29/05/2026
गणतन्त्र दिवसको शुभकामना !!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Social Security Fund सामाजिक सुरक्षा कोष, Government Organization, थापाथली, Kathmandu.
29/05/2026
गणतन्त्र दिवसको शुभकामना !!
साउदी अरेवियामा रहनु भएका कोषका योगदानकर्ताहरुले यसरी Enjaz pay बाट सिधै कोषमा रकम जम्मा गर्न सक्नु हुन्छ | यसरी योगदान रकम जम्मा गर्दा submission number चाहिदैन है ।के तपाइँले कोषमा रकम जम्मा गर्नु भयो ?
भिडियो श्रोत :
कोषबाट घर/घडेरी सापटी लिदै हुनु हुन्छ ? यो कुरा जान्न आवश्यक छ है ! #१करोड_पचास_लाख
वैदेशिक रोजगारीमा रहनु भएका योगदानकर्ताले हरेक महिना वैंकबाट सोझै आफै योगदान रकम कोषमा जम्मा होस भन्ने चाहानुहुन्छ ? Global IME बैंकमा खाता छ भने सो बैंकको मोबाइल app मा यति setting मिलाएमा हरेक महिना आफै योगदान हुनेछ | तपाइँलाई सम्झी राख्नै परेन | यो सेवा चाडै नै अरु बैंकको app बाट पनि उपलब्ध हुदै छ |
वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा हुनु हुन्छ भने त्यहाँको Fonemoney app मार्फत सोझै सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्न सक्नुहुन्छ |
वैदेशिक रोजगारीमा रहनु भएका धेरै योगदानकर्ताले योगदान रकम कसरी जम्मा गर्ने भनेर सोध्नु भएको छ | यो भिडियो हेरेर तलको लिंकमा जानु भई आफ्नै मोबाइलबाट नियमित योगदान गर्न सक्नुहुनेछ | यो बाहेक Remit मार्फत पनि गर्न सक्नुहुनेछ | त्यो अर्को भिडियो मा |
https://sosys.ssf.gov.np/Modules/Collection/MigrantReCollection.aspx
14/05/2026
सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ता तथा उनीहरूका परिवारलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच आज स्वास्थ्य सेवा प्रवाह सम्बन्धि सम्झौता भएको छ।
सम्झौतापत्रमा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्री प्रेम प्रसाद आचार्य तथा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष एवं वरिष्ठ चिकित्सक भगवान कोइराला ले हस्ताक्षर गर्नुभएको हो।
यस सम्झौतासँगै सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताले
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबाट कोषअन्तर्गत आफ्ना सन्ततिहरुको लागि उपलब्ध स्वास्थ्य सेवा सुविधा प्राप्त गर्न सक्नेछन्।
सम्झौता कार्यक्रममा दुवै संस्थाका पदाधिकारीहरूले योगदानकर्तामैत्री स्वास्थ्य सेवा विस्तार, गुणस्तरीय उपचारमा पहुँच अभिवृद्धि तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
घर /घडेरी सापटी बारेमा थप जानकारीको लागि १११६ मा कल गर्नुहोला ! वैदेशिक रोजगारीमा रहनुभएकाले ९८५१३५१७५४ मा whatsapp गर्नु होला !!
#1.5crore
म्यानपावरले फोन र इमेल जे पायो त्यही राखेर समस्या भएको छ? अव पासवर्ड कसरी परिवर्तन गर्ने?
https://sosys.ssf.gov.np/Modules/COLLECTION/MigrantResetPassword.aspx
यो भिडियो हेर्नुहोला र माथि उल्लेखित लिंक प्रयोग गरी रिसेट गर्नु होला | अनि लगइन गरेर KYC पनि अध्यावधिक गर्नु होला है ।
वैदेशिक रोजगारीमा रहनु भएका सामाजिक सुरक्षा कोषका योगदानकर्ता आफू कोषमा आबद्ध भएर पनि आफ्नो सा.सु. नम्बर कति हो भन्ने थाहा नभए यो भिडियोमा देखाए जसरी गर्नु होला है!
भिडियोमा देखाइएको लिंक : https://foreignjob.dofe.gov.np/
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |