्म पनि लेखिएको छ। भगवानुवाच– तिमीले आफ्नो जन्मलाई जान्दैनौ, मैले तिमीलाई बताउँछु। जसले पूरा ८४ जन्म लिएका छन्, उनलाई नै सम्झाउँछु। कति सहज छ। साथमा शिष्टाचार पनि चाहिन्छ। लोभ राख्नु पर्छ– बेहदका बाबासँग वर्सा लिने, अरू कुनै चीजको लोभ हुनु हुँदैन। यस्तो कुनै चीज पनि आफ्नो साथमा राख्नु हुँदैन, जसमा बुद्धि जाओस्। नत्र पद भ्रष्ट हुन्छ। देह सहित जुन कुरा छन्, ती सबैबाट बुद्धि निकाल्नु पर्छ। एक बाबालाई याद गर्नु पर्छ। कुनै मनुष्यले धेरै फर्निचर राखेको छ भने मर्ने समयमा त्यही धेरै याद आउँछ। जुन वस्तुसँग धेरै प्यार हुन्छ, अन्त्यमा अवश्य त्यसको याद आउँछ। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– कुनै पनि चीज लोभवश लुकाएर नराख। यज्ञबाट हर चीज मिल्न सक्छ। लुकाएर केही चीज राख्यो भने बुद्धि अवश्य लट्किन्छ। बाबाको आज्ञा छ– शिवबाबाको भण्डार हो, बच्चाहरूलाई सबै कुरा मिल्छ। यस्तो ख्याल आउनु हुँदैन– फलानोलाई सारी राम्रो पर्यो, मैले पनि त्यस्तै लगाऊँ। अरे तिमी बाबाबाट रजाइँको वर्सा लिन आएका हौ कि सारीको वर्सा लिन आएका हौ? जसले राम्रो सेवा गर्छन्, उनीमाथि सबै बली चढ्छन्। भन– हामीले शिवबाबाको भण्डाराबाट मिलेको बाहेक अरू केही पनि लगाउन सक्दैनौं। हामीले यज्ञबाट नै लियौं भने बाबाको याद रहनेछ। शिवबाबाको भण्डाराबाट यो मिल्यो। नत्र चोरी आदिको बानी पर्छ। अरे यहाँ त्याग गर्यौ भने त्यहाँ धेरै फस्टक्लास चीज मिल्छ। शिवबाबाले कहीं-कहीं बच्चाहरूको परीक्षा पनि लिनुहुन्छ। हेरौं कति देह-अभिमान छ। तिम्रो प्रतिज्ञा छ– जे खुवाउनुहुन्छ, जे पहिराउनुहुन्छ....। दिलमा सम्झनु पर्छ– यो शिवबाबाले दिनुहुन्छ। यति फस्टक्लास अवस्था हुनु पर्छ। बाबाबाट पूरा वर्सा लिनु छ भने श्रीमतमा पूरा-पूरा पुरुषार्थ गर। बाबाको राय अनुसार चल। बाबा-मम्मा भन्छौ त्यसैले पूरा-पूरा अनुसरण गर। सबैलाई बाटो बताऊ। बाबाबाट वर्सा मिलेको थियो, अब फेरि मिलिरहेको छ। यादको यात्रा गर्दै गर। बाबा सम्झाउनुहुन्छ– तिमी जति बलवान बन्छौ त्यति माया जोडले आउँछ। तिमी अलमलमा किन पर्छौ? कुनै-कुनै बच्चाहरूलाई बाबा लेख्नुहुन्छ– तिमीले त धेरै राम्रो सेवा गर्छौ। मायाको तुफान आउँछ– के सारा उमेर ब्रह्मचर्यमा रहनु छ? बुढेसकालमा आएर पनि यस्तो चक्कर चल्छ। विवाह गरौं, यो गरौं। मायाले बुढालाई पनि जवान बनाइदिन्छ। यसरी चंचल बनाउँछ। तिमी किन डराउँछौ? हो, जतिसुकै तुफान आऊन्, बाबाको याद गर्नाले बच्छौ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः–

१) लोभवश कुनै पनि चीज लुकाएर आफूसँग राख्नु हुँदैन। बाबाको आज्ञामा चलिरहनु पर्छ।

२) बाबाले जे खुवाउनुहुन्छ, जे पहिराउनुहुन्छ, एक शिवबाबाको भण्डारबाट नै लिनु छ। देह-अभिमानमा आउनु हुँदैन। मम्मा बाबाको पूरा अनुसरण गर्नु छ।

वरदान:–सर्व खजा ना लाई बाँड्दै र बढाउँदै सदा भरपुर रहने , बालक सो मालिक भव
बाबाले सबै बच्चाहरूलाई एकनाश खजाना दिएर बालक सो मालिक बनाउनु भएको छ। खजाना सबैलाई एकनाश मिलेको छ तर यदि कोही भरपुर छैन भने त्यसको कारण हो– खजानालाई सम्हाल्न वा बढाउन आउँदैन। बढाउने तरिका हो बाँड्नु र सम्हाल्ने तरिका हो खजानालाई पटक-पटक चेक गर्नु। अटेन्शन र चेकिङ– यी दुवै चौकीदार ठीक छन् भने खजाना सदा सुरक्षित रहन्छ।
स्लोगन:–हर कर्म अधिकारीपनको निश्चय र नशासँग गर्यौ भने मेहनत गर्नु पर्दैन।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kathmandu
BANEPA