02/06/2026
Kathmandu Valley Police Training School
कानुन भन्दा कोहि छैन माथी,
उत्कृष्ट प्रहरी कार्य सम्पादन निर्माणमा हाम्रो योगदान । काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय,महाराजगंज
02/06/2026
25/05/2026
20/05/2026
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३।०२।०६ गते देखि यस काठमाडौ उपत्यका प्रहरी शिक्षालय महाराजगन्ज मा सञ्चालन भएको “महिला तथा बालबालिका सँग सम्बन्धित अपराध अनुसन्धान(प्र.ज देखी प्र.व.ह) तालिम आठौँ समूह" को आज मिति २०८३/०२/०६ गते यस शिक्षालयका प्रहरी निरीक्षक गम्भिर जंग थापाज्यूबाट समुद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।
18/05/2026
आ.व. २०८२/०८३ को स्वीकृत वार्षिक तालिम क्यालेण्डर अनुसार मिति २०८३/०१/०३ गते देखि यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जमा सञ्चालित "अप्नेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level -1 ) तालिम १७ औँ समूह” को आज मिति २०८३/०२/०४ गते यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा प्रमुख अतिथीज्यूले सम्बोधन गर्नुका साथै तालिम सफलतापू्र्वक समापन गरेकोमा सम्पुर्ण सहभागीहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा उक्त तालिमका तालिम संयोजक प्रहरी निरीक्षक श्री भगवती तिमिल्सेनाज्यूले तालिम सम्बन्धी प्रतिवेदन पेश गर्नुभएको थियो ।
उक्त कार्यक्रमका केहि झलकहरू...........
15/05/2026
सांस्कृतिक साँझ - २०८३ सम्पन्न ।
-----------------------------------
आज मिति २०८३ जेठ १ गतेका दिन यस काठमाडौँ उपत्यका प्रहरी शिक्षालय, महाराजगञ्जका समादेशक प्रहरी उपरीक्षक श्री बीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा यस शिक्षालयमा सञ्चालित प्रहरी जवान आधारभूत तालिम ३-७ औँ समूह, अप्रेशनल कमाण्ड तथा व्यवस्थापन (OCM Level - 1) १७ औँ समूहका प्रशिक्षार्थीहरु र यस शिक्षालयका प्रहरी कर्मचारीहरूको सहभागितामा "सांस्कृतिक साँझ - २०८३" सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २, महाराजगञ्जका गण प्रमुख प्रहरी उपरीक्षक श्री रविन कार्कीज्यू लगायत अन्य अतिथिज्यूहरूको समेत उपस्थिति रहेको थियो ।
08/05/2026
समादेशक कप - २०८३ समापन कार्यक्रम सम्पन्न.................................
मिति २०८३ वैशाख १५ गतेदेखि विधिवत रुपमा समुद्घाटन भई सञ्चालन भएको समादेशक कप - २०८३ आज मिति २०८३ वैशाख २५ गतेका दिन यस शिक्षालयका समादेशक प्रहरी उपरीक्षक बीरेन्द्र बहादुर शाहीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा समादेशकज्यूले विभिन्न खेलकुदहरूमा विजेता तथा उपविजेता हुने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गर्नुका साथै सबैभन्दा धेरै विधामा विजेता हुने प्रशिक्षार्थी समूहलाई समादेशक कप हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी जवान आधारभूत तालिम ३-७ औँ समूहका प्रशिक्षार्थीहरूबाट मार्च पास प्रदर्शनी समेत भएको थियो ।
उक्त कार्यक्रमका केही झलकहरू.......................
07/05/2026
गोरखापत्र प्रकाशनको १२६ औँ वर्ष प्रवेश तथा संस्थानको ६४ औँ वार्षिकोत्सवको अवसरमा मिति २०८३।०१।२१ गते सोमबारका दिन आयोजित ५ कि.मि. राष्ट्रिय खुल्ला दौड, २०८३ मा महिलातर्फ चौथो र पाँचौँ स्थान हासिल गर्न सफल यस शिक्षालयमा तालिमरत प्र.प्र.ज. द्वय प्रिजिना पुलामी र सीता थापा क्षेत्री तथा पुरुषतर्फ छैठौँ र दशौँ स्थान हासिल गर्न सफल प्र.प्र.ज. द्वय निशान बुढा मगर र मिन बहादुर बुढालाई हार्दिक बधाई ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Address
Maharajgunj
Kathmandu
10378
