15/05/2026
नेपालको बदलिदो राजनैतिक परिबेश, रुस- युक्रेन युद्ध, इजरायलले पेलेस्टाइनमाथी गरेको आक्रमण, अमेरिकाले भेनेजुयलका रास्ट्रपतिको अपहरण, अमेरिकाले गरेको इरानमाथिको आक्रमण, चिन र अमेरिकि रास्ट्रपतिहरु बिच भएको हालसालैको बार्ताले दिएको सन्देस आदिबारे बृहत् बहसको लागि यो कार्यक्रम आयोजना गरिएको हो। साथिहरुको उपस्थितिको लागि बिनम्र अनुरोध गरिन्छ!
05/05/2026
"..The whole of what is called world history is nothing but the creation of man by human labor."
-(Economic and Philosophic Manuscripts of 1844, karl marx)
05/05/2026
“क्रान्तिकारी हुनु भनेको विषयको जरोसम्म पुग्नु हो । तर, मान्छेको लागि जरो स्वयं मान्छे नै हो ।”
- कार्ल मार्क्स (A Contribution to the Critique of Hegel's Philosophy of Right, 1843)
05/05/2026
सन् १८१८ मे ५ अर्थात् आजकै दिन कार्ल मार्क्स जन्मेका हुन् । उनको विचार, अध्ययन र समानताको दर्शनबारे हामी सबै जानकार छौं । मार्क्सबारे युवा मार्क्सवादीहरूले समकालीन दुनियालाई ध्यान दिएर कस्तो बुझाइ राखेका छन् ? आज बेलुका ७:३० बजे नेपालका केही युवा मार्क्सवादीहरूसँग तल दिइएको लिंकमा कुराकानी हुनेछ । उपस्थितिको लागि विनम्र अनुरोध छ ।
08/04/2026
वर्तमान सरकारले विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय गरेको छ । यसपटक हामी यो निर्णय किन गलत छ भनेर गम्भीर मन्थन गर्नेछौँ । साथै सिर्जनात्मकता तथा गतिशीलता समाप्त हुँदै र ओज मर्दै गएको विद्यार्थी आन्दोलनलाई कसरी पुनर्जागृत गर्न सकिन्छ भन्नेबारे पनि गहन विमर्श गर्नेछौँ । यहाँलाई कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ । कार्यक्रम आगामी शनिबार ।
26/03/2026
हाम्रा तमाम आग्रह, पूर्वाग्रह, गल्ती, आत्मसमिक्षा सहित नयाँ गोरेटोबारे छलफल गरौं ।
14/03/2026
आज कार्ल मार्क्सको स्मृति दिवस !
संसार असमानता, श्रमको शोषण, धनको केन्द्रीकरण र वर्गीय विभाजनसँग जुधिरहेको छ । मार्क्सले उठाएका प्रश्नहरू केवल इतिहासका बहस होइनन्, आजको समाज, राजनीति र अर्थतन्त्र बुझ्ने ऐना हुन् । मार्क्सलाई सम्झनु भनेको केवल एक व्यक्तिलाई सम्झनु होइन, न्यायपूर्ण समाजको आवश्यकतालाई सम्झनु हो ।