समय र रेलले पर्खिदैन। आँखैले देखियो। धावक थिएछ। नत्र अर्को रेल पर्खिनुको पर्थ्यो।
Bhadragol Kirati
टाउको जोत्दै छु।
नागाल्याण्डको राजधानी कोहिमा स्थित "नागा सम्पदा गाउँ" भित्र रहेको परम्परागत “Log Drum” बाजा आफ्नै पाराले बजाउदै थिएछु।
02/06/2026
बिगतमा किराती पुर्खाहरुले अनेकौं भूगोललाई मानविय जिवन बिस्तार गर्दै घुम्नुभयो। आज हामी ज्ञान र अवशरका लागि संसारभर छरिएका छौं। त्यसैक्रममा हङकङमा हजारौं किरात राई बंशज दाजुभाइ दिदिबहिनीहरु रहनुभएको छ।
किरात राई यायोक्खा हङकङका उपाध्यक्ष गंगाराम राई, किरात राई प्रज्ञा-प्रतिष्ठान हङकङका सचीव वसन्त राई, किरात राई प्रज्ञा परिषद् नेपालका सदस्य सचीव, त्रि.वि. उपप्राध्यापक डा. तारामणी राई, मुन्दुम अध्येता, कि.रा.प्र.प. सदस्य भोगिराज चाम्लिङ सहितको भेटघाट आज निक्कै विशेष महत्वपूर्ण रह्यो।
करिब ४ घण्टा छलफल गरिएछ । किरात राईहरुको मौलिक मुन्दुम, रैथाने ज्ञान, संस्कृति, दुर्लभ सम्पदा आदिको लागी जिम्मेवारीपूर्ण हातेमालो संन्सारभरबाट हुनुपर्नेमा मत मिलेको छ। समय र अनुभव विचार आदानप्रदानका लागि आदरणीय सबैलाई किक अभियानको संयोजकको तर्फबाट ओलोनुव, आलाङ्ने (धन्यवाद) व्यक्त गर्दछु।
क्लिक : ईमान साम्पाङ राई
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले मासाचुसेट्सको ब्रिमफिल्ड टाउनमा ८.०२ एकड जग्गा खरिद गरी अमेरिकामा रहेका सम्पूर्ण किरात राईहरूको लागि साकेलाथान र चूलाघरमा सांस्कृतिक साँझा चुलाघरको स्थापना गरेको छ। सोही ठाउँमा महान् चाड उभौली साकेलाको झलक।
हार्दिक बधाई छ। निर्देशक त्रिवेणी राई उहाँको पहिलो फिचर फिल्म ‘सेप अफ मोमो’ कलाकारहरु पशुपति राई, गौमाया गुरूङ, श्यामाश्री शेर्पा, भानु माया राई, राहुल मुखिया, जानकी कडायत सम्पूर्ण टिमलाई बधाई, शुभकामना! यस्तो फिल्म हेर्न पाउनु अहोभाग्य हो। दुई पटक हेरिसके अझै तिर्खा मेटिएको छैन। यस्ता फिल्महरु धेरै बन्नुपर्छ। नजिकैको फिल्म हलमा गएर हेर्नुस्। त्रिवेणी जिको अरु फिल्म हेर्न आतुर छु। त्रिवेणी जि म तपाईको दर्शक त आजिवन हुनेनैछु। तपाईको बिद्यार्थी बन्न आतुर छु।
बलिउडकी चर्चित निर्देशक ‘जोया अख्तर’, ‘रीमा कागती’ र सन् २०२४ को कान्स अवार्ड विजेता निर्देशक ‘पायल कपाडिया’ यस फिल्मसँग जोडिएका छन्। यसका साथै दक्षिण भारतीय अभिनेता ‘राणा डग्गुबाती’को ‘स्पिरिट मिडिया’ले यसको वितरणको जिम्मा लिएको छ।
01/06/2026
सरकार, मेची पुलमाथि दशगजामा उभिएका मात्रै हौं । यसैलाई नेपालले भारतको सिमा मिचेको नठानी बक्सियोस । हिमाल चड्नेहरुले कतै चीन पनि मिचिरहेका छन कि दुरबिनले हेरिबक्स्योस । भूगोलको शिक्षकले भन्दै हुनुहुन्थ्यो, हिमाल उत्तर तिर सर्दै छ रे । छिमेकी मिचाहा हिमाललाई पनि डोजर पो लाउने कि प्रधानमन्त्री ज्यू ?
31/05/2026
२८ बर्ष अघी हङकङमा किरात राई यायोक्खा बन्यो। १० बर्ष अघी किरात राई प्रज्ञा प्रतिष्ठान हङकङको आवस्यकताले बन्यो। उहाँहरुको गतिबिधी अन्तर्गत २४ औं मुखपत्र यलम्बर हिजो यलाखममा सार्वजनिक भयो। मैले पनि खुशिमा सरिक हुने अवशर पाए। यायोक्खा हङकङका उपाध्यक्ष गंगाराम राई, किरात राई प्रज्ञा प्रतिष्ठान हङकङका सचिव वसन्त राई (विपिन) ज्यूले किरायाको संक्षिप्त गतिबिधी राख्दै सामुदायिक संस्थाहरुले समुदायबाटै चल्नेहुँदा निश्चित उदेस्य तोकेरै कोष निर्माण गरी काम गर्नुपर्ने बताउनुभयो। यस्पालिको मुखपत्रलाई साकेला सिली विशेषाङ्क बनाएको र आगामी दिनहरुमा पनि कुनै बिषय केन्द्रित गर्ने बताउनुभयो।
30/05/2026
समय र दूरी मिल्यो भने आज यस्तो कार्जे छ है ।
29/05/2026
भोलि हुने यी सबै कार्यक्रमहरुलाई सफलताको शुभकामना र बधाई ! तपाईलाई पायकपर्ने ठाउँमा सहभागिताको लागि अनुरोध गर्दछु।
29/05/2026
गणतन्त्र दिवस तथा मे २९ एभरेष्ट (चोमोलुङमा) दिवशको सबैमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।
Click here to claim your Sponsored Listing.
Location
Website
Address
Kathmandu
00977
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |
