11/03/2026
नेपाली कांग्रेस संसदीय दल
"नेपाली कांग्रेस संसदीय दल" (NC DAL) Secretariat of Nepali Congress Parliamentary Party
11/03/2026
नेपाली कांग्रेस संसदीय दलले नेपाली कांग्रेसका राष्ट्रिय सभाका वहालवाला र नवनिर्वाचित माननीय सदस्यहरु बीच परिचयात्मक एवं अन्तरक्रिया कार्यक्रम निम्न मिति, समय र स्थान र समयमा आयोजना गरेको छ ।
मिति : २०८२ फागुन २७ गते बुधबार ।
स्थान : नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबार, काठमाडौं ।
समय : दिनको २ः०० बजे ।
19/09/2025
असोज ३, २०८२
संविधान दिवसको
शुभकामना !
मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, संघर्ष र जनआन्दोलनहरूमा आफ्नो जीवन उत्सर्ग गर्नु हुने सम्पूर्ण ज्ञात–अज्ञात बीर शहिदहरूको समर्पण र वलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली जनताले पटक–पटक गरेकोे क्रान्ति, संघर्ष र लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यो संविधानले लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको एक दशक पुरा भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक नागरिकले आफू स्वतन्त्र र समान भएको महसूस गर्दै प्रत्येक वर्ष हर्सोउल्लासका साथ संविधान दिवस मनाउँदै आएका छौँ ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै छ । संविधान मुलुकको सर्वोच्च कानून भएकोले कुनै पनि विशेष परिस्थितिमा उत्पन्न राजनीतिक जटिलताको समाधान पनि संविधानले नै दिनु पर्दछ । यदि यसो हुन सकेन भने राजनैतिक स्थिरताको खोजीमा संविधान बाहिर जाँदा झन्झन् अस्थिरता निम्तिने सम्भावना रहन्छ । वर्तमान संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प नै आज हामी सबैको साझा दायित्व हो ।
अन्त्यमा, न्याय, समानता र स्वतन्त्रता एवं वहुलवादमा आधारित वहुदलीय संसदीय लोकतान्त्रिक व्यवस्था स्थापना गर्न पटक–पटक भएका राजनैतिक एवं सामाजिक क्रान्ति, संघर्ष र आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गर्ने महान सपुतहरुप्रति संविधान दिवसको यस पावन अवसरमा उच्च सम्मानका साथ हार्दिक श्रद्धासुमन अर्पण गर्दै संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय श्याम कुमार घिमिरेले मिति २०८२।०५।१८ गते बसेको प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक २०८१ माथि भएको छलफलमा राख्नु भएको धारणा।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय श्याम कुमार घिमिरेले मिति २०८२।०५।१८ गते बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राख्नु भएको धारणा ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक माननीय सुशीला थिङले मिति २०८२।०५।१८ गते बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राख्नु भएको धारणा ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक माननीय सुशीला थिङले मिति २०८२ भाद्र १३ गते बसेको प्रतिनिधि सभाको विशेष समयमा राख्नु भएको धारणा ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय श्यामकुमार घिमिरेले २०८२।३।२५ गते बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नु हुँदै ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय श्यामकुमार घिमिरेले २०८२।३।१५ गते बसेको प्रतिनिधिसभा बैठकको आकास्मिक समयमा संसद बैठकमा भएका अवरोधका बारे ध्यानाकर्षण गराउनु हुँदै ।
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेत माननीय श्यामकुमार घिमिरेले मिति २०८२ असार १ गते बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्नु हुँदै ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक माननीय सुशीला थिङले २०८२ जेठ १ गते बसेको प्रतिनिधि सभा बैठकमा आ.ब. २०८२।८३ को विनियोजन विधेयक (सिद्धान्त र प्राथमिकताका सम्बन्धमा- कर प्रस्ताव बाहेक) माथि भएको छलफलका राख्नु भएको धारणा ।
नेपाली कांग्रेस संसदीय दलका सचेतक माननीय सुशीला थिङले २०८२ जेठ १ गते बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा राख्नु भएको धारणा ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Singh Durbar Road, 32
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
