17/10/2025
नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष अप्राविधिक तर्फका प्रशासन सेवा, प्रशासन/सामान्य प्रशासन/लेखा/कानुन/विविध समूह, चौथो तह, सहायक वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम
16/10/2025
पढ्नुहोस् है ।
नैतिकता र आचार ( Morality and Ethics)
✍️: शरद चन्द्र पौडेल
15/10/2025
लोक सेवा आयोग तयारी सामग्री
गोरखापत्र दैनिक
२०८२ असोज २९ गते ।
14/10/2025
निजामती सेवा र संघीय संसद सेवाका राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक), स्वास्थ्य सेवाका एघारौं र नवौं तह तथा राष्ट्रिय मानव अधिकार सेवाका अधिकृत द्वितीय श्रेणीका पदको विज्ञापन (बढुवा, आ.प्र. र खुला)
10/10/2025
BREAKING NEWS
The Norwegian Nobel Committee has decided to award the 2025 to Maria Corina Machado for her tireless work promoting democratic rights for the people of Venezuela and for her struggle to achieve a just and peaceful transition from dictatorship to democracy.
नर्वेजियन नोबेल समितिले भेनेजुएलाका जनताको लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्ने र तानाशाहीबाट लोकतन्त्रमा न्यायपूर्ण र शान्तिपूर्ण संक्रमण हासिल गर्न गरेको संघर्षको लागि मारिया कोरिना माचाडोलाई २०२५ को #नोबेलशान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
#नोबेल पुरस्कार
09/10/2025
BREAKING NEWS!!!
The 2025 in Literature is awarded to the Hungarian author László Krasznahorkai “for his compelling and visionary oeuvre that, in the midst of apocalyptic terror, reaffirms the power of art.”
सन् २०२५ को साहित्यमा नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लो क्रास्नाहोर्काईलाई "उनको आकर्षक र दूरदर्शी कृतिको लागि प्रदान गरिएको छ जसले सर्वनाशकारी आतंकको बीचमा, कलाको शक्तिलाई पुन: पुष्टि गर्दछ।"
08/10/2025
BREAKING NEWS
The Royal Swedish Academy of Sciences has decided to award the 2025 in Chemistry to Susumu Kitagawa, Richard Robson and Omar M. Yaghi “for the development of metal–organic frameworks.”
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले "धातु-जैविक ढाँचाको विकासको लागि" सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमर एम. याघीलाई २०२५ को रसायनशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
08/10/2025
गोरखापत्र लोकसेवा सामग्री - २०८२ असोज २२ गते बुधवार
#लोकसेवा_तयारी
07/10/2025
विद्युतीय भुक्तानीसम्बन्धी जानकारीमूलक सूचना ...
07/10/2025
BREAKING NEWS!!!
The Royal Swedish Academy of Sciences has decided to award the 2025 in Physics to John Clarke, Michel H. Devoret and John M. Martinis “for the discovery of macroscopic quantum mechanical tunnelling and energy quantisation in an electric circuit.”
रोयल स्वीडिश एकेडेमी अफ साइन्सेसले "विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जा परिमाणीकरणको खोजका लागि" जोन क्लार्क, मिशेल एच. डेभोरेट र जोन एम. मार्टिनिसलाई २०२५ को भौतिकशास्त्रमा नोबेल पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
06/10/2025
सन् २०२५ को चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार🙏❣️
➨शरीरको प्रतिरक्षा प्रणालीबारे अनुसन्धान गर्ने तीन वैज्ञानिकलाई
➨मरी ई. ब्रन्को र फ्रेड राम्सडेल अमेरिकाका हुन् भने शिमोन साकागुची जापानका हुन् ।
➨उनीहरूलाई शरीरको रक्षा प्रणाली (इम्युन सिस्टम) लाई अझ राम्ररी बुझ्न सहयोग पुर्याउने खोजका लागि यो पुरस्कार दिईने।
➨प्रतिरोधात्मक प्रणालीलाई शरीरलाई हानि गर्नबाट रोक्ने ‘पेरिफेरल इम्युन टोलेरेन्स’ सम्बन्धी उनीहरूको क्रान्तिकारी खोज गरेका थिए।
02/10/2025
बयालीस वर्षीय हिराबहादुर लाई उसको अस्थाई जागिर बाट हाकिमले बेइज्जत गरेर निकालेका थिए। उसलाई यो सहित ३ पटक काम बिगारेको भनेर अफिसबाट निकालिसकेको थियोे, साँझ परिसकेको थियो हिराबहादुर स्थानीय बजारको एउटा पिपलको रुख मुनि बैन्चमा बसिरहेको थियो। उसलाई घर जानै मन लागिरहेको थिएन। बैंचमा बसेर उसले आफ्नो साथीहरुलाई बारम्बार फोन लगाउदै थियोे, उसले साथीहरूलाई कतै काम पाइन्छ भने लगाइदिनको लागि अनुरोध गर्दै थियोे।
हिराबहादुरले लगा-अराको काम इमानदारीले गर्थ्यो, उसले कुनै छलकपट गर्दैन थ्यो। तर बढ्धो आधुनिकता सँगै सबै अफिसमा कम्प्युटर हुनुको कारण उसलाई काम गर्न समस्या भइरहेको थियोे, उसले कम्प्युटर क्लास पनि लेको थियोे तर अहिलेका युवाहरुले जसरी टाइपिङ गर्न सक्दैन थ्यो त्यसकारण उबाट गल्ती हुने गर्थ्यो।
रातको दश बजे उ हतास र निराश हुँदै घरमा पुग्यो। घरभित्र पस्ने बित्तिकै श्रीमतीले कराउन थाली, कहाँ थियौं यति रातिसम्म? कुन नखर्मौलीसँग मस्ती गर्दै थियौ? यो उमेरमा तिमीलाई लाज लाग्दैन है? घरमा जवान छोराछोरी छन्। उनिहरुको दिनदिनै बिबाह गर्ने उमेर जाँदैछ। कहिले होस आउँछ तिमीलाई? यदि यिनिहरुको जिम्मेवारी निभाउन सक्दैन थ्यौ भने किन जन्माका थियौं??
हिराबहादुरले केही बोलेन। श्रीमतीको शंकालु बानी र दिनानुदिनको गालीले उसले जबाफ नै दिन छोडीसकेको थियोे। उ बाहिर धारामा गएर हात मुख धुदै थियोे त्यत्तिकैमा छोरी दौडदै उसको नजिक आइ र भनी: "बुबा तपाईंले मेरो लागि मोबाईल ल्याइदिनु भयो? हिराबहादुरले छोरीलाई कुनै जवाफ दिएन।"
छोरीले फेरि भनी: "बुबा तपाईंले मेरो जवाफ किन दिनु हुँदैन? बिहान अफिस जाँदा भरै आउँदा लिएर आउछु भनेर आश देखाएर जानुभाको हैन?" अझै पनि हिराबहादुर चुपचाप नै बस्यो..
उसले जवाफ दियोस पनि त के दियोस? छोरीलाई मोबाइल लिनको लागि एड्भान्स पैसा माग्दै गर्दा त उसलाई जागिरबाट निकाल्दिएका थिए..
छोरीले आफ्नो हातमा बोकेको पुरानो मोबाइल फोनलाई हेर्दै भनी: "बुबा तपाइँलाई के लाग्छ मैले ब्याट्री टिक्दैन स्क्रिन पनि बुटेको छ, थोत्रो भएर ह्याङ भइरहन्छ भनेर ढाटेको जस्तो लाग्छ हो? हेर्नुहोस त यो मोबाइल साँच्चै नै बिग्रेको छ थिच्दा स्क्रिन पनि सर्न मान्दैन..."
हिराबहादुर चुपचाप बसिरह्यो..
जागिर गएको कुरा पनि कसैलाई भन्न चाहेन। किनकि उसलाई थाहा थ्यो यो कुरा सुनाउँदा श्रीमती छोराछोरी सबैले उसैलाई दोष दिन्थे उसलाई राम्रोसँग काम नगरेको भनेर कोच्न थाल्थे र जुन ठाउँमा काम गरेपनि हाकिमले निकाली दिन्छन् भन्ने गर्थे।
हातमुख धोएपछी उ सिधै आफ्नो कोठामा गयो, जहाँ ओछ्यानमा सुतेर श्रीमतीले मोबाइल चलाउँदै थिइ। जसको आँखा मोबाइल स्क्रिनमा थियोे र कानले घरमा भइरहेको कुराहरु सुनिरहेकी थिइ...
जसरी हिराबहादुरले कोठामा पाइला बढायो, उसले कराउन थाली.. " बहिरा भयौं कि क्या हो? छोरीलाई किन मोबाइल ल्यार दिएनौ?"
उसले बिस्तारै सानो आवाजमा भन्यो: "आज हाकिमले पैसा दिएनन। जब पैसा दिन्छन, ल्याइदिन्छु।
श्रीमतीले भनी: हातमा पैसा नभएपछि कसैसँग सापटी मागेर ल्याइदिन सक्थ्यौ? तिमीलाई थाहा छ नि उसको मोबाइलको स्क्रिन टचले काम गरिराको छैन भनेर??"
हिराबहादुरको मुखमा जवाफ दिनको लागि केही थिएन। केही थियोे तर उसले चुपचाप बस्न सिकिसकेको थियोे। उ भान्साकोठामा गयो, आफैले थाल निकाल्यो, त्यसपछि खाना खान थाल्यो।
हिराबहादुरको छोरी २३ बर्षकी भैसकेकी थिइ। छोरा २५ बर्षको थियोे। दुई पढाइमा कम र फेसबुक टिकटकमा धेरै समय बिताउने गर्थे।
हिराबहादुरले खाना खाइरहेका थिए, उसको छोरा गाना गुनगुनाउदै बाहिरबाट सिधै भान्साकोठामा आयो। त्यहाँ बुबालाई खाना खादै गरेको देखेर सिधै आफ्नो कोठामा गयो।
हिराबहादुरले नोटिस गर्यो कि उसको खुट्टा लड्खडाइ रहेको थियो, पक्कै पनि साथीभाइसँग पिएर आको हुनुपर्छ..🤔..
सुरुसुरुमा जब छोराले पिएर घरमा आउँथ्यो, त्यसबेला हिराबहादुरले उसलाई खुब गाली गर्थ्यो। तर एकदिन छोराले उसलाई मुख फर्कायो, उसलाई धेरै रिस उठ्यो र थप्पड हान्न खोज्दा छोराले बाउको हात समात्यो र रिसले बुबाको आँखामा आँखा जुधाउन थाल्यो...
त्यसदिन देखि हिराबहादुरले छोरालाई केही भन्न छोडीदियो। उसले खाना खाएर कोठामा आएपछि फेरि श्रीमतीले भुतभुताउन सुरु गरि, तर उ चुपचाप सुत्यो...
बिहान सबेरै उठेर उ नयाँ कामको खोजीमा घरबाट निस्कियो,
केही काम भएन भने हातमुख जोड्न गाह्रो हुन्छ भनेर उसलाई थाहा थियोे। उ एउटैले घर खर्च चलाउनु थियो, छोराछोरीको पढाइ लेखाइ देखि अन्य आवश्यकतालाई पूरा गर्नु थियो। उनीहरुको बिबाह गर्नु थियोे।
साँझसम्म उसले भोकै प्यासै सदरमुकामको प्रत्येक अफिसमा काम पाउँछ कि भनेर चहार्दै हिड्यो। खाना नखाएपछी शरीर कमजोर हुँदै गयो..
उसले काम कहिले पाइएला, कसले काम देला भनेर सोच्दै अफिस लाइनको बाटो हुँदै हिड्दै मुख्य सडकमा आइपुग्यो। पुर्वपश्चिम् राजमार्गमा द्रुतगतिमा कुद्दै गरेको टिफर उसमाथि एक्कासी चड्यो। हिराबहादुरलाई चलने चटपटाउने कुनै मौका दिएन एकैपटकमा उसको प्राण गयो...
हिराबहादुरको श्रीमती छोराछोरीले रुँदै उसको १३ दिने काम सके। हिराबहादुरले उनीहरुलाई छोडेर गएपछि घरको रहनसहन बद्लियो। जुन मान्छेहरुबाट सापटी पैसा लिएका थिए उनीहरु दिनदिनै घरमा पैसा माग्न आउन थाले।
आफन्त नातागोताले फोन उठाउँन छाडे।
घरको वाइफाइमा पैसा सकियो। अचानक वाइफाइ चल्न छोड्यो। छोराछोरीले अब खाने कुरामा खोट निकाल्न छोडेका थिए। जे आफ्नो भागमा आउँछ खाएर पानी पिउथे। छोराको स्वतन्त्रता सकिएको थियोे। अब उसले एउटा किराना पसलमा महिनाको ७ हजारमा काम गर्न थालेको थियोे। छोरीले एउटा बोर्डिङ स्कुलमा महिनाको ५ हजारमा काम पाएकी थिइ।
श्रीमतीको दिनचर्या सबै बद्लिएको थियोे। सिउँदोको सिन्दुर मेटिने बित्तिकै उसको सजिसजावट गर्ने अधिकार खोसिएको थियोे। अब उ घण्टौसम्म ऎनाको अगाडी हुदिन थिइ।
श्रीमानलाई देख्ने बित्तिकै यो भएन र त्यो भएन भन्दै ओछ्यानमा बसेर गाली गर्थी अर्डर गर्थी। अहिले त्यही श्रीमानको आवाज सुन्नको लागि तड्पी रहेकी छे...
जब श्रीमान जिउँदो थियोे उ ढुक्क भएर सुत्ने गर्थी। तर उसले छोडेर गएपछि एउटा सानो आवाजले पनि उनलाई डराइदिन्छ...
बुबा हिराबहादुरले छोडेर गएपछि पुरै परिवारलाई थाहा भयो कि उ उनीहरुको लागि सबैथोक थियोे। उ सुख चैन थियोे। उ ढुक्क सँगको निन्द्रा थियोे। उ दुई छाक बिहान बेलुकाको खाना र दिउँसोको खाजा थियोे। उ कपडा थियोे, घर थियोे। उ एक्लै सिंगो बजार थियोे। उ इच्छाहरुको आधार थियोे, तर उसको भ्यालु उ जिउँदो हुँदा उनीहरुलाई थाहा नै थिएन। बुबाको कदर गर्ने गर्नुहोस्, यदि बुबाको मृत्यु भयोभने पुरै घरमा अँध्यारो छाउँछ।।